डाटा लोड हुँदैछ...

कोल्हबीबाट १६८ किलो गाँजा बरामद, गाँजाधनी फरार

वीरगंज, २१ असार । जिल्ला प्रहरी कार्यालय बाराले १६८ किलो गाँजा बरामद गरेको छ ।
 
आज बिहान ६ः३० बजेको समयमा जिल्ला बारा कोल्हवी न.पा. ५ सोनाभार टोलमा बस्ने जितेन्द्र चौधरीको घरमा गाँजा लुकाई छिपाई राखेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोल्हबीले छापामारी गरी १६८ किलो गाँजा बरामद गरेको जिप्रका, बाराले जनाएको छ ।
 
प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीको टोलीले जितेन्द्र चौधरीको घरमा पुगेपछि उनको घरमा कोही नभेटिएको र स्थानीय जनप्रतिनिधीको रोहवरमा घरमा खानतलासी गर्दा कोठा भित्र लुकाएर राखिएको १६८ किलो गाँजा बरामद गरी इलाका प्रहरी कार्यालय कोल्हबी बारामा ल्याई राखिएको जिप्रका, बाराले जनाएको छ ।

प्रहरीले घरधनी जितेन्द्र चौधरीको खोजतलास गरिरहेको प्रहरी नायब उपरीक्ष्Fकपुरूषोत्तम प्रसाद पाण्डेले बताएका छन् । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर