डाटा लोड हुँदैछ...

ग्यास सिलिन्डर पडकिंदा एकको मृत्यु, चारजना घाइते

बारा, १४ फागुन । बाराको निजगढ नगरपालिका–७ सहीद चोकमा आज मध्याह्न सिलिन्डर पड्किँदा  वर्कसपका सञ्चालक निजगढ नगरपालिका ९ का रेसम मगरको मृत्यु भएको छ । मगरले सञ्चालन गरेको रोहित वर्कसपमा काम गर्दै गरेका बेला  अचानक सिलिन्डर विस्फोट हुँदा रेशमसहित पाँच जना घाइते भएका हुन् ।

विस्फोटबाट चार जना गम्भीर घाइते भएका छन्  । घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन्द साह, भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल र २० वर्षीय रितु रजत रहेका छन् भने निजगढ नगरपालिका ५ बस्ने ४५ वर्षीय सूर्यबहादुर थापाको अवस्था सामान्य रहेको छ ।

घाइते सबैको निजगढ नगरपालिका ९ स्थित निजगढ सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरिएको छ ।  हाल चार जनालाई थप उपचारका निम्ति वीरगंज रिफर गरिएको छ भने एक जनाको सामुदायिक अस्पताल निजगढमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर