डाटा लोड हुँदैछ...

मुख्य नाला अतिक्रमण गरी बनाइएको हरि खेतानको संरचना भत्काइयो

वीरगंज, २५ असार । वीरगंज महानगरपालिकाले मुख्य नालामाथि बनाएको हरिखेतान बहुमुखी क्याम्पसको संरचना भत्काएर खाली गराएको छ । 

सोमवार मेयर राजेशमान सिंहलगायतले डोजर लिएर क्याम्पसमा पुगेका थिए । मुख्य नालामाथि क्याम्पसले संरचना निर्माण गरेको हुँदा नाला सफाइमा अवरोध भएपछि भत्काइएको नगरप्रमुख सिंहले बताए । नालामाथि बनेको संरचना आफैं हटाउन क्याम्पसलाई निर्देशन दिएको भए पनि क्याम्पसले नहटाएपछि आफैं डोजर लिएर आउनु परेको मेयर सिंहले बताए ।

जिल्ला हुलाक कार्यालयदेखि मुख्य नाला सफाइ गर्दै आएको महानगरले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउँदै सफाइलाई निरन्तरता दिँदै आएको छ ।

हरिखेतान क्याम्पस पछाडिसम्म सफाइ गरेको महानगरले क्याम्पसको संरचना नहट्दा मुख्य नाला सफाइ गर्न पाएको थियो ।

महानगरले यसअघि मुख्य नालामा पर्ने एक दर्जन संरचना हटाइ सकेको छ ।

वीरगञ्जमा मुख्य सडकको नाला र श्रीपुर क्षेत्रबाट आउने अर्काे नाला जोडिएर बनेको मुख्य नाला जिल्ला प्रशासन कार्यालय पर्साको छेउ हुँदै दक्षिणतिर बगेको छ ।

गीता मन्दिरदेखि आदर्शनगर हरिखेतान क्याम्पससम्मको क्षेत्रमा मुख्य नालाको दुबैतर्पm अतिक्रमण गरेर संरचना बनेका छन् । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर