डाटा लोड हुँदैछ...

रौतहटमा वनकर्मी र काठतस्करबीच भिडन्त

रौतहट,०९ फागुन । रौतहटमा वन सुरक्षा गस्ती टोली र काठ तस्करबीच भिडन्त भएको छ । गए राति वृन्दावन नगरपालिका १ रामलाल वृन्दावन साझेदारी वनक्षेत्र भित्र बन सुरक्षा टोली र तस्कर बिच भिडन्त भएको हो ।

वन सुरक्षा टोलीले हवाई फायर गर्दै अवैध सालको काठ बरामद गरेको छ । वन अधिकृत अनिल कुमार महतोको कमान्डमा गएको टोलीले गएराति ११ बजे वन क्षेत्र भित्र गस्तीको क्रममा तस्करसँग भिडन्त भएको थियो। सो क्रममा टोलीले तीन राउन्ड हवाई फायर गरेपछि तस्कर समूह भागेको र तीनाथान गोलिया बरामद गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताए ।
साढे ५७ फिट सालको काठ लोड रहेको एकथान टायर गाडा र एउटा पाडो बरामद गरेको गरेको छ ।

काठ सहितको टायर गाडा र पाडो आवश्यक कारबाईको लागि डिभिजन वन कार्यालय चन्द्रनिगापुरमा ल्याइएको तथा घटनावारे अनुसन्धान भइरहेको जनाइएको छ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर