डाटा लोड हुँदैछ...

पहिलो प्रयासमै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी, यी हुन् संसद प्रवेशको टिकट पाएका ७ उम्मेदवार

पहिलो प्रयासमै राष्ट्रिय स्वतन्त्र पार्टीका ७ उम्मेदवार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । देशभरबाट राम्रो मत पाएको सो पार्टी प्रत्यक्षमा काठमाडौंसहित चितवन र ललितपुरमा विजयी भएको हो ।

सो पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट ४९ हजार २६४ मतका साथ विजयी भए । यस्तै चितवन २ बाट हरि ढकाल ३४ हजार १८९ मतका साथ विजयी हुँदा ललितपुर ३ बाट डा तोसिमा कार्की ३१ हजार १३६ मतका साथ विजयी भइन् ।

यसैगरी काठमाडौं २ बाट सोविता गौतम १५ हजार २३८ मतका साथ विजयी हुँदा काठमाडौं ६ बाट शिशिर खनाल १४ हजार २०४ मतका साथ विजयी भए ।

यस्तै काठमाडौं ८ बाट विराज भक्त श्रेष्ठ १ हजार ११२ मतका साथ जियी भए भने ७ बाट गणेश पराजुली विजयी भए । पराजुलीले ८ हजार ७४३ मत पाएर विजय हासिल गरेका हुन् ।

यस्तै सोही पार्टीकी गोमा तामाङले सुनसरी १ बाट अग्रता कायम गरेकी छन् ।

The post पहिलो प्रयासमै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी, यी हुन् संसद प्रवेशको टिकट पाएका ७ उम्मेदवार appeared first on Nepal Post Daily.


credit: Nepalpostdaily

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर