Posts

Showing posts from February, 2024
डाटा लोड हुँदैछ...

नेदरल्यान्ड्सले नामिबियालाई हरायो

Image
काठमाडौँ, १७ फागुन : राजधानीमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले पराजित गर्दै विजयी भएको छ । माइकल लेभिट र साइब्रान्ड एङ्गेलब्रेख्तको उत्कृष्ट ब्याटिङमा नेदरल्यान्ड्सले नामिबियालाई जितका लागि दुई सय ४८ रनको लक्ष्य दिएको थियो । जवाफमा नामिबियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८८ रनमा समेटियो । नामिबियाका लागि जान फ्रिलिङक र जान ग्रिनले समान ४२÷४२ रनको योगदान दिए । त्यसैगरी जेपी कोटेजले २६ रन जोड्दा जेजे स्मिथ र रुबेन ट्रम्पलम्यानले समान १९÷१९ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका टिम भान डर गुगटेनले दुई विकेट लिए भने याब्रान्ड एंगेलब्रेक्ट, रोलेफ भान डर मर्वेल, भिभियन किंग्मा र आर्यन दत्तले समान एक÷एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ४७ रनको योगफल बनाएको थियो । नेदरल्यान्ड्सका लागि माइकल लेभिटले ६२ बलमा ११ चौका र १० छक्काको मद्दतले सर्वाधिक एक सय ३५ रनको योगदान दिएका थिए । त्यसै...

बहुदरमाईमा निश्शुल्क आँखा जाँच शिविर, रक्तदान कार्यक्रम

Image
वीरगंज, १७ फागुन । बहुदरमाई नगरपालिका–९ विश्रामपुरस्थित श्री भङ्गी साह नेरामाविमा निश्शुल्क आँखा चेकजाँच शिविर र रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।   पन्नालाल विद्यादेवी प्रतिष्ठचान, लायन्स क्लब अफ वीरगंज परिवार, माट्रिका आइ फाउन्डेशनको संयुक्त आयोजनामा रक्तदान तथा निश्शुल्क आँखा जाँच शिविर सम्पन्न भएको हो ।   कार्यक्रममा २० जना महिला पुरुषले रक्तदान गरेका थिए । त्यस्तै निश्शुल्क आँखा जाँच शिविरमा १८९ जनाको आँखा परीक्ष्Fण गर्दा ७२ जनामा मोतियाबिन्दु देखिएको थियो ।   मोतियाबिन्दु देखिएकाहरुको निश्शुल्क शल्यक्रिया शुक्रवार माट्रिका आइ फाउन्डेशनमा हुने प्रतिष्ठानका डा सन्तोष साह (पिएचडी)ले जानकारी दिनुभएको छ । 

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

Image
काठमाडौँ, १५ फागुन : केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ । ऋण अपचलन गरेको अभियोगमा न्यौपानेसहित दश जनालाई आज पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । "दश जनालाई नियन्त्रणमा लिएका छौँ", उहाँले भन्नुभयो, "अहिले छानबिन जारी छ । छानबिन सकिएपछि सबैको नाम सार्वजनिक गछौँ ।" 

जन्ती गइरहेका दुईजना युवकको मृत्यु

Image
वीरगंज, १५ फागुन । सर्लाहीमा जन्ती गइरहेको बेलामा नम्बरको नखुलेको स्कार्पियोको ठक्करबाट दुईजना युवकको मृत्यु भएको छ । माधवपुर नगरपालिका–८ रौतहट निवासी २० वर्षीय अजय महतो र वडा नं. ६ निवासी २४ वर्षीय सियानन्द महतोको उपचारको क्रममा मृत्यु भएको वीरगंज हेल्थकेयर अस्पतालले जनाएको छ । दुर्घटनापछि घाइते भएका दुवैजनाको सर्लाही जिल्ला अस्पताल, मलंगवामा प्रारम्भिक उपचारपछि वीरगंज हेल्थ केयर ल्याइएको र त्यहा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।   शवको पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगंजमा राखिएको छ । 

निजगढ विस्फोट अपडेटः तीनजनाको मृत्यु, दुईजना पक्राउ

Image
वीरगंज, १५ फागुन । निजगढमा भएको शंकास्पद वस्तु विस्फोटकमा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार शंकास्पद वस्तु पडकिंदा घाइते भएका पाँचजनामध्ये दुईजनाको हिजो र आज एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । वीरगंज महानगरपालिका वडा नं.९ बस्ने वर्ष २० को रितु रजतको उपचारको क्रममा आज बिहान ७ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । यसैगरी प्रहरीले सो घटनामा अनुसन्धानको क्रममा भारत, मोतिहारी बस्ने वर्ष ४० को राज भन्ने रमेश जैसवाल (कबाडको सामान किन्ने व्यक्ति) र निजगढ न.पा.९ बस्ने वर्ष २९ को टिकाराम पाख्रिङ (कबाडि बेच्ने)लाई पनि पक्राउ गरेको जिप्रका, बाराका प्रवक्ता प्र.ना.उ.दधिराम न्यौपानेले जनाएको छ । फागुन १४ गते निजगढ नगरपालिका वडा नं.७ निजगढ बजार स्थित रेशम मगरको रोहित वर्कसप लेथमा ग्याँस बेल्डिङ गर्ने क्रममा वर्ष ४५  को रेशम मगरको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । त्यसैगरी , भारतको गवाई वस्ने वर्ष ३५ को राकेश जैसवालको पनि बयोधा अस्पतालमा उपचारको क्रममा हिजो राति ९ः४० बजेको समयमा मृत...

ग्यास सिलिन्डर पडकिंदा एकको मृत्यु, चारजना घाइते

Image
बारा, १४ फागुन । बाराको निजगढ नगरपालिका–७ सहीद चोकमा आज मध्याह्न सिलिन्डर पड्किँदा  वर्कसपका सञ्चालक निजगढ नगरपालिका ९ का रेसम मगरको मृत्यु भएको छ । मगरले सञ्चालन गरेको रोहित वर्कसपमा काम गर्दै गरेका बेला  अचानक सिलिन्डर विस्फोट हुँदा रेशमसहित पाँच जना घाइते भएका हुन् । विस्फोटबाट चार जना गम्भीर घाइते भएका छन्  । घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन्द साह, भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल र २० वर्षीय रितु रजत रहेका छन् भने निजगढ नगरपालिका ५ बस्ने ४५ वर्षीय सूर्यबहादुर थापाको अवस्था सामान्य रहेको छ । घाइते सबैको निजगढ नगरपालिका ९ स्थित निजगढ सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरिएको छ ।  हाल चार जनालाई थप उपचारका निम्ति वीरगंज रिफर गरिएको छ भने एक जनाको सामुदायिक अस्पताल निजगढमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

नेशनल मेडिकल कलेजका नौं जना कर्मचारीको पुनरबहालीको माग गर्दै धर्ना

Image
वीरगंज, १४ फागुन/ नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजको नया व्यवस्थापन समूहले तत्कालीन प्रबन्ध निर्देशक बसरूद्दीन अन्सारीका निकटतम नौंजना कर्मचारीलाई कारबाई गरी जागीरबाट हटाएपछि आज दुईसयजना कर्मचारीहरुले अस्पताल अगाडि धर्ना दिएका छन् । कर्मचारीहरुले नौंजना हटाइएका कर्मचारीहरुको पुनरबहालीको माग गर्दै धर्ना दिएका छन् ।   नेशनल मेडिकल कलेजले हिजो एक सूचना प्रकाशित गर्दै नौंजना कर्मचारीहरूलाई कर्मचारी आचरण विपरीत काम गरेको भन्दै सात दिन भित्र स्पष्टीकरण सोधिएको छ भने तीन महीनाको लागि उनीहरूलाई निलम्बन गरिएको जानकारी गराइएको छ । नेशनल मेडिकल कलेजमा कार्यरत कर्मचारीहरू हृदयनारायण सिंह, प्रयाग राउत अहिर, फिरोज हवारी, सैनुल्लाह अन्सारी, विजयप्रसाद यादव, रामजीप्रसाद कुशवाहा र अनवर हवारीलगायतलाई कारबाई गरिएको हो । कलेजका नया प्रमुख प्रशासकीय अधिकृत शेख गौशल आजमद्वारा हस्ताक्षरित सूचनामा उनीहरूलाई कारबाई गरिएको जनाइएको छ । फागुन ११ गते अस्पतालकी नर्सिंङ निर्देशक पदमा कार्यरत गङ्गादेवी गुरुङ, नर्सिङ मेट्रोन पदमा कार्यरत विकासकुमार तथा नर्सिङ सुपरभाइजर गोमा केसीलाई  निजहरूकै कार्यकक्षमा य...

नेशनल मेडिकलको विवादः काकालाई पदमुक्त गरेको भतिजाद्वारा घोषणा

Image
वीरगंज, १३ फागुन । नेशनल मेडिकल कलेजका अध्यक्ष डा जैनुद्दीन अन्सारीका छोरा डा शाहनवाज अन्सारी र छोरी डा नुसरतजहा अन्सारीले आज नेपाल पत्रकार महासंघ पर्सामा पत्रकार सम्मेलन गरी काका बसरुद्दीन अन्सारीलाई पदमुक्त गरेको बताएका छन् ।   पत्रकार सम्मेलनमा शाहनवाजले मेडिकल कलेजको सञ्चालक समितिले यहि फागुन ४ गतेदेखि लागु हुने गरि आफुलाई एमडीमा नियुक्त गरेको दाबी गरे । फागुन ४ गते सम्पन्न मेडिकल कलेजको वार्षिक साधरण सभाले संस्थापक अध्यक्ष जैनुद्दिन अन्सारीकै अध्यक्षतामा तीन सदस्यीय सञ्चालक समिति गठन गरेको उनले बताए । वार्षिक साधाररण सभाले सञ्चालक अध्यक्षमा जैनुद्दिन अन्सारी, प्रबन्ध सञ्चालकमा आफुलाई र सञ्चालकमा नुशरत जहा अन्सारीलाई नियुक्त गरेको शहनवाजले जानकारी दिए ।   पत्रकार सम्मेलनमा शाहनवाजले यसअघिका एमडी बसरूद्दिनको कार्यशैली र गतिविधीमा कैफियत देखिएपछि सञ्चालक समितिले उनलाई एमडी पदबाट हटाएको प्रष्टिकरण पनि दिए । कानूनी रूपमा एक जना मात्र सञ्चालक समितिमा रहने व्यवस्था भएपनि कामको बोझले अध्यक्षले बसरूद्दिन अन्सारीलाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिनुभएको उनले बताए । तर केहि समयदेखि काका बसर...

अमेरिकी निजी यान चन्द्रमामा अवतरण

Image
केप कानाभेरल (अमेरिका), ११ फागुन : एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी 'टचडाउन' गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले राम्रो सम्पर्क प्राप्त गर्नका लागि सङ्घर्ष नगरेसम्म कमजोर सङ्केत मात्र प्राप्त गर्न सकेका थिए । खराब सञ्चार भए पनि यानको निर्माण तथा व्यवस्थापन गर्ने कम्पनी इन्ट्युटिभ मसिन्सले यानले सिधै अवतरण गरेको पुष्टि गरेको छ । यद्यपि यान चन्द्रमाको दक्षिणी ध्रुव नजिक आफ्नो इच्छित गन्तव्यमा पुगेको थियो वा थिएन भन्नेबारे कम्पनीले कुनै थप विवरण दिएको छैन । यानबाट कमजोर सङ्केत प्राप्त हुने बित्तिकै कम्पनीले आफ्नो लाइभ वेबकास्ट बन्द गरेको थियो । मिसन निर्देशक टिम क्रेनले कम्पनीको ह्युस्टन नियन्त्रण केन्द्रमा तनावको स्थितिको बारेमा भन्नुभयो, "निस्सन्देह हाम्रो उपकरणहरू चन्द्रमाको सतहमा भएको हामी पुष्टि गर्न सक्छौँ ।" इन्ट्युटिभ मसिन्सका कार्यकारी प्रमुख स्टिभ अल्टेमसले भन्नुभयो, "मलाई थाहा थियो यो ठूलो चिन्तापूर्ण र तनावपूर्ण थियो तर हामी सतहमा छौँ र प्रसारण गर्दैछौँ, चन्द्रमामा तपाईंलाई स्वागत छ ।" टचडाउनको दुई घन्टापछि...

मधेस प्रदेशमा सात महीनामा २९० जनाको मृत्यु १२ करोड बढी राजस्व सङ्कलन

Image
वीरगंज, ११ फागुन । चालू आवको सात महीनामा सवारी दुर्घटनामा परी मधेस प्रदेशमा २९० जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाले जनाएको छ । आव २०८०/८१ को साउनदेखि माघसम्म सात महीनाको अवधिमा मधेस प्रदेशमा तीन हजार ६१२ वटा सवारी दुर्घटनामा परी २९० जनाको मृत्यु भएको र पाँच हजार ७२६ जना घाइते भएका दुर्घटनामा परी पाँच हजार ७२६ जना घाइते भएका ट्राफिक प्रहरी उपरीक्षक भीमकिरण बोगटीले बताए । प्रउ बोगटीका अनुसार सो अवधिमा सप्तरीमा ३५३ वटा सवारी दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो भने ५५२ जना घाइते भएका छन् । यस्तै, सिराहामा ६७९ वटा दुर्घटनामा ३३ जनाले ज्यान गुमाए भने एक हजार ७५ जना घाइते भएका थिए । धनुषामा ६९५ वटा दुर्घटनामा ४४ जनाको मृत्यु भएको थियो भने एक हजार ८५ जना घाइते भएका थिए । महोत्तरीमा २८१ वटा दुर्घटनामा ३८ जनाको मृत्यु र ४२६ जना घाइते, सर्लाहीमा ४१२ वटा दुर्घटनामा ३७ जनाको मृत्यु र ६६५ जना घाइते, रौतहटमा ३५८ वटा दुर्घटनामा ३० जनाको मृत्यु र ५५९ जना घाइते, बारामा ५४७ वटा दुर्घटनामा ५६ जनाको मृत्यु र ९५३ जना घाइते तथा पर्सामा २८७ वटा दुर्घटनामा...

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

Image
वीरगंज, ९ फागुन । पर्साबाट पेस्तोलसहित दुईजना र बाराबाट नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । बुधवार राति १०ः३० बजे बहुदरमाई नगरपालिका–९ सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा ना.१२ प ४९७१ नम्बरको मोटरसाइकलमा सवार कालिकामाई गाउँपालिका–५ बस्ने ४३ वर्षीय दीपेन्द्र गिरी (चालक) र पोखरिया नगरपालिका–९ बस्ने ३७ वर्षीय शिवपूजन मुखिया (पछाडि) लाई हतियारसहित पक्राउ गरेको हो । गिरीको साथबाट एक थान नलकटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । दुवैजनाविरूद्ध हातहतियारसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ । यसैगरी, नक्कली नोटसहित बारागढी गाउँँपालिका वडा नम्बर २ दौरवा टोल बस्ने वर्ष ३४ को दिपेन्द्र माझी रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय निजगढ बाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका वडा नम्बर ८ निजगढ स्थित हाटबजारमा नेपाली एक हजारको दुर्ई थान गरि २ हजार नक्कली नोट दिई सर समानहरू खरिद गरिरहेको अवस्थाबाट माझीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रहरी दधिराम न्यौपानेले जानकारी दिनु भयो । उनलाई नियन्त्रणमा लिई मुद्रा सम्...

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

Image
काठमाडौँ, १० फागुन : एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ । जितसँगै तीन खेलको उक्त शृङ्खला क्यानडा–११ ले २–१ ले जित्यो । पहिलो खेलमा क्यानडाले नेपाललाई चार विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपालले क्यानडामाथि दुई विकेटको जित हासिल गरेको थियो । आज जितका लागि एक सय ८२ रनको लक्ष्य क्यानडा–११ ले २८ दशमलव पाँच ओभरमा छ विकेटको क्षतिमा पूरा गर्यो ।  क्यानडा–११ को जितमा निकोलस किर्तोनले ७७ बल खेल्दै छ चौकाको मद्दतमा सर्वाधिक ५८ रनको योगदान गरे । त्यसैगरी नवनित दलिवालले ३८, आरोजन जोनसनले ३६ तथा निखिल दत्तले १४ रन बनाए । नेपालका लागि साहब आलमले चार विकेट लिए भने शेर मल्ल र बसिर अहमदले समान एक–एक विकेट लिए । माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४७ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनाएको थियो । नेपालका लागि आशुतोष घिरैयाले सर्वाधिक २८ रनको योगदान दिए । त्यसैगरी अर्जुन कुमालले २७ बनाउँदा बसिर अहमदले २५ तथा कप्तान सन्दीप जोराले २४ रन बनाए । सुजन थपलियाले २० तथा रासिद खान र प्रतिश जिसीले १...

बीआरआई ऋण–जालले राष्ट्रिय सार्वभौमसत्ता खतरा

Image
वीरगंज, १० फागुन । राष्ट्रिय एकता अभियान कैलालीले अतरियामा बिआरआई ऋण जालसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । छलफलको नेतृत्व समाजसेवी तथा कार्यक्रम संयोजक कृष्ण जोराले गरेका थियो । कार्यक्रममा अभियानका केन्द्रीय संयोजक विनय यादव, अतिथिहरू जीत रावल, देवी मल्ल, डम्बर गुरू धामीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन रमेश बहादुर पुजाराले गरेका थिए । चीनको नेतृत्वमा रहेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) को कथित खाडलहरूप्रति नेपालको संवेदनशीलतावारे छलफल केन्द्रित रहेको थियो। सहभागीहरूले बिआरआई ऋणको जाल र राष्ट्रको सार्वभौम पहिचानमा पर्ने असरवारे चिन्ता व्यक्त गरे। नेपाल–चीन सम्बन्धका सूक्ष्म जटिलताका वारेमा छलफल गर्दै विकसित भूराजनीतिक परिदृश्यका बीचमा राष्ट्रिय हितको रक्षा गर्नुपर्नेमा जोड दिइएको थियो । छलफलको केन्द्रविन्दु नेपालको स्वायत्ततामा खलल पार्ने चिनियाँ  प्रभाव थियो। सहभागीहरूले चिनियाँ  दबाबको सामना गर्दै नेपालको सार्वभौमसत्तालाई सुदृढ गर्ने र यसको स्वतन्त्रतालाई कायम राख्ने सामूहिक संकल्प लिएका थिए।   अन्तक्र्रिया कार्यक्रमले नेपालको राष्ट्रिय हितको रक्षाक...

अरुको खाताबाट करीब डेढ करोड रकम चोर्ने राबा पोखरियाका कर्मचारी पक्राउ

Image
वीरगञ्ज  ९ फागुन  । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अरुको खाताबाट पैसा चोरी गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंक पोखरिया शाखाका कर्मचारीलाई पक्राउ गरेको छ । राष्ट्रिय वाािण्ज्य बैंकमा रहेको अरुको खाताबाट अनाधिकृतरुपमा प्रवेश गरेर एक करोड भन्दा बढी पैसा निकालेको आरोप सिआइबीको टोलीले सोही बैंकको पोखरिया शाखाका कर्मचारीलाई पक्राउ गरेको हो । राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखाको खाताबाट १ करोड ३७ लाख ८६ हजार रुपैयाँ चोर्ने राष्ट्रिय वाणिज्य बैंक पर्सा पोखरिया शाखाका कर्मचारी रोहितकुमार ओझालाई सिआइबीले पक्राउ गरेको जनाएको छ । नक्कली 'कनेक्ट आइपीएस' बनाएर बानेश्वरमा रहेको अरुको खाताबाट पैसा चोर्ने राष्ट्रिय वाणिज्य बैंक पर्सा पोखरिया शाखाका कर्मचारी ओझालाई पक्राउ गरिएको सिआइबी प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले पुष्टि गरे । उनी पोखरिया शाखामा कनिस्ट सहायक कर्मचारी भएको अनुसन्धानमा पाइएको प्रहरीले जनायो । उनले भने,'कोरियामा बस्ने एक नेपालीले राष्ट्रिय वाणिज्य बैंकमा पैसा जम्मा गर्दै आइरहेका थिए, बानेश्वर शाखामा उनको खाता छ । त्यही शाखाबाट नक्कली कनेक्ट आइपी...

प्रहरी उपरीक्षक ढुंगेलले कार्यभार सम्हाले

Image
वीरगञ्ज  ९ फागुन  । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको कमाण्ड एसपीं कुमोध ढुंगेलले सम्हालेका छन् ।बुधबार दिउँसो कार्यालयमा हाजिर प्रहरी उपरिक्षक (एसपी) ढुंगेलले जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हालेका हुन् । प्रहरी प्रधान कार्यालयले सरुवा गरेको ९ दिन पछाडि एसपी ढुंगेल पर्सा प्रहरी कार्यालयमा हाजिर भएका हुन् । जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएका एसपी ढुंगेललाइ डिएसपी कुमारविक्रम थापासहितका प्रहरी अधिकारीहरुले स्वागत गरेका थिए । जिल्लाको कमाण्ड सम्हाल्दै एसपी ढुंगेलले इमान्दारितापूर्वक काम गर्न प्रहरी जवानदेखि लिएर अधिकारीसमेतलाई निर्देशन दिएको जनाइएको छ । प्रहरी मुख्यालयले यही १ गते ढुंगेलसहित ७८ जना एसपीको जिम्मेवारी हेरफेर गरेको थियो । यसअघि पर्साको एसपीरुपमा कोमल शाहले कमाण्ड सम्हालेका थिए । उनको सरुवा नेपाल प्रहरीको इन्टरपोल शाखामा भएको छ ।

ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु

Image
रौतहट, ९ फागुन । गढीमाई नगरपालिका मलाहीबाट आलु खन्न सर्लाहीको हजरिया जाँदै गरेको ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गरूडाका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले दिएको जानकारी अनुसार बिहान ११ बजेको समयमा जिल्ला सर्लाही बरहथवा न.पा. १५ नहर स्थित समनपुरबाट हजरिया तर्पm आउदै गरेको नम्बर प्रस्ट नभएको ट्याक्टर घटना स्थलमा रहेको उक्त ट्रयाक्टर चालक जिल्ला रौतहट गढिमाई न.पा. ९ बस्ने वर्ष ५५ को जय लाल सहनी र वर्ष ५० को राम नाथ सहनी सिटीअस्पताल गरूडा मा चेकजाँच गर्दा मृत्युु भएको ले आवश्यक शव परिक्षणका लागि प्रादेशिक अस्पताल गौर पठाईएको बताए । सोही दुर्घटनामा परि गम्भीर धाईते भएका वर्ष १७ को आकाश सहनी र वर्ष ७ किसन सहनीलाई प्राथमिक उपचार पश्चात थप उपचारको लागि वीरगंज रिफर गरिएको नायव उपरीक्षक खनालले बताए । वर्ष ६७ को राम प्रसाद सहनीको समान्य उपचार पश्चात डिस्चार्ज भएको छ । उक्त ट्याक्टमा सवार जम्मा १७ जना रहेकोमा २ जनाको मृत्यु, ७ जना घाइते मध्ये १ जना उपचार पश्चात डिस्चार्ज भई घर तर्पm गएको ६ जनाको उपचार भई रहेको र बाकी ८ जनालाई केही नभएको उनले बताए । अन्य ...

बाघको आक्रमणबाट २ जना घाइते

Image
वीरगंज, ९ फागुन । जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. १६ भद्रकाली स्थित पूर्व पश्चिम लोकमार्ग–जंगलमा बाघले आक्रमण गर्दा दुईजना मोटरसाइकलमा जांदै गरेका व्यक्ति घाइते भएका छन् ।   पथलैया बाट रौतहट जादै गरेको ना.३६ प ५०११ नं.को मोसालाई बाघले आक्रमण गर्दा मोसा चालक, रौतहट, बौधिमाई नगरपालिका वडा नं. ३ बस्ने  वर्ष ३० को कृष्ण साह र पछाडि बस्ने वर्ष ३५ को राजु साह घाइते भएका छन् । दुवैजनाको सामुदायिक अस्पताल निजगढ, बारामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।   प्रहरीले उक्त एरियामा सुरक्षा सतर्कता अपनाई आवतजावत गर्न सर्वसाधारणलाई अनुरोध पनि गरेको छ ।  

बाघको आक्रमणबाट २ जना घाइते

वीरगंज, ९ फागुन । जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. १६ भद्रकाली स्थित पूर्व पश्चिम लोकमार्ग–जंगलमा बाघले आक्रमण गर्दा दुईजना मोटरसाइकलमा जांदै गरेका व्यक्ति घाइते भएका छन् ।   पथलैया बाट रौतहट जादै गरेको ना.३६ प ५०११ नं.को मोसालाई बाघले आक्रमण गर्दा मोसा चालक, रौतहट, बौधिमाई नगरपालिका वडा नं. ३ बस्ने  वर्ष ३० को कृष्ण साह र पछाडि बस्ने वर्ष ३५ को राजु साह घाइते भएका छन् । दुवैजनाको सामुदायिक अस्पताल निजगढ, बारामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।   प्रहरीले उक्त एरियामा सुरक्षा सतर्कता अपनाई आवतजावत गर्न सर्वसाधारणलाई अनुरोध पनि गरेको छ । 

तीन जनाको हत्या गरी आत्महत्या गरेको आशङ्का

Image
काठमाडौँ, ९ फागुनः काठमाडौँको नागार्जुन नगरपालिका-६ भैरबटोलमा एकै परिवारका तीन जनाको आज हत्या भएको छ । सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका-६ भैरबटोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, निजकी आठ वर्षीया छोरी अनिशा श्रेष्ठ र साढे दुई वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । सो हत्यामा निज ईश्वरीका श्रीमानको संलग्नता रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । ईश्वरीका श्रीमान् राजु घिमिरे भनिने काजी विकको शव पनि घरभन्दा केही पर जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेकाले उक्त हत्यामा निज काजी विककै हात रहेको अनुमान गरी प्रहरीले अनुसन्धान थालेको  प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "परिवारका सदस्यहरुको हत्या गरेपछि उनले आत्महत्या गरेको प्रारम्भिक अनुमान छ । यसै विषयमा केन्द्रित रही प्रहरीले अनुसन्धान थालिसकेको छ ।" घटना आज विहानको हो । विहान साढे नौ बजेपछि कोठाभित्र शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसको केही समयपछि विक पनि घरभन्दा क...

रौतहटमा वनकर्मी र काठतस्करबीच भिडन्त

Image
रौतहट,०९ फागुन । रौतहटमा वन सुरक्षा गस्ती टोली र काठ तस्करबीच भिडन्त भएको छ । गए राति वृन्दावन नगरपालिका १ रामलाल वृन्दावन साझेदारी वनक्षेत्र भित्र बन सुरक्षा टोली र तस्कर बिच भिडन्त भएको हो । वन सुरक्षा टोलीले हवाई फायर गर्दै अवैध सालको काठ बरामद गरेको छ । वन अधिकृत अनिल कुमार महतोको कमान्डमा गएको टोलीले गएराति ११ बजे वन क्षेत्र भित्र गस्तीको क्रममा तस्करसँग भिडन्त भएको थियो। सो क्रममा टोलीले तीन राउन्ड हवाई फायर गरेपछि तस्कर समूह भागेको र तीनाथान गोलिया बरामद गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताए । साढे ५७ फिट सालको काठ लोड रहेको एकथान टायर गाडा र एउटा पाडो बरामद गरेको गरेको छ । काठ सहितको टायर गाडा र पाडो आवश्यक कारबाईको लागि डिभिजन वन कार्यालय चन्द्रनिगापुरमा ल्याइएको तथा घटनावारे अनुसन्धान भइरहेको जनाइएको छ।

बारामा सद्भाव र्याली

Image
वीरगंज, ९ फागुन । बाराको कलैया र जीतपुरमा बुधवार बिहान धार्मिक सामाजिक सद्भाव र्रुयाली निकालिएको छ । कलैयामा जिल्ला प्रशासन कार्यालय बाराको अगुवाई र जीतपुरमा स्थानीय धार्मिक संघसंस्थाको आयोजनामा सद्भाव र्याली निकालिएको हो । जिल्ला प्रशासन कार्यालय परिसरबाट निकालिएको सद्भाव र्रुयालीले कलैयाको बजार क्षेत्र परिक्रमा गरेको थियो । रौतहटको ईशनाथ नगरपालिका फाल्गुन ३ गते दुर्ई पक्षबीच भएको झडपको बिषयलाई लिएर सामाजिक सद्भाव बिथोल्ने प्रयास भइरहेको भन्दै प्रशासनको अगुवाईमा सद्भाव र्याली निकालिएको हो । सामाजिक एकता र सद्भाव कायम रहेको सन्देश दिन निकालिएको र्रुयालीमा विभिन्न राजनीतिक दलका नेतृत्व तथा प्रतिनिधि, जनप्रतिनिधि, धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, शिक्षक, खेलाडी, स्थानीयलगायतको उपस्थिति रहेको थियो । यसअघि मंगलवार स्थानीय प्रशासन र बारामा क्रियाशिल राजनीतिक दलबीच सामाजिक सद्भाव बिग्रन नदिनका लागि छलफल भएको थियो । उक्त छलफलमा सामाजिक तथा धार्मिक एकता कायम राख्न प्रतिवद्धता जनाएका १२ राजनीतिक दलले संयुक्त अपिल समेत जारी गरेका थिए । यता जीतपुरमा निकालिएको...

वीरगंजको कफ्र्यु ११ बजेदेखि राति १० बजेसम्मको लागि स्थगित

Image
वीरगंज, ९ फागुन । जिल्ला प्रशासन कार्यालय, पर्साले विगत दुई दिनदेखि वीरगंजमा लागेको कफ्र्यु आदेश स्थगित गरेको छ ।   आज बिहान प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले विज्ञप्ति जारी गरी फागुन ७ गते बेलुका ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कफर्यु आदेश जारी गरिएकोमा सर्वसाधारणको सुविधालाई दृष्टिगत गरी बुधवार बिहान ११ बजेदेखि बेलुका १० बजेसम्मको लागि कफर्यू आदेश स्थगित गरेको जनाएको छ । 

आधाभारमा दुर्घटना दुईजनाको मृत्यु, चारजना घाइते

Image
वीरगंज, ९ माघ । बाराको आधाभारमा सडक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । आज बिहान ५ः३५ बजे  बारा, जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ आधाभार जंगलमा सिमराबाट हेटौडा जादै गरेको ना ६ ख ३३५२ नं.को ट्रक र हेटौडाबाट पथलैया  आउदै गरेको बा.प्र.०१–०२६ च १३३४ नं.को बोलेरो पिकअप एकआपसमा ठोकिदा बोलेरोमा सवार ५ जना गम्भीर घाइते भएका थिए । घाइते भएका नुवाकोट, बिदुर नगरपालिका वडा नं.९ कोल्नी बस्ने वर्ष ३० को सुजन मगराती र भारत, बिहार राज्य, मोतिहारी जिल्ला, मधुवन थाना ग्राम कुन्दनपुर बस्ने  वर्ष २८ को चन्दन चौहानको एसएल न्यूरो अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । दुर्घटनामा भारत, बिहार राज्य, मजफ्फरपुर जिल्ला, परखना मोतिपुर थाना, दरूराज ग्राम सिसुवा बस्ने महेश चौधरीको छोरा वर्ष २२ को राहुल चौधरी, बिहार राज्य, महाराजगंज जिल्ला, गोरखपुर बस्ने बलिराम चौहानको छोरा वर्ष १७ को सुदिप चौहान, सुरेश चौहानको छोरा वर्ष १९ को राम लखन चौहान, बारा, परवानीपुर गाँउपालिका वडा नं. ४ चैनपुर हाल जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२ हुलास ट...

वीरगञ्ज क्षेत्रमा जारी गरेको निषेधाज्ञा खुकुलो बनाउँदै

Image
वीरगञ्ज, ९ फागुन  ।    जिल्लाको शान्तिसुरक्षालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा जारी गरेको निषेधाज्ञा खुकुलो बनाउँदै गएको छ ।   जिल्ला प्रशासन कार्यालयले करिब ३६ घण्टादेखि जारी राखेको निषेधाज्ञा आज बिहान ६ देखि ११ बजेसम्म खुला गरेको छ । सर्वसाधारणको सहजताका लागि आज बिहान ६ देखि ११ बजेसम्मका लागि खुला गरिएको र अवस्थाको आकलन गरी निषेधाज्ञा थप खुकुलो बनाउँदै जाने नीति लिइएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले राससलाई बताउनुभयो ।  मुलुकको आर्थिक नगर र स्थानीय सर्वसाधारणको दैनिकीलाई प्रभाव नपरोस् भनेर निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो । परिस्थिति र आवश्यकताका आधारमा  निषेधाज्ञालाई खुकुलो बनाउने उहाँले जानकारी दिनुभयो ।  वीरगञ्जको अहिलेसम्मको अवस्था समान्य छ । रौतहटको इशनाथ नगरपालिकामा केही दिनअघि दुर्ईपक्षबीच भएको झडपको विरोधमा हिन्दू समाजले गत सोमवार बीरगञ्जमा निकालेको प्रदर्शनका क्रममा दुर्ईपक्षबीच झडपको स्थिति सृजना भएपछि जिल्ला प्रशासन कार्यालयले सोमवार साँझदेखि अनिश्चितकालीन निषेधज्ञा जारी गरेको थ...

वीरगंजमा कफर्युको ठाउं–ठाउंमा उल्लघंन गर्दै प्रदर्शन, द्वन्द्वलाई बढावा नदिन प्रजिअको आग्रह

Image
वीरगंज, ८ फागुन । वीरगंजमा आज बिहान १० बजेदेखि लागेको अनिश्चितकालीन कफर्युको अवज्ञा भएको छ । वीरगंजको घडीअर्वा, अशोकवाटिका क्ष्Fेत्रमा टायर बालेर प्रदर्शनकारीहरुले चर्को नाराबाजी लगाएका छन् । यसैगरी घडीअर्वामा प्रहरीमाथि ढुंगा मुढा गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । वीरगंजमा कफर्यु खुकुलो भएको छ । सर्वसाधारणले साइकल, ईरिक्शा, मोटरसाइकल चलाउन पाएका छन् । त्यस्तै वीरगंज कलैया साना सवारी साधन बस चलिरहेको छ । द्वन्द्वलाई बढावा नदिन प्रजिअको आग्रह पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले धार्मिक, सामाजिक, सांस्कृतिक सदभाव बिगार्ने एवं द्वन्द्वलाई उक्साउने प्रकारका सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न तथा कुनै सञ्चार माध्यमबाट प्रशारण नगदर्न नगराउन अनुरोध गरेका छन् । प्रमुख जिल्ला अधिकारी भुसालले एक विज्ञप्ति जारी गर्दै वीरगन्जमा देखिएको असमान्य परिस्थितिलाई सावधानीपूर्वक व्यावस्थापन गरिएको र यस परिस्थितिमा सुरक्षा निकायको संयमता र राजनैतिक नेतृत्व तथा नागरिक समाजका विभिन्न व्यक्तिहरुको सुझबुझपूर्ण सहयोगका कारण परिस्थिति नियन्त्रण भित्रै रहेको भन्न्दै सामाजिक सद्भाव बिगा...

वीरगंजमा चार घण्टा कफर्यु खुला, १० बजेपछि पुनः कफर्यु यथावत रहने

Image
वीरगंज, ८ फागुन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा बिहान ६ बजेदेखि १० बजेसम्म चार घण्टाका लागि कफ्र्यू आदेश खुला गरेको छ । सर्वसाधारणको दिनचर्या सहज बनाउन कफ्र्यू आदेश चार घण्टाका लागि खुला गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । आज बिहान विज्ञप्ति जारी गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले मगलवार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि कफ्र्यू आदेश खुला गरिएको जनाए । उक्त समयपश्चात स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कफ्र्यू आदेश रहने प्रजिअ भुषालले जारी गरेको सूचनामा उल्लेख छ । वीरगंज महानगरपालिकाको पूर्वमा नगवा चोक (बारा जिल्ला सिमाना), पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरीपुल (भन्सार क्षेत्र) सम्म कफ्र्यू लगाएको हो ।

यसरी भयो वीरगंज तनावग्रस्त (फोटो र भिडियो हेर्नुहोस्)

Image
वीरगंज ७ फागुन । वीरगंज महानगरमा दुई पक्षबीच भएको झडपमा सुरक्षाकर्मीसहित एक दर्जन जति घाइते भएका छन् भने स्थिति नियन्त्रणमा नहुंदा अनिश्चितकालीन कफर्यु घोषणा भएको छ ।  सांझ ५ बजेतिर अचानक जिल्ला प्रशासन कार्यालय, पर्साले कफर्यु घोषणा गरेपछि सर्वसाधारणलाई निकै समस्या भएको थियो ।  सांझ र रातिसम्म सर्वसाधारणहरु आआफनो गन्तव्यतिर गइरहेका थिए । उनीहरुलाई सवारी साधन नपाउंदा निकै समस्या भएको थियो । सांझ ५ बजेपछि पसल बन्द हुंदा सर्वसाधारणहरु आआफनो गन्तव्यतिर लागे पनि सुरक्षाकर्मीले कुनै बाधा अवरोध गरेका थिएनन् । त्यस्तै काठमाडौं छुटने रात्रिबसहरु पनि छ बजेतिरै गन्तव्यतिर लाग्दै गरेको देखियो । पसलहरु सबै बन्द हुंदा सर्वसाधारणलाई समस्या भएको थियो ।  रौतहट, सर्लाही लगायतको स्थानमा दुई जातीय पक्षबीच भएको झडप थियो । सोको विरोधमा वीरगंजमा पनि दुई जातीय समूह पक्षबीच झडप भएको थियो । वीरगंजमा आज भएको झडपमा १३ राउन्ड अश्रुग्यास चलेको थियो भने केही हवाइ राउन्ड पनि फायर भएको थियो । झडपमा प्रहरीसहित एक दर्जनभन्दा बढी घाइते भएका छन् ।  वीरगंजको छपकैया क्षेत्रमा प्रदर्शन हुंदा प्र...

वीरगंजमा अचानक कफर्यु लाग्यो, सर्वसाधारणलाई सास्ती

Image
वीरगंज ७ फागुन । वीरगंज महानगरमा दुई पक्षबीच भएको झडपमा सुरक्षाकर्मीसहित एक दर्जन जति घाइते भएका छन् भने स्थिति नियन्त्रणमा नहुंदा अनिश्चितकालीन कफर्यु घोषणा भएको छ ।   सांझ ५ बजेतिर अचानक जिल्ला प्रशासन कार्यालय, पर्साले कफर्यु घोषणा गरेपछि सर्वसाधारणलाई निकै समस्या भएको थियो ।   सांझ र रातिसम्म सर्वसाधारणहरु आआफनो गन्तव्यतिर गइरहेका थिए । उनीहरुलाई सवारी साधन नपाउंदा निकै समस्या भएको थियो । सांझ ५ बजेपछि पसल बन्द हुंदा सर्वसाधारणहरु आआफनो गन्तव्यतिर लागे पनि सुरक्षाकर्मीले कुनै बाधा अवरोध गरेका थिएनन् । त्यस्तै काठमाडौं छुटने रात्रिबसहरु पनि छ बजेतिरै गन्तव्यतिर लाग्दै गरेको देखियो । पसलहरु सबै बन्द हुंदा सर्वसाधारणलाई समस्या भएको थियो ।   रौतहट, सर्लाही लगायतको स्थानमा दुई जातीय पक्षबीच भएको झडप थियो । सोको विरोधमा वीरगंजमा पनि दुई जातीय समूह पक्षबीच झडप भएको थियो । वीरगंजमा आज भएको झडपमा १३ राउन्ड अश्रुग्यास चलेको थियो भने केही हवाइ राउन्ड पनि फायर भएको थियो । झडपमा प्रहरीसहित एक दर्जनभन्दा बढी घाइते भएका छन् ।   वीरगंजको छपकैया क्षेत्रमा प्रदर्शन हुंदा प्रहरी र समूहबीच झडप भएको थि...

विश्वकप क्रिकेट लिग : नेदरल्यान्ड्सको शानदार जित

Image
काठमाडौँ, ७ फागनुः आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृङ्खलाअन्र्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नामिबियाले प्रस्तुत गरेको एक सय २४ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले २७ दशमलव दुई ओरभमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । यस जितसँगै नेदरल्यान्ड्सले दुई खेलमा दुई अङ्क जोडेको छ । पहिलो खेलमा नेदरल्यान्ड्स नेपालसँग नौ विकेटले पराजित भएको थियो । समान दुई खेल नै खेलेको नामिबियाको पनि समान दुई अङ्क नै छ । पहिलो खेलमा नामिबियाले नेपाललाई चार विकेटले हराएको थियो । नेदरल्यान्ड्सको जितमा माइकल लेभिटले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ८१ बल खेल्दै आठ चौका र दुई छक्का प्रहार गरे । त्यसैगरी म्याक्स ओडोउडले २८ रन बनाउदा बास डी लिडेले अविजित २१ रन बनाए । नामिबियाका लागि कप्तान जेर्रार्ड एरास्मसले तीन विकेट  लिए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ३५ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय २३ रनको योगफल बनाएको थियो । नामिबियाका लागि जेजे स्म...

५४२ केजी गाँजासहित दुईजना पक्राउ

Image
चितवन, ७ फागुन । चितवनमा ५ सय ४२ केजी गाँजा सहित दुर्ईवटा ट्रक र दुर्ईजना लाई नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक श्याममणि पोखरेलको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले आज बिहान ८ः०० बजे राप्ती नगरपालिका वडा नं. ३ झुरझुरे स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा चेकजाँचका क्रममा उक्त परिमाणमा गाँजा फेला पारेको  हो ।   जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार प्रहरीले ना ३ ख ६१२२ नम्बरको ट्रक र ना ३ ख ७२४० नम्बरको डिब्बा ट्रक सामान पल्टी गरी शÍास्पद अवस्थामा रोकी राखेकोले उक्त दुवै वटा ट्रकलाई चेकजाँच गर्ने क्रममा ना ३ ख ७२४० नं. डिब्बा ट्रकमा लुकाई छिपाई राखेको अवस्थामा ३९ वटा पोकामा ५४२ किलो लागुऔषध गाँजा फेला पारेको हो । प्रारम्भिक अनुसन्धान गर्दा उक्त गाँजा धादिड्ढो मलेखुबाट ना ३ ख ६१२२ नम्बरको ट्रकमा लोड गरी उक्त स्थानमा ल्याई ना ३ ख ७२४० नं. डिब्बा ट्रकमा पल्टी गरेको थाहा हुनासाथ ना ३ ख ७२४० नं. डिब्बा ट्रक चालक जिल्ला धनकुटा छथर जोरपाटे गाउँँपालिका वडा नं. ३ का  रमेशनाथ दाहाल र ना ३ ख ६१२२ नं. को ट्रकमा सवार कपिलवस्तु बुद्धभुमी नगरपालिका वडा नम्बर ४ ...

जातीय भिडन्तमा कम्तीमा ६४ जनाको मृत्यु

Image
सिड्नी, ७ फागुन । पपुवा न्यू गिनीको उच्च पहाडी क्षेत्रमा भएको जातीय द्वन्द्वमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । पपुवा न्यूगिनीको स्थानीय पत्रिका पोस्ट कुरियरका अनुसार एङ्गा प्रान्तको वापेनामान्डाको प्रहरीले आइतवार बिहानदेखि शुरू भएको भिडन्तपछि सडक किनार, घाँसे मैदान र पहाडबाट ६४ जनाको शव फेला परेको पुष्टि गरेको छ । सुरक्षाकर्मीले झाडीमा अझै केही शव रहेको बताएका छन् ।   यसअघि अस्ट्रेलियाली समाचार संस्था एबिसी न्युजले आदिवासी समुदायबीचको भिडन्तमा कम्तीमा ५३ जनाको मृत्यु भएको र झाडीमा अझै धेरै मानिसको मृत शरीर रहेको हुनसक्ने बताएको थियो ।   रोयल पपुवा न्यू गिनी कान्स्टेबुलरीका कार्यवाहक सुपरिटेन्डेन्ट जर्ज काकासले भन्नुभयो, "मैले एङ्गामा देखेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो सामुहिक हिंसा हो । एबीसी न्यूजका अनुसार सन् २०२३ मा ६० जनाभन्दा बढीको ज्यान लिने आदिवासी समुदायको लडाइँ यही जनजातिसँग सम्बन्धीत रहेको बुझिएको छ ।   बढ्दो जनजातीय द्वन्द्व नियन्त्रणका लागि एङ्गा प्रान्तमा सन् २०२२ मा केही महिनाका लागि लकडाउन गरिएको थियो ।

५ वर्षदेखि हराएका २ महिलाको भारतको कोलकाताबाट उद्धार

Image
वीरगंज ०६ फागुन । पाँच वर्षदेखि बारा जिल्लाबाट हराएका दुर्ई महिलाको प्रहरीले उद्धार गरेको छ । बारा, कोल्हवी नगरपालिका वडा नं.७ बस्ने २३ वर्षकी रञ्जिता चौधरी र देवताल गाँउपालिका–४ बस्ने वर्ष ४० की बबिता देवी गिरीको प्रहरीले उद्दार गरेको हो । अञ्जली मेन्टल हेल्थ राइट्स अर्गनाइजेसनबाट उद्धार गरिएको बारा प्रहरीले जानकारी दिएको छ । दुबै जनालाई उनीहरूको अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

शहरी क्षेत्रबाट लोप भयो जुनकिरी

Image
बीरगंज । विश्व संसारमा वातावरण असुन्तलुन जलवायु परिवर्तनका कारण प्राकृतिक जनावर पशुपंक्षी जलचर थलचर किरा फट्याङ्ग्रा धेरै पृथ्वीको असन्तुलनका लागि आवश्यक प्राणी तथा वनस्पति घट्दै गइरहेको र लोप हुँदै गइरहेको छ ।  बढ्दो शहरीकरण साँझ बिहानको धेरै प्रकाश वन तथा बुटियान क्षेत्रका विनाश जस्ता कारणले जुनकिरी लोप हुँदै गइरहेको छ। साँझको उज्यालोले वातावरण रमाइलो हुने गरेको थियो । जुनकिरी घटदा किसानलाई समस्या हुने गरेको छ । पर्यावरणीय चक्र अनुसार जुनकिरीको संख्या घटेर खाद्यान्न तथा तरकारी बालीमा क्षति हुन थालेपछि किसान मर्कामा पर्न थालेको समाचार बनेको छ।  किसानले लगाएको बालीलाई ठूलो नोक्सान पु¥याउने शंखे किरालाई विज्ञका अनुसार लार्भा अवस्थामा जुनकिरीले खाने गर्दछ। प्राकृतिक आवास नासिनुको जुनकिरीको संख्यामा कमी आउनुका प्रमुख कारण हो। सिमसार, ओसिलो तथा झारपात भएको क्षेत्र जुनकिरीको प्राकृतिक बासस्थान हो। कृषि अनुसन्धान परिषद नार्क वरिष्ठका किट विशेषज्ञ आरपी मैनालीले जुनकिरीको टिलपिले बत्ती निभ्ने बल्ने बत्तीले उज्यालो मात्र होइन त्योभन्दा बढी कृषिमा उपयोगी हुने देखिन्छ । नेपालमा जुनकिरी, माहुरीको...

नेपाल महिला टी–२० एसिया कप खेल्नबाट बञ्चित

Image
काठमाडौं ४ फागुन। एसीसी वुमन्स प्रिमियर कप २०२४ को सेमिफाइनलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित भएको छ। नेपालले दिएको ११६ रनको लक्ष्य मलेसियाले अन्तिम ओभरमा पूरा गरेको छ। मलेसियाका लागि एलिसा हन्टरले ५३ बल खेल्दै ६९ रनको उत्कृष्ट पारी खेलेकी थिइन्। उनले ६ चौका प्रहार गरिन्। नेबलरले खासै राम्रो प्रदर्शन गर्न नसक्दा नेपाल पराजित हुन पुग्यो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनाएको थियो। नेपालकी कप्तान इन्दु बर्मा ३७ बलमा २ चौकासहित २९ रन बनाइन्। डली भट्टले १४ बलमा १ चौका र २ छक्कासहित २५ रनको योगदान दिएक थिइन्। मलेसियाकी महिराह इजाती इस्मालीले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन्। विनिफ्रेड दुराईसिंघमले १ विकेट लिइन्। मलेसियासँग पराजित भएसँगै नेपाल यसै वर्ष हुने महिला टी–२० एसिया कप खेल्न पाउने अवरबाट बञ्चित भएको छ।

नेपाल नामिबियासँग चार विकेटले पराजित

Image
काठमाडौँ, ३ फागुन : आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ को त्रिकोणात्मक शृङ्खलाको उद्घाटन खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको छ ।   कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा जितसँगै नामिबियाले दुई अङ्क जोडेको छ । जितका लागि नेपालले दिएको एक सय ३३ रनको सामान्य लक्ष्य नामिबियाले ३३ दशमलव एक ओभरमा छ विकेट गुमाउदै पूरा गर्‍यो । नामिबियाको जितमा जान फ्रिलिङ्कले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ५३ बल खेल्ने क्रममा चार चौका प्रहार गरे । त्यसैगरी जान निकोल लोफिट इटनले ३१ रन बनाए भने मिचेल भान लिङगेनले २३ रन बनाए । त्यस्तै निकोलास डाभिनले १५ रन जाडे । बलिङतर्फ नेपालका सोमपाल कामीले तीन र ललित राजबंशीले दुई विकेट लिए । त्यस्तै कप्तान रोहितकुमार पौडेलले एक विकेट झारे ।   त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४१ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै एक सय ३२ रनमा समेटिएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान दिए । उनले ८६ बल खेल्ने क्रममा दुई चौका र एक छक्का पनि प्रहार गरे । त्यस्तै गुल्शन झाले २१ रन बनाए । उनले ३१ बल खेल्दै तीन चौका प्रहार गर...

३५ किलो चरेससहित दुर्ई भारतीय पक्राउ

Image
बारा, ३ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ३५ किलोग्राम लागुऔषध चरेससहित दुर्ईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । चितवनबाट भारततर्पm लैजाँदै गरेको अवस्थामा चरेससहित २ जनालाई बाराको अम्लेखगञ्जबाट प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सिमरा र अम्लेखगञ्जबाट खटिएको प्रहरीले लागुऔषध चरेससहित दुर्ईजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । ३२ एनएम नम्बर प्लेटको भारतीय कारलाई प्रहरीले शंका लागेर जाँच गरेको थियो । सोही क्रममा कारको पछाडि डिक्कीमा फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध चरेस बरामद गरेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदिप बहादुर क्षेत्रीले जनाए । खैरो टेपले प्याकिङ गरी ६७ वटा प्याकेटमा राखिएको चरेस बरामद गरेको फेला परेको उनले बताए । पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेशस्थित बैहराइच, थाना देहात कोतावाली नाजीरापुरन नई बस्नी बस्ने साफिर अलि र कारमा सवार सोही ठाँउका मोहम्मद अफजाल रहेका छन् । उनीहरूको साथबाट ३५ किलो लागुऔषध चरेस, सिम सहितको २ थान मोबाइल, भन्सार सम्बन्धी कागजपत्र र कार समेत बरामद गरेको प्रहरीले बतायो । पक्राउ परेका उनीहरूमाथि लागुऔषध ...

बस दुर्घटना अपडेट : दश जना मृतकको सनाखत

Image
चन्द्रौटा (कपिलवस्तु), ३ फागुन :  कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजनाको पहिचान खुलेको छ ।  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका  प्रहरी नायव उपरीक्षक हरि वलीका  अनुसार सनाखत भएका मृतकमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना ,कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान, कञ्चनपुरको भिमदत्त नगरपालिका १ का २७ वर्षीय राहुलराम कामी, भीमदत्त –४ का  २४ वर्षीय उमेश भण्डारी, भीमदत्त– १६ का सञ्जु थापा, पुनरवास नगरपालिकाका किन भट्ट  रहेका छन् । यसैगरी त्यस्तै भीमदत्त नगरपालिका निवासी खगेश्वरी खाती, भीमदत्त – २  का  सुदीप भट्ट र पुनरवास –९ का बिसफाटा  विमलादेवी भट्टको पहिचान खुलेको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली  यातायातद्वारा  सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको  सडकबाट दुई सय मिटर तल खसेको थियो ।  कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार  दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल 'रिफर' गरिएको छ । अन्यको ...

नेपालबाट भारत पुगेको ३७५ किलो गाँजा बरामद

Image
वीरगंज, २ फागुन । वीरगंजको एकिकृत जाँच चौकी (आइसिपि) नाका हुँदै भारत पुगेको ३७५ किलो गाँजासहित एकजना नेपालीलाई भारतीय एसएसबीले पक्राउ गरेको छ । रक्सौलस्थित भारतीय आइसिपीको ४ नम्बर गेटबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ३ क्वीन्टल ७५ किलोग्राम गाँजासहित मकवानपुरका अम्बर बहादुरलाई बुधवार बिहान पक्राउ गरेको हो । वीरगंजको आइसिपी नाका हुदैं भारत रक्सौलको आइसिपीमा पुगेको ना ४ च ८९७८ नम्बरको पिकअप गाडीलाई एसएसबीले शंका लागेर चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त पिकअप गाडीको पछाडि पट्टीको भागमा फल्स बटम बनाएर राखिएको अवस्थामा २५ वटा पोकामा रहेको ३ क्वीन्टल गाँजा भेटिएको एसएसबीका ४७ नम्बर कमाण्डेण्ट विकास कुमारले जानकारी दिए । प्लाष्टिकको टेपले बेरेर २५ वटा पोकामा रहेको ३ क्वीन्टल गाँजा बरामद भएपछि गाडीका चालक अम्बर बहादुर र गाँजासहितको गाडी नियन्त्रणमा लिइएको उनले बताए । यसअघि माघ २५ गतेपनि रक्सौल आइसिपीको त्यहि गेटबाट एसएसबीले नेपालबाट भारत भित्रयाउन लागिएको अवस्थामा २ क्वीन्टल ६ किलोग्राम गाँजा बरामद गरेको थियो ।

गोतामे स्वर्ण पदक पुरस्कारबाट बद्री विनोद पुरस्कृत

Image
वीरगंज, २ फागुन ।  गोतामे पत्रकारिता स्वर्ण पदक पुरस्कारबाट यसवर्ष पोखरा, कास्कीका पत्रकार बद्री विनोद 'प्रतीक' सम्मानित भएका छन् । वीरगंजको होटल पुजनमा आयोजना गरिएको पुरस्कार वितरण समारोहमा वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले स्वर्ण पदकबाट पत्रकार बद्री बिनोदलाई सम्मानित गरेका हुन् । कार्यक्रममा पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्मा, चन्द्रकिशोर झालगायतको मन्तव्य राखेका थिए ।  

गान्धीदेखि बुद्धसम्म शान्ति पदयात्रा शुरु

Image
वीरगंज, २ फाल्गुन । गान्धीदेखि बुद्धसम्म शान्ति पदयात्रा वीरगंजबाट शुरू भएको छ । राष्ट्रिय भूमि अधिकार मन्च नेपाल, नेपाल एकता महिला समाज, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र एकता परिषद भारतले संयुक्त रूपमा यो पदयात्रा आयोजना गरेका हुन् । बुधवार भारतबाट आएका पदयात्रीहरूलाई वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, नेपाल भारत मैत्री संघका अध्यक्ष अशोक वैद्य लगायतकाले नेपाल भारत सीमास्थित मितेरी पुलमा स्वागत गरेका थिए । कार्यक्रममा भारतीय अभियन्ता राजगोपाल पिभिले नगरप्रमुख सिंहलाई बिपन्न किसानको औजार हलो उपहार दिएका थिए । मेयर सिंहले शान्ति र सद्भावका लागि हुने सबै प्रयत्नमा आफ्नो ऐक्यबद्धता रहने बताए । उनले पदयात्रीहरूको शान्ति यात्राको सफलताको कामना गरे । पत्रकार चन्द्रकिशोरले महात्मा गान्धीले भारत छोडो आन्दोलनको शुरूवात वीरगंज नजिकको चम्पारणबाट गरेको र गौतम बुद्धले घरपरिवार त्याग गरेर हिडेको पहिलो रात वीरगंज नजिकको रामपूर्वा गाउँमा बिश्राम गरेको इतिहास रहेको उनले बताए । नयादिल्लीबाट शुरू गरेको पदयात्रामा भारतका करीब २ सय अभियन्ताहरू सहभागी रहेको बताए । त्यस पछि नेपाली तथा भारतीय शान्ति...

उखुवारीमा जलेर वृद्धको मृत्यु

Image
बारा, १ फागुन । बारामा उखुवारीमा जलेर एक जनाको मृत्यु भएको छ। जितपुरसिमरा उपमहानगरपालिका–१२ पिपराडी बस्ने ६५ वर्षीय शम्भु खाँ चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै उखुवारीमा उखुको पातमा आगो लगाउँने क्रममा सोही आगोले जलेर सोमवार दिउँसो मृत्यु भएको हो । जलेर गम्भीर घाइते भएका उनको उपचारको लागि काठमाडौंतर्पm लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

एसिसी महिला प्रिमियर लिगमा नेपालको कीर्तिमानी जित

Image
काठमाडौँ, १ फागुन : एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्समाथि कीर्तिमानी जित हासिल गरेको छ । नेपालले माल्दिभ्सलाई दुई सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यसमा नेपाली टोलीकी प्रमुख ब्याटर रुबिना क्षेत्रीको कीर्तिमानी शतक सामेल थियो । उनले अविजित एक सय १८ रन बनाइन् । मलेसियाको क्वालालम्पुरमा आज टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाएर दुई सय २७ रन बनायो । दुई सय २९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सको पारी १३ दशमव पाँच ओभरमा मात्र १३ रनमा समेटियो । नेपालका लागि रुबिनाले ५४ बलमा शतक प्रहार गरिन् । उनी नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो महिला खेलाडी बनेकी छिन । यसअघि नेपालबाट अन्तर्राष्ट्रिय महिला क्रिकेटमा सीता रानामगरले सर्वाधिक ८२ रन बनाइएकी थिइन् । आजको खेलमा रुबिनाले ५९ बलमा १० चौका र पाँच छक्का हानिन् । त्यसैगरी नेपालका लागि पूजा महतोले ५९ रनको योगदान दिइन् । उनले ३६ बलमा पाँच चौका र एक छक्का प्रहार गरिन् । यस्तै सीता रानामगरले १५ तथा कविता कुवँले १३ रन बनाइन् । बल...

पोखरीमा महिलाको शव भेटियो

Image
वीरगंज, १ फागुन/ वीरगंज महानगर–१७ अलौंस्थित हुलाकी राजमार्गनजीकैको पोखरीमा एकजना महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।   रातो रड्ढो स्वेटर र पहेंलो पेटीकोट लगाएको ६० वर्षीया महिलाको मृत अवस्थामा भेटिएको पर्सा प्रहरीले जनाएको छ । महिलाको शव पोस्टमार्टमको लागि नारायणी अस्पतालमा लगिएको छ । महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।