डाटा लोड हुँदैछ...

बारामा श्रेष्ठ र सोनललाई १५१ किलोको माला लगाएर स्वागत

मधेसखबर
वीरगन्ज, ११ मंसिर : बारा क्षेत्र नम्बर ४ मा पाँच दलीय गठबन्धनबाट निर्वाचित प्रतिनिधीसभा सदस्य कृष्ण कुमार श्रेष्ठ र प्रदेशसभा सदस्य जितेन्द्र सोनललाई स्थानीयले १५१ किलोको माला लगाएर स्वागत गरेका छन् ।

निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन पुगेका विश्रामपुर गाँउपालिका वडा नम्बर ४ को बलिरामपुरमा स्थानीयले नवनिर्वाचित प्रतिनिधीसभा सदस्य श्रेष्ठ र प्रतिनिधीसभा सदस्य सोनललाइ १५१ किलोको माला लगाएर स्वागत गरेका हुन् ।

मङ्सिर ४ मा भएको निर्वाचनमा गठबन्धनबाट नेकपा एसका उम्मेदवार श्रेष्ठ , बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा र लोसपाका उम्मेदवार सोनल बारा क्षेत्र नम्बर ४(ख) बाट प्रदेशसभा सदस्यामा निर्वाचित भएका हुन् ।

The post बारामा श्रेष्ठ र सोनललाई १५१ किलोको माला लगाएर स्वागत appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर