डाटा लोड हुँदैछ...

वीरगंजको पशुपतिनाथ मन्दिरमा श्रावण महिना भरि मेला लाग्ने

वीरगंज १८ असार । 
वीरगंज महानगरपालिका र विश्व हिन्दु परिषदको समन्वयमा वीरगंजको पशुपतिनाथ मन्दिरमा श्रावण महिनाभरि मेला लाग्ने भएको छ । 

तिथि अनुसार असार १९ गतेबाट  श्रावण महिना शुरू हुने भएकोले सोही दिन बिहान घडिअर्वा पोखरीमा जल भरि नगर परिक्रमा गरी चिनी मिल स्थित पशुपतिनाथको शिवलिङ्गमा जल अभिषेक गर्ने कार्यक्रम रहेको छ । श्रावण महिनाभरि  प्रत्येक सोमवार  जल अभिषेक गर्ने  र श्रावण महिना भरि चिनी मिल परिशरमा मेलाको आयोजना गरिने विश्व हिन्दू परिषदले जनाएको छ । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर