डाटा लोड हुँदैछ...

सामुदायिक श्रीपुरद्वारा सचेतनामूलक पर्चा वितरण

वीरगंज, २५ असार । सामुदायिक सेवा केन्द्र श्रीपुरले सोमवार सचेतनामूलक पर्चा, पम्पलेट वितरण गरेको छ ।
 
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र श्रीपुरले वीरगंज–११ ले वीरगंज महानगर–१३ स्थित तेजारतटोलमा लैङ्गीक हिंसा सम्बन्धी र एकद्वार संकट व्यवस्थापन केन्द्र जानकारी सम्बन्धी पर्चा पम्पलेट वितरण गरेको हो । 

सामुदायिक सेवाकेन्द्रका सचिव कुल नारायण प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी हवल्दार ओमप्रकाश साह, लालुमाया महतोले सय थान लैंगिक हिंसा र एकद्वार संकट व्यवस्थापन केन्द्र सम्बन्धी जानकारी तथा पर्चा पम्पलेट वितरण गरेको थियो । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर