Posts

Showing posts from July, 2023
डाटा लोड हुँदैछ...

माट्रीका आँखा फाउण्डेसनद्धारा कुमुदीनी एकेडेमीमा आँखा शिविर सम्पन्न

Image
बीरगंज १२ श्रावण । माट्रीका आँखा फाउण्डेसद्धारा आज श्रीपुर स्थित कुमुदीनी एकेडेमी स्कूलमा विद्याथीहरुका लागि आँखा शिविर सम्पन्न गरेको छ । उक्त आँखा शिविरमा स्कूलका विद्यार्थी, शिक्षक शिक्षिकाहरुलाई लक्षित गरि आँखा पाक्ने रोग, आँखा कमजोर भएको, आँखा चिलाउने जस्ता रोगको चेकजाँच सहित औषधि वितरण गरेको छ । माट्रीका आँखा फाउण्डेसनका डाक्टरहरु मनोरञ्जन यादवद्धारा आँखा जाँच गरिएको थियो । उक्त शिविरमा करिब २०० जना विद्यार्थीहरुको आँखा चेक गरिएको थियो । एकेडमीका प्रबन्धक निर्देशक श्रीरामजी गिरीले बताउनु भयो । 

सामुदायिक श्रीपुरद्वारा लागूऔषध तथा साइबर क्राइमसम्बन्धी अन्तरक्रिया कार्यक्रम

Image
वीरगंज, १० साउन/ सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुर र सामुदायिक सेवा केन्द्र श्रीपुरको संयुक्त आयोजनामा नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय श्रीपुरको सहयोगमा वीरगंज–१३ स्थित शाह दरबार होटलमा लागूऔषध तथा साइबर क्राइम सम्बन्धी अन्तत्र्रिmया कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।   कार्यक्रममा कक्ष्Fा ९, १०, ११ का २५० जना विद्यार्थीहरुलाई लागूऔषध तथा साइबर क्राइम सम्बन्धी जानकारी गराइएको थियो ।   कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाह, जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रहरी निरीक्ष्Fक मणिराम थापा, प्रहरी निरीक्ष्Fक मनिषा लौडारी, वप्रका श्रीपुरका प्रहरी निरीक्ष्Fक आशुतोषबहादुर शाही, प्रहरी हवल्दार ओमप्रकाश साहको सहभागिता थियो ।   केन्द्रका अध्यक्ष राम सर्राफको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सङ्घसंस्था, प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको सामुदायिक सेवा केन्द्र श्रीपुरका सचिव कुलनारायण प्रधान (दिलीप)ले जानकारी गराएका छन् । । 

बस र ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते

Image
चितवन, ९ साउन   नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एकापसमा ठक्किँदा ३० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ चौधकिलो पुलमा दुर्घटना भएको हो । नारायणगढबाट–मुग्लिनतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ४९४२ नम्बरको ट्रक एकापसमा ठोक्किँएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान सो दुर्घटना भएको हो । घाइतेमध्ये चालकसहित १८ जनाको पुरानो मेडिकल कलेज र १२ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । चालक र अर्का एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था खतरामुक्त रहेको प्रनाउ पण्डितले बताउनुभयो । दुर्घटनाको कारण अवरुद्ध भएको सडक सवारीसाधन पन्छाएर सञ्चालनमा ल्याइएको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडिया ट्रायल गरियोः डा राणा

Image
जनकपुरधाम, ९ साउन  नेपाली कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि 'मिडिया ट्रायल' गरिएको गुनासो गर्नुभएको छ । आज बिहान नेपाली कांग्रेस मधेस प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा डा राणाले सूचना र सञ्चारको युगमा मिडियाको भूमिका महत्वपूर्ण हुने भए पनि कहिलेकाहीँ मिडिया ट्रायलको नाममा व्यक्तिमाथि आक्रमण हुनेस्थिति चिन्ताको विषय भएको टिप्पणी गर्नुभयो । "कहिलेकाहीँ मिडियाबाट आक्रमण पनि हुन्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि पनि त्यही भयो", उहाँले भन्नुभयो, "यस प्रकरणमा सयाँै टेपमध्ये एउटामा मेरो नाम लिइएको रहेछ । त्यसैलाई उछालियो । टेपमा बोल्ने व्यक्तिले समेत उहाँलाई चिन्दिन र बोल्न लगाइएको हो भन्दाभन्दै पनि ममाथि मिडिया ट्रायल गरियो" उहाँले भन्नुभयो । उहाँले यस्ता मुद्दामा पार्टीले प्रतिरक्षाको रणनीति बनाउन जरुरी रहेको धारणा पनि राख्नुभयो । नेपाली कांग्रेस र कांग्रेसका नेताहरुले गरेका कामको प्रचारप्रसार नहुँदा जनतामा राम्रो सन्देश नगएको भन्दै डा राणाले मधेस प्रदे...

बारामा ६० प्रतिशत रोपाइँ

Image
कलैया, ८ साउन बारामा बर्खे धान ६० प्रतिशत मात्र रोपाइँ भएको छ । लामो समयसम्म पानी नपरेपछि यहाँका किसानले भूमिगत सिँचाइको माध्यमबाट रोपाइँ गरेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । आकाशे पानी नपरेपछि किसानले भूमिगत सिँचाइको माध्यमबाट ६० प्रतिशत रोपाइँ गरेका केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष कृषकले बर्खे धान 'भदैया' १० हजार नौ सय पाँच हेक्टर, 'अगहनी' ३४ हजार एक सय १५ हेक्टर गरी कुल ४६ हजार २० हेक्टर क्षेत्रफलमा रोपाइँ गर्ने लक्ष्य लिएकामा हालसम्म तीन हजार सात सय ६१ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको छ ।   जिल्लाको उत्तरी भागमा प्रायः रोपाइँ भइसकेको छ भने दक्षिण भेगमा रोपाइँ हुन बाकी रहेको यादवले बताउनुभयो । उहाँका अनुसार पानी नपरे पनि किसानले भूमिगत सिँचाइ गरेर रोपाइँ गरिरहेका छन् । अन्य भागमा पनि पानी नहुँदा रोपाइँमा समस्या भइरहेको केन्द्रले जनाएको छ । गत वर्ष किसानले बर्खे अगहनी धान ३४ हजार सय १५ र भदैया ११ हजार नौ सय पाँच हेक्टर क्षेत्रफलमा खेती गरिएको केन्द्रका बाली अधिकृत गेनालाल प्रसादले जानकारी दिनुभयो ।

तस्करीको कपडा वीरगंज भन्सार चलान

Image
वीरगंज, ७ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले भारतबाट तस्करीको माध्यमबाट ल्याइएको दुई लाख उनन्सत्तरी हजार मूल्य बराबरको कपडा बरामद गरी वीरगंज भन्सार कार्यालय आज चलान गरेको छ ।   साउन ६ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका, भेष्ट–३९० पिस, कुर्था शुरूवाल–१५ पिस, जेन्स टिसर्ट–३२ पिस गरी दुर्ई लाख उननसत्तरी हजार मूल्य बराबरको कपडा नियन्त्रणमा लिई वीरगंज भन्सार बुझाएको जिप्रका, पर्साले जनाएको छ । 

पर्सामा नयाँ उद्योग एक हजार ८९ मात्र दर्ता

Image
वीरगन्ज, ५ साउन  पर्सामा आर्थिक वर्ष २०७९÷०८० मा नयाँ उद्योग दर्तामा कमी आएको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७९÷८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएको छ । जबकि आव २०७८÷८९ मा एक हजार चार सय ८० उद्योग दर्ता भएको थियो । आव २०७९÷८० मा नयाँ उद्योग दर्तामा कमी आउँदा उद्योगको लगतकट्टा गराउनेको सङ्ख्या भने बढेको छ । सो कार्यालयका अनुसार आव २०७९÷८० मा एक सय ७७ वटा उद्योगको लगतकट्टा गरिएको छ भने अघिल्लो आव २०७८÷७९ मा एक सय ५२ उद्योगको लगतकट्टा भएको थियो । विश्वव्यापीरूपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायतका कारणले नयाँ उद्योग दर्तामा कमी आएको घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख धनञ्जयकुमार सिंहले बताउनुभयो । आव २०७९÷८० मा एक हजार दुई सय ७५ उद्योगको नवीकरण, एक सय ६५ वटाको पुँजी वृद्धि, ३३ को ठाउँसारी, ८४ को नामसारी गरिएको सो कार्यालय जनाएको छ । ती शीर्षकबाट आव २०७९÷८० मा रु एक करोड छ लाख ३९ हजार दुई सय ५० राजस्व सङ्कलन भएको प्रमुख सिंहले जानकारी दिनुभयो । उक्त आवमा छ सय ५४ पुरुष र चार सय ५० महिला गरी एक हजार एक सय चार उ...

एक सय केजी सुन प्रकरणः छानबिन समिति गठन

Image
सुन प्रकरण छानबिनका लागि समिति गठन काठमाडौँ, ४ साउन  भन्सार विभागले बिना जाँच करिब एक सय केजी सुन बाहिरिएपछि एक छानबिन समिति गठन गरेको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिनुभयो । उक्त समितिलाई छानबिन गरी पाँच दिनभित्र आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । करिब एक सय केजी सुन भन्सार विभागको कार्यक्षेत्रबाट बाहिरिएपछि विभागका महानिर्देशक शोभाकान्त पौडेलले आज छानबिन समिति गठन गर्नुभएको हो । "विभागका कर्मचारीले आवश्यक चेक जाँच गरे पनि कहिलेकाँही प्राविधिक त्रुटीका कारण यस्तो अवस्था देखिनसक्ने भएकाले छानबिन समिति गठन गरिएको हो", सूचना अधिकारी खड्काले भन्नुभयो । राजस्व अनुसन्धान विभागले बुधबार सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो । सो प्रकरणमा हालसम्म छ जना पक्राउ परिसकेका छन् । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले मङ्गलबार राति सुन बरामद गरिएको र उक्त सुन भन्सार विभागमार्फत सुरक्षित भण्डारणका लागि नेपाल राष्ट्र बैंक पठाइएको जान...

शिवचन्द्र कुशवाहसहित पाँचजना नेतामाथि कारबाइ

Image
वीरगंज, ४ साउन । जनमत पार्टीले अनुशासन उल्लंघन गरेको आरोपमा शिवचन्द कुशवाहासहित ५ जना नेतालाई कारबाई गरेको छ । कारबाईमा पर्नेहरूमा बाराका शिवचन्द्र कुशवाहा, सप्तरीका गुलाब मण्डल, सप्तरीका शंकर खड्का, रूपन्देहीका भोपेन्द्र यादव र कपिलवस्तुका भगवान दास यादव रहेका छन् । माओवादी केन्द्र त्यागेर जनमत पार्टीमा प्रवेश गरेका शिवचन्द्र कुशवाहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाई गरिएको छ । मण्डल, खड्का र यादवलाई एक वर्षका लागि पार्टीको सदस्यबाट र भोपेन्द्र यादवलाई केन्द्रीय सचिवालयबाट ३ महिनाको लागि निलम्बन गरिएको जनमत पार्टीका उपाध्यक्ष एवम् अनुशासन समितिका प्रमुख दीपक कुमार साहले जानकारी दिएका छन् । कुशवाह गत उपनिर्वाचनमा जनमत पार्टीमा प्रवेश गरी जसपा अध्यक्ष उपेन्द्र यादवसँग प्रतिस्पर्धा गरेका थिए । बारा क्षेत्र नं. २ बाट २८ हजार ४१५ मत ल्याएर उपेन्द्र यादव विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कुशवाहाले २३ हजार ३३४ मत पाएका थिए । त्यसअघि २०७९ साल चैत १५ गते कुशवाहलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले पार्टीमा स्वागत गरेका थिए । अहिले कुशवाहमाथि अनुशासनहिनता प्रदर्शन गर्दै पार्टी र ...

सिसिटिभी चोरी गर्ने चौधरी सामुदायिक प्रहरीद्वारा पक्राउ

Image
वीरगंज, २ साउन । सिसिटिभी चोरी गरेको आरोपमा सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीले एकजना चोरलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  वीरगंज महानगरपालिका वडा नम्बर ११ घर भएका महम्मद हासिम मंसुरीको घरमा सिसिटिभी क्यामरा चोरी गर्ने वर्ष २१ का आशिष कुमार चौधरीलाई सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर–११ ले पक्राउ गरेको हो ।  चोरी गर्ने चौधरीलाई विशेष सुराकीको आधारमा मंगलवार बिहान ८ः३० बजे वडा नम्बर ११ बाट पक्राउ गरिएको सामुदायिक सेवा केन्द्रका सचिव दिलिप प्रधानले जानकारी दिनुभएको छ। वीरगंज महानगरपालिका वडा नम्बर ३१ बेल्वा घर भएका हाल वीरगंज महानगरपालिका वडा नम्बर १३ तेजारथटोल डेरा गरि बस्दै गरेका चौधरीले जेठ २७ गते राति १ बजे मन्सुरीको घरमा लागेको सिसिटिभि क्यामारा चोरी गरेको थियो ।  चोरी गर्ने तीन समूह रहेकोमा एक जना पक्राउ परेका छन भने बाँकी २ जना विकास चौधरी र रबिन्द्र चौधरीको खोजी भइरहेको सचिव प्रधानले बताउनुभयो । दुवैजनाको नाम आशिष कुमार चौधरीले पोलेका छन् ।  सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर ११ का हवदार ओमप्रकाश साह, प...

वडाध्यक्ष गुप्ताको निजी खर्चमा ३१५ जना देवघाट तीर्थ यात्रामा

Image
वीरगंज, ३१ असार । वीरगंज महानगरपालिका–१२ का वडाध्यक्ष्F सुरेशप्रसाद गुप्ताको निजी खर्चमा मुर्लीका ३१५ जना स्थानीय आइतवार तीर्थ यात्राको लागि देवघाट प्रस्थान गरेका छन् । वीरगञ्जको पशुपतिनाथ मन्दिर र मुर्ली स्थित हरिहरनाथ मन्दिरको पहिचान र महिमा बढाउन देवघाटबाट जल ल्याएर अपर्ण गर्ने उद्देश्यले स्थानीयहरू त्यस्तर्फ प्रस्थान गरेका हुन् । वडाध्यक्ष्F गुप्ताले भने, देवघाट जाने ईच्छा भएर पनि आर्थिक अभावका कारण तीर्थयात्रामा जान नपाएकाहरुलाई धार्मिक स्थल देवघाट लैजान आवश्यक सबै व्यवस्था मिलाएर पठाएको बताए । उनले तीर्थ यात्राका लागी ८ वटा बसको व्यवस्था मिलाइएको बताए । उहाँहरू देवघाट पुगेर त्यहाँबाट जल लिएर आजै वीरगंज फर्किनुहुने तालिका रहेको गुप्ताले बताए । देवघाटबाट जलबोझी काँवरिया लिएर आउने तिर्थालुहरूलाई आज वीरगंजमै बासको व्यवस्था मिलाइएको र भोली साउने सोमवारको दिन पहिले वीरगंजको चिनिमिल आवासक्षेत्र स्थित पशुपतिनाथ मन्दिरमा जल अर्पण गर्ने र त्यसपछि वीरगंजको मूर्ली स्थित हरिहरनाथ मन्दिरमा जल अर्पण गर्ने कार्यक्रम रहेको उनले बताए ।   तीर्थयात्रीहरुले पनि वडाध्यक्षको उक्त कदमप्रति खुशी व्यक्त...

भानुचोकमा रहेको भानुको शालिक अनावरण

Image
वीरगंज, २९ असार । वीरगंज बसपार्कस्थित भानु चोकमा रहेको आदिकवि भानुभक्त आचार्यको शालिक महानगरप्रमुख राजेशमान सिंहले अनावरण गरेका छन् । २१० औं भानु जयन्तीको अवसरमा आदिकवि भानुभक्त आचार्यको शालिकको नगरप्रमुख सिंहले अनावरण गरेका हुन् । मधेस आन्दोलनताका प्रदर्शनकारीहरुले फुटाएको भानुभक्त आचार्यको शालिक वीरगंज महानगरपालिकाले पुनरनिर्माण गरेको थियो । नगर प्रमुख राजेशमान सिंहको विशेष उपस्तिथिमा नेपाल सरकारबाट देवकोटा पुरस्कारबाट पुरस्कृत वरिष्ठ साहित्यकार भवानी क्षेत्री र नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्ष डा. विशम्भर शर्माले संयुक्तरूपमा अनावरण गरेका थिए । 

नारायणी अस्पतालको सरसफाइको जिम्मा महानगरपालिकाले लियो

Image
वीरगंज, २९ असार ।  नारायणी अस्पतालको सरसफाइको जिम्मेवारी साउन १ गतेदेखि वीरगंज महानगर पालिकाले गर्ने भएको छ । शुक्रवार यसबारेमा वीरगंज महानगरपालिका र नारायणी अस्पतालबीच सम्झौता भएको छ । नारायणी अस्पतालको सरसफाइको जिम्मेवारी वीरगंज महानगरपालिकाले लिने नगर प्रमुख राजेशमान सिंहले पूर्वघोषणा गरेका थिए । आज अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा चित्तरन्जन साह र वीरगंज महानगर पालिकाको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेलले सम्झौतामा हस्ताक्ष्Fर गरेका थिए । कार्यक्रममा वीरगंज महानगर पालिकाको नगर प्रमुख राजेशमान सिंह र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको उपस्थितमा सम्झौता आदानप्रदान भएको छ । सम्झौता अनुसार सावन १ गतेदेखि नारायणी अस्पतालको बाहिरी क्षेत्रको सम्पुर्ण सरसफाइ वीरगंज महानगर पाकिकाले गर्ने र सो बापत नगर पालिकाले अस्पतालसित कुनै शुल्क नलिने उल्लेख छ । साउन १ गतेदेखि एक जना नाइकेको नेतृत्वमा ९ जनाको सरसफाइकर्मी परिचालन गरिने सरसफाइ शाखाको प्रमुख सर्पmुदिन मियाँले बताए ।

धारिलो हतियारबाट रौतहटमा युवकको हत्या

Image
रौतहट, २९ असार । रौतहटको देवाही गोनाही नगरपालिकामा गएराति अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक जना युवकको हत्या गरेको छ। आफ्नो घरभित्र सुतिरहेका देवाही गोनाही ६ कर्कच कर्मैयाका  ब्रह्मदेव साहको छोरा अन्दाजी ४० वर्षका जगरनाथ साह कानुको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको हो। इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रमुख इनस्पेक्टर गोविन्द कुमार साहका अनुसार घटना गए राति ११ र १२ बजेको बीचमा भएको हो । घटना पछि मृतक कानुको श्रीमतीले थाहा पाएपछि गए राति दुर्ई बजेर १५ मिनेटमा खबर गर्नासाथ हामी घटना स्थल कर्कच गाउँँमा पुगेको इनस्पेक्टर साहले बताए। घटनावारे पहिलो जानकारी पाएकी मृतककी श्रीमतीको अवस्था ठिक नहुँदा विस्तृतमा सोधपुछ गर्न नसकेको इनस्पेक्टर साहले जानकारी दिए । यसैबीच घटनास्थल कर्कच कर्मैयामा केही बेर अघि मात्र पुगेका इलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले घटनाको अनुसन्धानका लागी प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालीम प्राप्त कुकुर मगाएको बताए। 

कलैयामा नगरप्रहरी र व्यापारीबीच झडप

Image
कलैया, २८ असार । कलैया बजार व्यवस्थित गर्न खटिएका नगर प्रहरी र व्यापारीहरूबीच झड्प हुँदा एक नगर प्रहरी गम्भीर घाइते भएका छन् । कलैया हाट बजारमा व्यापारीले नगरपालिकाले उपलब्ध गराएको ठाउँमा व्यापार नगरी सडक पेटीमा सामान राखी व्यापार गर्दा सर्वसधारणलाई हिँडडुल गर्न समस्या हुन थालेपछि कलैया उपमहानगरपालिकाले पसल हटाउन नगर प्रहरी खटाएको थियो । अवरोध हटाउन नगर प्रहरीले काम थालनी गर्न थालेपछि व्यापारीले अवरोध सिर्जना गर्न खोज्दा  व्यापारी र नगर प्रहरीबीच झड्प भएको थियो । व्यापारीको कुटाइबाट नगर प्रहरी उज्वल यादव गम्भीर घाइते भएको नगरप्रमुख विनोद साहले जानकारी दिनुभयो । यादवलाई तत्कालै प्रदेशिक अस्पताल कलैया लगिएकामा त्यहाँ उपचार हुन नसक्दा थप उपचारका लागि वीरगञ्ज पठाइएको अस्पतालका अहेव प्रदीप यादवले जानकारी दिनुभयो । यादवको छातिमा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ ।   यसैबीच नगर प्रमुख साहले अस्पताल पुगी घाइते भएका नगर प्रहरीको अवस्था बुझ्नुभएको छ । नगरपालिकाकोे निर्णय कार्यान्वयन गर्न खटिएका नगर प्रहरीमाथि भएको आक्रमणको घोर भत्र्सना गर्दै दोषीलाई कारबाई गराउन कडा कदम चालिने उहाँले बताउनुभ...

रौतहटमा करेन्ट लागेर एक वर्षमा १२ जनाको मृत्यु

Image
रौतहट, २८ असार । चालू आर्थिक वर्षमा रौतहट जिल्लामा करेन्ट लागेर १२ जनाको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ । बुधवार गरूडा नगरपालिका–८ स्थित बसबिट्टि जिंगडियाका ५० वर्षीय शेख साह मोहम्मदको करेन्ट लागेर मृत्यु भएको छ।  आफ्नै घरमा विद्युतीय हिटरमा खाना पकाउने क्रममा करेन्ट लागेर शेखको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले जानकारी दिए । यससँगै रौतहटमा यो आर्थिक वर्षमा करेन्ट लागेर मृत्यु हुनेको संख्या १२ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी उमाशंकर यादवले बताए। जिल्लामा सबैभन्दा बढी विद्युत मोटरबाट करेन्ट लागेर  मृत्यु भएको देखिन्छ। मोटरबाट खेतमा पानी पठाउँदा, नुहाउने क्रममा, तार जोड्ने क्रममा तथा मोबाइल चार्ज गर्दा करेन्ट लाग्ने गरेको प्रहरीको भनाइ छ । 

१५ किलो चरेससहित दुईजना वीरगंजबाट पक्राउ

Image
वीरगंज, २७ असार । सशस्त्र प्रहरी बल नेपाल वीरगंज महानगरपालिका–१६ भन्सार मेनगेटस्थित प्रस्तावित सशस्त्र सुरक्ष्Fा गुल्म १५.३१० किलो चरेससहित दुईजनालाई पक्राउ गरेको छ ।   बिआर २२ एम ४२०६ नम्बरको भारतीय मोटरसाइकलमा चढेर आइरहेका पटेर्वासुगौली गाउँपालिका–५ बस्ने ३५ वर्षीय सत्यनारायण माझी र ४० वर्षीय प्रलाद माझीलाई चरेससहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरुले मोटरसाइकलको टंकीभित्र लुकाएर भारततर्फ लगिरहेको १५.३१० किलो चरेससहित पक्राउ गरिएको र कारबाइको लागि प्रहरी चौकी इनर्वा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले जनाएका छन् । 

पर्साबाट १२ किलो गाँजासहित पासवान पक्राउ

Image
वीरगंज, २६ असार/ जिल्ला प्रहरी कार्यालय, पर्साले १२ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।   शनिवार साँझ पोखरिया नगरपालिका वडा नं. ९ सेमरवारीमा इलाका प्रहरी कार्यालय पोखरियाले चेकजाँच गर्ने क्रममा कालिकामाई गाउँपालिका–५ बस्ने ३२ वर्षीय बृज किसोर पासवानलाई १२ किलो गाँजासहित पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।   पासवानले बोकेको झोलाबाट १२ किलो गाँजा बरामद भएपछि अनुसन्धान भइरहेको जिप्रका पर्साले जनाएको छ । 

बाराबाट १०५ किलो गाँजा बरामद

Image
वीरगंज, २६ असार ।  जिल्ला प्रहरी कार्यालय बाराले ट्रकबाट १०५ किलो गाँजा बरामद गरेको छ । आज बिहान ७ः२० बजे इलाका प्रहरी कार्यालय अमलेखगंजले ना.१ क ३२०५ नम्बरको ट्रकबाट १०५ किलो गाँजा बरामद गरेको थियो ।   सूचनाको आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा जीतपुरसिमरा उमनपा वडा नं–२२ पूर्ब पश्चिम लोक राजमार्ग सडक खण्डको चुरिया माई मन्दिरनजीकैको सडकको पूर्व साइडको नालामा पल्टिएको अवस्थामा ट्रक भेटिएको थियो । ट्रकको चालक, सहचालक फरार भएको तथा ट्रकको सामान लोड गर्ने पछाडीको भागमा फल्स डब्बाभित्रबाट प्लास्टिकको ५ वटा बोरामा गाँजा १०५ किलो बरामद भएको जिप्रका, बाराले जनाएको छ ।   बरामद गाँजा इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ भने ट्रक चालक र सहचालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी निरीक्ष्Fक रुपेश साहले जानकारी गराएका छन् ।

वीरगंजका सम्पूर्ण शैक्षिक संस्था मंगलवार बन्द

Image
वीरगंज, २६ असार । वीरगंजका सम्पूर्ण शैक्षिक संस्था आज बन्द भएका छन् । संयुक्त विद्यार्थी सङ्गठनले विज्ञप्ति प्रकाशित गरेर आज असार २६ गते वीरगंजका सम्पूर्ण शैक्षिक संस्था बन्द घोषणा गरेको थियो । आज वीरगंजका सम्पूर्ण संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन ठप्प भएको छ भने केही विद्यार्थीहरुले लिइरहेको परीक्ष्Fा भोलिका लागि सारिएको छ । ठाकुर राम बहुमुखी क्याम्पसमा अध्ययनरत पोखरिया नगरपालिका घर भएका विजय शर्माको सोमवार दुर्घटनामा मृत्यु भएको थियो । सोमवार सिमरा कलेजबाट परीक्षा दिएर फर्कने क्रममा नितनपुरस्थित सडकखण्डमा दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ । परीक्षा दिएर मोटरसाइकलमा  आउने क्रममा नितनपुरमा उनी दुर्घटनामा परेको र उपचारको लागि नारायणी वयोधा अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो । ठाराब क्याम्पसका विद्यार्थीहरूले यसपटक पनि परीक्षा केन्द्र बाराको कलैया र सिमरामा राखिएकामा आपत्ति जनाउँदै विरोध गरेका थिए। सो क्रममा विद्यार्थी र प्रहरीबीच झडप भएको थियो भने आठजना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । विद्यार्थीहरूले होम सेन्टरको माग गर्दै आएका छन् तर केही...

मुख्य नाला अतिक्रमण गरी बनाइएको हरि खेतानको संरचना भत्काइयो

Image
वीरगंज, २५ असार । वीरगंज महानगरपालिकाले मुख्य नालामाथि बनाएको हरिखेतान बहुमुखी क्याम्पसको संरचना भत्काएर खाली गराएको छ ।  सोमवार मेयर राजेशमान सिंहलगायतले डोजर लिएर क्याम्पसमा पुगेका थिए । मुख्य नालामाथि क्याम्पसले संरचना निर्माण गरेको हुँदा नाला सफाइमा अवरोध भएपछि भत्काइएको नगरप्रमुख सिंहले बताए । नालामाथि बनेको संरचना आफैं हटाउन क्याम्पसलाई निर्देशन दिएको भए पनि क्याम्पसले नहटाएपछि आफैं डोजर लिएर आउनु परेको मेयर सिंहले बताए । जिल्ला हुलाक कार्यालयदेखि मुख्य नाला सफाइ गर्दै आएको महानगरले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउँदै सफाइलाई निरन्तरता दिँदै आएको छ । हरिखेतान क्याम्पस पछाडिसम्म सफाइ गरेको महानगरले क्याम्पसको संरचना नहट्दा मुख्य नाला सफाइ गर्न पाएको थियो । महानगरले यसअघि मुख्य नालामा पर्ने एक दर्जन संरचना हटाइ सकेको छ । वीरगञ्जमा मुख्य सडकको नाला र श्रीपुर क्षेत्रबाट आउने अर्काे नाला जोडिएर बनेको मुख्य नाला जिल्ला प्रशासन कार्यालय पर्साको छेउ हुँदै दक्षिणतिर बगेको छ । गीता मन्दिरदेखि आदर्शनगर हरिखेतान क्याम्पससम्मको क्षेत्रमा मुख्य नालाको दुबैतर्पm अतिक्रमण गरेर संरचन...

सामुदायिक श्रीपुरद्वारा सचेतनामूलक पर्चा वितरण

Image
वीरगंज, २५ असार । सामुदायिक सेवा केन्द्र श्रीपुरले सोमवार सचेतनामूलक पर्चा, पम्पलेट वितरण गरेको छ ।   सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र श्रीपुरले वीरगंज–११ ले वीरगंज महानगर–१३ स्थित तेजारतटोलमा लैङ्गीक हिंसा सम्बन्धी र एकद्वार संकट व्यवस्थापन केन्द्र जानकारी सम्बन्धी पर्चा पम्पलेट वितरण गरेको हो ।  सामुदायिक सेवाकेन्द्रका सचिव कुल नारायण प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी हवल्दार ओमप्रकाश साह, लालुमाया महतोले सय थान लैंगिक हिंसा र एकद्वार संकट व्यवस्थापन केन्द्र सम्बन्धी जानकारी तथा पर्चा पम्पलेट वितरण गरेको थियो । 

मधेस विश्वविद्यालयद्वारा कानुन सङ्कायको कक्षा सञ्चालन गर्दै

Image
वीरगंज, २४ असार/ चालु शैक्षिकसत्रबाट कानुन र सामान्य जनप्रशासन संकायको कक्षा सञ्चालन गर्ने तयारीमा रहेको मधेस विश्वविद्यालयले पाठ्यक्रमलाई अन्तिम रूप दिन सरोकारवालासँग सुझाव सङ्कलन गरेको छ । स्थापनाकालदेखि नै भौतिक पूर्वाधार र जनशक्तिको अभाव खेप्दै आएकोे मधेस विश्वविद्यालयले चालु शैक्षिकसत्रदेखि बीए, एलएलबी र समान्य जनप्रशासन सÍायको कक्षा सञ्चालन गर्ने अन्तिम गरेको छ । यसका लागि प्रारम्भिक कार्यहरू पूरा गरी मधेस विश्वविद्यालयद्वारा गठित पाठ्यक्रम विकास समिति र काठमाडौं विश्वविद्यालयको विज्ञ टोलीले तयार पारेको पाठ्यक्रमलाई अन्तिम रूप दिन मधेस प्रदेशका आठवटै जिल्लाका सरोकारवालासँग विश्वविद्यालयले छलफल गरेको उपकुलपति दीपक शाक्यले जानकारी दिए ।

बारामा तीनसयले लिए जन्मको आधारमा वंशजको नागरिकता

Image
बारा, २४ असार । जिल्ला प्रशासन कार्यालय, बाराले शुक्रवारसम्म तीनसयजनालाई नयाँ ऐनअनुसार नेपाली नागरिकता वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जन्मसिद्ध नागरिकका तीन सयजना सन्तानलाई नागरिकताको प्रमाण पत्र वितरण गरेको बताए । उनले दैनिक ५० वटाको दरले टोकन बाँडिने गरेकोमा पछिल्लो समय दैनिक एक सय वटासम्म वितरण गर्दैै आएको छ। यसैगरी इलाका प्रशासन कार्यालय सिमराबाट पनि हालसम्म २५० वटा जन्मसिद्धका आधारमा नयाँ नागरिकता वितरण भइसकेको जनाएको छ । अन्य दुर्ई ठाउँ कोल्हवी र सिम्रौनगढमा भने छिटपुट रूपमा वितरण भइरहेको जनाइएको छ।

एसइई परीक्षाफल प्रकाशित

Image
काठमाडौँ, २१ असार  राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ ।         राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्मासहितको उपस्थितिमा भक्तपुरस्थित कार्यालयमा  आज बसेको  बोर्डको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो । बोर्डले यसवर्ष अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नै सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर परीक्षाफल प्रकाशित गरेको छ ।         विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत प्राप्ताङ्क हुनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम प्राप्ताकङ्क हुनेलाई ए, ७० देखि ८० भन्दा कम प्राप्ताङ्क हुनेलाई बी प्लस ग्रेड प्रदान गरिन्छ । साथै ६० देखि ७० भन्दा कम प्राप्ताङ्क हुनेलाई  बी, ५० देखि ६० भन्दा कम प्राप्ताङ्क हुनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम प्राप्ताङ्क हुनेलाई सी, ३० देखि ४० भन्दा कम प्राप्ताङ्क हुनेलाई डी प्लस, २० देखि ३० प्राप्ताङ्क हुनेलाई डी तथा २० भन्दा कम प्राप्ताङ्क हुनेलाई ई ग्रेड प्रदान गरिन्छ ।         गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार...

कोल्हबीबाट १६८ किलो गाँजा बरामद, गाँजाधनी फरार

Image
वीरगंज, २१ असार । जिल्ला प्रहरी कार्यालय बाराले १६८ किलो गाँजा बरामद गरेको छ ।   आज बिहान ६ः३० बजेको समयमा जिल्ला बारा कोल्हवी न.पा. ५ सोनाभार टोलमा बस्ने जितेन्द्र चौधरीको घरमा गाँजा लुकाई छिपाई राखेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोल्हबीले छापामारी गरी १६८ किलो गाँजा बरामद गरेको जिप्रका, बाराले जनाएको छ ।   प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीको टोलीले जितेन्द्र चौधरीको घरमा पुगेपछि उनको घरमा कोही नभेटिएको र स्थानीय जनप्रतिनिधीको रोहवरमा घरमा खानतलासी गर्दा कोठा भित्र लुकाएर राखिएको १६८ किलो गाँजा बरामद गरी इलाका प्रहरी कार्यालय कोल्हबी बारामा ल्याई राखिएको जिप्रका, बाराले जनाएको छ । प्रहरीले घरधनी जितेन्द्र चौधरीको खोजतलास गरिरहेको प्रहरी नायब उपरीक्ष्Fकपुरूषोत्तम प्रसाद पाण्डेले बताएका छन् । 

जीराभवानीमा सर्पदंशबाट एकजनाको मृत्यु

Image
वीरगंज, २१ असार । सर्पदंशबाट जीराभवानी गाउँपालिका–१ का ५० वर्षीय सत्यनारायण साहको मृत्यु भएको छ । बुधवार साँझ ५ बजे खेतमा काम गर्ने क्रममा साहलाई सर्पले टोकेको थियो । उनको सर्पदश उपचार केन्द्र ठोरीमा उपचारको क्रममा आज बिहान १० बजे मृत्यु भएको छ । 

एसइईको नतिजा आज सार्वजनिक गरिँदै, यसरी हेर्न सकिन्छ नतिजा

Image
भक्तपुर, २१ असार राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पु¥याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि करिब सम्पन्न भइसकेको, नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु गर्नेलगायतका प्राविधिक कार्य भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "एसइईको नतिजा आज साँझसम्ममा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेका छौँ, प्राविधिक समस्या नआए आजै नतिजा सार्वजनिक हुन्छ । प्राविधिक समस्या आए मात्रै भोलि पु...

पाल्पामा दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार भत्ता

Image
रामपुर (पाल्पा), २० असार पाल्पाको रिब्दिकोट गाउँपालिकाले गाउँमा बसेर काम गर्ने जनशक्ति अभाव हुन थालेपछि नयाँ कार्यक्रम ल्याएको छ । गाउँपालिका–१ को कार्यालयले दुईभन्दा बढी सन्तान जन्माउने अभिभावकलाई रू पाँच हजार भत्ता दिने कार्यक्रम ल्याएको हो । आगामी आर्थिक वर्ष २०८०/८१ देखि लागू हुने गरी वडामा दुई सन्तानभन्दा बढी सन्तान जन्माउने अभिभावकलाई बच्चाको जन्मदर्ता गर्न वडा कार्यालयमा आउँदा रू पाँच हजार प्रोत्साहनस्वरुप भत्ता दिने नीति तथा कार्यक्रममा समावेश गरिएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो । "गाउँमा बस्ने युवा जनशक्ति विदेश पलायन हुँदा गाउँ नै रित्तिने अवस्थामा छ भने  खेतीयोग्य जमिन बाझिदै गएका छन्", उहाँले भन्नुभयो, "गाउँमा बसेर केही उद्यम, व्यवसाय गर्ने,  आयस्रोत लिने तथा गाउँ बस्तीविहीन अवस्थामा नपुगोस् भनेर प्रोत्साहनस्वरुप भत्ता दिने नीति ल्याएका छौँ ।" "गाउँमा जनसङ्ख्या घट्दै गएर काम गर्ने जनशक्तिको अभाव हुन थालेको छ । अधिकांश बजेट कृषि क्षेत्रका लागि विनियोजन भएका छन् । कृषिमा काम गर्ने जनशक्तिको कमी हुँदा कार्यान्वयन पक्ष फितलो देखिएको छ । खेतब...

भारतले गण्डक नहरमा बुधवारसम्म चार सय क्युसेक पानी छोड्यो

Image
वीरगंज, २० असार। नारायणी सिंचाइ व्यवस्थापन कार्यालय पर्साका अनुसार भारतले नेपालको गण्डक नहरमा बुधवारसम्म ४ सय क्युसेक पानी छोडेको छ।   दुर्ई देशबिचको सम्झौता अनुसार असार १५ गतेदेखि असोज १५ सम्म भारतले ८५० क्युसेक पानी नेपाललाई दिनुपर्नेछ जसमध्ये आजसम्म ४ सय क्युसेक पानी नहरमा छाडेको  गण्डक नहरको भारततर्फको २२० आरडी भन्ने ठाउँमा नहर मर्मत काम भइरहेकोले बाँकी पानी केही दिनमा आउने नारायणी सिंचाइ व्यवस्थापन कार्यालय पर्साका इन्जिनियर सुरेश प्रसाद साहले जनाएका छन्। पर्साको जगन्नाथपुरबाट शुरू भएको नहर प्रणाली ८० किलोमिटर पूर्व रौतहटसम्म पुगेको छ। हाल गण्डक नहरको पानी बाराको सिम्रौनगढसम्म पुगेको र भोलि रौतहट पुर्याइने इन्जिनियर साहले जनाएका छन्। अहिले किसानहरूका लागि पानी पर्याप्त छ, नहरको पानी बाराको स्रिमौनगढसम्म पुगेको छ। भोलिसम्म रौतहट पुर्याउने हाम्रो लक्ष्य हो' इन्जिनियर साहले भने 'नहरबाट सिंचाइ हुने बारा, पर्साको २८ हजार हेक्टर भूभाग मध्ये अहिलेसम्म ४ हजार हेक्टरमा नहरको पानी पुगिसकेको छ, दुवै जिल्लाको करिब १५–१५प्रतिशत भूभागमा रोपाइँ भइसकेको छ। बारा, पर्सा र रौतहटमा कृषि उत्...

गैँडा मारेको अभियोगमा तीन पक्राउ

Image
चितवन, २० असार  चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत नन्दभाउजु उपभोक्ता समिति क्षेत्रभित्र पर्ने नारायणी नदीको भङ्गालोमा दुई वटा गैँडा मारेको अभियोगमा तीन जना पक्राउ परेका छन् । सोही घटनामा संलग्न रहेका दुई जना फरार रहेका निकुञ्जले जनाएको छ । निकुञ्जले आज कसरामा पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको हो । निजहरुलाई वैशाख १२ गते पक्राउ गरिएको थियो । पक्राउपर्नेमा नवलपरासीको रामग्राम नगरपालिका–१८ धरमपुरका होमबहादुर विक, सोही ठाउँका कृष्णबहादुर महतो र शिखाराम थारु रहेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिनुभयो । उहाँका अनुसार गैँडाको खाग खरिदबिक्री कारोबार गर्दै गर्दा निजहरुलाई पकाउ गरिएको थियो । पक्राउ परेका तीनै जना विरुद्ध डिभिजन वन कार्यालय, नवलपरासीले अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा बरामद गैँडाको खाग चोरीशिकार गरेको स्थान चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र भएकाले मुद्दा यहाँ सरी आएको पुनले जानकारी दिनुभयो । निकुञ्जका अनुसार निजहरुले विसं २०७९ माघ ६ गते राति शिद्धेश्वर मन्दिरबाट करेन्ट जोडेर विद्युतीय धराप...

मलेसियालाई २२१ रनले हराउँदै नेपाललाई उपाधि

Image
काठमाडौँ । एसीसी पुरुष यू—१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । नेपालले मंगलबार भएको फाइनल खेलमा आयोजक राष्ट्र मेलेसियालाई दुई सय २१ रनको विशाल अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । टस जिती पहिलो ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ५२ रन बनाएको थियो । ठुलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाले भने १४.५ ओभरमै अलआउट हुनुअघि ३१ रनमात्र बनाउन सक्यो । पहिलो ब्याटिङ गरेको नेपालका लागि नरेन भट्टले सतकीय पाली खेले । उनले टोलीका लागि अविजित एक सय १२ रनको योगदान गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका नरेनले केवल ८९ बलको सामना गरी दुई छक्का र १० वटा चौका हिर्काएका थिए । निरजकुमार यादवले पनि ४७ रन बनाए । ओपनर ब्याट्सम्यान निरजले ४९ बलको सामना गरी ६ चौका हिर्काएका थिए । सन्तोष यादवले पनि २९ बलमा दुई चौकाको मद्दतले २६ रन जोडे । ओपनर ब्याट्सम्यान सूयान्सु कोइराला १८ रनमा पेभेलियन फर्किए भने अशोक धामीले ११ रन बनाए । नेपालले अतिरिक्त रूपमा २६ रन पाएको थियो । मलेसियाका बलर मुहम्मद अक्रमले तीन विकेट लिए । जवाफी ब्याटिङ गरेको मल...

विषाक्त मदिरा सेवनबाट चार जनाको मृत्यु

Image
उत्तरपूर्वी कम्बोडियाको रतनकिरी प्रान्तमा चामलको विषाक्त मदिरा पिएका चार जनाको मृत्यु भएको छ । उच्च मात्रामा मिथेनोल भएको मदिरा पिएका पाँच जनामध्ये चार जनाको ज्यान गएको सरकरी अधिकारीहरूले बताएका छन् । विषाक्त मदिरा पिएर गम्भीर बिरामी भएका उनलाई अस्पताल भर्ना गरिएको छ । मृतकहरू केराको व्यावसायिक खेती गर्ने कृषि कम्पनीका कामदार हुन् ।   प्रयोगशाला परीक्षणबाट मदिरामा उच्च मात्रामा मिथेनोल भेटिएको र उनीहरूको मृत्युको कारण भएको प्रान्तीय गभर्नरले बताएका छन् । मदिरा बिक्रेतासँग कानुन कार्यान्वयन निकायका अधिकारीले सोधपुछ गरेका छन् । सस्तो मूल्यका कारण घरेलु मदिराप्रति पियक्कडहरूको आकर्षण बढेको छ । गत महिना पनि उत्तरपश्चिमी पुरसट प्रान्तमा विषाक्त मदिरा सेवन गरेका एक जनाको मृत्यु भएको थियोभने अन्य २७ जना बिरामी भएका थिए । 

वीरगंजको बसपार्क क्षेत्रमा यौनब्यापार फेरि मौलायो

Image
वीरगंज १९ असार ।  वीरगंजको नया बसपार्क क्षेत्रमा  संचालित होटेल रेस्टुरेन्ट लाजहरूमा फेरि यौन ब्यापार मौलाएको छ । प्रहरीकै संरक्षणमा यौन ब्यापार हुनेगरेको स्थानीको आरोप छ ।   नया बसपार्क क्षेत्रमा संचालित होटेल  रेस्टुरेन्ट  लज,  मदिरा भट्टीहरूमा यौन ब्यापार हुने गरेको छ । कामदारको रूपमा राखिएका महिलाहरूनै यौन ब्यापारमा सङ्लग्न हुनेगरेका छन होटेल संचालकहरूले बिचौलियाको काम गर्ने गरेका छन ।  मोबाइल यौन ब्यापारी महिलाहरू पनि बसपार्क क्षेत्रका होटेलहरूमा आएर धन्दा गर्ने गरेको स्थानीयहरूको भनाइ छ । केहि दिन अगाडी बसपार्क क्षेत्रका केहि होटेलहरूमा छापा मारेर केहि यौनकर्मी महिलाहरूलाइ नियन्त्रणमा लिएको पनि थियो प्रहरीको सक्रियताको कारण केहि समय यौन ब्यापार रोकिएको पनि थियो अहिले बसपार्क प्रहरी र घुमुवा प्रहरी मिलाएर फेरि खुलम्खुल्ला यौन ब्यापार भैरहेको स्थानीयको भनाइ छ । 

सोमवारको वर्षापछि मधेश प्रदेशमा रोपाइको चटारो शुरु, महानगर डुबानमा

Image
वीरगंज, १८ असार ।  मधेस प्रदेशका आठ जिल्लामा असारको तेस्रो साता बितेपछि बल्ल सोमवार बिहानदेखि वर्षा भएको छ । बिहानदेखि दिउंसोसम्म वर्षेको वर्षाका कारण खेतीपाती गर्ने किसानहरु हर्ष भएका छन् भने महानगरमा बसोबास गर्नेहरु डुबानको पीडा भोग्दैछन् ।  अहिलेसम्म मधेस प्रदेशमा नौ दशमलव ५२ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ ।  समयमा वर्षा नहुदाँ यो प्रदेशको ९० दशमलव ४८ प्रतिशत खेत अझै बाँझो रहेको मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिझ धनुषाका निमित्त कमलदेव कुशवाहाले जानकारी दिए ।  अहिलेसम्म मधेस प्रदेशमा सबैभन्दा बढी सप्तरी र सिरहामा १५र१५ प्रतिशत र सबैभन्दा कम रौतहट, धनुषा, महोत्तरीमा पाँचरपाँच प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको निमित्त निर्देशक कुशवाहाले बताए । लामो समयदेखि वर्षा नहुँदा वैकल्पिक सिंचाइको प्रबन्ध मिलाएरै भए पनि किसान धान रोपाइँ गरिरहेको उनको भनाइ छ ।  उनका अनुसार सप्तरी र सिरहामा १५–१५ प्रतिशत, सर्लाहीमा १२ प्रतिशत, बारामा १० प्रतिशत, पर्सामा छ प्रतिशत र धनुषा र बारामा ६०–६० प्रतिशत, सिरहा र सर्लाहीमा ५५–५५ प्रतिशत, रौतटहमा ५० प्रतिशत, महोत्तरीमा ४५ प्रतिशत र प...

उद्योगलाई वातावरणमैत्री बनाउन जिससले अनुगमन गर्नुपर्ने– सांसद यादव

Image
वीरगंज, १८ असार । प्रतिनिधिसभा सदस्य प्रदीप यादवले उद्योगलाई वातावरणमैत्री बनाउनका लागि जिल्ला समन्वय समिति, पर्साले अनुगमनलाई तिव्रता दिन सुझाव दिएका छन् ।  जिल्ला समन्वय समिति, पर्साको चौथो जिल्लासभामा बोल्दै उनले अवैध रूपमा हुने ढुंगा–गिट्टी, बालुवा उत्खननलाई रोक्नका लागि समन्वय समितिले थप कडाइका साथ कार्य गर्नुपर्ने बताए ।  जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह सोनारको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ता, महानगरप्रमुख राजेशमान सिंहलगायतको उपस्थिति रहेको थियो । 

वीरगंजको पशुपतिनाथ मन्दिरमा श्रावण महिना भरि मेला लाग्ने

Image
वीरगंज १८ असार ।  वीरगंज महानगरपालिका र विश्व हिन्दु परिषदको समन्वयमा वीरगंजको पशुपतिनाथ मन्दिरमा श्रावण महिनाभरि मेला लाग्ने भएको छ ।  तिथि अनुसार असार १९ गतेबाट  श्रावण महिना शुरू हुने भएकोले सोही दिन बिहान घडिअर्वा पोखरीमा जल भरि नगर परिक्रमा गरी चिनी मिल स्थित पशुपतिनाथको शिवलिङ्गमा जल अभिषेक गर्ने कार्यक्रम रहेको छ । श्रावण महिनाभरि  प्रत्येक सोमवार  जल अभिषेक गर्ने  र श्रावण महिना भरि चिनी मिल परिशरमा मेलाको आयोजना गरिने विश्व हिन्दू परिषदले जनाएको छ । 

वीरगंज मनपाले राष्ट्रिय वाणिज्य बैंकको पर्खाल भत्कायो

Image
वीरगंज, १७ असार । सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको भन्दै वीरगंज महानगरपालिकाले राष्ट्रिय वाणिज्य बैंकको पर्खाल भत्काएको छ । सार्वजनिक जग्गामा बैंकले निर्माण गरेको २३ फिट अग्लो पर्खाल हटाउन पटक–पटक आग्रह गर्दासमेत बेवास्ता गर्दै आएकाले पर्खाल भत्काइएको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँँले जानकारी दिनुभयो । लामो समयदेखि बैंकले उक्त जग्गा खाली गर्ने प्रतिवद्धता व्यक्त गरे पनि पर्खाल नहटाएपछि नगरप्रमुख राजेशमाज सिंहको निर्देशनमा उक्त स्थानमा डोजर चलाइएको उहाँले बताउनुभयो ।

गुजरात अविरल वर्षाका कारण १२ जनाको मृत्यु

Image
नयाँ दिल्ली, १७ असार  भारतको पश्चिमी राज्य गुजरातमा विगत केही दिनदेखि आएको वर्षा र बाढी कारण १२ जना व्यक्तिको मृत्यु भएको छ  । प्राकृतिक विपत्तिबाट धेरैको जीवनमा प्रतिकूल असर परेको स्थानीय सञ्चारमाध्यमले आइतबार उल्लेख गरेका छन्। मृत्यु हुनेमा जामनगर जिल्लाका मात्रै ६ जना रहेका छन् । मृत्यु  हुने अन्य  व्यक्तिहरू अमरेली, बोटाड र आनन्दका स्तानीय रहेको  बताइएको छ ।  जामनगरका तल्लो क्षेत्रहरू डुबानमा परेकाले मानिसहरू घरभित्रै थुनिएका छन् ।  जामनगर जिल्लाको भिसावदार क्षेत्रमा शुक्रबार ३४९ मिलिमिटर वर्षा भएको  छ ।   लगातारको वर्षाका कारण गुजरातमा नदीहरू खतराको चिन्हभन्दा माथि बगिरहँदा  स्थानीयहरूमा त्रास बढेको छ ।   राज्यको दयनीय अवस्थालाई ध्यानमा राख्दै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले बाढी प्रभावित क्षेत्रहरूमा विशेष गरी राज्यको जामनगर, जुनागढ र कच्छ जिल्लाहरूमा भइरहेको राहत र उद्धार कार्यमा निरन्तर निगरानी  बढाउँनु भएको छ । स्थानीय प्रशासनका अधिकारीहरूलाई तल्लो क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा सार्न लागिएको सञ्चारमाध्यमहरूले जनाएका छन्। हिमाचल प्रदेश र उत्तराखण्ड राज्यहरू बाढी...

गदर २ लाई भारतीय रक्षा मन्त्रालयको ग्रिन सिग्नल

Image
फिल्म गदर : एक प्रेम कथा बनेको ठीक २२ वर्षपछि सन्नी देवल र अमिशा पटेलको लिड रोलमा अर्को अंश गदर २ तयार भएको छ। बलिउडको अल टाइम हिट गदर भारत पाकिस्तान विभाजनसँग जोडिएको एक्सन केन्द्रित प्रेम कथामा आधारित छ। फर्मुला फिल्मसँग संगीतका कारण पनि गदरले व्यापक सफलता पायो। दोस्रो श्रृङ्खलाको गदरले कस्तो गर्ला त बक्स अफिसमा? अहिले नै यसको जवाफ त मिल्दैन तर भारतको रक्षा मन्त्रालयले भने फिल्मलाई हरियो झन्डा देखाएको छ। सेनासँग जोडिएका विषयमा फिल्म बन्दा भारतमा रक्षा मन्त्रालयले रिलिजपूर्व हेर्ने गर्छ। त्यसैअनुसार रक्षा मन्त्रालयमा फिल्मको प्रिभ्यू गरिएको टाइम्सअफइन्डियाले जनाएको छ। गदर २ का निर्माताहरुले फिल्मको देखाउँदा रक्षा मन्त्रालयबाट सकारात्मक प्रतिक्रिया पाएका छन्। मन्त्रालयले फिल्मलाई हरियो झन्डा मात्र देखाएन, त्यसको प्रशंसा समेत गरेको छ। फिल्मको दोस्रो भाग ल्याउन धेरै लामो समय कुर्न परेको अनिल शर्माले जनाएका छन्। 'मैले गदरको ब्रान्ड नेममा व्यापार गर्नमात्र चाहिन। म तारा सिंह र सकिनाको रियल स्टोरी पनि अगाडि बढाउन चाहन्थे,' शर्माले भनेका छन्, 'मैले यसका लागि ५० भन्दा धेरैवटा कथाह...

बारामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

Image
बारा, १७ असार । बारा जिल्लाको निजगढ र आसपासका क्षेत्र तथा लालबकैया जलाधारको धेरै स्थानमा पछिल्लो ३ घण्टामा भारी वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्षेत्रमा थप वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ। लालबकैया नदी र सो क्षेत्र भई बहने स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्छ, तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेहरूले बेलुकासम्मै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। त्यस्तै आज इलाम, झापा, पाँचथर, संखवासभा, मकवानपुर, बारा, पर्सा र आसपास भई बहने केही स(साना नदीहरूमा जलसतह बढ्ने तथा केहीमा आकस्मिक बाढी आउन सक्ने महाशाखाको पूर्वानुमान छ । यी जिल्लाहरूका तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन भनिएको छ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुर्ई स्थानमा हल्का वर्षा भइरहेको छ ।  कोशी  र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।