डाटा लोड हुँदैछ...

७० करोड घुसको आरोपलाई जनताले खारेज गरेको बास्कोटाको भनाई

काठमाडौं,९ मंसिर – एमाले स्थायी कमिटी सदस्य गोकुल बास्कोटा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचित भएपछि संचारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै वास्कोटाले आफूमाथि लाग्दै आएको ७० करोड घुस मागेको आरोप जनअदालतले खारेज गरिदिएको बताएका छन् ।

काभ्रे २ बाट निर्वाचित भएपछि शुक्रबार बनेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूमाथि मिथ्या आरोप लागेको भन्दै काभ्रेली जनताले त्यसलाई खारेज गरिदिएको बताए ।

‘ममाथि अनावश्यक रूपमा त्यस्तो आरोप लगाइयो । चुनावका बेला अरु कुनै मुद्दा नपाएपछि विपक्षीले त्यस्तो प्रचार गर्ने नै भए । हामी देशको कानुन र संविधानअनुसार काम गर्छौं । त्यो आरोप अब इतिहासको गर्तमा विलिन भइसक्यो । अहिलेको निर्वाचनमा ममाथि लागेको आरोप काभ्रेली जनताले खारेज गरिदिएको छ,’ बास्कोटाले भने ।

The post ७० करोड घुसको आरोपलाई जनताले खारेज गरेको बास्कोटाको भनाई appeared first on Nepal Post Daily.


credit: Nepalpostdaily

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर