सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा रेशम चौधरीको कैद सजाय माफी
काठमाडौं , १४ जेष्ठ : राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित ५०१ जनाको कैद सजाय माफी गरेका छन्।
मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बसेको बैठकको सिफारिस अनुसार राष्ट्रपति पौडेलले रेशम चौधरीसहित ५०१ जना कैदीको कैद सजाय मिनाह गरेका हुन्।
राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको वक्तव्यमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०÷०२÷१२ र २०८०÷०२÷१४ का बैठकका सिफारिस अनुसार विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ।’
Comments
Post a Comment