Posts

Showing posts from May, 2023
डाटा लोड हुँदैछ...

समाचारकाे प्रभाव : पर्साकाे एक सरकारी स्कुलमा नेविसंघद्वारा पंखा सहयाेग

Image
वीरगन्ज ,१८जेष्ठ : अत्याधिक गर्मीका कारण विद्यार्थी कक्षाकाेठामै बेहाेश भई बिरामी पर्न थालेकाे समाचार प्रकाशन भएपछि नेविसंघ पर्साले पर्साकाे ग्रामीण भेगकाे एक सामुदायिक विद्यालयलाई पंखा सहयाेग गरेकाे छ । मधेसखबर डटकममा बुधबार पर्साका सरकारी विद्यालयमा पंखा नहुदाँ गर्मीले विद्यार्थीहरु कक्षाकाेठामै बेहाेश हुन थालेकाे समाचार प्रकाशन गरेकाे थियाे । मधेसखबर डटकमकाे त्यहि समाचार पढेपछि नेविसंघ पर्साका सभापति रमेश यादवले बिहीबार पर्साकाे पटेर्वासुगाैली गाँउपालिका ४ भताैडास्थित वनदेवी आधारभुत विद्यालयमा ४ थान विद्युतीय पंखा सहयाेग गरेका हुन् । बिहीबार विद्यालयमै पुगेर यादवले विद्यालयका प्रधानाध्यापक सुभाष प्रसाद दास र विद्यालय व्यवस्थापन समितिका सदस्य मदन तिवारीलाई पंखा हस्तान्तरण गरेका हुन् । पर्सा , बारा लगायतका जिल्लामा पछिल्लो एक साता यता गर्मी अत्याधिक बढिरहेको छ । यसक्षेत्रमा तापक्रम बढेर अधिकतम ४०देखि ४४ डिग्रि सेल्सियससम्म पुग्ने गरेको छ । जसका कारण यश क्षेत्रकाे जनजिवन नै प्रभावित भएको छ । बुधबार पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ४ भतौडास्थित वनदेवी आधारभूत विद्यालयमै अत...

पाँच दिनसम्म मधेसमा ‘लू’ लाग्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

Image
वीरगंज, १९ जेठ । बारासहितका मध्य तराईमा आगामी पाँच दिनसम्म लू लाग्न सक्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले शुक्रवार दिउँसो 'तातो दिन तथा लू सम्बन्धी बुलेटिन' सम्बन्धी विशेष बुलेटिन जारी गरेर उक्त जानकारी दिएको हो। आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्था तथा विश्लेषण अनुसार मध्य तराईका धेरैजसो भूभागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्दै जाने महाशाखाले जनाएको छ। साथै पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेकोले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहन अनुरोध गरिएको छ। तातो हावा तथा लूबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्छ। तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी एक्पोज नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउँने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी त...

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

Image
काठमाडौं, १७ जेष्ठ : राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो । मन्त्रिपरिषद्को आग्रहअनुसार संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेका हुन् । संघीय संसदले साउन २०७९ मै नागरिकता विधेयक पास गरेको थियो । तर तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् । तर दुवै सदनले नागरिकता विधेयक हुबहु पारित गरेर २० भदौमा तत्कालीन सभामुख अग्नि सापकोटाले प्रमाणीकरणका लागि फेरि राष्ट्रपतिससमक्ष पठाए । संविधानको धारा ११३ (४) अनुसार राष्ट्रपति भण्डारीले उक्त विधेयक १५ दिन अर्थात ५ असोजभित्र प्रमाणीकरण गर्नुपर्ने थियो । तर प्रमाणीकरण भएन । त्यसबेला अधिकारीहरूले विधेयक होल्ड गरेको बताए पनि राष्ट्रपति कार्यालयले किन विधेयक प्रमाणीकरण नभएको हो भनेर न सार्वजनिक र...

पर्सामा अचाक्ली गर्मी बढयो

Image
वीरगंज, १७ जेठ/ लगातार बढ्दै गएको तापक्रमले पर्सावासीको जनजीवनलाई नराम्ररी प्रभावित गरेको छ । लामो समयदेखि वर्षा नहुँदा दिउँसोको तापाक्रम ४४ डिग्री पुग्न थालेपछि त्यसकारण बिरामी हुनेको संख्या बढ्दै गएको छ । गर्मी बढेसँगै वीरगञ्जको नारायणी अस्पतालमा पखाला, निमोनिया, ज्वरोका बिरामीको संख्या बढेको चिकित्सकले बताएका छन् । गर्मीबाट सबैभन्दा बढी बालबालिका  तथा वृद्धवृद्धा बढी प्रभावित भएको नारायणी अस्पतालका वरिष्ठ फिजिसियन तथा आकस्मिक औषधि विशेषज्ञ डा उदयनारायण सिंहले जानकारी दिनुभयो । गर्मी बढेसँगै पर्सामा 'हिट स्ट्रोक' अर्थात 'लू' लाग्ने जोखिमसमेत बढ्दै गएको उहाँले बताउनुभयो । दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने गरम हावाले दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई लु लाग्ने जोखिम बढेको चिकित्सक सिंहको भनाइ छ । बढ्दो गर्मीबाट जोगिन फलफूलको जुस, पानी लगायतका तरल पर्दाथको सेवनलाई बढाउनाका साथै काम नभए दिउँसोको समयमा घरबाहिर नस्किन उहाँले सर्वसाधारणलाई सुझाव दिनुभयो । नारायणी अस्पतालको बहिरङ्ग विभागमा दैनिक छ सयको हाराहारीका बिरामी उपचारका लागि आउने गरेकामा हाल ...

पर्साका सरकारी विद्यालयमा पंखा नहुदा गर्मीका कारण विद्यार्थीहरु कक्षा कोठामै बेहोश हुदैं

Image
वीरगन्ज, १७ जेष्ठ : पर्साको ग्रामीण भेगमा रहेका सामुदायिक विद्यालयहरुमा गर्मीका कारण विद्यार्थीहरु बेहोश हुन थालेका छन् । सामुदायिक विद्यालयका कक्षाकोठामा पंखाको सुविधा नहुदाँ गर्मीका कारण विद्यार्थीहरु कक्षाकोठामै बेहोश हुन थालेका हुन् । पर्सा , बारा लगायतका जिल्लामा पछिल्लो एक साता यता गार्मी अत्याधिक बढेको छ । यसक्षेत्रमा तापक्रम बढेर ४० डिग्रि सेल्सियसको हाराहारीमा पुग्ने गरेको छ । जसका कारण जनजिवन प्रभावित भएको छ । बुधबारपनि पर्साको ग्रामीण भेगमा रहेको एक सामुदायिक विद्यालयमा एक जना छात्रा गर्मीका कारण बेहोश भएकी छन् । पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ४ भतौडास्थित वनदेवी आधारभूत विद्यालयमा बुधबार एक छात्रा कक्षाकोठामै बेहोश भएकी हुन् । कक्षा ४ मा पढ्ने साहबुन नेशा अत्याधिक गर्मीका कारण बुधबार बिहान ९ बजे कक्षाकोठामै बेहोश भएको विद्यालयका प्रधानाध्यापक सुभाष प्रसाद दासले बताए । उनलाई उपचारका लागि वीरगन्जको अस्पतालमा पठाइएको दासले जानकारी दिए ।   The post पर्साका सरकारी विद्यालयमा पंखा नहुदा गर्मीका कारण विद्यार्थीहरु कक्षा कोठामै बेहोश हुदैं appeared first on Madhes ...

आज निर्जला एकादशी, घरघरमा तुलसीको दल राखिंदै

Image
वीरगन्ज ,१७जेष्ठ : वैदिक सनातन धर्मावलम्बीले आज बुधबार आ-आफ्नो घरको मठमा तुलसीको दल (बिउ) राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ । चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानी समेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए । आयुर्वेदिकरूपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले प्रमाणित गरेको छ । रासस The post आज निर्जला एकादशी, घरघरमा तुलसीको दल राखिंदै appeared first on Mad...

धाेनीकाे चेन्नाईले आइपिएल जितेकाे खुशीमा वीरगन्जका युवाद्वारा आश्रममा खाद्यान्न सहयाेग

Image
वीरगन्ज ,१६जेष्ठ : महेन्द्र सिंह धाेनी नेतृत्वको चेन्नाई सुपर किंग्सले ईण्डियन प्रिमियर लिग (आइपिएल) काे उपाधि जितेकाे खुशीयालीमा धाेनीका समर्थक वीरगन्जका युवाहरुले मानव सेवा आश्रममा खाद्यान्न सहयाेग गरेका छन् । एम एस धाेनी फ्यान क्लब वीरगन्जमा आबद्ध क्रिकेट प्रेमी युवाहरुले मंगलबार साँझ वीरगन्जस्थित मानव सेवा आश्रममा पुगेर चाउचाउ, बिस्कुट, भुजा , साेयाबिन लगायतका खाद्यान्न सहयाेग गरेका हुन् ।   धाेनी कप्तान रहेकाे चेन्नाई सुपर किंग्स आइपिएलकाे च्याम्पियन बनेकाे खुशियालीमा उनिहरुले आश्रममै केक काटेर रमाइलाे गर्दै खुशी साटासाट पिन गरेकाे मानव सेवा आश्रम मधेस प्रदेशका संयाेजक देवेश गुप्ताले जानकारी दिए । त्यसअवसरमा एम एस धाेनी फ्यान क्लबका अध्यक्ष विक्की सर्राफका साथै क्लबका सदस्यहरुकाे पनि उपस्थिति थियाे ।   भारतमा आयाेजित आइपिएलकाे साेमबारराति भएकाे फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ रनले हराउँदै चेन्नाईले उपाधि जितेकाे थियाे । The post धाेनीकाे चेन्नाईले आइपिएल जितेकाे खुशीमा वीरगन्जका युवाद्वारा आश्रममा खाद्यान्न सहयाेग appeared first on Madhes Khabar .

एनएमबि बैंक महोत्तरीबाट दिनदहाडै ३८ लाख लुटियो

Image
महोत्तरी, १६ जेठ । महोत्तरीमा एक समूहले दिनदहाडै बैंक लुटेका छन। महोत्तरी गाउँँपालिका–२, महोत्तरी बजारस्थित एनएमबी बैंकको शाखामा मंगलवार मध्यान्ह १२ बजेको समयमा लुटपाट भएको प्रहरीले जनाएको छ। मंगलवार बैंकमा प्रवेश गरेका हतियारधारी समूहले काउन्टरमा पेस्तोल देखाएर ३८ लाख रुपियाँँ लुटपाट गरेको लुटपाट गरेको महोत्तरी प्रहरी प्रबक्ता एवं डिएसपी दिलीप कुमार गिरिले जानकारी दिए। प्रहरीका अनुसार १२ बजेको समयमा चारजनाको एक समूहले काउन्टरमा पेस्तोल देखाएर ३८ लाख रुपियाँँ लुटेर फरार भएका छन।   उनीहरू मास्क लगाएर बैंकमा प्रवेश गरी बैंक लुटेपछि  मोटरसाइकलमा भागेका थिए। फरार उनीहरूलाई  अहिले प्रहरीले खोजी रहेको छ। प्रत्यक्षदर्शीका अनुसार ४ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूले बैंकमा लुटपाट गरेका थिए । बैंक लुटपाट गरेपछि मोटरसाइकलमा दुर्ईजना पर्सातिर र दुर्ईजना प्रकौलितिर भागेका छन् । बैंकबाट प्रहरी चौकी करिब ७ सय मिटरको दुरीमा छन् । 

एनएमबी बैंक, महोत्तरीमा डकैति

Image
जनकपुर, १६ जेठ ।  महोत्तरीमा एनएमबी बैंकबाट रकम लुटपाट भएको छ ।  महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लले बताए । उनका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनीहरूले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।

बहिरा बालबालिकाको लागि बसको व्यवस्था गरिने– मेयर सिंह

Image
वीरगंज, १६ जेठ । नगरप्रमुख राजेशमान सिंहले बहिरा बालबालिकाको उज्ज्वल भविष्यको लागि सबै एकजुट भएर काम गर्नुपर्ने बताएका छन् । मङ्गलवारदेखि वीरगंजमा शुरू भएको सरोकारवालाहरूका लागि १० दिने आधारभूत सांकेतिक भाषा तालिमको उदघाटन गर्दै उनले बहिरा विद्यार्थीका लागि बसको व्यवस्था मिलाउने बताए । बहिरा विद्यार्थीहरूको आवागमन सहज बनाउन यातायातको प्रबन्ध मिलाउने बताएका हुन् । वीरगंज महानगर क्षेत्रमा २ सय जना बहिरा विद्यार्थी रहेको भन्दै उनले उनीहरूको शिक्षाको प्रबन्ध महानगरले गरिरहेको पनि बताए । अहिले पठन पाठन भइरहेको स्थानबाट सारेर अर्काे स्थानमा सुविधासम्पन्न विद्यालय बनाउने काम अघि बढाइएको भन्दै उनले बहिराहरूको विचार भावना बुझ्न सकियोस भनेरै महानगरले सांकेतिक भाषाको तालिमका लागि सहयोग गरेको पनि बताए। तालिममा १५ जना महिला पुरूषको सहभागीता छ । पर्सा बहिरा संघकी उपाध्यक्ष समिक्षा सापकोटाको सभापतिŒवमा सम्पन्न उदघाटन कार्यक्रममा महानगरका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण, बहिरा संघ पर्साका अध्यक्ष सगुन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण अर्चना कर्णले गरेकी थिइन् ।

भिस्वा नाकाबाट ठूलाे परिमाणमा लागु औषधसहित बसका चालक र सहचालक पक्राउ

Image
वीरगन्ज ,१६जेष्ठ : भारतसंग जाेडिएकाे पर्साकाे भिस्वा नाकाबाट प्रहरीले ठुलो परिमाणमा लागु औषधसहित बसका चालक र सहचालकलाई पक्राउ गरेकाे छ । पर्साकाे छिपहरमाई गाँउपालिका वडा नम्बर ५ भिस्वास्थित नेपाल-भारत सीमानाका नजिकै पार्किङ गरि राखिएकाे प्रदेश ०३-००१ख १८१० नम्बरको देवी ट्राभल्स बसबाट प्रहरीले लागू औषधसहित उक्त बसका चालक र सहचालकलाई पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा बसका चालक दाेलखाकाे भिमेश्वर नगरपालिका ८ का ४२ वर्षिय दुर्गाराज खत्री र सहचालक पर्साकाे धाेबिनी गाँउपालिका ४ का नुरेश मियाँ तेली रहेका छन् । प्रहरीका अनुसार , गाेप्य सुचनाका आाधारमा साेमबार साँझ प्रहरी चाैकी भिस्वाबाट खटिएको प्रहरी टाेलीले यात्रु लिएर काठमाडौं जान तयारीमा रहेकाे उक्त बसमा चेकजाँच गरेकाे थियाे । त्यसक्रममा बसकाे डिक्की खाेलेर खानतलासी गर्दा डिक्कीभित्र रहेकाे प्लास्टिककाे बाल्टीमा कागजले बेरेर राखिएकाे अवस्थामा लागु औषध फेनरागन ५ सय पिस , डाइजेपाम ५ सय पिस र नाेर्फिन ५ सय पिस बरामद भएकाे हाे । बसबाट औषध बरामद भएपछि बससहित चालक खत्री र सहचालक तेलीलाई नियन्त्रणमा लिइएकाे पर्साका प्रहरी नायब उपरीक्षक दिपक ग...

आइपिएलकाे उपाधिमाथि चेन्नाईकाे कब्जा

Image
वीरगन्ज ,१६जेष्ठ : महेन्द्र सिंह धाेनी नेतृत्वको चेन्नाई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) काे उपाधि जितेकाे छ । साेमबारराति भएकाे फाइनल खेलमा गुजरात टाइटन्सलाई पाँच विकेटले पराजित गर्दै चेन्नाइ सुपर किंग्सले आईपीएलकाे उपाधि जितेको हाे । चेन्नाइको यो पाँचौं उपाधि हो । सुरुमा २१५ रनको लक्ष्य पछ्याएको चेन्नाइले सुरुवाती ३ बलमा चार रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । वर्षा रोकिएपछि चेन्नाइले १५ ओभरमा १७१ रनको लक्ष्य पाएकाे थियाे । राम्रो सुरुवात गरेर पनि एकपछि अर्को विकेट गुमाएको उसका लागि अन्तिम दुई बलमा १० रन चाहिएको थियो । पहिलो बलमा छक्का हानेका रवीन्द्र जडेजाले अर्को बलमा चौका हानेपछि चेन्नाई पाँच विकेटले विजयी भएकाे हाे । यसअघि पहिले व्याटिङ गरेकाे गुजरातले २० ओभरमा ४ विकेट गुमाएर २१४ रन बनाएको थियो । The post आइपिएलकाे उपाधिमाथि चेन्नाईकाे कब्जा appeared first on Madhes Khabar .

गणतन्त्र दिवसमा नारायणी अस्पतालमा नेविसंघद्वारा फलफूल वितरण

Image
वीरगन्ज ,१५जेष्ठ : १६ ओैं गणतन्त्र दिवसको अवसरमा नेपाल विद्याथी संघ पर्साले साेमबार वीरगन्जकाे नारायणी अस्पतालमा बिरामीहरुलाई फलफूल वितरण गरेकाे छ । नेविसंघले अस्पतालका १सय ५६ जना बिरामीहरूलाई फलफूल वितरण गरेको हाे । नेवि संघ पर्साका अध्यक्ष रमेश यादव कोअध्यक्षमा तथा नेपाली कांग्रेस पर्साका उपाध्यक्ष रामनाराण कुर्मीकाे प्रमुख आतिथ्यतामा भएकाे फलफूल वितरण कार्यक्रममा कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, क्षेत्रीय सभापति मोहम्मद शाहबुद्धिन, महानगर सभापति मणिन्द्रलाल नेपाली , महाधिवेशन प्रतिनिधि किरण सरकार,मनोजा चौधरी, मिन्टु सिंह, युवा नेता दिलीपराज कार्की, बाबुनन्द पटेल, साबिर हुसेन, नेविसंघका जिल्ला सचिव फिरोज अंसारी, प्रकाश रौनियार, पवन पटेल, विटु पटेल ,राज यादव, राजवीर यादव, विक्रम पटेल, दिलीप यादव, राजेश कुशवाहा, दिलीप साह लगायतका नेता कार्यकर्ताहरुकाे पनि सहभागीता थियाे । The post गणतन्त्र दिवसमा नारायणी अस्पतालमा नेविसंघद्वारा फलफूल वितरण appeared first on Madhes Khabar .

रेशम चौधरीको आममाफी अदालतमाथि बलमिच्याइँ : गगन थापा

Image
काठमाडौं, १५ जेष्ठ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई आममाफी दिएर सरकारले सर्वोच्च अदालतमाथि बलमिच्याइँ गरेको टिप्पणी गरेका छन् । सोमबार ललितपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले अहिले राजाको शासन नभएकाले कसैको हुकुम चल्न नहुने बताए । ‘आज सरकारलाई मन लाग्यो, सरकारले निर्णय गरिदियो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो’, उनले भने, ‘यो राजाको शासन होइन, यहाँ हुकुम चल्दैन । यो गणतन्त्र हो । गणतन्त्रमा केवल कानुन मात्रै चल्छ । कानुनको शासन मात्रै हुन्छ ।’ सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउँदै हतारहतार निर्णय गरेको भन्दै उनले असन्तुष्टि जनाए । सरकार चलाउन केही गाह्रो भयो भनेर बलमिच्याँइ गरेर निर्णय गर्न नहुने भन्दै महामन्त्री थापाले भने, ‘अदालतको पूर्णपाठ आएको छैन । हामी हतार हतार निर्णय गर्छौं भने त्यसको अर्थ के हो ? हामीले अदालतलाई हेप्यौं । हामीले बलमिच्याइँ ग¥यौं । हामीले जे गरेपनि हुन्छ भन्ने सोच्यौं ।’ ‘हामीलाई अफ्ठ्यारो परेको बेलामा यस्ता कुरा चल्छन् भन्ने सोच्यौं । तर नागरिकको ठाउँबाट हेर्दै गर्दा के देखिन्छ ? विधिक...

पटेर्वासुगौली गाँउपालिकामा शिक्षा ऐनविपरित विधालयको स्तर घटुवा र शिक्षकहरुको सरुवा

Image
वीरगन्ज, १५ जेष्ठ : पर्साको पटेर्वासुगौली गाउँपालिका कार्यालयले संघीय शिक्षा ऐनविरुद्ध सामुदायिक विद्यालयहरूको स्तर घटुवा र शिक्षकहरूको सरुवा गरेको छ । पटेर्वासुगौली गाँउपालिकाले वडा नम्बर ५ मोरटोलस्थित जयदुर्गे आधारभूत विद्यालय, वडा नम्बर २ चापीस्थित अरुणोदय–कोपिला आधारभूत विद्यालय र नेपाल राष्ट्रिय आधारभूत विद्यालय विश्रामपुर गरी तीनवटा विद्यालयलाई घटुवा गरेर बालविकास केन्द्र सञ्चालन गरेको हो । गाँउपालिकाको शिक्षा समितिको गत चैत २७ गतेको निर्णय र गाँउपालिका कार्यापालिकाको गत बैशाख १६ गतेको निर्णय अनुसार गत बैशाख २१ गतेदेखि यी तीनवटा विद्यालयको घटुवा गरेर बालविकास केन्द्र सञ्चालनमा ल्याइएको हो ।विद्यालयहरूको घटुवा भएपछि त्त्यस क्षेत्रका बालबालिकाहरू प्रावि तहको अध्ययनका लागि अन्यत्रका विद्यालयमा जानुपर्दा समस्या भएको अभिभावकहरूले गुनासो गरेका छन् । सरकारले संघङ्घीय शिक्षा ऐन बाझिने गरी गाँउपालिकालाई शिक्षा नियमावली नबनाउन निर्देशन नै दिएको छ । यस्तै शिक्षा ऐनमा विद्यालयको घटुवा, बढुवाका लागि गाँउपालिकाको सिफारिसमा शिक्षा विकास तथा समन्वय एकाइले कार्य गर्नुपर्ने उल्लेख छ। तर पटेर्...

रेशम चाैधरी कारागारबाट रिहा

Image
काठमाडौं ,१५जेष्ठ : टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी आज साेमबार कारागारबाट रिहा भएका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी आज कारागारबाट रिहा भएका हुन् । मन्त्रिपरिषद्ले आइतबार बिहान रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो ।पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको हो । यसपटक चौधरीसहित १९ जनाले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा माफी पाएका छन् । २०७२ मा राज्यको पुनर्संरचनाका क्रममा सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलन सुरु भएको थियो । त्यसै क्रममा ७ भदौमा टीकापुरमा हिंसात्मक घटना भयो । उक्त घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो । त्यसको अक्रोशमा भोलिपल्ट रेशमको घर, एफएममा आगजनी भयो । थारु समुदायका ८८ वटा घरमा लुटपाट र आगजनी भयो । सोही घटनाको योजनाकारका रुपमा रेशम चौधरीलाई अदालतबाट जन्मकैदको सजाय भएको थियो । घटनाको योजनाकारको...

विश्वकप क्वालिफायर खेल्ने नेपाली टाेली घाेषणा , वीरगन्जका आरिफ र आसिफ पनि परे टिममा

Image
वीरगन्ज ,१४जेष्ठ : नेपाल क्रिकेट संघ क्यानले आगामी महिना जिम्बाबेमा हुने विश्वकप क्वालिफायर खेल्न राष्ट्रिय टोली घोषणा गरेको छ । जसमा अर्जुन साउद र किशोर महतो पनि समेटिएका छन् । गत बैशाखमा घरेलु मैदानमा भएको एसीसी प्रिमियर कप जित्दाको टोलीमा दुई खेलाडी थप्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । राष्ट्रिय टोलीमा वीरगन्जका सहाेदर दाजुभाइ आरिफ शेख र आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललितनारायण राजवंशी, अर्जुन साउद र किशोर महतो रहेका छन् । नेपालले दक्षिण अफ्रिकामा आगामी महिना जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोटको अन्तिम तयारीको लागि जानेछ । नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग वार्मअप खेल खेल्नेछ । नेपाली टिम दक्षिण अफ्रिकाबाट जेठ १८ मा जिम्बावे जानेछ । त्यसको एक दिनपछि नेपालले युएईसँग वार्मअप खेल खेल्नेछ । नेपालले जेठ ३० मा युएई र जेठ ३२ मा ओमानसँग वार्मअप खेल खेल्नेछ । नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग पनि वार्मअप खेल खेल्ने क...

सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा रेशम चौधरीको कैद सजाय माफी

Image
काठमाडौं , १४ जेष्ठ : राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित ५०१ जनाको कैद सजाय माफी गरेका छन्। मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बसेको बैठकको सिफारिस अनुसार राष्ट्रपति पौडेलले रेशम चौधरीसहित ५०१ जना कैदीको कैद सजाय मिनाह गरेका हुन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको वक्तव्यमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०÷०२÷१२ र २०८०÷०२÷१४ का बैठकका सिफारिस अनुसार विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ।’ 

१० दिन पैदल हिंडेर काठमाडौं पुगेका श्रीर्सिया नदी प्रदुषण मुक्त बनाउन माग गर्दै माइतीघरमा धर्ना

Image
वीरगंज, १४ जेठ । पर्साको सिर्सिया नदीलाई प्रदुषण मुक्त बनाउने अभियानका साथ वीरगञ्जबाट काठमाडौंसम्म पैदल आएका अभियन्ताहरूले आइतवार माइतीघरमा धर्ना दिएका छन् । १० दिन पैदल हिँडेर काठमाडौं आइपुगेका उनीहरूले बारा औद्योगिक करिडोरका उद्योगबाट निस्किने फोहोरका कारण सिर्सिया नदी प्रदूषित हुँदै आएको भन्दै नदीलाई प्रदुषणमुक्त बनाउन ध्यानाकर्षण गराएका हुन् । बाराको सिमराभन्दा पश्चिम पर्ने रामवनस्थित वनबाट बग्न शुरू गरेको सिर्सिया नदी पर्साको वीरगञ्ज शहर हुँदै भारतको रक्सौलसम्म पुगेको छ । पर्सा–बारा औद्योगिक करिडोरका उद्योगबाट रसायनयुक्त पानी र फोहर सिधै नदीमै विसर्जन हुँदै आएका कारण सिर्सिया नदी विगत तीन दशक यता प्रदूषित बनेको हो । औद्योगिक करिडोरमा रहेका छाला, डिस्टीलरी, टेक्सटाइल, घ्यू, साबुनलगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानी सो खोलामा बगाइनछ । जीवजन्तुका सडेगलेका छाला, रौँ, खरानी, लेदोलगायतका विकार प्रशोधन नगरी नदीमा सिधै बगाउँने गरिन्छ । जसले गर्दा सिर्सिया नदी प्रदूषित र दुर्गन्धित बनेको हो । सिर्सिया नदी आसपासका स्थानीयले प्रदूषण रोक्न माग गर्दैै पटकपटक आन्दोलन समेत गर्दै आएका छ...

आइपिएल उपाधिका लागि आज चेन्नई र गुजरात भिड्दै

Image
वीरगन्ज ,१४जेष्ठ : भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट २०२३ को उपाधिका लागि आज आइतबार चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स भिड्दैछन् । यी दुईबीचकाे फाइनल खेल नेपाली समय अनुसार बेलुकी पाैने ८ बजे गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सुरु हुनेछ । चेन्नई पाँचौं पटक र गुजरात लगातार दोस्रो पटक उपाधि जित्ने सोचमा हुनेछन् । विश्व क्रिकेटकै एक सर्वाधिक सफल कप्तान धोनीको सम्भव त यो आइपिएल अन्तिम खेल हुने हुँदा चेन्नई उपाधिका साथ बिदा गर्न चाहन्छ । धोनीको उत्कृष्ट कप्तानी सामू गुजरातको परिक्षा हुनेछ । जारी आइपिएलमा चेन्नईले पहिलो क्वालिफायरमा गुजरातलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको हाे । गुजरातले भने दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै फाइनलमा चेन्नईसंगकाे भेट पक्का गरेको हो । गुजरातका युवा ओपनर शुभमन गिल र चेन्नईका ऋतुराज गायकवाड दुबै टोलीका प्रमुख ब्याटर हुन् । यी दुई ब्याटर उच्च लयमा छन् । गिल १६ खेलमा ३ शतक र ४ अर्धशतकसहित ८ सय ५१ रनका साथ शीर्ष स्थानमा छन् । गिलले पछिल्ला चार इनिङमा तीन शतक हानेका छन् ।   यता चेन्नईका डेभन कन्वे र...

२ कराेड हिनामिना गरेकाे आराेपमा बारा हुलाक कार्यालयका प्रमुख कुर्मी पक्राउ

Image
बारा, १३जेष्ठ : बचतकर्ताको झण्डै दुई करोड रकम हिनामिना गरेको आरोपमा प्रहरीले जिल्ला हुलाक कार्यालय बाराका प्रमुख बलिराम प्रसाद कुर्मीलाई नियन्त्रणमा लिएको छ। हुलाक बचत बैंकबाट एक करोड ९५ लाख ३४ हजार नौ सय ६६ रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले ५० वर्षीय कुर्मीलाई पक्राउ गरेको हो। पर्साकाे बहादुरमाई गाउँपालिका २ घर भएका कुर्मीविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा उजुरी परेको थियो। बचतकर्ताले दिएको उजुरीका आधारमा कुर्मीलाई नियन्त्रणमा लिएको बाराका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन्। पक्राउ परेका कुर्मीलाई बारा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता पाण्डेले बताए। साभार:अन्नपूर्ण पाेष्ट The post २ कराेड हिनामिना गरेकाे आराेपमा बारा हुलाक कार्यालयका प्रमुख कुर्मी पक्राउ appeared first on Madhes Khabar .

वनको जमिन सुकुम्वासीको नाममा दिंदैनौं– मन्त्री रमेशप्रसाद कुर्मी

Image
बारा, १३ जेठ । मधेस प्रदेशका वन तथा वातावरण मन्त्री रमेशप्रसाद कुर्मीले  वन जङ्गल काटेर सडक, रेलमार्ग, विमानस्थल गर्न लागेको बताएका छन् । शनिवार गढीमाई साझेदारी वन उपभोक्ता समूहको दोस्रो साधारण सभा कार्यक्रममा बोल्दै वन मन्त्री कुर्मीले पानीको श्रोतको संरक्षणका लागि पनि सम्पूर्ण व्यक्ति मिलेर जङ्गल जोगाउन आग्रह गरेका छन् । 'हामी कानुन निर्माण गरेर वनको जग्गा वितरण गर्न रोक्दै छौ, हाम्रो वनको जमिन कुनै पनि हालतमा सुकुम्वासीको नाममा दिनेवाला छैनौ' मन्त्री कुर्मीले भने । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडि बढाउन प्रदेश सरकारको भूमिकाको विषयमा मन्त्री कुर्मीले जङ्गलको विनाश कत्ति हुन्छ र त्यसबाट हुने फाइदालाई लिएर मात्रै अगाडि बढ्ने बताएका छन् । राष्ट्रिय भूमि आयोगले कानुन बनाएर वनको जग्गा भूमिहीन र सुकुम्वासीको नाममा वितरण गरेको बताएका छन् । 'भूमि आयोगको कुदृष्टि वनको जग्गामा परेको छ, 'अहिले कानुन बनाएर आयोगले भूमिहीनको नाममा वितरण गरिरहेको छ यसलाई रोक्न मैले आफ्नो तर्पmबाट विश्वास दिलाउन चाहन्छु, खास गरी मधेसको सबैभन्दा ठुलो सम्पत्ति जल, जङ्गल, जमिनमाथि आक्रमणको...

श्रीच्छा प्रधानले जितिन मिस नेपाल वल्र्डको उपाधि

Image
काठमाडौं, १३ जेठ । मिस नेपाल वल्र्डको उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिवार ललितपुरको गोदावरीमा सम्पन्न अन्तिम स्पर्धामा उनले २३ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । उनलाई गत वर्षकी मिस नेपाल प्रियंकारानी जोशी ताज लगाइदिएकी छन् । प्रधान काठमाडौंकी हुन् । उनी लिबरल आर्टस्रसासाइन्स मा स्नातक छिन् । त्यस्तै रैना मजगैया मिस नेपाल अर्थ र प्रसिद्धी शाह मिस नेपाल इन्टरनेशनल घोषित भएका छन् । दाड्ढी मजगैया कमर्सियल पाइलट हुन् भने ललितपुरबाट प्रतियोगी शाह वातावरण विज्ञानमा स्नातक हुन् । उनी पहिलो मिस नेपाल रूवि राणाकी छोरी पनि हुन् । गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा आयोजित अन्तिमस्पर्धामा २४ जनाले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रममा अभया सुब्बाले सांगीतिक प्रस्तुति दिएकी थिइन् ।

कम्प्युटर अपरेटर नियुक्तिका लागि महानगरले लियो लिखित परीक्षा

Image
वीरगन्ज, १३ जेष्ठ : वीरगन्ज महानगरपालिकाले कम्प्युटर अपरेटर पदमा नयाँ कर्मचारी पूर्ति गर्न शनिबार लिखित परीक्षा लिएको छ ।खुला आवेदनमार्फत महानगरले ३३ जना कम्प्युटर अपरेटर भर्ना गर्नका लागि शनिबार लिखित परीक्षा लिएको हो । प्रारम्भिक योग्यता क्रममा परेका आवेदकहरुको परीक्षा लिइएको महानगरका प्रशासन प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिए । गएको माघ २५ गते सूचना सार्वजनिक गर्दै आवेदन माग गरेकोमा १ हजार ४ सय ८० जनाले दरखास्त बुझाएका थिए । जसमध्ये बैशाख १९ गते प्रारम्भिक योग्यता क्रम सार्वजनिक गर्दा १ हजार ४ सय ५१ जनाको नाम प्रकाशित भएको थियो । प्रारम्भिक सूचिमा नाम प्रकाशित भएकाहरुको शनिबार त्रिजुद्ध मा.वि. र त्रिभुवन हनुमान मा.वि. परीक्षा केन्द्रबाट लिखित परीक्षा लिइएको प्रशासन प्रमुख ताम्राकारले जानकारी दिए । शनिबार लिइएको परीक्षाको महानगरका मेयर राजेशमान सिंहले अनुगमन गर्दै अनुशासित भएर परीक्षा दिन परिक्षार्थीहरुलाई आग्रह गरेका थिए । यस्तै उपमेयर इम्तियाज आलमलेपनि दुवै परिक्षा केन्द्रमा पुगेर परिक्षाको अनुगमन गरेका थिए । शनिबार लिइएको लिखित परिक्षाको नीतजा आएपछि प्रयोगात्मक र मौखिक ...

परवानीपुर गाँउपालिका : इन्धनमा मात्रै मासिक लाखाैलाख खर्च

Image
बारा,१३जेष्ठ :बाराको परवानीपुर गाउँपालिका कार्यालयले इन्धनमा मात्रै मासिक लाखौँलाख रकम खर्च गर्दै आइरहेको पाएको छ ।गाउँपालिकाले कार्यालयले उपलब्ध गराएको विवरण अनुसार पालिकामा पेट्रोल र डिजल प्रयोगमा मासिक मात्र मासिक दुई लाखभन्दा बढि खर्च हुँदै आएको हो । गाउँपालिका कार्यालयमा पालिका अध्यक्षदेखि कार्यालय सहयोगी समेतले आफ्नो सुविधा अनुसार इन्धनको खपत गर्दै आएका छन् । पालिकाको तथ्यांकअनुसार पालिका अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय अधिकृतले मात्र साढे ७ सय लिटर भन्दाबढि इन्धन खपत गरीरहेको देखिएको छ । यस्तै पालिकाको विभिन्न शाखाका प्रमुखदेखि कार्यालय सहयोगीसहित ४३ जनाले आफ्नो आवश्कताअनुसार इन्धन लिँदै आएका छन्। कार्यालयका अनुसार यस कार्यालयमा मासिक ५ सय १० लिटर पेट्रोल र ७ सय १० लिटर डिजल खपत हुदै आएको छ । यस्तै पालिकामा रहेको डोजर र ट्रयाक्टरले भने आवश्कता अनुसार खपत गर्दै आएका छन् । जुन पालिकाले उपलब्ध गराएको तथ्यांकमा उल्लेख नभएको अवस्था छ । अहिलेको मुल्य अनुसार पेट्रोलमा मात्र मासिक ९० हजार खर्च भइरहेको छ भने डिजेलमा मात्र एक लाख २५ हजारको हाराहारीमा खर्च भएको पालिकाले दिएको विवरणमा उल्...

प्रेस युनियनकाे स्थापना दिवसकाे अवसरमा वीरगन्जमा प्रभातफेरी

Image
वीरगन्ज , १३जेष्ठ : नेपाल प्रेस युनियनको ३२ औ स्थापना दिवसको अवसरमा वीरगन्जमा नेपाल प्रेस युनियन पर्साले प्रभात फेरी निकालेकाे छ। वीरगन्ज स्थित घण्टाघर चाेक‌बाट‌‌ शनिबार बिहान निकालिएको प्रभात फेरि माइस्थान,आदर्शनगर,घडीअर्वा पोखरी हुदै नगर परिक्रमा गरि पुन घण्टाघर‌ चाेकमा पुगेर सप्पन्न भएको थियो। प्रभात फेरिपछि आयाेजित काेणसभालाई सम्बाेधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानले लाेकतन्त्रवादी सन्चारकर्मीहरुकाे साझा संगठन प्रेस युनियन श्रमजीवी सन्चारकर्मीहरुकाे हक अधिकार र पेशागत सुरक्षाका लागि सदैव लड्दै आएकाे बताए ।उनले श्रमजीवी सन्चारकर्मीहरुका लागि अन्य संघसंगठनसंग सहकार्य गरेर अगाडि बढ्न आग्रह पनि गरे । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले देश अहिले आर्थिक र राजनीतिक संकटमा परेका बेला नेपाली पत्रकारितालाइ अझै सबल बनाउनुपर्ने आवश्यकता भएकाे बताए । नेपाल प्रेस युनियनका केन्द्रीय सचिव एंव पत्रकार महासंघ पर्साका पुर्व अध्यक्ष अशाेक तिवारीले यदि कुनै पत्रकार क्रियासिल छैन भने त्यसको सदस्यता नविकरण नगर्न पत्रकार महासंघ पर्सा शाखाकाे नेतृत्वलाई आग्र...

यौनधन्दा चलाएको आरोपमा होटल सञ्चालकसहित आठ जना पक्राउ

Image
प्रस, वीरगंज, १२ जेठ/ वीरगंज महानगरपालिका–१५ बसपार्कस्थित होटेल लक्ष्मी एण्ड पार्टी प्यालेसमा प्रहरीले छापा मारी होटल सञ्चालकसहित आठ जनालाई नियन्त्रणमा लिएको छ ।   पक्राउ पर्नेमा होटल सञ्चालक जीराभवानी गाउँपालिका–१ निवासी विनोद मुखियासहित दुर्ई भारतीय कमलेश कुमार र सतिश कुमार र पाँचजना युवती रहेको जिप्रका, पर्साका प्रहरी प्रबक्ता डिएसपी दीपक गिरीले जानकारी दिए। पक्राउ परेका आठै जनालाई अभद्र ब्यवहार मुदामा प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको गिरीले बताए । यौनधन्दा चलाएको उजूरीको आधारमा उनीहरुलाई बिहीवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्रोत अनुसार होटल सञ्चालक मुखियाले कोठा भाडामा लिन आउने ग्राहकलाई आफूसँग केटिपनि उपलब्ध रहेको बताउने गरेका थिए । त्यसपछि ग्राहकलाई ह्वाट्सएप र भाइबर मार्पmत उनले केटीको फोटो पठाउँथे, ग्राहकले मनपाएको केटीलाई आफ्नै होटलमा बोलाएर यौन धन्दा सञ्चालन गर्थे । मुखियाले होटलमा लामो समयदेखि यौन धन्दा चलाउँदै आएको स्थानीय बताउँछन् । त्यसो नगर्न चेतवानी दिँदापनि नमानेपछि प्रहरीलाई जानकारी गराइएको उनीहरूको भनाई छ ।

सजाय माफीका लागि रेशम चौधरीले पठाएको पत्र राष्ट्रपतिबाट गृहमन्त्रालयमा फिर्ता

Image
काठमाडौं, १२ जेष्ठ : सजाय माफी गरी आफूलाई कैदमुक्त गर्न माग गर्दै रेशम चौधरीले पठाएको पत्र राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रालयमा पठाएका छन् । रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका रेशमले बाँकी सजाय माफीका लागि दिएको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको थियो । चौधरी १५ फागुन, २०७४ देखि थुनामा छन् । उनलाई अदालतले तोकेको जन्मकैदको सजाय अनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने थियो । साथै टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा दिएको निवेदनलाई पनि राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा कार्यार्थ पठाएको छ । उनले रेशमलगायतलाई थुनामुक्त गर्न नहुने माग राखेर राष्ट्रप...

पर्सामा १० केजी चरेससहित चितवनका तामाङ पक्राउ

Image
वीरगन्ज, १२ जेष्ठ : पर्साको ग्रामीण भेगबाट प्रहरीले लागु औषध चरेसहित एक युवकलाई पक्राउ गरेको छ ।प्रहरीले लागु औषध चरेस १० केजजीसहित चितवनको भरतपुर महानगरपालिका वडा नंबर १२ गोन्द्राङ घर भएका २३ वर्षिय पासाङ तामाङलाई पक्राउ गरेको हो । पर्साको कालिकामाई गाउँपालिका वडा नंबर १ स्थित नहर सडक खण्डमा शुक्रबार दिउँसो प्रहरी चौकी आस्वारीबाट खटिएको प्रहरी टोलीले बीआर २२ टि ८४९८ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा मोटरसाइकल चालक तमाङले बोकेको झोलाबाट २० वटा प्याकेटमा रहेको १० केजी चरेस बरमद भएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए । चरेस र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका तामाङलाई ईलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर तप अनुसन्धान भइरहेको उनले बताए । The post पर्सामा १० केजी चरेससहित चितवनका तामाङ पक्राउ appeared first on Madhes Khabar .

१० किलो चरेससहित पर्साबाट एकजना पक्राउ

Image
वीरगंज, १२ जेठ/ जिल्ला प्रहरी कार्यालय, पर्साले १० किलो लागूऔषध चरेससहित एकजनालाई पक्राउ गरेको जनाएको छ ।   आज बिहान १०ः०० बजे पर्सा जिल्ला कालिकामाई गाउँपालिका–१ स्थित नहर सडक खण्डमा प्रहरी चौकी आशवारीले चेकजाँच गर्ने क्रममा बिआर२२एटी ८४९८ नम्बरको मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २१ वर्षीय अनिल पासवानलाई लागूऔषधसहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ ।   पासवानले बोकेको झोलाभित्र २० प्याकेट (५०० ग्राम प्रतिप्याकेट) चरेस १० किलो बरामद भएको र इलाका प्रहरी कार्यालय पोखरिया अनुसन्धानको लागि राखिएको जिप्रका, पर्साले जनाएको छ । 

रेशम चौधरीको सजाय माफीको प्रस्ताव राष्ट्रपति कार्यालयमा

Image
काठमाडौं,११जेष्ठ :सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्नेे तयारी थालेको छ । टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका उनको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको छ । ‘हो, उहाँको बाँकी सजाय माफी हुनुपर्ने भनी पेश भएको निवेदन गृह मन्त्रालयबाट यहाँ आइपुगेको छ, अध्ययनपछि प्रक्रिया अघि बढ्छ’, राष्ट्रपति रामचन्द्र पौडेलको एक सल्लाहकारले भने, ‘त्यसैबारे राष्ट्रपतिज्यूसँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल र उहाँको टिम यहाँ आइपुगेको थियो ।’ यस विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड मंगलबार साँझ राष्ट्रपति कार्यालय पुगेको राष्ट्रपति पौडेलका ती सल्लाहकारले भने । संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ । गृह मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ अनुसार सजाय माफीको प्रक्रिया अघि बढाएर फाइल राष्ट्रपत...

गोली प्रहारबाट रौतहटमा वृद्धको हत्या

Image
रौतहट, ११ जेठ । रौतहटमा एकजना वृद्धको गोली प्रहार गरी हत्या गरिएको छ । देवाही गोनाही वडा नम्बर १ निवासी ७० वर्षीय शेख तैयबको टाउकोमा गोली प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । करुणियाबाट लक्षिमिनया जाने मन्दिर नजिक बाटोमा बिहीवार बिहान शब भेटिएको मृतकका छोरा शेख असलमले बताएका छन् । राति १२ बजेको समयमा पटाका पड्किएको र गोली चलेको अवाज सुनिएको मृतकका भतिजो शेख इमताफले बताए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । 

आइपिएलको सट्टाबाजीमा संलग्न चारजना वीरगंजबाट पक्राउ

Image
वीरगंज, ११ जेठ । भारतमा भइरहेको आइपिएल क्रिकेटको सट्टाबाजीमा संलग्न रहेको आरोपमा चारजना वीरगंजबाट पक्राउ परेका छन् ।   बुधवार राति वीरगंज महानगर–१५ स्थित सञ्जय श्रीवास्तवको तीन तल्ले घरमा मुम्बइ इन्डियन भर्सेज लखनउ सुपर गैन्ड आइपिएल क्रिकेट खेलको सट्टाबाजी गराइरहेको आरोपमा चारजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।   प्रहरीले बारा, कलैया उपमहानगरपालिका–४ बस्ने ३१ वर्षीय सरोज साह, सर्लाही, रामनगर गाउँपालिका–६ बस्ने ३५ वर्षीय सन्तोषकुमार यादव, वीरगंज महानगरपालिका–२४ बस्ने ३४ वर्षीय धुरेन्द्रप्रसाद यादव र भारत, उत्तरप्रदेश गोरखपुर देवरिया बस्ने ५२ वर्षीय धर्मनाथप्रसाद जैसवाललाई पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ ।   उनीहरुबाट नेरु तीन लाख ९० हजार पाँच सय र भारु १५ हजार सात सय बरामद भएको तथा क्रिकेटको सट्टा खेलाउन प्रयोग हुने टिभी लगायत प्रमाणहरु बरामद भएको जिप्रका, पर्साले जनाएको छ । पक्राउ परेकाहरुलाई अनलाइन सट्टाबाजी सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।

पर्सा ग्रामीण पत्रकार समाजका नवनिर्वाचित पदाधिकारी र सदस्यहरु वीरगन्जमा सम्मानित

Image
वीरगन्ज ,१०जेष्ठ : पर्सा ग्रामीण पत्रकार समाजका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई नेपाल पत्रकार महासंघ पर्सन शाखाले सम्मानित गरेकाे छ । वीरगन्जमा बुधबार आयाेजित कार्यक्रममा पत्रकार महासंघ पर्सा शाखाले सममजका नवनिर्वाचित अध्यक्ष धर्मेन्द्र चाैरसिया, उपाध्यक्षद्वय प्रमाेद कुमार यादव र ओमप्रकाश चाैधरी, सचिव बलराम शुक्ला, कोषाध्यक्ष कृष्णमोहन साह, सदस्यरु रामजी यादव ,चन्द्रशेखर प्रजापति, चिरञ्जीवी यादव लगायतलाई सम्मानित गरेकाे हाे। कार्यक्रममा पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायतले समाजका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई गम्छा ओढाएर सम्मानित गरे । तिवारीकै अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सचिव अशाेक तिवारी , नेपाल पत्रकार महासंघका पुर्व मध्यमाञ्चल संयाेजक महेश दास , नेपाल प्रेेस युनियन पर्साका अध्यक्ष विजय चाैहान, प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष दिपक गाैतम, पत्रकार शत्रुधन नेपाल , तुलसी भण्डारी लगायतकाे पनि सहभागीता थियाे । The post पर्सा ग्रामीण पत्रकार समाजका नवनिर्वाचित पदाधिकारी र सदस्यहरु वीरगन्जमा सम्मानित appeared first on Madhes...

बिपिएस कलेजद्वारा २ दिने तालिमको आयोजना, उपमेयर आलमले गरे उद्घाटन

Image
वीरगन्ज,१०जेष्ठ : वीरगन्ज पब्लिक स्कुल (बिपिएस) ले विद्यार्थीहरुको क्षमता अभिवृद्धी र व्यक्तित्व विकासका निमित्त २ दिने तालिमको आयोजना गरेको छ । कक्षा ११ र १२ का विद्यार्थीहरुको नेतृत्वदायी क्षमता विकास गर्ने अभिप्रायका साथ तालिमको आयोजना गरिएको बिपिएस प्लस टु कलेजका प्रबन्ध निर्देशक मुकेश गुप्ताले बताए । तालिमकाे उद्घाटन गर्दै वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गर्ने क्रमलाई निरन्तरता दिनुपर्ने बताए । विद्यालयमा अध्यापन गराएर मात्रै विद्यार्थीको चौतर्फी विकास नहुने उपमेयर आलमले बताए । विद्यार्थीको चौतर्फी विकासलाई महानगरले पनि प्राथमिकतामा राखेको बताउँदै उनले विभिन्न किसिमका तालिम, गोष्ठी, सेमिनार एवम् कार्यक्रमहरुमा विद्यार्थीलाई सरिक गराउननुपनर्नेमा जोड दिए । तालिममा सन्तोष कर्णले सहभागी विद्यार्थीहरुलाई प्रशिक्षण दिएका छन् । साथै मानव सेवा आश्रम मधेश प्रदेशका प्रमुख देवेश गुप्ता, सञ्चारकर्मी सूर्यनारायण वि.क., आनन्द पटेल, सशस्त्र प्रहरी बल भन्सारका प्रहरी नायब उपरीक्षक रामजंग पाण्डे लगायतले विद्यार्थीहरुको प्रोत्साह ब...

कक्षा १२ को परिक्षा दिएका विद्यार्थीका लागि एडूकेशन करिअर काउन्सिलिङ कार्यक्रम हुदैं

Image
वीरगन्ज, १०जेष्ठ :कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै वीरगन्जमा एडूकेशन करिअर काउन्सिलिङ कार्यक्रम सञ्चालन हुने भएको छ । वीरगन्जस्थित डब्लू.एन.एन एडूकेशन फाउन्डेसन, साइनअप एडूकेश्नल कन्सल्टेन्सी, वाइज इन्टरनेशनल कन्सल्टेन्सी र इ-सपोर्ट इन्टरनेश्नल एडूकेश्नल कन्सल्टेन्सी लगायतका संस्थाहरुको आयोजनामा एक दिने एडूकेशन करिअर काउन्सिलिङ कार्यक्रम सञ्चालन हुन लागेको हो । कार्यक्रममा अन्तराष्ट्रिय प्रेरक र बुद्धिजीवी रमण नेपालले अभिमुखीकरण गर्ने छन् । पाँच सयभन्दा पनि बढी विद्यार्थीको सहभागितामा हुन लागेको कार्यक्रममा प्रवेश नि:शुल्क छ । वीरगन्ज स्थित टाउन हल पार्टी प्यालेशमा जेठ ११ गते बिहीबार बिहान ११ बजेदेखि हुने कार्यक्रममा सहभागीहरुका लागि प्रमाणपत्र, पठनपाठन सामग्रीको व्यवस्था गरिएको छ भने खाजा नास्ताको समेत व्यवस्था गरिएको आयोजक तथा डब्लू.एन.एन एडूकेशन फाउन्डेसनका सञ्चालन राहुल बरनवालले जानकारी दिए । कार्यक्रममा कक्षा १२ पश्चातको पढाई, तीनको सैद्धान्तिक र व्यवहारिक महत्व र करिअर विकासका संभावनाबारे छलफल गरिने बरनवालले बताए । यसले विद्यार्थीहरुलाई सही विषय र कले...

छिपहरमाई गापामा अख्तियारको छापा

Image
वीरगंज, १० जेठ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले मंगलवार छिपहरमाई गाउँपालिका कार्यालयमा छापा मारेर उजुरी परेका योजना सम्बन्धी फाइल र कागजातहरू नियन्त्रणमा लिएको छ । गाउँपालिकाको काम कारबाई र विकास निर्माणमा गरिएको भ्रष्टाचारविरूद्ध परेका उजुरी सम्बन्धी कागजात माग गर्दापनि गापा कार्यालयले  उपलब्ध नगराएपछि मंगलवार अख्तियार टोलीले कागजात नियन्त्रणमा लिएको अख्तियारका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए । उनले गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतविरूद्ध १५ वटा उजुरी परेको बताए । यसबारेमा गापा अध्यक्ष्F मनोज गुप्ताले छापामारी नभएको दावी गर्दै परेको उजुरी सम्बन्धी कागजातहरू अध्ययनका लागि अख्तियार टोलीले लगेको बताएका छन् । 

पर्साका शिक्षकहरूद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

Image
वीरगंज, १० जेठ । नेपाल शिक्षक महासंघ पर्साले थप संघर्षका कार्यक्रमहरू सार्वजनिक गर्दै आज सामुदायिक विद्यालयमा छैठौं र सातौं घण्टी बहिष्कार गरेको छ ।   जेठ ७ गतेदेखि हातमा कालोपट्टी बाँधेर आन्दोलन शुरू गरेको शिक्षकहरूले जेठ ८ र ९ गते वीरगंज महानगरपालिकाको मुल गेटमा धर्ना दिएका थिए भने आज उनीहरुले दुई घण्टी कक्षा बहिष्कार गरेका हुन् । स्थानीय तहले नियम विपरित शिक्षकहरूको सरूवा, घटुवा लगायतका काम गरेको विरोधमा चरणबद्ध आन्दोलनमा रहेका शिक्षकहरूको संगठन नेपाल शिक्षक महासंघले आजदेखि थप संघर्षका कार्यक्रम घोषणा गरेको शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले जानकारी दिनुभयो । त्यस्तै जेठ ११ गते भोली टिफिन पछिको सबै घण्टी बहिष्कार गर्ने, जेष्ठ १२ गते हाजिरी गरेर सबै घण्टी बहिष्कार गर्ने र जेष्ठ १३ गते नेपाल शिक्षक महासंघको कार्यालयमा बसि थप कार्यक्रमको तयारी गर्ने बताईएको छ ।

महोत्तरीमा मिटरब्याजीविरूद्ध १७ सय उजुरी

Image
जलेश्वर, १० जेठ/  सरकारले मिटरब्याजीलाई कारबाई गर्न कानुन ल्याएसँगै महोत्तरीमा मिटरब्याजीविरूद्ध धमाधम उजुरी पर्न थालेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार महोत्तरीमा हालसम्म मिटरब्याजीविरूद्ध एक हजार सात सय ३४ उजुरी दर्ता भएका छन् । सरकारले अध्यादेश ल्याउँदै अनुचित लेनदेन (मिटरब्याज) गरेका व्यक्तिलाई कारबाई गर्ने भन्दै पीडितलाई जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउन समय दिएपछि अहिले महोत्तरीमा मिटरब्याजीविरूद्ध उजुरी दर्ता गराउनेको संख्या बढ्दै गएको हो । गत वैशाख १८ गतेदेखि पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गर्न थालेका हुन् । यो क्रम जारी रहेको छ । जिल्ला प्रशासन कार्यालयले मिटरब्याजीविरूद्ध उजुरी दर्ता गराउन आउने पीडितका लागि सूचना सङ्कलन गर्ने, परामर्श दिने र उजुरी दर्ता गर्ने काम गरिरहेको छ । यसअघि जिल्ला प्रशासनले मिटरब्याजीविरूद्ध सरकारको उजुरी दर्ता गराउने अवधि किटान हुनु अगाडि पनि जिल्ला प्रशासन कार्यालयले मिटरब्याजीविरूद्ध तीन सय २१ ठाडो निवेदन दर्ता गरेर आवश्यक कारबाई प्रक्रिया अगाडि बढाएको थियो । तीन सय २...

एकै रातमा चारवटा पसलको सटर फोडेर चोरी गर्ने पक्राउ

Image
झापा, १० जेठ । झापामा एकै रातमा चार वटा पसलको सटर फोडेर चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय शिवगञ्जले जनाएको छ । झापा शिवसताक्षी नगरपालिका वडा नं. ५ आमबाडी बस्ने वर्ष ५६ को सविलाल खवासलाई चोरीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । शिवगंज बजारमा शृंखलाबद्ध रूपमा ४ वटा सटर फोडी चोरी भएको गुनासो आएपछि इलाका प्रहरी कार्यालय शिवगञ्जमा प्रहरीले अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न खवासलाई चोरी भएको सामानहरू, नगदसहित पक्राउ गरेको हो । चोरीमा प्रयोग भएको फलामको रड, झोला र चोरी गर्दा प्रयोग भएको कपडासहित पक्राउ परेका खवासविरूद्ध अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ । 

वीरगन्ज महानगरमा एक जनापनि बालबालिकालाई पुर्णखाेपबाट बञ्चित हुन नदिने स्वास्थ्यकर्मीहरुकाे सामुहिक प्रतिबद्धता

Image
वीरगन्ज ,९जेष्ठ : वीरगन्ज महानगरका सामुदायिक (सरकारी) स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले महानगरमा नियमित खाेपबाट एक जनापनि बालबालिकालाई बञ्चित हुन निदने सामुहिक प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य कार्यालय पर्साले वीरगन्जमा आयाेजना गरेकाे पूर्ण खोप सुनिश्चितता तथा दिगोपनको लागि पुर्नताजगी विषयक तीनदिने तालिमकाे समापनमा तालिममा सहभागी महानगरका ३२ वटै वडाका स्वास्थ्यकर्मीहरुले यस्ताे प्रतिबद्धता जनाएका हुन् । स्वास्थ्य कार्यालय पर्साकाे तथ्यांक अनुसार, पर्सामा गत पाँच वर्षको अवधिमा १४ हजार ७१५ जना बालबालिका पूर्ण खोपबाट बञ्चित भएका छन् ।स्वास्थ्य कार्यालय पर्साको तथ्यांक अनुसार , आर्थिक वर्ष २०७५/७६ देखि चालु आर्थिक वर्ष २०७९/८० सम्म जिल्लाका १४ वटै पालिकामा गरि पूर्णखोपबाट १४ हजार ७१५ बालबालिका बञ्चित भएका हुन् । जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई विभिन्न १३ प्रकारका खोप नेपाल सरकारले स्वास्थ्य संस्थाहरु मार्फत निशुल्क उपलब्ध गराउदै आएको छ । सरकारले जिल्लाका हरेक वडामा खोपकेन्द्र स्थापना गरि निशुल्क खोप उपलब्ध गराउँदै आएको भएपनि जिल्लामा यति धेरै संख्यामा बालबालिकाहरु...