डाटा लोड हुँदैछ...

धाेनीकाे चेन्नाईले आइपिएल जितेकाे खुशीमा वीरगन्जका युवाद्वारा आश्रममा खाद्यान्न सहयाेग

वीरगन्ज ,१६जेष्ठ : महेन्द्र सिंह धाेनी नेतृत्वको चेन्नाई सुपर किंग्सले ईण्डियन प्रिमियर लिग (आइपिएल) काे उपाधि जितेकाे खुशीयालीमा धाेनीका समर्थक वीरगन्जका युवाहरुले मानव सेवा आश्रममा खाद्यान्न सहयाेग गरेका छन् ।

एम एस धाेनी फ्यान क्लब वीरगन्जमा आबद्ध क्रिकेट प्रेमी युवाहरुले मंगलबार साँझ वीरगन्जस्थित मानव सेवा आश्रममा पुगेर चाउचाउ, बिस्कुट, भुजा , साेयाबिन लगायतका खाद्यान्न सहयाेग गरेका हुन् ।

 

धाेनी कप्तान रहेकाे चेन्नाई सुपर किंग्स आइपिएलकाे च्याम्पियन बनेकाे खुशियालीमा उनिहरुले आश्रममै केक काटेर रमाइलाे गर्दै खुशी साटासाट पिन गरेकाे मानव सेवा आश्रम मधेस प्रदेशका संयाेजक देवेश गुप्ताले जानकारी दिए ।

त्यसअवसरमा एम एस धाेनी फ्यान क्लबका अध्यक्ष विक्की सर्राफका साथै क्लबका सदस्यहरुकाे पनि उपस्थिति थियाे ।

 

भारतमा आयाेजित आइपिएलकाे साेमबारराति भएकाे फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ रनले हराउँदै चेन्नाईले उपाधि जितेकाे थियाे ।

The post धाेनीकाे चेन्नाईले आइपिएल जितेकाे खुशीमा वीरगन्जका युवाद्वारा आश्रममा खाद्यान्न सहयाेग appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर