हेटौडापछि वीरगंजको सडक बिस्तारमा कस्तो निर्णय हुन्छ ?
वीरगंज ०७ माघ। लामो समयदेखिको खिचातानीको बावजुद अन्ततः हेटौंडाको मुख्य सडक २५–२५ मिटर दायाँ–बायाँ बिस्तार हुने भएको छ। सडक बिस्तार गर्न घरहरू भत्काउनु अगाडी सूचना समेत जारी नगर्ने भएको छ।
देशको प्रमुख राजमार्गहरू अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बिस्तार भैसक्दा पनि हेटौंडा र वीरगंजको मुख्य सडक बिस्तार हुन सकेको थिएन। सडक बिस्तार गर्दा घरजग्गा पर्ने घर धनीहरूले सडक बिस्तार रोक्न पटकपटक सर्वाेच्च अदालतमा मुद्दा हाल्ने गरेकोले लामो समयदेखि सडक बिस्तार रोकिएको थियो सर्वाेच्च अदालतले २५–२५ मिटर सडकको दायाँबायाँ भत्काएर सडक बिस्तार गर्न पाउने फैसला गरेपछि घर धनीहरूले क्षतिपूर्ति पाउनुपर्ने भन्दै फेरि सर्बाेच्च अदालत मुद्दा दर्ता गरेका थिए।
उस्तै प्रकृतिको हेटौंडाको मुख्य सडकको मुद्दाको अन्तिम फैसला आएकोले सोही प्रकृतिको मुद्दाको फैसेला पनि हेटौंडाको जस्तै आउने कानुनबिदहरूले बताएका छन्। एउटै प्रकृतिको मुद्दाको फरक फैसला नआउने नजिर कायम भैसक्यो वीरगंजको हकमा पनि उस्तै फैसला आउने कानुन बिदहरू बताउँछन् ।

रातोमाटेदेखि राप्तिखोलासम्मको पृथ्वी राजमार्ग बिस्तार हुँदा करीब ३ सय घर पर्ने भएको र ती सबै घरधनीहरूले क्षतिपुर्तिको माग गर्दै मुद्दा हालेकोमा सर्वाेच्च अदालतले एकमुष्ठ फैसला गर्दै २५–२५ सडक बिस्तार गर्दा क्षतिपुर्ति दिन नपर्ने भनेपछि सडक बिस्तार गर्ने बाटो खुलेको छ। सडक डिभिजन कार्यालय, हेटौंडाका प्रमुख राकेशकुमार यादवले सर्बाेच्चको फैसला अन्तिम भएको बताउनु हुँदै अब सडक बिस्तार रोक्ने गरि कुनै पनि मुद्दा नलाग्ने बताउनुभएको छ। उहाँले अबको दिनमा सडक बिस्तारको लागि घरहरू भत्काउनु अगाडी कुनैपनि किसिमको सूचना जारी नगरिने बताउनुभयो।
अदालतको अन्तिम फैसला नै आधिकारिक सूचना भएको पनि यादबको भनाइ थियो। मन्त्रालयसँग छलफल र समन्वय गरेर बजेटको व्यवस्था गरी सडक बिस्तारको लागि सडकमा पर्ने घरहरू भत्काउन शुरू गरिने बताउनुभयो।
यता वीरगंजको मुख्य सडकको पनि कहानी उस्तै छ। सडक अतिक्रमण गरी घर बनाएर वर्षौदेखि बस्दै आएकाहरूले पटक–पटक सर्वाेच्च अदालतमा मुद्दा हाल्ने गरेकोले सडक बिस्तारमा अवरोध हुँदै आएको थियो। वीरगंजको गण्डकचौकदेखि वीरगंज भन्सारसम्म सडक बिस्तार गर्ने काम हुन सकेको थिएन। अनेकन जालझेल गरेर सडक बिस्तार गर्ने काम रोकिदै आएको थियो।
उस्तै प्रकृतिको हेटौंडाको मुख्य सडकको मुद्दाको अन्तिम फैसला आएकोले सोही प्रकृतिको मुद्दाको फैसेला पनि हेटौंडाको जस्तै आउने कानुनबिदहरूले बताएका छन्। एउटै प्रकृतिको मुद्दाको फरक फैसला नआउने नजिर कायम भैसक्यो वीरगंजको हकमा पनि उस्तै फैसला आउने कानुन बिदहरू बताउँछन् ।
Comments
Post a Comment