डाटा लोड हुँदैछ...

एकै रातमा चारवटा पसलको सटर फोडेर चोरी गर्ने पक्राउ

झापा, १० जेठ ।


झापामा एकै रातमा चार वटा पसलको सटर फोडेर चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय शिवगञ्जले जनाएको छ ।


झापा शिवसताक्षी नगरपालिका वडा नं. ५ आमबाडी बस्ने वर्ष ५६ को सविलाल खवासलाई चोरीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।


शिवगंज बजारमा शृंखलाबद्ध रूपमा ४ वटा सटर फोडी चोरी भएको गुनासो आएपछि इलाका प्रहरी कार्यालय शिवगञ्जमा प्रहरीले अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न खवासलाई चोरी भएको सामानहरू, नगदसहित पक्राउ गरेको हो ।


चोरीमा प्रयोग भएको फलामको रड, झोला र चोरी गर्दा प्रयोग भएको कपडासहित पक्राउ परेका खवासविरूद्ध अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर