डाटा लोड हुँदैछ...

ठोरीको रामनगर र बुद्धनगरमा गाँजा खेती फडानी

वीरगंज, ४ माघ ।
जिल्ला प्रहरी कार्यालय, पर्साले ठोरी गाउँपालिका–५ रामनगर र बुद्धनगरमा अवैधरुपमा रोकिएको गाँजा खेती फडानी गरेको छ ।
 
माघ ३ गते ठोरी गाउँँपालिका वडा नं.५ स्थित रामनगर तथा बुद्धनगरमा इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले अवैधरूपमा लगाइएको २ कठ्ठा १० धुरको गाँजा खेती फडानी गरेको प्रहरीले जनाएको छ । 

प्रहरीले सो स्थानबाट १५०० गाँजाको बोट फडानी तथा नष्ट गरिएको तथा गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारबाई गर्ने जनाएको छ ।



 







Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर