भारतीय सेनाको हेलिकप्टरबाट पूर्वराजा अयोध्या प्रस्थान
वीरगंज, ८ माघ । भारतको अयोध्यापुरीमा नवनिर्मित राम मन्दिरमा भगवान श्रीरामको मुर्तिको प्राणप्रतिष्ठान समारोहमा बिशेष अतिथि बनेर पूर्वराजा ज्ञानेन्द्र शाह भारतीय सेनाको बिशेष हेलिकप्टर चढेर अयोध्या प्रस्थान गरेपछि नेपालका राष्ट्रपति, प्रधानमन्त्रीका साथै नेताहरू जिल्ल परेका छन् ।
राजालाई भारत सरकारले दिएको बिशेष सम्मानले नेपालका गणतन्त्रबादी राष्ट्रपति, प्रधानमन्त्री, गणतन्त्रबादीहरू नराम्रोसँग झस्किएका छन् । नेपालमा राजसंस्थाको पक्षमा जनलहर बढ्दै जानु र भारतले पूर्बराजालाइ बिशेष सम्मान दिएर निम्त्याउनुले पाँच दलीय गठबन्धन सरकार, प्रमुख प्रतिपक्ष, एमाले लगायतका दलका नेताहरू ब्यबस्था नै जाने हो कि भनि आत्तिएका छन । राजा भने जनताको मन जित्दै हिडिरहेका छन् ।
बिगतका गणतन्त्रबादीहरू पनि राजाको समर्थनमा उत्रिएको अबस्थाले गर्दा पनि नेताहरू आत्तिएका थिए । अहिले भारत सरकारको बिशेष निमन्त्रणामा भारतिय सेनाको हेलिकप्टर चडर अयोध्या जानुले र भारत सरकारले राष्ट्रपति, प्रधानमन्त्रीलाई नबोलाउनु र राजालाइ बिशेष निम्तो दिनुले पनि आफ्नो माइबाप भारतले भाउ नदिनुले पनि आगामी दिनमा भारतीय नेताहरूले राजसंस्था र हिन्दु राष्ट्रलाई समर्थन गर्ने हो कि भनी चिन्तामा परेका छन्।
भारतको उत्तरप्रदेश राज्यको अयोध्यामा माघ ८ गते भएको भगवान रामको मुर्तिको प्राणप्रतिष्ठा कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिशेष पूजापाठको आयोजना गर्दै हुनुहुन्छ । सो समारोहमा देश बिदेशका दश हजारभन्दा बढिलाई निम्त्याइएको छ । सो समारोहमा भारतका राष्ट्रपति, उपराष्ट्रपति सभामुख, उपसभामुख, मन्त्रीहरू, बिपक्षी दलका नेताहरू विभिन्न पिठका पिठाधिशहरू, बिभिन्न देशका प्रमुखहरू निम्त्याएको छ ।
भगवान रामको प्रतिमाको प्राणप्रतिष्ठा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिशेष पुजापाठ गरेर गर्नु हुनेछ । सो समारोहमा नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहलाई बिशेष अतिथिको रूपमा निम्त्याउनुको साथै भारतीय सेनाको बिशेष हेलिकप्टर पठाएर लिएर गएको पनि छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह यतिखेर मध्यतराईको भ्रमणमा हुनुहुन्छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह यतिखेर मध्यतराईको भ्रमणमा हुनुहुन्छ ।
माघ ०७ गते बिहान ६.३० बजे पूर्वराजा ज्ञानेन्द्र शाह सुटुक्क वीरगंज आएर गहवामाई मन्दिरको दर्शन गरेर बाराको सिमरा फर्कनुभएको थियो । पूर्वनिर्धारित कार्यक्रम अनुसार भारतीय सेनाको बिशेष हेलिकप्टर सिमरा बिमानस्थलमा दिउँसो एक बजे अवतरण गर्छ । साढे एक बजे राजा ज्ञानेन्द्र शाहलाइ लिएर अयोध्यातर्फ उडान भर्छ । राजा अयोध्या जाँदै छन् त्यो पनि भारतीय सेनाको हेलिकप्टर चडेर कोहि कसैलाई जानकारी दिइएको हँुदैन । सबै कुरा गोप्य राखिएको हुन्छ ।
राजालाई भारत सरकारले दिएको बिशेष सम्मानले नेपालका गणतन्त्रबादी राष्ट्रपति, प्रधानमन्त्री, गणतन्त्रबादीहरू नराम्रोसँग झस्किएका छन् । नेपालमा राजसंस्थाको पक्षमा जनलहर बढ्दै जानु र भारतले पूर्बराजालाइ बिशेष सम्मान दिएर निम्त्याउनुले पाँच दलीय गठबन्धन सरकार, प्रमुख प्रतिपक्ष, एमाले लगायतका दलका नेताहरू ब्यबस्था नै जाने हो कि भनि आत्तिएका छन । राजा भने जनताको मन जित्दै हिडिरहेका छन् ।
बिगतका गणतन्त्रबादीहरू पनि राजाको समर्थनमा उत्रिएको अबस्थाले गर्दा पनि नेताहरू आत्तिएका थिए । अहिले भारत सरकारको बिशेष निमन्त्रणामा भारतिय सेनाको हेलिकप्टर चडर अयोध्या जानुले र भारत सरकारले राष्ट्रपति, प्रधानमन्त्रीलाई नबोलाउनु र राजालाइ बिशेष निम्तो दिनुले पनि आफ्नो माइबाप भारतले भाउ नदिनुले पनि आगामी दिनमा भारतीय नेताहरूले राजसंस्था र हिन्दु राष्ट्रलाई समर्थन गर्ने हो कि भनी चिन्तामा परेका छन्।
Comments
Post a Comment