Posts

Showing posts from January, 2024
डाटा लोड हुँदैछ...

युवती घरमा मृत भेटिए, पति र ससुरा फरार

Image
जनकपुरधाम १८ माघ । सर्लाहीको बलरामा एक युवती घरमै मृत फेला परेकी छन। मृत्यु हुनेमा बलरा नगरपालिका–४ जब्दी बस्ने छोटेलाल सहनीकी २१ वर्षीया श्रीमती पूजा देवी छिन् । मंगलवार राति घरमै उनको शव शंकास्पद अवस्थामा फेला परेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रविन धितालले जानकारी दिए । मृतक पूजा देवीको घाँटीमा डाम देखिएको र उनका पति छोटेलाल तथा ससुरा जयनारायण सहनी फरार भएकाले घटना शंकास्पद बनेको एसपी धितालको भनाइ छ । घटना हुनुअघि घरमा विवाद भएको जानकारी समेत स्थानीयबाट पाएको प्रहरीले जनाएको छ । घटना अनुसन्धानका लागि मृतक पूजा देवीकी सासु बनारसी देवीलाई नियन्त्रणमा लिइएको एसपी धितालले बताए ।

खानकी श्रीमती घर फर्किएपछि घरलाई ‘उप कारागार’ घोषणा

Image
इस्लामाबाद, १८ माघ  भ्रष्टाचारको आरोपमा बुधबार आफ्ना श्रीमान्सँगै १४ वर्षको कारागार पर्नुभएकी पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी श्रीमती अधिकारीहरूले आफ्नो निवासलाई आधिकारिकरूपमा 'उप कारागार' घोषणा गरेपछि घरमै सजाय काटिरहनुभएको छ । मुस्लिम आस्था चिकित्सक बुशरा बिबीले आफ्ना श्रीमान् प्रधानमन्त्री हुँदा प्राप्त विदेशी उपहारहरूको बिक्रीसँग सम्बन्धित मुद्दामा सजाय सुनाइएपछि तुरुन्तै बुधबार स्वयंलाई अधिकारीहरूसामु सुम्पिनुभएको थियो । मुलुकका गोपनीय कुराहरू चुहाएको दोषी पाइएको मुद्दामा मङ्गलबार १० वर्षको कारागार सजाय पाउनुभएका पूर्वप्रधानमन्त्री खान अहिले पनि मुद्दा चलाइएको रावलपिन्डको अडियाला कारागारमा हुनुहुन्छ । पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा उहाँको कानूनी टिमले सेनाको नेतृत्वमा स्थापित संस्थाले उहाँलाई आगामी साताको निर्वाचनमा सत्तामा फर्किनबाट रोक्नका लागि सजाय र असङ्ख्य अन्य आरोप लगाएको बताएका छन् । उहाँकी श्रीमती बिबीलाई अडियाला कारागारबाट इस्लामाबादको बाहिरी क्षेत्रमा रहेको उहाँको घरमा स्थानान्तरण गरिएको बुधबार राति सरकारले बताएको छ । "मुख्य आयुक्त, इस्लामाब...

नेपालको समस्या समाधानको उपाय भारतले दिने गरेको छ– राजदूत श्रीवास्तव

Image
वीरगंज, १६ माघ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालले उठाउने गरेका धेरै समसामयिक समस्याहरूको सुझाव र समाधानको उपायहरू आफूहरूले दिने गरेको बताउनु भएको छ । मंगलवार वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा स्थानीय उद्योगी ब्यवसायीहरूले आयोजना गरेको भेटघाट तथा स्वागत कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले भारत–नेपालको आर्थिक, सामाजिक लगायत द्विपक्षीय  हकहित र  चाहनाको विषयमा समस्या निकाल्ने मात्र नभई त्यसको समाधान पनि तत्काल खोज्नुपर्ने बताउनुभएको छ । उनले भने, नेपालले गर्नुपर्ने र गर्नसक्ने धेरै कुरा छन् जुन नितान्त नेपालको हितमा छ । पहाडी क्षेत्रमा ट्रान्समिशन लाइन बिस्तार गर्न सकिएको छैन जसले गर्दा भारतमा विद्युत बेच्न बाधक बन्ने र नेपाललाइ दैनिक १० करोडसम्म नोक्सान हुन सक्छ । राजदूत श्रीवास्तवले जनकपुर–कुर्था रेल दक्ष जनशक्तिको अभावले क्षमता अनुसार चल्न नसकेको बताउनुभयो । कार्यक्रममा  वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले रक्सौल एयरपोर्ट सञ्चालन गर्न एकदम ढिलो भइसकेको बताउनुभयो । उहाँ रक्सौल रेलको गुणस्तर सुधार्न पनि जरूरी रहेको बताउनुभयो । होटल तथा पर्यटन...

पर्सा, बारामा शहीद दिवस धूमधामका साथ मनाइदै

Image
वीरगंज, १६ माघ । पर्सा, बारामा मंगलवार विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइएको छ । नेपाली कांग्रेसले शहीदहरूको शालिकमा माल्यार्पण कार्यक्रम गरेर शहीद दिवस मनाएको हो । वीरगंजको गण्डक चोकमा रहेको शहीद तेजबहादुर अमात्य र नारायणी अस्पतालमा रहेको शहीद थीरबम मल्लको शालिकमा आज कांग्रेसले माल्यार्पण कार्यक्रम गर्याे ।त्यस अवसरमा संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले शहीदहरूकै बलिदानी र त्यागले देशमा प्रजातान्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्त भएको बताए । उनले प्रजातान्त्र र लोकतन्त्र रहे मात्र नागरिकले स्वतन्त्रता पुर्वक बाँच्न पाउने भएकाले लोकतन्त्रलाई बचाउनु हरेक नागरिकको दायित्व भएको बताए ।अहिलेपनि लोकतन्त्रमाथि प्रहारको प्रयास भईरहेकाले यसतर्पm सबै जना सजग हुनुपर्ने उनले बताए । कांग्रेसका कार्यवाहक क्षेत्रीय सभापति अनिल सिंहको अध्यक्षता तथा मन्त्री रिजालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा कांग्रेस पर्साका सभापति तथा प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, पूर्व सांसद अनिल रूंगटा, कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी लगायतका नेताकार्यकर्ताको सहभागीता थियो...

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक पदमुक्त

Image
काठमाडौं। सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई पदमुक्त गरेको छ। गत ९ माघमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो। यसअघि स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले यसअघि २६ असोजमा विभिन्न आरोप लगाउँदै डा. बसौलालाई तीन महिनाका लागि निलम्बन गरेका थिए। तर सो निर्णय विरुद्ध डा. बसौला १७ कात्तिकमा सर्बोच्च अदालत गए। सर्बोच्चले ६ पुसमा निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो। सो निर्णय लिएर डा. बसौला ८ पुस देखि पुन काममा फर्किएका थिए।

भ्रष्टाचार सूचकाङ्कमा नेपाल एक सय आठौँ स्थानमा

Image
काठमाडौँ, १६ माघ : ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपालले गत वर्षको भन्दा केही सुधार गर्दै ३५ अङ्कसहित एक सय आठौँ स्थानमा देखिएको छ । नेपालले भ्रष्टाचार सूचकाङ्कमा गत वर्षको भन्दा एक अङ्क सुधार गरेको छ । गत वर्ष अर्थात् सन् २०२२ मा नेपाल ३४ अङ्कसहित एक सय १०औँ स्थानमा थियो । त्यस्तै, सन् २०२१ मा ३३ अङ्कसहित एक सय १७औँ स्थानमा थियो । ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वका एक सय ८० मुलुकको भ्रष्टाचारको अवस्था विश्लेषण गरेकामा कम भ्रष्टाचार हुने मुलुकमा ९० अङ्कसहित डेनमार्क पहिलो स्थानमा छ । त्यस्तै, कम भ्रष्टाचार हुने मुलुकमा फिनल्यान्ड दोस्रो, न्यूजिल्यान्ड तेस्रो, नर्वे चौथो र सिङ्गापुर पाँचाँै स्थानमा छन् । त्यसपछि क्रमशः स्वीडेन, स्विजरल्यान्ड, नेदरल्यान्ड, जर्मनी र लग्जेम्बर्ग छन् । उक्त सूचीमा सोमालिया ११ अङ्कसहित एक सय ८०औँ स्थानमा छ । त्यस्तै भेनेजुयला, सिरिया, दक्षिण सुडान, यमनलगायत मुलुकहरु बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा छन् । नेपालका दुई छिमेकी मुलुकमध्ये भारत ३९ अङ्कसहित ९३औँ स्थानमा र चीन ४२ अङ्कसहित...

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ विजयी

Image
काठमाडौँ, १६ माघ : राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको छ । सुदूरपश्चिमले जितका लागि दिएको ८८ रनको सामान्य लक्ष्य एपीएफले १४ दशमलव एक ओभरमा सात विकेट गुमाउँदै पूरा ग¥यो । एपीएफका लागि सन्दीप जोराले १८ रन बनाए भने आशिफ सेखले १५, भुवन कार्कीले १४, प्रदीप ऐरीले १२ तथा लोकेश बमले ६ रन जोडे । सुदूरपश्चिमका लागि दीपक चन्दले चार र नरेन साउदले तीन विकेट लिए । त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १६ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटियो । सुदूरपश्चिमका लागि नारायण जोशीले २५ बलमा तीन छक्का र तीन चौका प्रहार गर्दै अविजित ३१ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपीएफका लागि चन्दन रामले पाँच विकेट लिए । त्यसैगरी, भुवन कार्की तीन र कप्तान रोहित पौडेलले दुई विकेट झारे । 

दरबार हत्याकाण्ड अनुसन्धान हुने प्रधानमन्त्री दाहालको भनाइ

Image
वीरगंज, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताउनुभएको छ । आज बारा, सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुनेगरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताउनुभएको प्रधानमन्त्रीको सचिवालयद्वारा जानकारी दिएको छ ।   प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिएको स्पष्ट हुँदाहुँदै पनि यस व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने  काम भएको भन्दै यस्तो अधिकार कसैलाई नभएको स्पष्ट पार्नुभयो ।   कार्यक्रममा सांसद किसन श्रेष्ठलगायतको उपस्थिति थियो । 

‘बन्द रहेका उद्योगहरु सञ्चालन गर्छाैं’: प्रधानमन्त्री

Image
वीरगञ्ज (पर्सा), १५ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले लामो समयदेखि बन्द रहेका उद्योगहरु सञ्चालन गरिने तयारी भइरहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकलाई आज पर्साको वीरगञ्जमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले लामो समयदेखि बन्द रहेका बिराटनगर जुट मिल, हेटौडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटबल धागो उद्योग सञ्चालन गर्ने गरी काम अघि बढाइएको बताउनुभयो । "हिजो मात्रै हामीले बन्द रहेका ती उद्योग निजी– सार्वजनिक साझेदारी अवधारणअनुरुप सञ्चालन गर्ने निर्णय गरेका छौं", प्रधानमन्त्री दाहालले भन्नुभयो," अबको एक हप्ता वा १० दिन भित्रमा बन्द उद्योग सञ्चालन हुने कुरा जनताले थाहा पाउने छन् ।" कतिपय उद्योगह नेपाली सेनाले सञ्चालन गर्ने छभने कतिपय निजी कम्पनीले चलाउने गरी तयारी भइरहेको उहाँले बताउनुभयो । जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी, जनता केन्द्रित बनाउने स्पष्ट प...

बारा र पर्साका स्थानीय तहका प्रमुखसंग प्रमको संवाद

Image
वीरगञ्ज, १५ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म र व्यवस्थाबारे बुझाउन स्थानीय तहका जनप्रतिनिधि जनताको घरदैलोमा पुग्नुपर्ने बताउनुभएको छ । जनतालाई गणतन्त्रको मर्म बुझाउनु नसकिएको भन्दै उहाँले स्थानीय तहका जनप्रतिनिधिले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभएको हो । बारा र पर्सा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूसँग आज भएको छलफलमा प्रधानमन्त्रीले भन्नुभयो, "संविधानमा व्यवस्था भएका अधिकारबारे आम जनसमुदायलाई बुझाउन स्थानीय तहले नागरिकको प्रत्येक घरसम्म पुग्ने गरी जागरण अभियान वा घरदैलो कार्यक्रम सञ्चालन गर्नुस् ।" संविधानले मधेसका नागरिक, महिला, दलितलगायत उत्पीडित वर्ग र समुदायको पहिचान र अधिकारको प्रबन्ध गरेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, "आम जनसमुदायसम्म संविधानको मर्म र व्यवस्थालाई जसरी प्रस्तुत गर्नुपथ्र्यो, जसरी स्वामित्व लिनुपथ्र्यो, त्यसो हुन सकेको छैन । यसलाई जनतासम्म व्यवस्थित रूपमा बुझाउने जिम्मेवारी तपाईंहरूको हो ।" संविधानमा व्यवस्था भएबमोजिमका सङ्घीय कानुनहरूको निर्माणमा उच्च प्राथमिकताका सा...

विवाहित महिलाको शंकास्पद मृत्यु

Image
रौतहट, १५ माघ । रौतहटको सदरमुकाम गौर नगरपालिका–४, गढवा टोलमा एक जना विवाहित महिलाको शंकास्पद मृत्यु भएको छ । मृतकको माइती पक्षले दाइजोको निहुँमा हत्या भएको आरोप लगाएको छ । मौलापुर नगरपालिका, बौधाटोल घर भइ हाल गौर–४ मा बस्दै आएका सुनिल बैठाकी २१ वर्षीय श्रीमती पुनम बैठा दुर्ई दिन अघि आफ्नै घरमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । पुनमले घरको ढोका भित्रैबाट लगाएर आत्महत्या गरेको घरका सदस्यहरूले बताउँदै आएका छन् । भारतको बिहार, मोतिहारी जिल्ला, रूसुलपुर घर भइ हाल काठमाडौंमा व्यापार गरी बस्दै आएका मृतकको बुबा संजय बैठाले २०७७ साल जेठ महिनामा सामाजिक परम्परा अनुसार छोरी पुनमको सुनिल बैठासँग विवाह गरेको बताए । दाइजोको विषयलाई लिएर छोरी पुनमलाई घर पक्षकाले शारीरिक र मानसिक यातना दिने गरेको आरोप लगाउँँदै उनले ज्वाइँ सुनिल बैठा र उनकी आमा मिलेर आफ्नो छोरीको हत्या गरेर घरमा झुण्ड्याएको दाबी गरेका छन् । बिहेमा नगद रुपियाँँ कम दिएको, पलङ नदिएको भन्दै यातना दिँदै आमाछोरा मिलेर छोरी पुनमको हत्या गरेको मृतकका बुबाको दाबी छ । ज्वाइँ संजय बैठाले आफ्नो बुबा बिजुली बैठाको इशारामा यो घ...

जापानको चन्द्रमायानको सोर्य प्यानलले काम गर्न शुरू

Image
टोकियो, १५ माघ  : जापानको चन्द्रमामा अवतरण गरेको यानको सोर्य प्यानलले काम गर्न शुरू गरेको जापानको अन्तरिक्ष निकाय (जाक्सा)ले सोमबार जनाएको छ । स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेसन मून (स्लिम) ले आफ्नो सौर्य प्यानलले काम नगरेको घोषणा गरिएको नौ दिनपछि प्यानलले पुनः काम गर्न शुरू गरेको आश्चर्यजनक घोषणाले जापानको अन्तरिक्ष कार्यक्रममा थप प्रोत्साहन मिलेको छ । जाक्साले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा 'टोय पुडल' भनिने चन्द्रमाको चट्टानको दानेदार तस्बिरसहितको सन्देश पोस्ट गर्दै लेखेको छ, "हिजो साँझ हामी स्लिमसँग सम्पर्क स्थापित गर्न सफल भयौं, र अनुसन्धान कार्यहरूलाई फेरि शुरु गरेका छौँ ।"   "हामीले तत्काल एमबीसीसँग वैज्ञानिक अवलोकन सुरु गर्यौं र १०–ब्यान्ड अवलोकनका लागि पहिलो प्रकाश सफलतापूर्वक प्राप्त गरेका छौं," ल्यान्डरको मल्टिब्यान्ड स्पेक्ट्रोस्कोपिक क्यामेरालाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ । स्लिमको जनवरी २० को चन्द्रमाको अवतरणले जापान संयुक्त राज्य अमेरिका, सोभियत सङ्घ, चीन र भारतपछि चन्द्रमामा 'सफल अवतरण' गर्र्ने पाँचौं राष्ट्र बनेको छ । '२० म...

बिहारका मुख्यमन्त्री नितिश कुमारद्वारा पदबाट राजीनामा

Image
पटना, १४ माघ  ।   बिहारका मुख्यमन्त्री तथा जनता दल (युनाइटेड)का अध्यक्ष नितिश कुमारले आइतबार पटनास्थित राजभवन पुगेर राज्यपाल राजेन्द्र अर्लेकरलाई आफ्नो राजीनामा बुझाउनुभएको छ । राजभवनमा राज्यपाललाई भेटेर नितिशले भन्नुभयो, "हामीले राज्यमा महागठबन्धनसँग सम्बन्ध तोड्ने निर्णय गरेका छौं । नितिशले भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) मा पुनः सामेल हुने र राज्यमा 'महागठबन्धन' शासनको अन्त्य गर्ने चर्चा चलिरहेकै बेला यो घटना भएको हो । पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दल (आरजेडी) प्रमुख तथा पूर्व मुख्यमन्त्री लालु यादवकी छोरी रोहिणी आचार्यले सामाजिक सञ्जालमार्फत् जारी एक पोस्टमा उहाँले जेडियूमाथि कटाक्ष गर्दै भन्नुभयो, "समाजवादी पार्टीले आफूलाई प्रगतिशील समूहको रूपमा प्रस्तुत गर्छ, तर यसको विचारधारा बदलिँदो वायुको ढाँचासँग परिवर्तन हुन्छ । नितिशको यो निर्णयले उहाँको सत्ता समिकरणका लागि चौँथो अभ्यास (गठबन्धन) हुनेछ । कूल २४३ सदस्यीय बिहार विधानसभामा आरजेडीसँग ७९ विधायक छन् भने भाजपासँग ७८ विधायक छन् । विधानसभामा जेडीयू ४५, काङ्ग्रेस १९, भाकपा (एम–एल) १२...

यस वर्षको गोतामे पत्रकारिता पुरस्कार बद्री विनोद प्रतीकलाई दिने निर्णय

Image
वीरगंज, १४ माघ । यस वर्षको गोतामे पत्रकारिता पुरस्कार कास्की जिल्लाको पोखरा महानगरपालिका निवासी पुराना पत्रकार बद्री विनोद प्रतीक (खनाल)लाई प्रदान गर्ने निर्णय भएको छ । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानको शनिवार सम्पन्न बैठकले यस वर्षको पुरस्कार प्रतीकलाई प्रदान गर्ने निर्णय भएको सचिव हिमालचन्द्र गौतमले बताए ।   एक तोला सुनको तक्मा रहेको सो पुरस्कार पत्रकार गोपालचन्द्र गौतमको पुण्यतिथि फागुन २ गते प्रदान गरिने छ । प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । पुरस्कृत हुने पोखराका पत्रकार पाँच दशकदेखि नेपाली पत्रकारितामा सक्रिय रहँदै आएका छन् ।   पत्रकार प्रतीक २०३१ सालदेखि उनी अभियान साप्ताहिकबाट पत्रकारिता गर्दै आएको र अहिले पोखरा हटलाइनको प्रधान सम्पादक हुन् भने कास्की जिल्लाको विभिन्न क्याम्पसमा पत्रकारिता अध्यापन गराउँदै आएका छन् ।   स्व गौतमको सम्झनामा प्रतिष्ठानले २०६८ सालदेखि यो पुरस्कार निरन्तर वितरण गर्दै आएको छ । पहिलो पुरस्कार रू १० हजार राशिबाट शुरू भएको पुरस्कार २०७२ सालदेखि आधा तोला सुनको तक्मामा परिणत भएको थियो भने २०७५ सालदेखि...

निषेधको राजनीति नगरौ - पूर्वराजा ज्ञानेन्द्र

Image
वीरगंज १३ माघ । पूर्वराजा ज्ञानेन्द्र वीर बिक्रम शाहको वीरगंजमा एक ऐतिहासिक समारोहकोबीच स्वागत तथा नागरिक अभिनन्दन गरिएको छ । अभिनन्दन समारोमा राजाले जनतालाइ बुझाएको नासो संबिधान–२०४७ लागू गर्न माग समेत गरिएको थियो ।    नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्नुहुदै पूर्व राजा शाहले तराइ मधेसको उर्बरभूमि दुई दशकदेखि  पानीको स्रोत सुकेर मरूभुमि बन्दै गएकोले बेरोजगारीको कारण युवा शक्ति रोजगारीको लागी बिदेशिनु परेको बताउनु हुदै उत्पादन वृद्धि गरि सीप पौरख आफ्नै देशमा लागाउने समय आएको भन्नुभयो ।  देश बचाउनु पर्छ भनि आफूलाइ आहवान भएको छ हामीले हाम्रो पुर्खाको गौरब भुल्न हुँदैन । यही बसेर पौरख गर्नुपर्छ भन्नुभयो । देश चरम दुर्भाग्यतर्फ उन्मुख छ सबै मिलेर बचाउनु पर्छ पूर्वराजा शाहको भनाइ थियो । अब सोच्ने बेला आयो भुगोल भुबनौट बाँड्न हुँदैन । धर्म जातजाति बाँडिन हुँदैन हामी सबै नेपाली हौ मिलेर बस्नुपर्छ भन्नुहुदै पूर्वराजाले निषेधको राजनीति नगरौ भन्नु भयो ।  हामीले आफ्नो परिवार गुमाएको दुःखद घडीमा राष्ट्र  र जनहितको लागी मैले जिम्मेवारी लिएको थिए भन्नुहुँदै पूर्वराजाले २०५८ सालको दुखदायक कहालि...

छोरीको हत्या आरोपमा पिता हरिन्द्र पक्राउ

Image
वीरगंज, 12 माघ/ छोरीको हत्या आरोपमा बारा प्रहरीले फेटा गाउँपालिका–१ त्रिवेणीटोलका हरिन्द्र महतोलाई पक्राउ गरेको छ । बारा प्रहरीले गत साउन ११ मा मामाघरमा बस्दै आएकी छोरी कोशिलालाई पर्साको जगरनाथपुर गाउँपालिकाको सुपौलिया पुलनजीक इमृति खोला किनारमा हत्या गरेर शव फालेको कसूरमा पक्राउ गरेको जनाएको छ । कोशिलाको टाउको नभएको अवस्थामा शव फेला परेको र पछि अनुसन्धानबाट उनको टाउको ५० मिटर दूरीमा भेटिएको थियो । सो शव कोशिलाको भएको २० दिनअघि मात्र बारा प्रहरीले पहिचान गर्न सकेको थियो । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक कोमल शाहले साउन १३ गते फेला परेको शवबारेमा पहिचान नभएपछि सोसम्बन्धी मुद्दा थाती राखेका थिए । महिन्द्रकी छोरी साढे पाँच महीनादेखि बेपत्ता रहेकोबारेमा स्थानीयले बारा प्रहरीलाई जानकारी गराएपछि यस सम्बन्धमा छानबीन भएको र हत्या भएको कुरा प्रकाशमा आएको थियो । अहिले महिन्द्रले छोरीको हत्या आफैंले गरेको स्वीकारेको बारा प्रहरीले जनाएको छ । बारा प्रहरीले महिन्द्रको छोरी हराएको सम्बन्धमा परिवारका २० जनाभन्दा बढी व्यक्तिसँग सोधपूछ गरेको तर निजका पिताले भने शुरूमा छोरी हराएको भनेर घट...

वीरगंजमा शनिवार प्रधानमन्त्री प्रचण्ड र पूर्वराजा आउँदै

Image
वीरगंज, १२ माघ । वीरगंजमा शनिवार प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वराजा ज्ञानेन्द्र शाह आउने भएका छन् ।   प्रेस सेन्टर नेपालको भोलीदेखि तीन दिने बैठक एवं स्थापना दिवस बीरगञ्जमा हुने भएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी हुने बताइन्छ ।   राष्ट्रिय परिषद् बैठक एवम २० औं स्थापना दिवसको कार्यक्रम भोलीदेखि बीरगञ्जमा शुरू हुने प्रेस सेन्टरले जनाएको छ । कार्यक्रममा देशभरिबाट ५ सयको हाराहारीमा प्रेस सेन्टरका प्रतिनिधिहरूको सहभागीता रहने आयोजक संस्थाका गोविन्द देवकोटाले जनाए ।कार्यक्रमको अन्तिम दिन अर्थात १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी हुनेछन् । यसैगरी सञ्चारमन्त्री रेखा शर्मा र उर्जा मन्त्री शक्ति बस्नेतको समेत सहभागी हुने कार्यक्रम तय भएको प्रेस सेन्टरले जनाएको छ । प्रेस सेन्टर नेपाल केन्द्रीय समितिको आयोजनामा भइरहेको कार्यक्रम बीरगञ्जको नगर सभा गृहमा कार्यक्रम हुने भनिएको छ । योसंगै प्रेस सेन्टर नेपालले बीरगञ्जमा १५ गते विहानै प्रभात फेरिको कार्यक्रम राखिएको प्रेस सेन्टर पर्साका सचिव शिवनाथ यादवले बताए । यसैगरी माघ १३ गते हुने पूर्वराजा ज्ञानेन्द्र शाहको नागरि...

नक्कली कागजात बनाइ भगाईएका व्यक्ति १६ वर्षपछि पक्राउ

Image
वीरगंज, १२ माघ । नेपाल प्रहरीले लागु औषधका थुनुवालाई भगाई फरार रहेका तत्कालीन प्रहरीलाई १६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको पथरावुधराम–३ का ४१ वर्षीय विरवल राय यादव रहेका छन् । उनले खैरो हिरोइन कारोवारको आरोपमा पक्राउ परी महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ३९ वर्षीय असरफ आलमलाई नक्कली कागजात बनाई भगाएका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले सो कामको लागि एक करोडको माग गरेका थिए । बार्गेनिङ गर्दै जाँदा दश लाखमा डिल भएको र ६ लाख २५ हजार यादवले बुझेको खुल्न आएको हो । फरार रहेका उनी भारतको कोलकत्तामा ट्याक्सी चलाउँदै आएका थिए । उनलाई प्रहरीले बिहीवार पक्राउ गरी आज एक कार्यक्रमकाबीच सार्वजनिक गरेको हो । उनीमाथि मुलुकी अपराध संहिता २०७४ को दफ १०२ अनुसारको सजाह हुने प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री कप क्रिकेट : पुलिस विजयी

Image
काठमाडौँ, १२ माघ : विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको हो । यो जितसँगै पुलिसले ६ खेलमा १२ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । यता सात खेल खेलको कर्णाली प्रदेश तीन खेलमा जित तथा चौथो खेलमा हार बेहोर्दै ६ अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा छ । कर्णालीले प्रस्तुत गरेको एक सय ७२ रनको लक्ष्य पुलिसले २३ दशमलव ४ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । पुलिसका लागि दिलीप नाथले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ६२ बलमा ६ चौका र चार छक्काको मद्दतले अविजित ७५ रन बनाएका हुन् । यसैगरी, कुशल भुर्तेलले ४३ रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । कर्णालीका लागि प्रकाश जैसीले दुई विकेट लिए भने दिवान पुन र दीपेन्द्र रावतले समान एक/एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले ४२ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय...

बारा प्रहरीद्वारा ३७ लाखको सामानसहित ट्रक नियन्त्रण

Image
बारा, १२ माघ । बारा प्रहरीले ३७ लाख बराबरको समानसहित ट्रकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्लाको विभिन्न ठाउँबाट ३७ लाख ७१ हजार १ सय ६१ रुपियाँ बराबरको समान सहित ट्रक नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.२१ अमलेखगंजमा रौतहट बाट काठमाण्डौ तर्पm जादै गरेको प्र.०३–०३–००१ख ००८४ न.को यात्री बाहक बसबाट घडी ३२५ वटा,अन्दाजी मुल्य ६५ हजार र एयर फोन ९० वटा अन्दाजी मुल्य १ लाख ३५ हजार रुपियाँको विल नभएको प्रहरीले समान बरामद गरेको छ । त्यस्तै प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १ पथलैया चोकमा रूपन्देहीबाट लाहान–सिराह तर्पm जादै गरेको लु १ क २८८८ नं. को मिनिट्रकबाट १३ हजार ३ सय १० पोका सुर्ती गुट्खा र पुकार गरी अन्दाजी मुल्य ३० लाख १ हजार १ सय ६१ रुपियाँँ बराबरको विल नभएको मिनिट्रकलाई नियन्त्रणमा लिएको छ । त्यसैगरी प्रहरीले रौतहटबाट मकवानपुर तर्पm जादै गरेको ना ३ ख ११४३ नं. को ट्रकबाट ४ सय बोरो चामल अन्दाजी मुल्य  ५ लाख ७० हजार रुपियाँँ बराबरको विल नभएको ट्रकलाई नियन्त...

मधेशबाट आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित

Image
जनकपुर । राष्ट्रियसभा सदस्यमा मधेश प्रदेशबाट सत्तारुढ गठबन्धनका आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित भएका छन् । अन्य कोटा तर्फबाट ७ हजार ३७० मतभार पाएर ढुंगाना निर्वाचित भएका हुन् । ढुंगानाले प्रदेशसभा सदस्यका ६७ र पालिका पदाधिकारीहरुको २०१ मत पाए । एमालेकी उषा चौधरीले २ हजार ४८४ मतभार पाए । उनलाई प्रदेशसभाका २५ र पालिपाका पदाधिकारीको ६१ मत परेको छ । महिला कोटातर्फ सत्ता गठबन्धनका चौधरीले ७ हजार ९२३ मतभार पाएर जितिन् । उनलाई प्रदेशसभाका ७६ र पालिका पदाधिकारीहरुको २०५ मत परेको छ । एमालेकी उषा चौधरीले दुई हजार ४४६ मतभार पाइन् । उनलाई प्रदेशसभातर्फ २५ र पालिका पदाधिकारीतर्फ ५९ मत परेको थियो । राष्ट्रियसभामा प्रदेशसभा सदस्यको मतभार ५२ र स्थानीय पालिका पदाधिकारीको मतभार १९ हुन्छ । 

भारतीय राजदूतावास काठमाडौंले गणतन्त्र दिवस मनायो

Image
वीरगंज, १२ माघ । भारतीय राजदूतावास काठमाडौंले भारतको ७५ औं गणतन्त्र दिवस मनाएको छ । नेपालका लागि भारतीय राजदूत महामहिम श्री नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै गणतन्त्रको दिवसको अवसरमा आयोजित कार्यक्रमको शुभारम्भ भएको थियो ।  सो अवसरमा वहाँले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यहरूलाई पनि शुभकामना व्यक्त गर्नुभयो । तत्पश्चात कार्यक्रममा भारतका माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेका सम्बोधन भिडियोमार्पmत प्रस्तुत गरियो । माननीय राष्ट्रपतिले आफ्नो सन्देशमा गत स्वतन्त्रता दिवस यता विभिन्न क्षेत्रमा भारतले हासिल गरेको उपलब्धि विशेष गरी भारतको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न जी–२० शिखर सम्मेलन र चन्द्रयान–३ मिशन वारे चर्चा गर्नुभयो ।    कार्यक्रमका दौरान राजदूत श्रीवास्तवले मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई नेरू. ५.०७ करोड नगद तथा कम्बल वितरण गरी सम्मान गर्नुभयो । सेवानिवृत्त सैनिकहरूलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउदै दूतावासले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकहरूका लागि भारत सरकारको कल्यगरिएको थियो ।   राजदूत श्री...

भारतको ७५ औँ गणतन्त्र दिवसमा विविध कार्यक्रम

Image
वीरगंज, १२ माघ । भारतको महावाणिज्य दूतावास वीरगंजले शुक्रवार भारतले ७५ औँ गणतन्त्र स्थापना दिवस मनाएको छ ।   महावाणिज्यदूत देवी सहाय मीणाले भारतको झन्डोत्तोलन गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए । सो क्रममा उनले सन्देश पढेर सुनाएका थिए ।   सन्देशमा भनिएको छ– भारतीय महावाणिज्य दूतावास, वीरगंजको तर्पmबाट, म, भारतको ७५औँ गणतन्त्र दिवसको शुभ अवसरमा भारतीय समुदाय र नेपालमा रहेका भारतका मित्रहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । हामीले पछिल्लो समयमा धेरै कार्यक्रम आयोजना गरेका छौं जसमा राम्रो सङ्ख्यामा यहाँहरूको उपस्थिति रहेको थियो । भारतीय महावाणिज्य दूतावासको कार्यक्रममा सहभागी भई सफल बनाउनुहुने महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दछौं । २। वाणिज्य दूतावासले नेपालमा भारतीय नागरिकलाई दर्ता प्रमाणपत्र जारी गर्दछ र आप्mनो क्षेत्राधिकारमा बस्ने भारतीय नागरिकका गुनासाहरू समाधान गर्न मासिक खुला मञ्चको आयोजना गर्दछ । हालसम्म २२ वटा यस्ता खुला मञ्चको आयोजना भइसकेको छ । मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्ला तथा वाग्मती प्रदेशका मकवानपुर र चितवन जिल्लामा बसोवास ...

वीरगंज–१५ प्रतिमाचोकमा सडक अतिक्रमणमुक्त

Image
वीरगंज, ११ माघ/ वीरगंज महानगरपालिका–१५ प्रतिमाचोकमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाइएको छ । हुलाकी सडक अन्तर्गत पर्ने उक्त स्थानमा केही व्यक्तिले अतिक्रमण गरेर संरचना बनाएका कारण वर्षौंदेखि हुलाकी सडक निर्माण हुन सकेको थिएन । सडक निर्माणको ठेक्का लागेसँगै नगरप्रमुख राजेशमान सिंहको पहलमा आज डोजर लगाएर सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको हो । प्रतिमाचोकबाट कलैया जाने डेढ सय मिटर सडक निर्माणका लागि अभी कन्स्ट्रक्शनले ठेक्का पाएको छ । २०८१ जेठ ३० गतेभित्र सडक तथा नाला निर्माण सम्पन्न हुनेगरी ठेक्का भएको डिभिजन सडक कार्यालय, हेटौंडाका डिभिजन प्रमुख एवं इन्जिनीयर राजेशकुमार यादवले बताए ।

मधेस बन्दको आंशिक प्रभाव, दर्जनौं पक्राउ

Image
वीरगंज । आम जनता पार्टी (आजपा) ले आज आहवान गरेको मधेश बन्दको आंशिक प्रभाव परेको छ । आजपाका नेता कार्यकर्ताहरूले आज मधेसका आठ वटै जिल्ला लगायतका सदरमुकाम बन्द आहवान गर्दै प्रदर्शन गरेका छन् ।   वीरगंजबाट पाँचजना कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ । वीरगंजको पावरहाउस चोकबाट दुर्ईजना र इदगाह चोकबाट ३ जना गरी पाँचजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिनुभयो । यस्तै जनकपुरमा गरिएको प्रदर्शनमा प्रहरीले दर्जनौंलाई धरपकड गरेको आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले बताउनुभयो । मधेश प्रदेशमा राष्ट्रिय सभाका दुर्ई सदस्य चयनका लागि राजधानी जनकपुरधाममा बिहान ९ बजेदेखि नै मतदान जारी छ । बन्द गराउने क्रममा जनकपुरको रामाननदचोकमा एक सरकारी सवारीसाधन तोडफोड गर्ने क्रममा दुर्ई दर्जन नेता–कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको आजपाका केन्द्रीय सदस्य विजय साहले जानकारी दिए । यस निर्वाचनमा सहभागी हुन आएका प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षसहितको सरकारी सवारीसाधनलाई विशेष टार्गेट बनाएर तो...

हनुमान मन्दिर र ब्रहमस्थानमा आगजनी

Image
रौतहट १० माघ । इशनाथ नगरपालिकास्थित  हनुमान मन्दिर र ब्रहेम स्थानमा आगजनी गरिएको प्रहरीले जनाएको छ । रौतहटको दक्षिणीभेग भारतीय सिमानासँग जोडिएको इशनाथ नगरपालिकास्थित हनुमान मन्दिर र ब्रहेम स्थानमा मंगलवार राति अज्ञात समूहले आगजनी गरेको छ। इशनाथ नपा–५ जटहारामा रहेको सामुदायिक स्कुलको प्राङ्गणमा रहेको हनुमान मन्दिर र विद्यालयको १०० मिटर पछाडि रहेका ब्रहमस्थानमा अज्ञात ब्यक्तीले आगजनी गरेको प्रहरीले जनाएको छ । प्रतिनिधिसभा सदस्य किरण कुमार साह, नेपाल प्रहरी सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक सहितको टोली घटनास्थलमा पुगेको छ । विगत लामो समयदेखि रौतहट संसदीय निर्वाचन क्षेत्र २ मा दुर्ई समुदायबीच विभिन्न विषयमा पटकपटक विवाद हुँदै आएको कारण यस्तो अवस्थामा शान्ति सुरक्षा कायम गर्न प्रहरीले चासो देखाएको छ। जटहरा गाउँँ छेउ मन्दिरमा रहेको हनुमानजीको मूर्ति र ब्रह्मस्थानमा पराल राखेर आगो लगाएको घटना बुधवार बिहान सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको छ ।   आगलागीबाट हनुमानको मूर्ति र ब्रह्मस्थानमा क्षति पुगेको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले घटनाको पुष्टि गरेकी छन । कसैले पराल राखेर ...

सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउने– बाराका प्रजिअ घिमिरे

Image
बारा, १० माघ । हालै सरूवा भएर आएका बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जिल्ला प्रशासन कार्यालय र अन्य निकायहरूमा सेवा प्रवाहलाई चुस्तदुरूस्त पार्ने बताएका छन् । मंगलवार पत्रकारहरूसँग भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले सेवा प्रवाहलाई पहिलो प्राथमिकता दिने बताएका छन् । प्रमुख जिल्ला अधिकारी घिमिरे जिल्ला प्रशासन कार्यालय, बाराबाट दिइने सेवाहरू नागरिकता, पासपोर्ट,राष्ट्रिय परिचयपत्र वितरण प्रणालीलाई व्यवस्थित गर्दै छिटो र सहज रूपमा सेवा पाउने गरी काम गर्ने बताए । उनले जिल्लामा हुने अवैध भन्सार छली,चोरी निकासीलाई नियन्त्रण गर्न प्रहरीको निगरानी बढाउने र अनुचित लेनदेन, मिटर ब्याजीलाइ कारबाई जस्ता कामलाई पनि प्राथमिकताका साथ काम गर्ने बताए । स्थानीय तहसंग समन्वय गरि बजार अनुगमन,लागु औषध नियन्त्रण तथा स्थानीय तहहरू संग सिसि टिभी क्यामरा जडान गराई, बढ्दो सवारी चोरीलाई नियन्त्रण गर्ने योजना रहेको बताए । सोही अवसरमा प्रजिअ घिमिरेले जिडिपीमा बारा जिल्लाको योगदान तथा अर्थतन्त्रमा राजश्व दिने तेस्रो जिल्ला भएकोले स्थानीय,सम्पुर्ण राजनीति दलका नेता तथा पत्रकारहरूको साथ सहयोग र...

भारतीय सेनाको हेलिकप्टरबाट पूर्वराजा अयोध्या प्रस्थान

Image
वीरगंज, ८ माघ । भारतको अयोध्यापुरीमा नवनिर्मित राम मन्दिरमा भगवान श्रीरामको मुर्तिको प्राणप्रतिष्ठान समारोहमा बिशेष अतिथि बनेर पूर्वराजा ज्ञानेन्द्र शाह भारतीय सेनाको बिशेष हेलिकप्टर चढेर अयोध्या प्रस्थान गरेपछि नेपालका राष्ट्रपति, प्रधानमन्त्रीका साथै नेताहरू जिल्ल परेका छन् । भारतको उत्तरप्रदेश राज्यको अयोध्यामा माघ ८ गते भएको भगवान रामको मुर्तिको प्राणप्रतिष्ठा कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिशेष  पूजापाठको आयोजना गर्दै हुनुहुन्छ । सो समारोहमा देश बिदेशका दश हजारभन्दा बढिलाई निम्त्याइएको छ । सो समारोहमा भारतका राष्ट्रपति, उपराष्ट्रपति सभामुख, उपसभामुख, मन्त्रीहरू, बिपक्षी दलका नेताहरू विभिन्न पिठका पिठाधिशहरू, बिभिन्न देशका प्रमुखहरू निम्त्याएको छ ।  भगवान रामको प्रतिमाको प्राणप्रतिष्ठा भारतीय प्रधानमन्त्री  नरेन्द्र  मोदीले बिशेष  पुजापाठ गरेर गर्नु हुनेछ । सो समारोहमा नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहलाई बिशेष अतिथिको रूपमा निम्त्याउनुको साथै भारतीय सेनाको बिशेष हेलिकप्टर पठाएर लिएर गएको पनि छ ।   पूर्वराजा ज्ञानेन्द्र शाह यतिखेर मध्यतराईको भ्रमणमा हुनुहुन्छ । ...

राजश्व बढाउने सरकारको लक्ष्य ः अर्थमन्त्री

Image
बारा, ८ माघ । अर्थमन्त्री डा. प्रकाश शरण महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य भएको बताएका छन् । सोमवार बारा जिल्ला सुवर्ण गाउँँपालिका सन्तगंजमा रहेको सिम्रौनगढ छोटी भन्सार नाकाको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री डा. महतले भने, 'स्थानीय जनताको आवश्यकतालाई पूर्ति गर्ने हिसाबले यो नाकालाई बिस्तारै अगाडि बढाउँछौँ, आवश्यक पूर्वाधार तयार पार्छाै ।' उनले नेपाल–भारत सीमालाई व्यवस्थित गर्न स्थानीय पालिकाको भूमिका महत्त्वपूर्ण हुने बताए । मन्त्री डा. महतले भने, 'दैनिक जीवनमा किनबेच–आवतजावत सहज होस् भनेर सरकार लागेको छ । यसका लागि भारत पक्षसँग पनि कुरा गर्नुपर्ने हुन्छ । दोहोरो भयो भने यसले आकार र स्वरूप लिन्छ, विस्तार हुन्छ' उनले भने । खाद्यान्न र उद्योग व्यवसायका लागि बारा जिल्ला महत्त्वपूर्ण रहेको मन्त्री डा. महतले बताए । बारा जिल्लाको औद्योगिक करिडोर अझ बढाउन सरकारले निजगढ एयरपोर्टलाई प्राथमिकतामा राखेको समेत उनले बताए । एयरपोर्ट बन्यो भने बाराको महत्त्व अझ विस्तार हुने अर्थमन्त्री डा. महतको भनाइ थियो । 'बारामा अधिकांश सडक बनिसकेक...

चन्द्रमामा ल्यान्डरको व्याट्री रिचार्ज गर्न सकिने जाक्साको भनाइ

Image
टोकियो, ८ माघ जापानी चन्द्रयानमा रहेको सौर्य प्रणालीमा आएको समस्या समाधानको सम्भावना बढेको 'जापान एरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)' ले सोमबार जनाएको छ । जाक्साले भनेको छ, "टेलिमेट्री डाटाअनुसार स्लिमका सौर्य कोषहरू पश्चिमदिशामा छन् र सूर्यको प्रकाश यान रहेको ठाउमा परेपछि सौर्य प्रणालीले काम गर्ने अपेक्षा गरिएको छ ।"   जापानी चन्द्रयानमा रहेको सौर्य प्रणालीमा समस्या आएका कारण जापानले 'मून स्नीपर' चन्द्रमामा अवतरण गरेको करिब तीन घण्टापछि मुन ल्यान्डरलाई बन्द गरेको थियो । जापानको अन्तरिक्ष यानको मिशनलाई 'मून स्नीपर' नाम दिइएको छ । यसको सटीक अवतरण क्षमताले जापानलाई चन्द्रमामा सफलतापूर्णरूपमा पुग्ने पाँचौं देश बनाएको हो । मध्यरातमा अवतरणपछिको २० मिनेटको अन्तरालमा जाक्साले यानको सोलार ब्याट्रीले विद्युत उत्पादन नगरेको बताइएको थियो । जाक्साले भनेको छ, "हामीले चन्द्रमाको सतहमा अवतरणका क्रममा प्राप्त प्राविधिक र तस्वीरको सङ्कलन प्रसारण शक्ति बन्द हुनुभन्दा पहिले पूरा गर्न सफल भइसकेका छौँ ।" "धेरै तथ्याङ्क प्राप्त भएको पुष्टि भएपछि हामी राहत...

वीरगंजमा सीताराम महोत्सव

Image
वीरगंज, ८ माघ । भारतको अयोध्यामा राम मन्दिरको उदघाटन भइरहँदा वीरगंजमा त्यसको छुट्टै उत्सव देखिएको छ । वीरगंजका सडक सफा गरिएको छ भने पसलहरुमा रामनामी झन्डा गाडिएको छ । वीरगंज महानगरका मठमन्दिरलाई सजावट गरी आकर्षक पारिएको छ । प्रसिद्ध शक्तिपीठ माईस्थानको गहवामाई मन्दिर प्रांगणमा सोमवार साँझ १ लाख २५ हजार दियो बालेर भव्य दीप प्रज्वलन, महाआरती र हनुमान आराधनाको कार्यक्रम छ । वीरगंजकै घडीअर्वास्थित श्रीरामजानकी मन्दिरमा अयोध्याको नवनिर्मित राम मन्दिरको उदघाटनकै दिनको अवसर पारेर सोमवार भगवान् राम, सीता र हनुमानको मूर्तिको प्राण प्रतिष्ठा गरिँदैछ। सोमवार बिहान ८ बजे भव्य कलश यात्रा निकालिएको छ भने दिनभर प्राणप्रतिष्ठाको सम्पूर्ण पुजन विधि हुने, सवालाख बत्ती बालिने तथा साँझ महाआरती आयोजना गरेर छ । विश्व हिन्दू परिषद्ले सोमवार वीरगंजमा भव्य मोटरसाइकल र्यालीका साथै भव्य झाँकी प्रदर्शन गर्दैछ । आज पर्सा जिल्लाभर माछा, मासु र मदिराको बिक्री वितरण र सेवन निषेध गरिएको छ। 

राममन्दिरको गर्भगृहमा जाने अधिकार पूर्वराजा र जगतगुरूलाई

Image
वीरगंज ७ माघ। छिमेकी मित्र राष्ट्र भारतको उत्तर प्रदेशको अयोध्यापुरीमा माघ ०८ गते हुने भगवान श्रीराम मन्दिरको गर्भगृहमा प्रवेश  गर्न पाउने अधिकार नेपाल नरेश र जगतगुरू शङ्कराचार्यलाई मात्र भएको भारतीय सञ्चारमाध्यमहरूले खुलासा गरेको छ। सनातनी हिन्दु धर्मावलम्बीहरूको ५०० सय वर्षदेखिको लडाइ माघ ८ गते अर्थात जनवरी २२ तारेखमा पूरा हुँदैछ। हिन्दुबहुल भारतको अयोध्यापुरीमा निर्माण भएको भब्य राममन्दिरको प्राणप्रतिष्ठा हुन गइरहेको छ। भगवान राम मन्दिरको प्राणप्रतिष्ठाको विश्वले गम्भीरतापुर्बक हेरिरहेको छ। अयोध्यामा देश बिदेशका सनातनीहरू पुग्ने क्रम जारी छ। दशौ हजार आमन्त्रित छन् र नेपालका राजा ज्ञानेन्द्र शाहको लागि  बिशेष निमन्त्रणा  गरिएको छ। भारतले ज्ञानेन्द्र शाहलाई लिन विशेष हेलिकप्टर पठाउदै पनि छ। अयोध्यामा विश्वलाई नै चकित पार्ने गरि महोत्सव हुँदैछ।   यसैबीच भारतीय सञ्चार माध्यममा संसारलाइ चकित पार्ने गरि समाचार प्रशारण भइरहेको छ। युपीका मुख्यमन्त्री योगीले भगवान श्रीरामको मन्दिरको गर्भगृहमा जगतगुरू शङ्कराचार्य र नेपाल  नरेशले मात्र प्रवेश गर्न पाउने भनि सार्वजनिक  रूपमा अभिव्यक्ति दिएपछि ...

अत्यधिक चीसोका कारण जनजीवन प्रभावित

Image
वीरगंज ०७ माघ। तराईको जिल्लाहरूमा घाम नलागी हुस्सु लागेर सितलहरी चलेकोले अत्याधिक चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ। तराईको जिल्लाहरूमा तीन सातादेखि घाम नलागेको र हुस्सु लागि चिसो हावा चल्ने गरेको कारण अत्याधिक चिसो भएको छ। चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ। चिसोले बालबालिका र बृद्धबृद्धा प्रभावित भएका छन्। चिसोले गर्दा मानिसहरू घरबाट कम मात्रामा निस्कने गरेका छन। बजार पनि सुनसान जस्तै भएको छ। गरिबीको रेखामुनि रहेका बिपन्न बर्ग पनि न्यानो कपडा नहुँदा चिसोले प्रभावित भएका छन्।  बिगतमा स्थानीय निकाय विभिन्न सामाजिक सङ्घसंस्थाहरूले गरिब परिवारलाई न्यानो कपडा वितरण गर्ने गरेका थिए। यस वर्ष भने दाताहरू निस्क्रिय देखिएका छन। बिहानैदेखि  चिसो हावा चलेर मौसम अत्याधिक चिसो हुने गरेको छ। दिउँसो पनि घाम लाग्ने गरेको छैन जस्ले गर्दा जनजीवन कष्टकर बनेको छ। वीरगंजमा वीरगंज महानगर पालिकाले चोकचोकमा आगो बल्ने ब्यबस्था गरेको छ भने ग्रामीण भेगका जनताले भने कठ्याङ्ग्रिएर रात दिन बिताउनु परिरहेको छ। अझै केहिदिन घाम नलाग्ने अनुमान मौसम पूर्वअनुमान महाशाखाले बताएको छ। जस्ले गर्दा ताराको जनजीवन थप कष्टक...

हेटौडापछि वीरगंजको सडक बिस्तारमा कस्तो निर्णय हुन्छ ?

Image
वीरगंज ०७ माघ। लामो समयदेखिको खिचातानीको बावजुद अन्ततः हेटौंडाको मुख्य सडक  २५–२५ मिटर दायाँ–बायाँ बिस्तार हुने भएको छ। सडक बिस्तार गर्न घरहरू भत्काउनु अगाडी सूचना समेत जारी नगर्ने भएको छ। देशको प्रमुख राजमार्गहरू अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बिस्तार भैसक्दा पनि हेटौंडा र वीरगंजको मुख्य सडक  बिस्तार  हुन सकेको थिएन। सडक बिस्तार गर्दा घरजग्गा पर्ने घर धनीहरूले सडक बिस्तार रोक्न पटकपटक सर्वाेच्च अदालतमा मुद्दा हाल्ने गरेकोले लामो समयदेखि सडक बिस्तार रोकिएको थियो सर्वाेच्च अदालतले २५–२५ मिटर सडकको दायाँबायाँ भत्काएर सडक बिस्तार गर्न पाउने फैसला गरेपछि घर धनीहरूले क्षतिपूर्ति पाउनुपर्ने भन्दै फेरि सर्बाेच्च अदालत मुद्दा दर्ता गरेका थिए।  रातोमाटेदेखि राप्तिखोलासम्मको पृथ्वी राजमार्ग बिस्तार हुँदा करीब ३ सय घर पर्ने भएको र ती सबै घरधनीहरूले क्षतिपुर्तिको माग गर्दै मुद्दा   हालेकोमा सर्वाेच्च अदालतले एकमुष्ठ फैसला गर्दै २५–२५ सडक बिस्तार  गर्दा क्षतिपुर्ति दिन नपर्ने भनेपछि सडक बिस्तार गर्ने बाटो खुलेको छ। सडक  डिभिजन कार्यालय, हेटौंडाका प्रमुख राकेशकुमार यादवले सर्बाेच्चको फैसला अन्तिम भए...

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

Image
वीरगंज, ७ माघ । मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।   आइतवार बिहान वीरगंज महानगरपालिका वडा नम्बर–१५ भिस्वास्थित जिल्ला आयुर्वेद अस्पताल नजिकैको सडकमा प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको यमाहा कम्पनीको आर १५ मोटरसाइकल दुर्घटना हुदाँ त्यसमा सवार दुवै जनाको घटनास्थलमै मृत्युु भएको थियो । मृतक दुवै जना वीरगंजको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एमबिबिएस अध्यनरत विद्यार्थी रहेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा नेशनल मेडिकल कलेजमा अध्यनरत बाराको हर्दिया घर भएका २३ वर्षीय सन्दीप यादव र धनुषाको सबैला घर भएका २३ वर्षीय सुमित यादव रहेको प्रहरीको भनाई छ। भिस्वाबाट भेडियाही जाने बाटोमा उक्त मोटरसाइकल आँफै अनियन्त्रित भएर दुर्घटनामा परेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए। मृतक दुवैको शव घटनास्थलबाट मुचुल्का उठाएर पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र घटना वारे थप अनुसन्धानका भइरहेको उनले बताए ।

मेवाको बोटहरू मर्दै

Image
बीरगञ्ज । बोटमा मेवा फल राम्रो लागेको अवस्थामा देशका विभिन्न स्थानमा मेवाका बोटहरू धमाधम सुकेर मर्न थालेका छन् ।  स्थानीय कृषि केन्द्रले गम्भीरतापूर्वक अध्ययन गर्न जरूरी छ। केही वर्षअघि यसरी नै अम्बाको बोट मरेका थिए । रोग र जलवायु परिवर्तनको असरका कारण रोग र जलवायु परिवर्तनको असरका कारण फल लागेको मेवाको बोट टुप्पोबाट सुक्दै मर्न लागेको एकजना जाने जानिफकार कृषि जेटिएले बताएका छन्, फल लागेको मेवाको भित्री भागमा गेडाहरू कुइएको पाइएको छ ।  प्राकृतिक कारणले यसरी मर्दै गएका मेवाको बोट बचाउने तर्पm बेलैमा सोचिएन भने आगामी वर्ष मेवा फल बजारमा देखा नपर्न पनि सक्दछ। बहुउपयोगी औषधियुक्त मेवा फलको बोट मर्न दिनबाट रोक्न जरूरी छ। कृषि विज्ञ कृषक सबै सतर्क हुनुपर्ने बेला आएको छ।

आर्थिक मन्दी: पसल कवल सटर सबै बन्द

Image
वीरगञ्ज । आर्थिक मन्दीको संकेत स्वरूप केही महिनादेखि भाडामा रहेका पसल, कवल, सटर हिजोआज दिनगुनी रात चौगुनीको दरले बन्द हुँदै गएका छन् ।   जुन प्रयोजनका लागि भाडामा लिइएको हो आर्थिक मन्दीका कारण कारोबार र व्यापार नभएपछि बन्द हुँदै गएका छन् । यतिखेर कुनै पनि वस्तु, मालसामानको दैनिक बिक्री ह्वात्तै घटेको छ । ग्राहकको चहलपहल, खरिद–बिक्री भएको छैन।   जसका कारण घरभाडा तिर्ने अवस्था पनि आएन। सबै पसलहरू माल सामान बिक्री नभएर भाडा तिर्न नसक्दा बन्द भएका छन् । आर्थिक मन्दीले झन् झन् उग्ररूप लेला जस्तो छ । राजधानी शहर काठमाडौं, पोखरा, विराटनगर, धनगढी, भरतपुर, सुर्खेत, नेपालगञ्ज, जनकपुरधाम, बिर्तामोड लगायत शहरका सटर, पसलहरू धमाधम बन्द हुँदै गइरहेका छन् । आर्थिक वृद्धिदर एकदमै खस्कदो छ ।  पसल बन्द भयो भने अर्काे विकल्प छैन। घर खर्चका लागि दैनिक आम्दानी हुन नसक्दा बेरोजगार अवस्थामा रहनुपर्दा पसले व्यवसायीहरू अति नै तनावमा छन् । व्यापार व्यवसाय लयमा आउनुको सट्टा झन झन् बिग्रँदो छ, देशको राम्रो अवस्थामा देखिँदैन– एकजना व्यापारीले भने । 

स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ

Image
काठमाडौँ, ५ माघ : राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको रु दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा नरेश अग्रवाल र उनका सहयोगी रहेका विभागका महानिर्देशक नवराज ढुङ्गानाले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "राजस्व अनुसन्धान विभागको टोलीले करिब रु दुई करोड ३० लाखजति रकमसहित चार जनालाई पक्राउ गरेको छ ।" व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि उक्त रकम फेला परेको बताइएको छ । बरामद गरिएको रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ । पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न आजै अदालतबाट म्याद लिने विभागको तयारी रहेको विभागका महानिर्देशक ढुङ्गानाले बताउनुभयो । 

छ लाख चालक अनुमतिपत्र नेपाल आइसक्यो : विभाग

Image
काठमाडौँ, ५ माघ : यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ । विभागका अनुसार बाँकी छ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ । विभागका निर्देशक एवं प्रवक्ता ईश्वरीदत्त पनेरुले दिनुभएको जानकारीअनुसार गत आर्थिक वर्ष २०७९ मा जर्मनको मूलवर्ग कम्पनीसँग १२ लाख कार्ड छपाइका लागि सम्झौता गरिएको थियो । सम्झौताअनुरुप पहिलो चरणमा सन् २०२४ को जनवरी ६ मा छ लाख कार्ड त्रिभुवन विमानस्थल आइपुगेको उहाँले जानकारी दिनुभयो । प्रवक्ता पनेरुका अनुसार ती कार्डलाई 'क्लियर' गर्न नेपाल राष्ट्र बैंकले 'डेलिभरी अर्डर' दिनुपर्ने हुन्छ । बैंकको सबै प्रक्रिया पु¥याएपछि आएको कार्डको ल्याब टेष्ट गराइन्छ । उहाँले भन्नुभयो, "हामीले सम्झौता गर्दा खोजेको गुणस्तर छ कि छैन भनेर जाँच्न नेपाल आइपुगेको कार्डको ल्याब टेष्ट गर्छौँ र त्यसको रिपोर्ट आइसकेपछि मात्र वितरण प्रक्रिया सुरु गर्छौँ ।" विभागले कार्ड पाउने वित्तिकै नियमित छपाइको सुरुआत हुने निर्देशक पनेरुले प्रतिबद्धता जनाउनुभयो । उहाँले बाँकी रह...

स्यालको टोकाइबाट एक दर्जन मानिस घाइते

Image
रौतहट, ५ माघ । रौतहटको गढीमाई नगर क्षेत्रमा स्यालको टोकाइबाट एक दर्जन  मानिस घाइते भएका छन।   गढीमाई नगरपालिका ७ का स्थानीय गोठालाहरू घाँस काट्न बिहीवार साँझ गाउँँ छेउ खेतमा गएको बेला उखु घारीबाट एक्कासि आएको बहुला स्यालले आक्रमण गरी एक दर्जन  मानिसलाई घाइते बनाएको हो। स्यालको टोकाई बाट वडा ७ को वर्ष ७० का महेन्द्र महतो, ४५ की मन्तोरिया देवी, ६० की तेतरी खातुन,  ४० की जयबुल खातुन, १५ की  मनिषा कुमारी, ५५ की उषा देवी,२७ रामाविनय बैथा, ३५ दुखीया देवी, ३० बिना देवी, ९ श्रावण कुमार, ७२ सिकीलावा देवी, ७० जयल मुखिया लगायतलाई घाइते बनाएको इलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डिएसपी ओमा प्रकाश खनालले बताए । गढीमाई नगरपालिकाको धर्मपुर, धनहारी र लक्ष्मीपुर टोल, मुशहरी टोलका महिला पुरूष बालबालिका माथि आक्रमण गरी घाइते बनाएको छ। घाइते मध्ये ६०की तेतरी खातुनको  नाक मुखमा गहिरो खत बनाएकाले प्रादेशिक अस्पताल गौरमा गएराति सामान्य उपचार पछि थप उपचारको लागि राति नै नेशनल मेडिकल वीरगंज पठाइएको डिएसपी खनालले जानकारी दिएका छन। स्यालले टोकेपछि लगाइने खोप स्थानीय अस्पतालमा उपलब्ध नभएकाले घाइते सबैजना प्रा...

८७ लाख मूल्य बराबरको पोटास बोकेको १३ वटा ट्रक नियन्त्रण

Image
वीरगंज, ४ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले ८७ लाख मूल्य बराबरको अवैध पोटास खाद बोकेको १३ वटा नियन्त्रणमा लिएको छ ।   किसान टे«डर्स इन्डिया कम्पनीको पोटास खाद बोकेको १३ वटा ट्रक वीरगंजदेखि राजबिराज, विराटनगर, बिर्तामोड तर्फ जादै गरेको अवस्थामा सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।   प्रहरीले रू. ८७ लाख ३६ हजार रूपैया बराबरको ५ हजार ४६० बोरा पोटास खाद नियन्त्रणमा लिइ कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।   प्रहरी चौकी पथलैया, इलाका प्रहरी कार्यालय निजगढले ना.५.ख. २९८७, ना. ८.ख. ८५२२, ना. ८. ख. १८४५, ना. ६.ख. ७३११, ना ५ ख ५४०७,  ना ५ ख ३३३, ना ७ ख १८६३,  ना ५ ख ७७८६, ४. ना ६ ख ३८३४, ना ७ ख ९८४४, ना ६ ख ३३४०, ना ८ ख २४९७, ८. ना ७ ख ९८५२ ट्रक चेकजाँच गर्दा कर सम्बन्धी विवरण शङ्कास्पद देखिएपछि नियन्त्रणमा लिएको प्रवक्ता न्यौपानेले बताएका छन् । 

बाराका मेयरलाई धम्की दिने एकजना पक्राउ

Image
वीरगंज, ४ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले मेयरलाई धम्की दिएको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।   कलैया उपमहानगरपालिकाका मेयर विनोद साहलाई फोनबाट धम्की दिएको आरोपमा प्रहरीले पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुवन बस्ने ३६ वर्षीय भोला गिरीलाई पक्राउ गरिएको जिप्रका बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताएका छन् ।   मेयर साहले प्रहरीलाई जानकारी गराएपछि गिरीलाई माघ ३ गते प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको  जिप्रका, बाराले जनाएको छ । 

प्रम एकदिवसीय क्रिकेट : आर्मी विजयी

Image
काठमाडौँ, ४ माघ : त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी भएको हो । जितका लागि ८९ रनको  सामन्य लक्ष्य पछ्याएको आर्मीले ९ दशमलव ५ ओभरमा एक विकेट गुमाउँदै पूरा ग¥र्यो । आर्मीका लागि सन्तोष कार्कीले ३२ रनको योगदान दिए । उनले २७ बलमा ६ चौका र १ छक्कासहित ३२ रन बनाएका हुन् । ओपनर इमरान शेख २५ बलमा ५ चौका र १ छक्कासहित ३२ रन बनाए । कुशल मल्ल ७ बलमा ४ चौका र १ छक्कासहित २२ रनमा नट आउट रहे । कोशीका सुजन थपलियाले एक विकेट लिए । त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी २४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ८८ रनमा समेटियो । कोशीका कप्तान अङ्कित सुवेदीले ३७ बलमा ९ चौकासहित सर्वाधिक ४१ रन बनाए । त्यसबाहेक कोशीका अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । आर्मीका साहब आलम एक्लैले ६ विकेट लिए । कुशल मल्लले दुई तथा सोमपाल कामी र विवेक यादवले समान एक/एक विकेट लिए । ---

ठोरीको रामनगर र बुद्धनगरमा गाँजा खेती फडानी

Image
वीरगंज, ४ माघ । जिल्ला प्रहरी कार्यालय, पर्साले ठोरी गाउँपालिका–५ रामनगर र बुद्धनगरमा अवैधरुपमा रोकिएको गाँजा खेती फडानी गरेको छ ।   माघ ३ गते ठोरी गाउँँपालिका वडा नं.५ स्थित रामनगर तथा बुद्धनगरमा इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले अवैधरूपमा लगाइएको २ कठ्ठा १० धुरको गाँजा खेती फडानी गरेको प्रहरीले जनाएको छ ।  प्रहरीले सो स्थानबाट १५०० गाँजाको बोट फडानी तथा नष्ट गरिएको तथा गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारबाई गर्ने जनाएको छ ।  

एनआइ कप : बुधवार दुई खेल सम्पन्न, वीरगञ्ज सेन्ट्रल र हेटौँडा स्कुल विजयी

Image
वीरगञ्ज । वीरगञ्जस्थित नेशनल इन्फोटेकले आयोजना गरेको एनआइ कप – २०८० अन्तर कलेज टी – २० टुर्नामेन्टअन्तर्गत आज दुई खेल सम्पन्न भएका छन् । बिहान भएको र दिउँसो गरी सम्पन्न दुई खेलमा वीरगञ्ज सेन्ट्रल कलेज र हेटौँडा स्कुल अफ म्यानेजमेन्ट विजयी भएका हुन् । बिहान वीरगञ्ज सेन्ट्रल कलेज र ज्ञानदा एकेडेमीबिच भएको खेलमा वीरगञ्ज सेन्ट्रल चार विकेटले विजयी भएको आयोजक नेशनल इन्फोटेकले जनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको ज्ञानदा एकेडेमीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर वीरगञ्ज सेन्ट्रललाई १२१ रनको लक्ष्य दिएको थियो । ज्ञानदाले दिएको लक्ष्यलाई वीरगञ्ज सेन्ट्रलले १९.३ ओभरमा जम्मा छ विकेट गुमाएर हासिल गर्‍यो । कमलेश पटेल, विकास कुमार सर्राफ र कमलेश दासले गरेको आकर्षक ब्याटिङले वीरगञ्ज कलेजलाई लक्ष्य प्राप्त गर्न ठूलो सहयोग गर्‍यो । पटेलले ३७ बल खेलेर एक छक्का र दुई चौकाको सहयोगमा ३० रन जोडे भने सर्राफले २२ बल खेलेर एक छक्का र दुई चौकाको सहयोगमा २० रन जोडेका थिए । त्यस्तै दासले २३ बल खेलेर चार चौकाको सहयोगमा २२ रन जोडे । यता, ज्ञानदाको तर्फबाट धिरज पटेल, गुड्डु यादव र अजय सहनीले उत्कृष्ट प्रदर्शनी...

मेरी सर्भिस सेन्टरले बिरामीलाई झनै रोगी बनायो

Image
वीरगंज ४ माघ । वीरगंज महानगरपालिका वडा नं. ८ लिंकरोडमा रहेको मेरी सर्भिस सेन्टर प्रा.लि.ले बिरामीहरूलाई निको पार्नुको साट्टो झनै बिरामी बनाएको घटना प्रकाशमा आएको छ । घटना गत पुस २३ गते सोमवारको हो । वीरगंज महानगरपालिका वडा नं. १७ निवासी एक महिलाले आफ्नो बन्ध्याकरण गराउन मेरी सर्भिस सेन्टरमा पुगेकी थिईन् । बन्ध्याकरण गराउन पुगेकी सो महिला सँग एउटा कागजमा दायाँ बाँया लेप्चे लगाई भर्ना गरिएको थियो । भर्ना भएकी केही समयमै अपरेश्न थिएटरमा लगी डा. राम नरेश यादवले बन्ध्याकरण (मिनी ल्याब) गरे । बन्ध्याकरण पश्चात बेलुकी बिरामीलाई घर पठाउनलाई डिस्चार्ज समेत गरियो । डिस्चार्ज गरी बिरामीलाई घर लैजानको लागि बिरामीका श्रीमान मेरी सर्भिस सेन्टर (क्लिनिक)मा पुग्दा एक व्यक्तिले तपाईको बिरामीको बन्ध्याकरण पूर्ण रूपमा सफल नभएको बताउँदा उनी आश्चर्यमा परे । सो विषयमा अस्पतालका कर्मचारी, प्रशासन वा डाक्टर सँग बिरामीका श्रीमानले सोध्दा सबै ठिक छ, त्यस्तो केही पनि नरहेको भनि ढाटे । पछि के भएको हो भनि श्रीमानले बुझदै जादा बन्ध्याकरण गर्दा दुर्ई वटा फ्लोपेन ट्युब (नशा) हुन्छ, त्यसमा एउटा मात्र नशा बन्द गरिएको र...

ठूलो परिमाणमा लागूऔषधसहित रिक्शाचालक पक्राउ

Image
वीरगंज, ३ माघ । पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित एकजना रिक्शाचालकलाई पक्राउ गरेको छ ।   पुस २ गते राति ७ः३० बजे वीरगंज महानगरपालिका वडा नं.८ पानीटंकी सडकखण्डमा प्रहरीले चेकजाँच गर्दा नुरफिन ५०० एम्पुल, फेनारगन ५०० एम्पुल र डाइजेल्याब ५०० एम्पुल गरी जम्मा १५०० एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।   उक्त लागूऔषधसहित रिक्सा चालक वीरगंज महानगरपालिका वडा नं.१ छपकैया बस्ने ५० वर्षीय बब्लुलाल कर्णलाई पक्राउ गरी लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

वीरगंजमा हानिकारक नक्कली पनिर बिक्री हुँदै

Image
वीरगंज २ माघ ।  वीरगंजसहित देशको विभिन्न शहर बजारमा  भारतबाट  आयात गरिएको स्वास्थ्यको लागी अति नै हानिकारक नक्कली पनिर बिक्री वितरण भएरहेको छ । जो कोहीलाई जानकारी छ पनिर दुधबाट  तयार गरिन्छ । तर बजारमा नक्कली पनिर बिक्री वितरण हुदै आएको छ ।   दुधबाट  तयार गरिएको पनिर स्वास्थ्यको लागि अति नै फाइदा जनक हुन्छ र स्वादिलो पनि हुन्छ तर भारतबाट आडर गरेर नक्कली  पनिर मगाएर बिक्री हुदै आएको छ ।  भारतीय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार दुधबाट क्रिम निकालिन्छ र क्रिम नभएको दुधमा सोडियम वाईकाडा, पाम आयल, बेकिङ्ग पाउडर, आरारोट, फर्मालिन लगाएतको गैरखाद्यबस्तुको मिसावट गरेर पनिर तयार गरिन्छ । नक्कली  पनिर सेवन गर्नाले क्यान्सर जस्तो घातक रोगको सिकार हुने खतरा रहन्छ । नक्कली पनिर भारतको युपी हरियाणा पटना लगाएतको स्थानबाट  ब्यापारीहरूले आयात गरेर बिक्री वितरण गर्दै आएका छन् । जुन अत्यन्त घातक हुने गर्दछ ।  वीरगंजको मिठाई पसलदेखि विभिन्न पसलहरूमा पनिर बिक्री हुने गरेको छ । वीरगंजबाट देशको बिभिन्न स्थानमा पनि नक्कली  पनिर पठाउने गरिन्छ । भारतबाट  आयात गरिएको पनिर सक्कली हो कि नक्कली हो भनी कुनै पनि निकाय...

रौतहटमा बेलुकी ८ बजेपछि मदिरा बिक्री बन्द

Image
रौतहट । रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बेलुकी ८ बजेपछि मदिरा बिक्री वितरण नगर्न र मदिरा पसल बन्द गर्न निर्देशन दिएका छन्। त्यसै गरी सम्पूर्ण मदिरा पसल दिउँसो १२ बजे पछि मात्र खोल्न पाउने गरी व्यवस्था मिलाउन एसपी श्रेष्ठले प्रहरीलाई निर्देशन दिएका हुन्। इलाका प्रहरी कार्यालय कटहरियाको प्राङ्गणमा आयोजित सार्वजनिक सुनवाइ कार्यक्रमका प्रमुख अतिथि एसपी श्रेष्ठले देशको कर्णधार बालबालिकाको उज्ज्वल भविष्यको लागि अभिभावक स्वयं पनि आआफ्नो छोरा छोरीको निगरानी गर्नुपर्ने बिचार राखेका थिए। पछिल्लो समय कटहरिया क्षेत्रमा अत्यधिक बालबालिका लागूऔषध गाँजाको प्रयोग गरिरहेको प्रति चिन्ता व्यक्त गर्दै नियन्त्रणको लागि प्रहरीलाई निर्देशन दिएका थिए।  उनले महिला हिंसाका घटना बढिरहेकाले जाहेरी आएमा कडा कानुनी कारबाही गर्ने चेतावनी दिएका थिए। एसपी श्रेष्ठले आफ्नो कार्यकालमा कम्तीमा जिल्लाको ८० स्थानमा सिसिटिभी क्यामेरा जडान गर्ने लक्ष्य रहेको जानकारी दिए।  शनिबार सम्पन्न सार्वजनिक सुनवाइ कार्यक्रममा श्रेष्ठ, जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरी, इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी...