डाटा लोड हुँदैछ...

युवती घरमा मृत भेटिए, पति र ससुरा फरार

जनकपुरधाम १८ माघ । सर्लाहीको बलरामा एक युवती घरमै मृत फेला परेकी छन। मृत्यु हुनेमा बलरा नगरपालिका–४ जब्दी बस्ने छोटेलाल सहनीकी २१ वर्षीया श्रीमती पूजा देवी छिन् ।

मंगलवार राति घरमै उनको शव शंकास्पद अवस्थामा फेला परेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रविन धितालले जानकारी दिए ।

मृतक पूजा देवीको घाँटीमा डाम देखिएको र उनका पति छोटेलाल तथा ससुरा जयनारायण सहनी फरार भएकाले घटना शंकास्पद बनेको एसपी धितालको भनाइ छ ।

घटना हुनुअघि घरमा विवाद भएको जानकारी समेत स्थानीयबाट पाएको प्रहरीले जनाएको छ ।
घटना अनुसन्धानका लागि मृतक पूजा देवीकी सासु बनारसी देवीलाई नियन्त्रणमा लिइएको एसपी धितालले बताए ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर