डाटा लोड हुँदैछ...

बहुदरमाईमा निश्शुल्क आँखा जाँच शिविर, रक्तदान कार्यक्रम

वीरगंज, १७ फागुन । बहुदरमाई नगरपालिका–९ विश्रामपुरस्थित श्री भङ्गी साह नेरामाविमा निश्शुल्क आँखा चेकजाँच शिविर र रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
 
पन्नालाल विद्यादेवी प्रतिष्ठचान, लायन्स क्लब अफ वीरगंज परिवार, माट्रिका आइ फाउन्डेशनको संयुक्त आयोजनामा रक्तदान तथा निश्शुल्क आँखा जाँच शिविर सम्पन्न भएको हो ।
 
कार्यक्रममा २० जना महिला पुरुषले रक्तदान गरेका थिए । त्यस्तै निश्शुल्क आँखा जाँच शिविरमा १८९ जनाको आँखा परीक्ष्Fण गर्दा ७२ जनामा मोतियाबिन्दु देखिएको थियो ।
 
मोतियाबिन्दु देखिएकाहरुको निश्शुल्क शल्यक्रिया शुक्रवार माट्रिका आइ फाउन्डेशनमा हुने प्रतिष्ठानका डा सन्तोष साह (पिएचडी)ले जानकारी दिनुभएको छ । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर