डाटा लोड हुँदैछ...

कम्प्युटर अपरेटर नियुक्तिका लागि महानगरले लियो लिखित परीक्षा

वीरगन्ज, १३ जेष्ठ : वीरगन्ज महानगरपालिकाले कम्प्युटर अपरेटर पदमा नयाँ कर्मचारी पूर्ति गर्न शनिबार लिखित परीक्षा लिएको छ ।खुला आवेदनमार्फत महानगरले ३३ जना कम्प्युटर अपरेटर भर्ना गर्नका लागि शनिबार लिखित परीक्षा लिएको हो ।

प्रारम्भिक योग्यता क्रममा परेका आवेदकहरुको परीक्षा लिइएको महानगरका प्रशासन प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिए ।
गएको माघ २५ गते सूचना सार्वजनिक गर्दै आवेदन माग गरेकोमा १ हजार ४ सय ८० जनाले दरखास्त बुझाएका थिए । जसमध्ये बैशाख १९ गते प्रारम्भिक योग्यता क्रम सार्वजनिक गर्दा १ हजार ४ सय ५१ जनाको नाम प्रकाशित भएको थियो ।

प्रारम्भिक सूचिमा नाम प्रकाशित भएकाहरुको शनिबार त्रिजुद्ध मा.वि. र त्रिभुवन हनुमान मा.वि. परीक्षा केन्द्रबाट लिखित परीक्षा लिइएको प्रशासन प्रमुख ताम्राकारले जानकारी दिए । शनिबार लिइएको परीक्षाको महानगरका मेयर राजेशमान सिंहले अनुगमन गर्दै अनुशासित भएर परीक्षा दिन परिक्षार्थीहरुलाई आग्रह गरेका थिए । यस्तै उपमेयर इम्तियाज आलमलेपनि दुवै परिक्षा केन्द्रमा पुगेर परिक्षाको अनुगमन गरेका थिए ।

शनिबार लिइएको लिखित परिक्षाको नीतजा आएपछि प्रयोगात्मक र मौखिक (अन्तरवार्ता) परिक्षा लिइने तयारी गरिएको ताम्रकारले जानकारी दिए ।

 

The post कम्प्युटर अपरेटर नियुक्तिका लागि महानगरले लियो लिखित परीक्षा appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर