बिपिएस कलेजद्वारा २ दिने तालिमको आयोजना, उपमेयर आलमले गरे उद्घाटन
वीरगन्ज,१०जेष्ठ : वीरगन्ज पब्लिक स्कुल (बिपिएस) ले विद्यार्थीहरुको क्षमता अभिवृद्धी र व्यक्तित्व विकासका निमित्त २ दिने तालिमको आयोजना गरेको छ । कक्षा ११ र १२ का विद्यार्थीहरुको नेतृत्वदायी क्षमता विकास गर्ने अभिप्रायका साथ तालिमको आयोजना गरिएको बिपिएस प्लस टु कलेजका प्रबन्ध निर्देशक मुकेश गुप्ताले बताए ।
तालिमकाे उद्घाटन गर्दै वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गर्ने क्रमलाई निरन्तरता दिनुपर्ने बताए । विद्यालयमा अध्यापन गराएर मात्रै विद्यार्थीको चौतर्फी विकास नहुने उपमेयर आलमले बताए ।
विद्यार्थीको चौतर्फी विकासलाई महानगरले पनि प्राथमिकतामा राखेको बताउँदै उनले विभिन्न किसिमका तालिम, गोष्ठी, सेमिनार एवम् कार्यक्रमहरुमा विद्यार्थीलाई सरिक गराउननुपनर्नेमा जोड दिए ।
तालिममा सन्तोष कर्णले सहभागी विद्यार्थीहरुलाई प्रशिक्षण दिएका छन् । साथै मानव सेवा आश्रम मधेश प्रदेशका प्रमुख देवेश गुप्ता, सञ्चारकर्मी सूर्यनारायण वि.क., आनन्द पटेल, सशस्त्र प्रहरी बल भन्सारका प्रहरी नायब उपरीक्षक रामजंग पाण्डे लगायतले विद्यार्थीहरुको प्रोत्साह बढाउँदै सफल हुनका लागि आफूभित्रको खुबीलाई चिनेर त्यसलाई निखार्दै लैजानुपर्ने सुझाव दिए ।
विज्ञान र व्यवस्थापन संकायका विद्यार्थीहरुका लागि आयोजित २ दिने तालिमको उद्घाटन सत्रमा कक्षा १२ की छात्रा आरती कुमारीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने उद्घाटन कार्यक्रमको सहजीकरण प्रिती ठाकुरले गरेकी थिइन् ।
The post बिपिएस कलेजद्वारा २ दिने तालिमको आयोजना, उपमेयर आलमले गरे उद्घाटन appeared first on Madhes Khabar.
Comments
Post a Comment