डाटा लोड हुँदैछ...

बाराका मेयरलाई धम्की दिने एकजना पक्राउ

वीरगंज, ४ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले मेयरलाई धम्की दिएको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
 
कलैया उपमहानगरपालिकाका मेयर विनोद साहलाई फोनबाट धम्की दिएको आरोपमा प्रहरीले पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुवन बस्ने ३६ वर्षीय भोला गिरीलाई पक्राउ गरिएको जिप्रका बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताएका छन् ।
 
मेयर साहले प्रहरीलाई जानकारी गराएपछि गिरीलाई माघ ३ गते प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको  जिप्रका, बाराले जनाएको छ । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर