डाटा लोड हुँदैछ...

प्रतिनिधिसभामा निर्वाचित रमेश रिजाललाई लड्डुमा जोखेर र चाँदी मुकुट लगाएर स्वागत

वीरगंज, १२ मंसिर ।
७० किलो लड्डु तराजूको एकातिर र अर्कोतिर पर्सा क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रमेश रिजाललाई राखेर उनका मतदाता, समर्थक, नेता, कार्यकर्ताहरुले सम्मान दर्शाएका छन् ।
 
पर्सा  ४ नं क्षेत्रको छिपहरमाई गापा वडा न ५ भिस्वामा नवीन सिंहको नेतृत्वमा कार्यकर्ताहरूले निर्वाचित प्रतिनिधिसभा सदस्य रमेश रिजाललाइ लड्डुले तराजूमा जोखेर सम्मान गरेका छन् ।
 
यसैगरी जयमङ्गलापुर, बुड्गाही, झलमैयाका, टिवकी, चरगाहा, मिर्जापुरमा नागरिक समाज  विजयोत्सव गरिएको थियो । सहभागीहरुले नेपाली कांग्रेसका विजयी उम्मेदवार रमेश रिजाललाई भब्य स्वागत  गरेका थिए ।
 
नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रमेश रिजाललाई स्थानीयबासिन्दाले माला लगाएर स्वागत गरेका थिए ।

निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन जनताको घरदैंलोमा गएका उनीहरूलाई छिपहरमाई गाउँपालिका वडा नम्बर ३ को जयमंगलापुर बासिन्दाले चाँदीको मुकुट लगाइदिएका थिए ।

गत ४ मंसिरमा मा भएको निर्वाचनमा गठबन्धनबाट नेपाली कांग्रेस उम्मेदवार रिजाल, पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा  निर्वाचित भएका थिए ।

आइतवार छिपहरमाई गापाको तुलसीबर्वा, बंजारी, भिस्वा, जयमंगलापुर, झलमहिया, बुढगाही, टिवकी, चरगाहा, भेडिहार्वा, मिर्जापुर, भलुवहिया  लगायतको गाउँँमा विजय जुलुस निकालिएको छ ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर