डाटा लोड हुँदैछ...

उखुवारीमा जलेर वृद्धको मृत्यु

बारा, १ फागुन । बारामा उखुवारीमा जलेर एक जनाको मृत्यु भएको छ।

जितपुरसिमरा उपमहानगरपालिका–१२ पिपराडी बस्ने ६५ वर्षीय शम्भु खाँ चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै उखुवारीमा उखुको पातमा आगो लगाउँने क्रममा सोही आगोले जलेर सोमवार दिउँसो मृत्यु भएको हो ।

जलेर गम्भीर घाइते भएका उनको उपचारको लागि काठमाडौंतर्पm लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर