डाटा लोड हुँदैछ...

कक्षा १२ को परिक्षा दिएका विद्यार्थीका लागि एडूकेशन करिअर काउन्सिलिङ कार्यक्रम हुदैं

वीरगन्ज, १०जेष्ठ :कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै वीरगन्जमा एडूकेशन करिअर काउन्सिलिङ कार्यक्रम सञ्चालन हुने भएको छ ।

वीरगन्जस्थित डब्लू.एन.एन एडूकेशन फाउन्डेसन, साइनअप एडूकेश्नल कन्सल्टेन्सी, वाइज इन्टरनेशनल कन्सल्टेन्सी र इ-सपोर्ट इन्टरनेश्नल एडूकेश्नल कन्सल्टेन्सी लगायतका संस्थाहरुको आयोजनामा एक दिने एडूकेशन करिअर काउन्सिलिङ कार्यक्रम सञ्चालन हुन लागेको हो ।

कार्यक्रममा अन्तराष्ट्रिय प्रेरक र बुद्धिजीवी रमण नेपालले अभिमुखीकरण गर्ने छन् । पाँच सयभन्दा पनि बढी विद्यार्थीको सहभागितामा हुन लागेको कार्यक्रममा प्रवेश नि:शुल्क छ ।

वीरगन्ज स्थित टाउन हल पार्टी प्यालेशमा जेठ ११ गते बिहीबार बिहान ११ बजेदेखि हुने कार्यक्रममा सहभागीहरुका लागि प्रमाणपत्र, पठनपाठन सामग्रीको व्यवस्था गरिएको छ भने खाजा नास्ताको समेत व्यवस्था गरिएको आयोजक तथा डब्लू.एन.एन एडूकेशन फाउन्डेसनका सञ्चालन राहुल बरनवालले जानकारी दिए ।

कार्यक्रममा कक्षा १२ पश्चातको पढाई, तीनको सैद्धान्तिक र व्यवहारिक महत्व र करिअर विकासका संभावनाबारे छलफल गरिने बरनवालले बताए । यसले विद्यार्थीहरुलाई सही विषय र कलेज छनोट गर्न महत्वपूर्ण सहयोग हुने उनको विश्वास छ ।

The post कक्षा १२ को परिक्षा दिएका विद्यार्थीका लागि एडूकेशन करिअर काउन्सिलिङ कार्यक्रम हुदैं appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर