डाटा लोड हुँदैछ...

१५ किलो चरेससहित दुईजना वीरगंजबाट पक्राउ

वीरगंज, २७ असार । सशस्त्र प्रहरी बल नेपाल वीरगंज महानगरपालिका–१६ भन्सार मेनगेटस्थित प्रस्तावित सशस्त्र सुरक्ष्Fा गुल्म १५.३१० किलो चरेससहित दुईजनालाई पक्राउ गरेको छ ।
 
बिआर २२ एम ४२०६ नम्बरको भारतीय मोटरसाइकलमा चढेर आइरहेका पटेर्वासुगौली गाउँपालिका–५ बस्ने ३५ वर्षीय सत्यनारायण माझी र ४० वर्षीय प्रलाद माझीलाई चरेससहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरुले मोटरसाइकलको टंकीभित्र लुकाएर भारततर्फ लगिरहेको १५.३१० किलो चरेससहित पक्राउ गरिएको र कारबाइको लागि प्रहरी चौकी इनर्वा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले जनाएका छन् । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर