डाटा लोड हुँदैछ...

जन्ती गइरहेका दुईजना युवकको मृत्यु

वीरगंज, १५ फागुन ।

सर्लाहीमा जन्ती गइरहेको बेलामा नम्बरको नखुलेको स्कार्पियोको ठक्करबाट दुईजना युवकको मृत्यु भएको छ ।

माधवपुर नगरपालिका–८ रौतहट निवासी २० वर्षीय अजय महतो र वडा नं. ६ निवासी २४ वर्षीय सियानन्द महतोको उपचारको क्रममा मृत्यु भएको वीरगंज हेल्थकेयर अस्पतालले जनाएको छ ।

दुर्घटनापछि घाइते भएका दुवैजनाको सर्लाही जिल्ला अस्पताल, मलंगवामा प्रारम्भिक उपचारपछि वीरगंज हेल्थ केयर ल्याइएको र त्यहा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।  

शवको पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगंजमा राखिएको छ । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर