डाटा लोड हुँदैछ...

पर्साका सरकारी विद्यालयमा पंखा नहुदा गर्मीका कारण विद्यार्थीहरु कक्षा कोठामै बेहोश हुदैं

वीरगन्ज, १७ जेष्ठ : पर्साको ग्रामीण भेगमा रहेका सामुदायिक विद्यालयहरुमा गर्मीका कारण विद्यार्थीहरु बेहोश हुन थालेका छन् ।
सामुदायिक विद्यालयका कक्षाकोठामा पंखाको सुविधा नहुदाँ गर्मीका कारण विद्यार्थीहरु कक्षाकोठामै बेहोश हुन थालेका हुन् ।

पर्सा , बारा लगायतका जिल्लामा पछिल्लो एक साता यता गार्मी अत्याधिक बढेको छ । यसक्षेत्रमा तापक्रम बढेर ४० डिग्रि सेल्सियसको हाराहारीमा पुग्ने गरेको छ । जसका कारण जनजिवन प्रभावित भएको छ ।

बुधबारपनि पर्साको ग्रामीण भेगमा रहेको एक सामुदायिक विद्यालयमा एक जना छात्रा गर्मीका कारण बेहोश भएकी छन् । पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ४ भतौडास्थित वनदेवी आधारभूत विद्यालयमा बुधबार एक छात्रा कक्षाकोठामै बेहोश भएकी हुन् ।

कक्षा ४ मा पढ्ने साहबुन नेशा अत्याधिक गर्मीका कारण बुधबार बिहान ९ बजे कक्षाकोठामै बेहोश भएको विद्यालयका प्रधानाध्यापक सुभाष प्रसाद दासले बताए । उनलाई उपचारका लागि वीरगन्जको अस्पतालमा पठाइएको दासले जानकारी दिए ।

 

The post पर्साका सरकारी विद्यालयमा पंखा नहुदा गर्मीका कारण विद्यार्थीहरु कक्षा कोठामै बेहोश हुदैं appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर