डाटा लोड हुँदैछ...

वीरगंज–१५ प्रतिमाचोकमा सडक अतिक्रमणमुक्त

वीरगंज, ११ माघ/
वीरगंज महानगरपालिका–१५ प्रतिमाचोकमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाइएको छ । हुलाकी सडक अन्तर्गत पर्ने उक्त स्थानमा केही व्यक्तिले अतिक्रमण गरेर संरचना बनाएका कारण वर्षौंदेखि हुलाकी सडक निर्माण हुन सकेको थिएन ।

सडक निर्माणको ठेक्का लागेसँगै नगरप्रमुख राजेशमान सिंहको पहलमा आज डोजर लगाएर सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको हो ।

प्रतिमाचोकबाट कलैया जाने डेढ सय मिटर सडक निर्माणका लागि अभी कन्स्ट्रक्शनले ठेक्का पाएको छ । २०८१ जेठ ३० गतेभित्र सडक तथा नाला निर्माण सम्पन्न हुनेगरी ठेक्का भएको डिभिजन सडक कार्यालय, हेटौंडाका डिभिजन प्रमुख एवं इन्जिनीयर राजेशकुमार यादवले बताए ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर