बारामा तीनजना उम्मेदवारहरु विजयी, अन्यको गणना जारी
बारा ७ मंसिर । बारा–४ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन् । सत्तारूढ गठबन्धनको उम्मेदवार उनले २९ हजार ५०५ मतसहित जित हासिल गरेका हुन् ।
श्रेष्ठले एमाले–जसपा गठबन्धनका तर्पmबाट उम्मेदवार बनेका एमालेका एकवाल मियाँलाई करिब १० हजार मतान्तरले पराजित गरे । एकवालले १९ हजार ४३९ मत पाए । लोकतान्त्रिक समाजवादी पार्टीमा रहेका एकवाल टिकट नपाएपछि मनोनयन दर्ताको केही दिनअघि मात्र एमाले प्रवेश गरेका थिए ।
बारा क्षेत्र न.४ (ख) बाट लोसपाका उम्रुमेदवार जितेन्द्र सोनल प्रदेशसभामा निर्वाचित भएका छन् ।
सता गठबन्धनको साथ पाएका सोनलले १२ हजार १८१ मत पाउँदा उनका निकटमप्रति द्वन्दी जसपा एमाले गठबन्धन बाट उम्मेदवार जसपाका नेता आत्माराम साहले ७ हजार ६०९ मत पाए ।
त्यस्तै स्वतन्त्रबाट उम्मेदवार रहेका उमेश कुश्वाहाले ६ हजार ४८० मत पाएका हुन् ।
यसैगरी बारा क्षेत्र नं. ४(१) को प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार देवनारायण चौधरी निर्वाचित भएका छन् । चौधरी तीन हजार ६ सय २० मतको मतान्तरले निर्वाचित भएका हुन् । चौधरीले १३ हजार ६ सय नौ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठले नौ हजार नौ सय उनान्नब्बे मत पाएका छन् ।
बारा २ स्वतन्त्र उम्मेदवार यादव निरन्तर अगाडि
बारा निर्वाचन क्षेत्र २ मा स्वतन्त्र उम्मेदवार रामकिशोर यादवले ५०४ मतले अग्र स्थानमा रहेका छन् । ५ दलीय सत्ता गठबन्धनका उम्मेदवार शिवचन्द्र कुशहवा र एमाले–जसपा गठबन्धनका उम्मेदवार रामसहाय यादवलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार यादवले अग्र स्थानमा रहेका हुन् ।
खरायो चुनाव चिन्ह लिएर उम्मेदवार रहेका रामकिशोर यादवले ६ हजार २८९, एमाले–जसपा गठबन्धनबाट रामसहाय यादवले ५ हजार ७८६ र तेस्रो स्थान र सत्ता गठबन्धन उम्मेदवार शिवचन्द्र कुशहवाले ५ हजार ३९८ मत प्राप्त गरेका छन् ।
बारा–३ मा एमाले र जसपा उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा
मधेस प्रदेशका ८ जिल्लामा एमाले–जसपाबीच गठबन्धन भइरहेको बेला बारा निर्वाचन क्षेत्र नं ३ मा भने एमाले उम्मेदवार ज्वालाकुमारी साह र जसपा उम्मेदवार रामबाबु यादवबीच तीव्र प्रतिस्पर्धा भएको छ । सो निर्वाचन क्षेत्रमा हालसम्म भएको मतगणनामा एमाले उम्मेदवार साहले १० हजार ८६५ र जसपा उम्मेदवार यादवले ९ हजार ५७३ मत प्राप्त गरेका छन् । बारा–३ मा सत्ता गठबन्धनका उम्मेदवार लालबाबु सिंह भने तेस्रो स्थानमा छन् । तेस्रो स्थानमा रहेका सत्ता गठबन्धन उम्मेदवार सिंहले ६ हजार ८५५ मत ल्याएका छन् ।
बारा ४ मा सत्ता गठबन्धनका उम्मेदवार श्रेष्ठ र सोनल अगाडि
बारा निर्वाचन क्षेत्र नं ४ मा सत्ता गठबन्धनका उम्मेदवार किसान श्रेष्ठ ६ हजार २५५ मतले अग्र स्थानमा रहेका छन् । बारा निर्वाचन क्षेत्र नं ४ मा ४८ हजार २२ मत गणना हुँदा सत्ता गठबन्धनका उम्मेदवार श्रेष्ठले १९ हजार ८१९ मत ल्याएका छन् भने एमाले–जसपा गठबन्धनका उम्मेदवार एकवाल मियाँँले १३ हजार ५६४ मत प्राप्त गरेका छन् ।
बारा ४ मा प्रदेशसभा सदस्य तर्पm देवनारायण चौधरीले ११ हजार ४८६ मत ल्याउदाँ सत्ता गठबन्ध तर्पm माओवादी उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ (अनिल) ले ८ हजार ५०९ मत प्राप्त गरेका छन् । त्यसैगरी बारा ४ (ख) मा प्रदेशसभा सदस्य तर्पm सत्ता गठबन्धन उम्मेदवार जितेन्द्र सोनल दोब्बर मतले अग्र स्थानमा रहका छन् । सोनलले १२ हजार १८१ मत ल्याउँदा जसपा उम्मेदवार ६ हजार ९ मत मात्रै प्राप्त गरेका छन् ।
४ मा जितपुरसीमरा, प्रसौनी, परवानीपुर, फेटा, विश्रामपुर र कलैया उपमहानगरको एक वडा नं १७ सहित ३८ वटा वडा यसै निर्वाचन क्षेत्रमा पर्छ । सो निर्वाचन क्षेत्रमा अव १० वटा वडा मात्रै गणना हुन बाँकी छ । आज साँझ सम्म बाराको अन्तिम नतिजा आउन सक्ने निर्वाचन कार्यालयले जनाएको छ ।

Comments
Post a Comment