डाटा लोड हुँदैछ...

ट्रकको ठक्करबाट राउतको मृत्यु

वीरगंज, १४ मसिर ।
वीरगंज महानगरपालिका वडा नं. २४ निवासी ५० वर्षीय रुप राउतलाई ट्रकले ठक्कर दिंदा उनको मृत्यु भएको वडा प्रहरी कार्यालय, श्रीपुरले जनाएको छ ।
ना.३ ख ६०७५ नम्बरको ट्रक वीरगंजको सुक्खा बन्दरगाहबाट सामान लिएर निस्किने क्रममा राउतलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । राउतको मृत्यु भएपछि परिवारजनले बाटो अवरुद्ध गरेका थिए । पछि प्रहरीले सम्झाएर बाटो सुचारु गरेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर