डाटा लोड हुँदैछ...

वीरगंजमा हानिकारक नक्कली पनिर बिक्री हुँदै

वीरगंज २ माघ ।  वीरगंजसहित देशको विभिन्न शहर बजारमा  भारतबाट  आयात गरिएको स्वास्थ्यको लागी अति नै हानिकारक नक्कली पनिर बिक्री वितरण भएरहेको छ । जो कोहीलाई जानकारी छ पनिर दुधबाट  तयार गरिन्छ । तर बजारमा नक्कली पनिर बिक्री वितरण हुदै आएको छ ।
 
दुधबाट  तयार गरिएको पनिर स्वास्थ्यको लागि अति नै फाइदा जनक हुन्छ र स्वादिलो पनि हुन्छ तर भारतबाट आडर गरेर नक्कली  पनिर मगाएर बिक्री हुदै आएको छ । 

भारतीय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार दुधबाट क्रिम निकालिन्छ र क्रिम नभएको दुधमा सोडियम वाईकाडा, पाम आयल, बेकिङ्ग पाउडर, आरारोट, फर्मालिन लगाएतको गैरखाद्यबस्तुको मिसावट गरेर पनिर तयार गरिन्छ । नक्कली  पनिर सेवन गर्नाले क्यान्सर जस्तो घातक रोगको सिकार हुने खतरा रहन्छ । नक्कली पनिर भारतको युपी हरियाणा पटना लगाएतको स्थानबाट  ब्यापारीहरूले आयात गरेर बिक्री वितरण गर्दै आएका छन् । जुन अत्यन्त घातक हुने गर्दछ । 

वीरगंजको मिठाई पसलदेखि विभिन्न पसलहरूमा पनिर बिक्री हुने गरेको छ । वीरगंजबाट देशको बिभिन्न स्थानमा पनि नक्कली  पनिर पठाउने गरिन्छ । भारतबाट  आयात गरिएको पनिर सक्कली हो कि नक्कली हो भनी कुनै पनि निकायले  परीक्षण गर्दैन । सिधै पैठारी  हुने गरेको छ । भारतीय पनिरले नेपालीको स्वास्थ्यमा हानी पु¥याईरहेको छ उपभोक्ताले चनाखो भएर पनिर खरिद गरि उपभोग गर्न आवश्यक छ ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर