डाटा लोड हुँदैछ...

राममन्दिरको गर्भगृहमा जाने अधिकार पूर्वराजा र जगतगुरूलाई

वीरगंज ७ माघ। छिमेकी मित्र राष्ट्र भारतको उत्तर प्रदेशको अयोध्यापुरीमा माघ ०८ गते हुने भगवान श्रीराम मन्दिरको गर्भगृहमा प्रवेश  गर्न पाउने अधिकार नेपाल नरेश र जगतगुरू शङ्कराचार्यलाई मात्र भएको भारतीय सञ्चारमाध्यमहरूले खुलासा गरेको छ।

सनातनी हिन्दु धर्मावलम्बीहरूको ५०० सय वर्षदेखिको लडाइ माघ ८ गते अर्थात जनवरी २२ तारेखमा पूरा हुँदैछ। हिन्दुबहुल भारतको अयोध्यापुरीमा निर्माण भएको भब्य राममन्दिरको प्राणप्रतिष्ठा हुन गइरहेको छ। भगवान राम मन्दिरको प्राणप्रतिष्ठाको विश्वले गम्भीरतापुर्बक हेरिरहेको छ। अयोध्यामा देश बिदेशका सनातनीहरू पुग्ने क्रम जारी छ। दशौ हजार आमन्त्रित छन् र नेपालका राजा ज्ञानेन्द्र शाहको लागि  बिशेष निमन्त्रणा  गरिएको छ। भारतले ज्ञानेन्द्र शाहलाई लिन विशेष हेलिकप्टर पठाउदै पनि छ। अयोध्यामा विश्वलाई नै चकित पार्ने गरि महोत्सव हुँदैछ।
 
यसैबीच भारतीय सञ्चार माध्यममा संसारलाइ चकित पार्ने गरि समाचार प्रशारण भइरहेको छ। युपीका मुख्यमन्त्री योगीले भगवान श्रीरामको मन्दिरको गर्भगृहमा जगतगुरू शङ्कराचार्य र नेपाल  नरेशले मात्र प्रवेश गर्न पाउने भनि सार्वजनिक  रूपमा अभिव्यक्ति दिएपछि बिश्वका सनातनी हिन्दुहरू हिन्दुसम्राटलाई सम्मान दिएकोमा खुशी छन् भने नेपालका गणतन्त्रवादी नेताहरूको भने मुटु हल्लिएको छ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर