डाटा लोड हुँदैछ...

छिपहरमाई गापामा अख्तियारको छापा

वीरगंज, १० जेठ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले मंगलवार छिपहरमाई गाउँपालिका कार्यालयमा छापा मारेर उजुरी परेका योजना सम्बन्धी फाइल र कागजातहरू नियन्त्रणमा लिएको छ ।


गाउँपालिकाको काम कारबाई र विकास निर्माणमा गरिएको भ्रष्टाचारविरूद्ध परेका उजुरी सम्बन्धी कागजात माग गर्दापनि गापा कार्यालयले  उपलब्ध नगराएपछि मंगलवार अख्तियार टोलीले कागजात नियन्त्रणमा लिएको अख्तियारका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।


उनले गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतविरूद्ध १५ वटा उजुरी परेको बताए ।


यसबारेमा गापा अध्यक्ष्F मनोज गुप्ताले छापामारी नभएको दावी गर्दै परेको उजुरी सम्बन्धी कागजातहरू अध्ययनका लागि अख्तियार टोलीले लगेको बताएका छन् । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर