डाटा लोड हुँदैछ...

आइपिएलको सट्टाबाजीमा संलग्न चारजना वीरगंजबाट पक्राउ

वीरगंज, ११ जेठ ।


भारतमा भइरहेको आइपिएल क्रिकेटको सट्टाबाजीमा संलग्न रहेको आरोपमा चारजना वीरगंजबाट पक्राउ परेका छन् ।

 
बुधवार राति वीरगंज महानगर–१५ स्थित सञ्जय श्रीवास्तवको तीन तल्ले घरमा मुम्बइ इन्डियन भर्सेज लखनउ सुपर गैन्ड आइपिएल क्रिकेट खेलको सट्टाबाजी गराइरहेको आरोपमा चारजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

 
प्रहरीले बारा, कलैया उपमहानगरपालिका–४ बस्ने ३१ वर्षीय सरोज साह, सर्लाही, रामनगर गाउँपालिका–६ बस्ने ३५ वर्षीय सन्तोषकुमार यादव, वीरगंज महानगरपालिका–२४ बस्ने ३४ वर्षीय धुरेन्द्रप्रसाद यादव र भारत, उत्तरप्रदेश गोरखपुर देवरिया बस्ने ५२ वर्षीय धर्मनाथप्रसाद जैसवाललाई पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ ।

 
उनीहरुबाट नेरु तीन लाख ९० हजार पाँच सय र भारु १५ हजार सात सय बरामद भएको तथा क्रिकेटको सट्टा खेलाउन प्रयोग हुने टिभी लगायत प्रमाणहरु बरामद भएको जिप्रका, पर्साले जनाएको छ । पक्राउ परेकाहरुलाई अनलाइन सट्टाबाजी सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर