Posts

Showing posts from January, 2023
डाटा लोड हुँदैछ...

वीरगंज–२६ का आँखा बिरामीको निःशुल्क अपरेशन, कम्बल वितरण

Image
वीरगंज, १८ माघ । वीरगंज महानगरपालिका वडा नं. २६ सुगौलीका वडाअध्यक्ष  शम्भु मिश्रको पहलमा आँखाको बिरामी भएका वडावासीको निःशुल्क आँखा परीक्ष्Fण तथा अपरेशन गरिएको छ। बुधवार वीरगंजको आइ फाउन्डेशनमा वडावासीका आँखा बिरामीह?को निःशुल्क अपरेशन गरिएको वडाध्यक्ष शम्भु मिश्रले जानकारी गराएका छन् । अपरेशन भएपछि वडावासीलाई उनले खाना समेत खुवाएका थिए । साथै वडाध्यक्ष शम्भु मिश्रले आंखाको अपरेशन भएका वडावासीलाई न्यानो कम्बल पनि वितरण गरेका थिए ।   आइवार वीरगंज महानगरपालिका–२६ सुगौलीमा निःशुल्क आँखा चेकजांच शिविर आयोजना गरिएको थियो । सो शिविरमा मोतियाबिन्दु भेटिएका बिरामीह?को आज माट्रिका आइ फाउन्डेशनमा निःशुल्क अपरेशन गरिएको समाजसेवी ओमप्रकाश यादबले जानकारी गराएका छन् । 

कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका र शिवराज बीच अदालतमा मिलापत्र

Image
काठमाडौं,१७माघ : कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका राजपुतले आरोपी शिवराज श्रेष्ठसँग मिलापत्र गरेकी छन् । जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा उनले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र गरेकी हुन् । मिलापत्र अनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रुपमा स्वीकारेका छन् । जिल्ला अदालतमा अंश मुद्दा दिएकी उनले दुईबीच पति पत्नीका रुपमा बस्ने निर्णय भएको भनेकी छन् । ‘म र नाबालक छोरा समेतलाई इज्जत अनुसार खान, लाउन, औषधोपचारखर्च, छोराको पढाइ लेखाइ खर्च तथा पिता पतिको हुने कर्तव्य निर्वाह गर्छु भनेर विपक्षीले स्वीकार गरेकाले म पनि एकासगोलमा नै बस्ने गरी फिराद दाबी छाडेको…’, मिलापत्रमा भनिएको छ । निहारिकाले आफू बलात्कृत भएको र कानूनी उपचारका लागि प्रशासनले सहयोग नगरेको भन्दै लामो समयदेखि आन्दोलन गरिरहेकी थिइन् । त्यसक्रममा उनी पटकपटक पक्राउ समेत परेकी थिइन् । उनले आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने, घटनाको सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी काम भएको भन्दै पुनः जाँच गरिनुपर्ने लगायको माग राख्दै अनशन समेत बसेकी थिइन् । यो प्रकरण पहिल्यै अदालतसम्म प...

अघोषित लोडसेडिङले पर्सा-बाराका उद्योगहरु समस्यामा

Image
वीरगन्ज ,१७माघ : नेपाल विद्युत् प्राधिकरणको अघोषित लोडसेडिङले वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा परेका छन् । पूर्व निर्धारित तथा तालिकाबिना नै प्राधिकरणले पटक पटक विद्युत् कटौती गरेपछि उद्योग सञ्चालन गर्न समस्या भएको उद्योगीको गुनासो छ । वीरगन्ज उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष माधव राजपालले विगतमा लोडसेडिङ हुँदा त्यसको पूर्व जानकारी प्राधिकरणले गराउने गरेकोमा हाल भने कुनै सूचना वा जानकारी बिना विद्युत् कटौती गर्ने गरेकाले समस्या भएको बताए । ‘दैनिक अघोषित रुपमा ४ देखि ८ घण्टासम्म विद्युत् कटौती भइरहेको छ,’ उनले भने, ‘तालिका बनाएर विद्युत् कटौती गरिएको भए हामीले सोही तालिका अनुरुप नै उद्योग सञ्चालन गर्थ्यौं ।’ विशेष गरी फलामजन्य वस्तु उत्पादन गर्ने उद्योग र ‘बोइलर’ मेसिन प्रयोग गर्ने उद्योगमा अचानक विद्युत् कटौती हुँदा बढी मर्का परेको उनले बताए । ‘फलाम गलाउँदै गर्दा फ्याट्ट बत्ती जान्छ,’ उनले भने, ‘फेरि फलाम सेलाइसकेपछि गलाउन धेरै विद्युत् खपत हुन्छ, यसरी उद्योगहरुको उत्पादन लागत बढनुको साथै कच्चा पदार्थ पनि खेर जाने गर्छ ।’ संघका द्वितीय उपाध्यक्...

सेयर बजारमा दोहोरो अंकको गिरावट

Image
काठमाडौं,१७माघ : सेयर बजार परिसूचक नेप्से मंगलबार दोहोरो अंकले घटेको छ । बजार परिसूचक १५.७० अंकले घटेर २१११.६८ को बिन्दुमा बन्द भएको छ । मंगलबार कुल कारोबार रकम पनि २ अर्ब ८२ करोड ४५ लाखमा सीमित भएको छ । सोमबार ८८ लाख ३६ हजार ४८८ कित्ता धितोपत्र किनबेच हुँदा ३ अर्ब ३० करोड २२ लाख १ हजारको कारोबार भएको थियो । मंगलबार कारोबारमा आएका २५९ कम्पनीमध्ये १४८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५७ कम्पनीको मूल्य बढेको र ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन । कारोबारमा आएका १३ उपसमूहमध्ये मंगलबार हाइड्रोपावरबाहेकका सबै उपसमूह राताम्मे भए । घटेको बजारमा पनि आदर्श लघुवित्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । बाराही हाइड्रो, लुम्बिनी जनरल इन्स्योरेन्स र इष्ट्रन हाइड्रोका सेयरधनीले मंगलबारको बजारमा नाफा कमाए । प्राइम लाइफ इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त लगायतका कम्पनीका सेयरधनी आजको बजारमा धेरै गुमाउनेमा परे । यी कम्पनीहरुको सेयरमूल्य मंगलबार ४.३७ देखि ५.२१ प्रतिशतसम्मले घटेको थियो । रिडी पावर कम्पनीको सेयरमा दोस्रो बजारको आकर्षण थियो । यो कम्पनीको १९ रुपैयाँ बराबरको सेयर खरिद बिक्र...

दूधको मूल्य बढाउन किसानको माग

Image
चितवन, १७ माघ, चितवन: चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको जनाउँदै किसानले भरतपुरमा पत्रकार सम्मेलन गरेर दूधको मूल्य बढाउन सरकारसंग आग्रह गरेका हुन् । पत्रकार सम्मेलनमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दूधको मूल्य बढाउन र कच्चा पदार्थको मूल्यवृद्धिलाई रोक्न माग गरे । उनले बैंक तथा वित्तीय संस्थाले ऋण असुली भन्दै किसानलाई धरपकड गरेको आरोप लगाए । चितवनलाई सरकारले तीन वर्ष अगाडि दूधमा आत्मनिर्भर क्षेत्र घोषणा गरेको थियो । जिल्लामा ३३ प्रतिशत दुग्ध उत्पादक किसान छन् । चितवनका किसानले ६८ हजार छ सय ११ वटा गाईभैँसी पालेका छन् । जसबाट प्रतिदिन तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । चितवनमा उत्पादन भएको ५५ प्रतिशत दूध काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर र कास्कीलगायतका जिल्लामा खपत हुँदै आएको छ । अहिले ढुटो, मकै, पिना, दाना, चोक्करजस्ता उपभोग्य वस्तुको मूल्य २० देखि ३० प्रतिशतले बढेको हुँदा किसान मर्कामा पर्दै गएको सङ्घका कोषाध्यक्ष बालकृष्ण उप्रेतीले बताए । उनले उपभोग्य वस्तुको मूल्य बढ्दा किसान...

उद्योग व्यपारका समस्या समाधान गरिदिन नयाँ सरकारसंग वीरगन्जका उद्योगीहरुको गुहार

Image
मधेसखबर वीरगन्ज,१६ माघ : वीरगन्जका उद्योगी व्यपारीले यस क्षेत्रका उद्योग व्यपारमा विद्यमान समस्या समाधानका लागि संघीय सरकारका मन्त्रीहरुलाइ गुहारेका छन् । खासगरि वीरगन्ज नाकामा डस्टी कार्गो (सिमेन्ट र फलाम उद्योगका कच्चा पदार्थ, स्ल्याग, आइरन ओर, कोइला, मलखाद , नुन इत्यादि) आयात र ढुवानीमा समस्या भएको भन्दै त्यसको सहज व्यवस्थापनका लागि यहा उद्योगी व्यवसायीले सरकारलाई गुहारेका हुन् ।सोमबार अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दामोदार भण्डारीलाई भेटेर वीरगन्ज उद्योग वाणिज्य संघको टोलीले निजी क्षेत्रका समस्या सामधानका लागि पहल गरिदिन आग्रह गरेको हो । भारत सरकारले यही जनवरी १ तारिख देखि नेपालको डस्टी कार्गो एकीकृत जाँच चौकी (आईसीपी) बाट मात्रै निर्यात गर्न दिने नियम लागु गरेको छ । भारतको रक्सौलबाट मितेरी पुल हुँदै मुख्य नाकाबाट आउने कार्गो आईसीपीतर्फ बाट मात्रै ल्याउन दिएपछि यसले ढुवानी लागत बढेको नेपाली आयातकर्ताको गुनासो छ । आईसीपीबाट कार्गो ल्याउदा ढुवानी लागत प्रति ¥याक ( एक रेल) २२ लाख ३१ हजार रुपैयाले बढेको संघका उपाध्यक्ष माधव राजपालको भनाई छ । उननले भ...

राष्ट्रपतिकाे निर्वाचन फागुन २५ गते

Image
काठमाडौं ,१६ माघ :निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार हुनेगरी आज साेमबार मिति तोकेको हो। यस्तै, उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गतेलाई तोकिएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा राष्ट्रपतिकाे निर्वाचन फागुन २५ गते र उपराष्ट्रपतिकाे निर्वाचन चैत्र ३ गते ताेकिएकाे जानकारी दिए । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ। The post राष्ट्रपतिकाे निर्वाचन फागुन २५ गते appeared first on Madhes Khabar .

पोखरिया ४ को वडा कार्यालयमा सेवाग्राहीलाई सास्ती

Image
फाइल फोटो : पोखरिया नगरपालिकाको कार्यालय मधेसखबर वीरगन्ज , १५ माघ : पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयमा जनप्रतिनिधी र कर्मचारीको वेवास्ताका कारण सेवाग्राही सास्ती खेप्न बाध्य भएका छन् । वडा कार्यालयमा विद्युत आपूर्तीको वैकल्पिक व्यवस्था नभएको र कार्यालयको कम्प्युटर पनि २० दिन देखि बिग्रिएर थन्किएको हुदा सेवाग्राही सास्ती खेप्न बाध्य भएका हुन् । वडा कार्यालयमा विद्युत आपूर्तीको वैकल्पिक व्यवस्था नहुदा विद्युतको लाइन कटेका बेला जन्म, विवाह र मृत्यु दर्ता , बसाइ सराई , नाता प्रमाणित जस्ता काम समयमा नहुने गरेको सेवाग्राहीको गुनासो छ । पोखरियाका स्थानीय समेत रहेका शिक्षक विशाल महराले विवाह दर्ता प्रमाणपत्र बनाउनका लागि आफु ५ दिन देखि वडा कार्यालयमा धाइरहेको भएपनि काम नभएको गुनासो गरे । कार्यालय समयमै विद्युतको लाइन कट्ने गरेको र वैकल्पिक व्यवस्था नहुदा काम हुन नसकेर आफु फर्किनने गरेको महराले बताए । वडा कार्यालयका सचिव नीरज दुवेदीले पनि वडा कार्यालयमा विद्युत आपुर्तिको वैकल्पिक व्यवस्था नहुदा सेवा प्रवाहमा समस्या भएको स्वीकारे । यसका साथै वडा कार्यालयमा रहेको कम...

आगामी शैक्षिक सत्र १ वैशाखमै सुरु हुने

Image
काठमाडौं,१५माघ : विद्यालय तहको आगामी शैक्षिक सत्र १ वैशाखमै सुरु हुने भएको छ ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले शिक्षा मन्त्रालयले १ वैशाखमै शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको जानकारी दिएको छ । यसअघि कोरोना महामारीका कारण पढाइ रोकिएका कारण गत वर्षको शैक्षिक सत्र १ जेठदेखि सुरु गरिएको थियो । केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गर्दै आगामी शैक्षिक सत्र १ वैशाखबाट सुरु हुने जनाएको छ ।साभारः अनलाइनखबर The post आगामी शैक्षिक सत्र १ वैशाखमै सुरु हुने appeared first on Madhes Khabar .

रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता

Image
काठमाडौं,१५ माघ : रवि लामिछानेले नेपाली नागरिकता प्राप्त गरेका छन्। आवश्यक प्रक्रिया पूरा गरेर लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता प्राप्त गरेका हुन्। आइतबार बिहान सुरक्षाकर्मीसहित लामिछाने नागरिकता पुन ः प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय पुगेका थिए। शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गरेको थियो। सर्वोच्चको आदेश पछि लामिछानेको सांसद र मन्त्री पद दुवै गुमेको थियो। लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए। नागरिकता विवादमा आएपछि उपप्रधान एवं गृहमन्त्री लामिछानेले पदबाट राजीनामा दिएका छन्। । गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेको हो। लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट हालेका थिए। मंसिर ४ मा सम्पन्न निर्वाचनमा लामिछान...

प्याब्सन टि-२० किक्रेटकाे उपाधि साउथ जाेन माविलाई

Image
मधेसखबर वीरगन्ज ,१४माघ :वीरगन्जमा आयाेजित साताैं प्याब्सन अन्तर विद्याललय नकआउट टि-२० किक्रेट प्रतियाेगिताकाे उपाधि साउथ जाेन माविले जितेकाे छ ।शनिबार आदर्शनगर रंगशालामा भएको फाइनल खेलमा साविक विजेता मनकामना माविलाई १८ रनले पराजित गर्दै साउथ जाेनले उपाधि जितेकाे हाे । टस जितेर पहिले व्याटिङ् गरेकाे साउथ जाेन माविले पूरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४२ रन बनाएको थियाे । १४३ रनकाे लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको मनकामना माविले १८.३ ओभरमा अलआउट हुँदै १२४ रन मात्र बनाएपछि खेल जित्दै साउथ जाेन माविले उपाधि पनि उचालेकाे हाे । प्रतियोगिताकाे सर्वाेत्कृष्ट खेलाडी साउथ जाेन माविका चन्दन राम घाेषित भए ।यस्तै बेस्ट व्याट्सम्यान मिनिल्याण्ड माविका साेनु पटेल, बेस्ट बलर मिनिल्याण्ड माविकै नितेश पासवान घाेषित भए । प्रतियोगिताकाे समापन समाराेहमा विजेता र उपविजेता टिमका खेलाडीलाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष गाेपाल कार्की र प्याब्सन पर्साका अध्यक्ष पुरण प्रधानले ट्रफी र मेडल प्रदान गरे । कार्यक्रममा तीन दशक भन्दा बढी समयदेखि क्रिकेट खेल क्षेत्रमा लागेर राष्ट्रिय टिमकाे प्रशिक्षक सम...

ऋषि धमलाकि पत्नि एलिजा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

Image
काठमाडौं ,१४माघ :कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । भैरहवामा शनिबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रवेश गराएकी हुन् । एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुन् ।नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले एलिजाको जिम्मेवारी टुंगो नलागेको बताइन् । ‘उहाँ हाम्रो पार्टीमा आउन इन्ट्रेस्ट राखेपछि प्रवेश गराउने कुरा स्वभाविक हो’, अध्यक्ष श्रेष्ठले भनिन्, ‘पार्टीमा आएपछि के जिम्मेवारी दिने भन्ने बैठकले निर्णय गर्छ, अहिले नै भन्ने कुरा होइन ।’ धेरैले एलिजाको नागरिक उन्मुक्ति पार्टी प्रवेश स्वभाविक नभई योजनाबद्ध भनेर टिप्पणी गरेका छन् । एलिजासँगै लुम्बिनीबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बनेका बर्दियाका राजेन्द्रवीर राय पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन् । उनी बैंकर तथा व्यवसायी हुन् । नागरिक उन्मुक्ति सत्ता साझेदार दल भएपनि माघ २५ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा गठबन्धन बाहिर गएर छुट्टै उम्मेदवारी दिएको छ । यो उम्मेदवारीलाई रेशम चौधरी रिहाइका लागि दबाबका रूपमा हेरिएको छ । The post ऋषि धमलाक...

रवि सांसदबाट पदमुक्त भएपछि अब चितवन-२ मा उपनिर्वाचन हुने

Image
काठमाडौं ,१३ माघ :निर्वाचन आयोगले चितवन–२ मा उपनिर्वाचन हुने जनाएको छ । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भई पदमुक्त भएपछि आयोगले कानुनबमोजिम सो क्षेत्रमा उपनिर्वाचन गर्ने भएको हो । निर्वाचन आयोगका एक पदाधिकारीले सर्वोच्चको फैसला आइसकेपछि आयोगले सरकारसँग परामर्श गरेर कानुनबमोजिम उपनिर्वाचन गर्ने बताए । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित हुने कुनै पनि सदस्यको पद प्रतिनिधिसभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै पनि कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पदका लागि उपनिर्वाचन हुने व्यवस्था छ । आयोगले ऐनको त्यही व्यवस्थाबमोजिम उपनिर्वाचन गर्ने जनाएको छ । चितवन–२ बाट निर्वाचित भएका लामिछाने उपप्रधान तथा गृहमन्त्रीसमेत बनेका थिए । सर्वोच्च अदालतले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिइसकेको, तर स्वदेश फिर्ता भएपछि नागरिकता कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै हाल उनी नेपाली नागरिक नरहेको ठहर गरेको हो...

प्रधानमन्त्रीसमक्ष रविले बुझाए राजिनामा

Image
काठमाडौं ,१३ माघ :सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् । उनका प्रेस संयोजक नवराज पाण्डेका अनुसार लामिछानेले शुक्रबार साँझ बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरेको छ । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको छ ।साभार:अनलाइनखबर The post प्रधानमन्त्रीसमक्ष रविले बुझाए राजिनामा appeared first on Madhes Khabar .

उपप्रधान तथा गृहमन्त्री लामिछानेको सांसद् पद खारेज

Image
काठमाडौं :१३ माघ : सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज गरिदिएको छ । उनले नेपाल नागरिकता पुनःप्राप्तिको प्रक्रिया पुरा नगरेको भन्दै उनी सांसद बन्न योग्य ठहर गरेको हो । योसँगै उनी सांसद् र उपप्रधान तथा गृहमन्त्री हुन अयोग्य भएका छन् । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हा संलग्न संवैधानिक इजलासले शुक्रबार उनीविरुद्ध परेको मुद्दाको फैसला गर्दै नागरिकता कायम नहुने ठहर गरेका हुन् । गृहमन्त्री रवि लामिछाने गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा चिवतन–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्दा उनीसँग नेपाली नागरिकता नभएको भन्दै उनको उम्मेदवारी नै खारेजी गर्न माग गर्दै अधिवक्ताहरू रविराज बसौला र युवराज पौडेलले रिट दायर गरेका थिए । रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले पुस ६ मा कारण देखाऊ आदेश जारी गरेको थियो । साथै, अन्तरिम आदेशमार्फत् लामिछानेलाई सांसद्का रूपमा कामकाजमा रोक लगाउन माग गरिएको सन्दर्भमा पु...

आत्मदाह गरेका प्रेमप्रसादलाई कृषि शहीद घोषणा गर्नु पर्ने परिवारको माग

Image
काठमाडौं,१३ माघ : काठमाडौंमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारले उनलाई कृषि शहीद घोषणा गर्नु पर्नेसहितका माग गरेका छन् । उनीहरुले गृहमन्त्री रवि लामिछानेमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको १० बुँदे माग पत्रमा आचार्यलाई आर्थिक कृषि क्रान्तिको प्रथम शहीद घोषणा गर्नु पर्ने माग गरिएको छ । आफ्नो माग पूरा नभएसम्म आचार्यको शव नउठाउने र अन्त्येष्टि नगर्ने परिवारको अडान छ । माग पत्रमा आचार्यले आत्मदाह गर्नुअघि राखेका २५ बुँदे सझावहरु सम्बोधन हुनु पर्ने, आचार्यले लिएको कर्जा राज्यले स्वामित्व लिई चुक्ता गरिदिनु पर्ने माग गरिएको छ । परिवारले मन्त्रालयका बुझाएको पत्रमा आचार्यको आत्मदाहको घटनालाई ‘बानेश्वरस्थिति भएको कृषि युवा व्यवसायीको बिद्रो स्वरुप गरेको आत्मदाह’ भनिएको छ । आचार्यले गत मंगलबार नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो लगाएका थिए । उनको उपचारका क्रममा बुधबार बिहान निधन भएको थियो ।साभार:अनलाइनखबर The post आत्मदाह गरेका प्रेमप्रसादलाई कृषि शहीद घोषणा गर्नु पर्ने परिवारको माग appeared first on Madhes Khabar .

मधेस प्रदेशमा हेरफेर गरेरै दिएकाे कृषि मन्त्रालय स्विकार्याे जनमत पार्टीले

Image
जनकपुर,१३ माघ :मधेशस प्रदेश सरकारमा सहमति विपरीत हेरफेर गरेर दिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय जनमतले स्वीकारेको छ । जनमतबाट बिना विभागीय मन्त्री बसन्त कुशवाहाले आज शुक्रबार पदभार ग्रहण गर्ने जनमत संसदीय दलका नेता महेशप्रसाद यादवले जानकारी दिए । सामाजिक विकास मन्त्रालय नदिएर कृषि मन्त्रालय दिएपछि असन्तुष्ट बनेको जनमत संसदीय दलको बैठक शुक्रबार बिहान जनकपुरमा बसेको थियो । बैठकले तत्काल कृषि मन्त्रालय नै स्वीकार गर्ने निर्णय गरेको दलका नेता यादवले बताए । ‘जनमतले समाजिक विकास र कृषि मन्त्रालय लिने सहमति भएको थियो । तर पहिलो चरणमै सामाजिक विकास मन्त्रालय दिनु पर्नेमा हेरफेर गरेर कृषि दियो । हामीले मागेकै मन्त्रालय दिएकोले तत्काल स्वीकार गर्ने हाम्रो निर्णय भएको छ’, उनले भने, ‘अब सामाजिक विकास मन्त्रालयको लागि दबाब दिन्छौं ।’ मधेस सरकारको तश्रो ठूलो दल जनमतका कुशवाहालाई महत्वपूर्ण तीन मध्ये पहिलो चरणमा समाजिक विकास मन्त्रालय दिने दलहरुबीच सहमति भएको थियो ।साभार:अनलाइनखबर The post मधेस प्रदेशमा हेरफेर गरेरै दिएकाे कृषि मन्त्रालय स्विकार्याे जनमत पार्टीले appeared first on Ma...

सुनको मुल्यले नयाँ रेकर्ड राख्ने क्रम जारी, आज कतिमा हुँदैछ कारोबार?

Image
काठमाडौं ,१२ माघ :नेपाली बजारमा सुनकाे मूल्य बढ्ने क्रमले बिहीबार पनि निरन्तरता पाएकाे छ। गत मंगलबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ पुगेको थियो। उक्त रेकर्डलाई पनि पार गर्दै आज बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ७ हजार रुपैयाँ नजिक पुगेको छ। बुधबार तोलामा एक सय रुपैयाँ घटेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला एक लाख छ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख छ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार सात रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज बिहीबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज बिहीबार चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो। आज बिहीबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय...

प्रेम आचार्यले उठाएका विषयकाे छानबिन गर्ने मन्त्रीपरिषद्काे निर्णय

Image
काठमाडौं ,११माघ : आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न मन्त्रिपरिषद्को बैठकले गृहमन्त्रालयलाई जिम्मेवारी दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार आत्मदाहको प्रयास गरी घाइते भएका र बुधबार उपचारको क्रममा मृत्यु भएका आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो । मन्त्रिपरिषद्ले आचार्यले सामाजिक सञ्जाल फेसबुकमा उठाएका विषय तथा आत्मदाह प्रयासको कारणबारे पत्ता लगाउन गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो । एक मन्त्रीले भने, ‘आत्मदाहको प्रयास गरेका आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न र त्यससम्बन्धमा सरकारले के के गर्नुपर्ने हो सुझाव तयार पार्ने भनेको छ ।’ आचार्यको परिवारलाई राहतलगायत विषयमा पनि निर्णय गर्ने जिम्मेवारी मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई दिएको ती मन्त्रीले जानकारी दिए ।साभार:कान्तिपुर The post प्रेम आचार्यले उठाएका विषयकाे छानबिन गर्ने मन्त्रीपरिषद्काे निर्णय appeared first on Madhes Khabar ...

सखुवा प्रसाैनीका किसानलाई माछा पालन सम्बन्धि तालिम

Image
मधेसखबर वीरगन्ज ,११ माघ : पर्साकाे सखुवाप्रसौनी गाउँपालिकाले व्यवसायिक माछा पालन गर्ने किसानलाई एक दिने तालिम दिएकाे छ ।गाँउपालिकाका विभित्र वडाका १७ जना किसानलाई पालिकाले तालिम दिएकाे हाे । गाँउपालिकाकाे पशु सेवा शाखाले वडा नम्बर २ काे वडा कार्यालयकाे सभाहलमा आयोजना गरेकाे तालिममा सहभागी किसानहरुलाई त माछापालन सम्बन्धि तालिम दिइएकाे वडा अध्यक्ष चिरञ्जीवी महताे थारुले जानकारी दिए । तालिममा किसानहरुलाई व्यवसायिक रुपमा माछा पालन कसरी गर्ने , पाेखरीकाे व्यवस्थापन कसरअं गर्ने , प्रविधीकाे उपयाेग गर्ने तरिका बारे प्रशिक्षक रोशन कंडेलले सिकाएकाे थारुले बताए । The post सखुवा प्रसाैनीका किसानलाई माछा पालन सम्बन्धि तालिम appeared first on Madhes Khabar .

वीरगन्जमा एकैदिन २ करोड भन्दा बढिको सामान सहित तीन वटा गाडी पक्राउ

Image
मधेसखबर वीरगन्ज,१० माघ :वीरगन्जमा प्रहरीले एकै दिन दुइ करोड भन्दा बढि मुल्यको तस्करीको सामान सहित तीन वटा मालवाहक सवारी साधन बरामद गरेको छ । भारतबाट राजश्व छलेर भित्रयाइएको आशंकामा सोमबार प्रहरीले वीरगन्जको ड्राइपोर्ट चोक र आदर्शनगरबाट ती मालसामान सहितको दुइ वटा ट्रक र एउटा पिकअप गाडी नियन्त्रणमा लिलएको हो । वीरगन्जको आइसिपी हुदै काठमाण्डौ जाँदै गरेको बीआर ०५ जी ९४९१ नम्बरको पिकअप गाडी वीरगन्ज २६ ड्राइपोर्ट चोकबाट , ना.५ ख ३८४७ नम्बरको ट्रक र बा.प्र.०३–००१ ख १२६४ नम्बरको ट्रक वीरगन्ज १० आदर्शनगरबाट प्रहरीले नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा ती ततीन वटै मालवाहक गाडीबाट बिलबिजक नभएका करिब २ करोड १२ लाख ९२ हजार ४५२ रुपैया मुल्यको लत्ताकपडा र खुद्रा सामानहरु बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरिले जानकारी दिए । बिलबिजक बेगरका सामान फेला परेपछि सामन सतिहको तीन वटै गाडी अनुसन्धान तथा आवश्यक कारबाहीको लागि मङगलबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको गिरिले बताए ।   The post वीरगन्जमा एकैदिन २ करोड भन्दा बढिको सामान सहि...

बारामा एकैदिन ३३२ जना फरार अभियुक्त पक्राउ

Image
मधेसखबर वीरगन्ज,१० माघ : बारामा विभिन्न अपराधमा अदालतबाट दोषी ठहर भइ फरार रहेका ३३२ जना अभियुक्तलाई एकै दिन पक्राउ गरेको छ । विभिन्न अपराधमा अदालतबाट कैद तथा जरिवानाको फैसला भई कानूनी कारवाहीको दायराबाट भाग्दै लुकीछिपी बस्दै आएका ३३२ जना अभियुक्तलाई सोमबार एकै दिन जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले बताए । कर्तव्य ज्यान, जबर्जस्ती करणी, लागुऔषध लगायत जघन्य तथा बहुविवाह, चेक अनादर, अंशबण्डा, सम्बन्ध विच्छेद, कुटपिट लगायत मुद्दामा बारा जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका ३३२ जनालाई सोमबार एकै दिन पक्राउ गरिएको बोगटीले जानकारी दिए । पक्राउ पर्नेहरुमा बैंकिङ कसुर ठगी मुद्धामा ६ वर्ष ५ महिना १० दिन सजाय पाएका कलैया १ बस्ने विजय दास देखि हातहतियार तथा खरखजना मुद्दामा २ वर्ष ११ महिना ६ दिन कैद सजाय पाएका निजगढका बन्सु चौधरी र बैकिङ्ग कसूर मुद्दामा ७ लाख जरिवाना सजाय भएका पचरौता नगरपालिका २ का एजाजुल हक अन्सारी लगायतका रहेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरी उपरिक्षक बोगटीका अनुसार फरार प्रतिवादी पक्राउ गर्नका लागि १५ दिन पहि...

सुनकाे मुल्यमा नयाँ रेकर्ड कायम : ताेलाकाे १ लाख ६ हजार ३ सय

Image
फाइल फाेटाे वीरगन्ज ,१०माघ : सुनको मुल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ । यसअघि गत फागुन २५ गते सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय पुगेको थियो । जुन उच्च मूल्य एक वर्ष नपुग्दै तोडिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार रुपैयाँ बढी हो । यसअघि सोमबार १ लाख ५ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय मूल्य उतारचढावअनुसार नेपालमा महासंघले मूल्य निर्धारण गर्दै आएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने गत फागुन २५ गते प्रतितोला १ हजार ४५० रुपैयाँ पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । The post सुनकाे मुल्यमा नयाँ रेकर्ड कायम : ताेलाकाे १ लाख ६ हजार ३ सय appeared first on Madhes Khabar .

सरकारले ताेकेकाे उखुको मूल्य कम भएकाले पुर्नविचार गर्न समाजवादी किसान महासंघको माग

Image
मधेसखबर वीरगन्ज,०८ माघ: सरकारले निर्धारण गरेको उखुको समर्थन मूल्य कम भएकाले यस बारे पुनर्विचार गर्न समाजवादी पार्टी (जसपा) को भातृ संगठन समाजवादी किसान महासंघ नेपालले सरकारसंग माग गरेको छ । वीरगन्जमा आइतबार सम्पन्न महासंघको केन्द्रीय सम्पादन समितिकाे बैठकले यस्ताे माग गरेकाे हाे । उखुकाे समर्थन मुल्य प्रति देशभरका किसानहरुले असन्तुष्टी जनाइरहेको हुँदा पुनःविचार गर्नुपर्ने महासंघको माग छ । सरकारले तोकेको उखुको मूल्यले कृषकको लागत खर्च पनि नउठ्ने हुँदा पुनः विचार गरी कृषकको माग सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता पनि बैठकमा सहभागीहरुले गरेका छन् । यस्तै बैठकले कृषकले उत्पादन गरेको धान बिचौलीया तथा व्यापारीकहाँ नगई सरकारले नै उचि मूल्यमा खरिद गर्नुपर्ने माग पनि गरेको छ । सरकारले धानको समर्थन मूल्य तोकेपनि किसानहरुले समयमै मूल्य अनुसारको बिक्री गर्न नपाउने जस्ता विभिन्न जटिलतालाई मध्यनजर गर्दै महासंघले सरकारले नै किसानकाे धान खरिद गर्नुपर्ने माग गरेको हो । सरकारमार्फत नै किसानले धान बिक्रि गर्न पाए ठगीने, कम मूल्यमा बेच्नुपर्ने, बजार नपाउने जस्ता समस्याहरुको अन्त्य हुने विश्वास महासंघको...

भारतमा दुई नेपालीको अपहरणपछि हत्या

Image
महेन्द्रनगर (धनुषा), ८ माघ  धनुषाको जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो । दुवैजना गत पुस २७ गतेदेखि बेपत्ता थिए । सम्पर्कविहीन भएका उनीहरु एउटै परिवारका हुन । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने एक नातेदारको घर गएका थिए । गत सोमबार विष्णुका परिवारलाई भारतीय नम्बरबाट अपहरणकारीले रु ५० लाख रकम माग गरेका थिए । विष्णुको परिवार अपहरणकारीलाई रु २० लाख दिन सहमत भएको उनको परिवारका एक सदस्यले बताए । अपहरणकारीले रु २० लाख लिएर सर्लाहीको मलङ्गवा नजिक नेपाल–भारत सीमा क्षेत्रमा बोलाएका थिए । यसबारे विष्णुको परिवारले प्रहरीलाई जानकारी गराएको थियो । "हामीले यसबारे भारतीय प्रहरीलाई खबर ग¥यौँ", धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले भन्नुभयो– "भारतीय प्रहरीले दुई शव भेटेपछि आज हामीलाई खबर गरेको हो ।" भारत बिहारको सीतामढीमा खाडलमा गाडिएको अवस्थामा दुवै जनाको शव फेला पर...

उपसभामुखमा रास्वपाकी रानामगर निर्वाचित

Image
काठमाडौं ,०७ माघ :उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भयो । प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्‍यो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे । इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सत्तारुढ गठबन्धनका दलहरुले मतदान गरे ।साभार:अनलाइनखबर The post उपसभामुखमा रास्वपाकी रानामगर निर्वाचित appeared first on Madhes Khabar .

बजार छपकैयामाकाे रक्तदान कार्यक्रममा ३४ जनाद्वारा रगत दान

Image
मधेसखबर वीरगन्ज ,०७माघ : वीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैयामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शीवशक्ती युवा क्लबले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा १महिला सहित ३४ जनाले रगत दान गरेका छन् ।रगत दान गर्नेहरुमा श्रद्धा देवी, हरिकृष्ण साह, तबरेज अहमद, कामेश मल्लिक ,श्रीराम कुशवाहा, सन्ताेष गुप्ता ,अशाेक साह, गुलाब अन्सारी लगायतका रहेकाे रहेकाे रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधिक धिरेन्द्र झाले जानकारी दिए। क्लबका अध्यक्ष भाेला साह तेलीकाे अध्यक्षता तथा वडा अध्यक्ष मनाेज राउत कुर्मीकाे प्रमुख आतिथ्यतामा भएकाे रक्तदान कार्यक्रममा स्थानीय समाजसेवी, क्लबका पदाधिकारी , सदस्य लगायतकाे पनि उपस्थिति रहेकाे थियाे । The post बजार छपकैयामाकाे रक्तदान कार्यक्रममा ३४ जनाद्वारा रगत दान appeared first on Madhes Khabar .

सशस्त्र प्रहरी दिवसमा बाराको पिलुवामा १०० जनाद्धारा रक्तदान

Image
मधेसखबर वीरगन्ज,०६माघ : २२ औं सशस्त्र प्रहरी दिवसको उपलक्ष्यमा बाराको पिलुवामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पिलुवा स्थित सशस्त्र प्रहरी बल नम्बर ४० गण रिजर्भ हेड क्वार्टर गणको आयोजनामा भएको रक्तदान कार्यक्रममा ७ महिला सहित १ सय जनाले रगत दान गरेका छन् । रगत दान गर्नेहरुमा संगीता अधिकारी , सन्जय भट्टराइ , अमर बहादुर खत्री,हस्त बहादुर सापकोटा,सन्जय पटेल,राम कुमार अधिकारी ,लक्ष्मी थिङ परियार, उमेश राइ,प्रेम तिमिल्सिना,कर्ण तमांग,कुमार श्रेष्ठ लगायतका रहेको रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधीक प्रमुख शौरभराज पाण्डेले जानकारी दिए । सशस्त्र प्रहरी उपरिक्षक सन्जय भट्टराइको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीका अधिकारीहरुको पनि उपस्थिती रहेको थियो । The post सशस्त्र प्रहरी दिवसमा बाराको पिलुवामा १०० जनाद्धारा रक्तदान appeared first on Madhes Khabar .

पर्सामा कुष्ठ रोगका बिरामी सबै भन्दा बढि वीरगन्ज महानगरमा

Image
मधेसखबर वीरगन्ज,०६ माघ : पर्सामा कुष्ठ रोगका बिरामीको संख्या बढ्दै गएको छ । अन्र्तराष्ट्रय कुष्ठ रोग दिवसको सन्दर्भमा शुक्रबार वीरगन्जमा आयोजित एक कार्यक्रममा पर्सा जिल्लामा अहिले कुष्टरोगका ५४१ जना बिरामी रहेको जानकारी गराइएको हो । स्वास्थ्य कार्यालय पर्साको समन्वयमा द ल्याप्रोसी मिसन नेपालले आयोजना गरेको अभिमूमीखीकरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो । पर्सामा हाल कुष्ठ रोगका ५४१ बिरामी रहेकोमा ती मध्ये जटील अवस्थाका ४४१ जना र सामान्य अवस्थाका ९८ जना रहेको द ल्याप्रोसी मिसन नेपालकी पर्सा जिल्ला अनुगमन तथा मुल्यांकन अधिकृत रिजु तिवारीले जानकारी दिइन् । जिल्लामा सबै भन्दा बढि वीरगन्ज महानगरपालिकामा २०६ जना र ठोरी गाँउपालिकामा भने कुष्ठ रोगका बिरामीको संख्या शुन्य रहेको छ । यस्तै पटेर्वासुगौली गाँउपालिकामा ७० जना , पोखरिया नगरपालिकामा ५१ जना , कालिकामाई गाँउपालिकामा ४१ जना , विन्दवासीननी गाँउपालिकामा ४० जना , जीराभवानी गाँउपालिकामा २६ जना ,बहुदरमाइ नगरपालिकामा २६ जना ,जगरनाथपुर गाँउपालिकामा २३ जना , पकाहा मैनपुर गाँउपालिकामा १७ जना ,छिपहरमाई गाँउपालिकामा १४ जना , सखुवा प्रसौनी ग...

वीरगन्जमा बलिदानी दिवस :मधेसी शहिदका शालिकमा फुल चढाएर श्रद्धाञ्जली अर्पण

Image
मधेसखबर वीरगन्ज ,०५ माघ : मधेस आन्दोलनका शहिदहरुकाे सम्झनामा आज माघ ५ गते वीरगन्जमा पनि बलिदानी दिवस मनाइएको छ । मधेस आन्दोलनका प्रथम सहिद रमेश महत्ताे हुन् । पहिलाे मधेस आन्दोलनका क्रममा सिरहाकाे लहानमा २०६३ माघ ५ गते आजैका दिन महत्ताेले शहादत प्राप्त गरेका थिए । मधेसीकाे हक अधिकार प्राप्तिका लागि २०६३ देखि २०७२ सम्म पटक पटक भएका मधेस आन्दाेलनमा गरि १०७ जनाले शहादत प्राप्त गरेका छन् । तीनै शहिदहरुकाे सम्झनामा हरेक माघ ५ गते मधेसी दलले बलिदानी दिवस मनाउदै आएका छन् । बलिदानी दिवसमा मधेस प्रदेश सरकारले आज बिहीबार प्रदेशमा सार्वजनिक विदा समेत दिएकाे छ । वीरगन्जकाे घण्टाघर चाेक नजिकैकाे मधेसी सहिद पार्कमा बिहिबार जनता समाजवादी पार्टी (जसपा) पर्साका नेता कार्यकर्ताले शहिदका शालिकमा फुलमाला चढाएर श्रद्धाञ्जली अर्पण गरे । त्यस क्रममा उनिहरुले मधेस आन्दोलन र मधेसी शहिदहरुकै त्याग र बलिदानीका कारण मधेसीले पहिचान , संघीयता , समावेशीता लगायतका अधिकार पाउन सफल भएकाे बताए । अझै पनि मधेस आन्दोलनका केही मुद्दा सम्बाेधन हुन बाँकी नै रहेकाे भन्दै जसपाका नेताहरूले त्यसका लागि आफुहरुकाे संघर्ष जारी न...

साढे २२ लाख रुपैयाँसहित दुईजना पक्राउ

Image
वीरगंज, ४ माघ । जिल्ला प्रहरी कार्यालय, पर्साले हुण्डी कारोबार गरेको आरोपमा दुईजनालाई साढे २२ लाखसहित पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा वीरगञ्ज म.न.पा. वडा नं. १६ नगवा बस्ने वर्ष ३४ को बिकाश साह र जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं. १८ ईनर्वा मनियारी बस्ने वर्ष १९ को सुवास कुमार साह रहेको प्रहरीले जनाएको छ । २०७९ पुस ३ गते दिउँसो २ः३० बजे अस्थायी प्रहरी पोस्ट घण्टाघरको चेकिङ टोलीले बिआर०५एइ ९३४३ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा स्कुटर पछाडी बस्ने सुवास कुमार साहले बोकेको झोलाबाट बाईस लाख पचास हजार भेटिएको जिप्रका, पर्साले जनाएको छ । उनले रुपियाँहरूको  श्रोत खुलाउन नसकेको हुँदा सुवाससँगै स्कुटी चालक विकाश कुमार साहलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । 

एक मन्त्री लिएर लोसपा सरकारमा जान तयार

Image
फाइल फोटो काठमाडौ,०२माघः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि संघीय सरकारमा सहभागी हुने भएको छ ।२६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपा एक मन्त्री लिएर सरकारमा जान तयार भएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पनि लोसपालाई सरकारमा ल्याउन सहमत भएका छन् । लोसपाका एक नेता भन्छन्, ‘सरकारमा जाने पक्का भएको छ, मन्त्रीको नामबारे निर्णय भइसकेको छैन ।’ प्रतिनिधिसभामा लोसपाका चार सांसद छन् ।साभारः अनलाइनखबर The post एक मन्त्री लिएर लोसपा सरकारमा जान तयार appeared first on Madhes Khabar .

कलाकारहरूलाई पारिश्रमिक त के,राम्ररी खान,बस्न समेत पाईदैन-निखिल झा

Image

बारामा मोटरसाइकल पुल मुनि खस्दा दुई जनाको मृत्युु

Image
मधेसखबर वीरगन्ज,०२मा घः बारामा मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।महागढीमाई नगरपालिका वडा नम्बर ९ पिपराविर्ता स्थित गण्डक नहरको थलही पुलमा आइतबार राति तीन जना सवार ना२६प २२९५ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा बाराकै सिम्रौनगढ नगरपालिका १ बैरियाका २२ वर्षिय ताहिद अन्सारी र २३ वर्षिय कासिम अन्सारीको मृत्यु भएको हो ।दुर्घटनामा बैरियाकै २२ वर्षिय गुड्डु अन्सारी सामान्य घाइते भएका छन् । माघे संक्रान्तिको मेला हेरेर घर फर्किदै गरेका उनिहरु सवार मोटरसाइकल राति ९ बजे अनियन्त्रित भइ थलहि पुल मुनि खसेको थियो । घाइते गुड्डुले खबर गरेपछि खोजतलाशका क्रममा मृतक दुवै जनाको शव सोमबार बिहान थलही खोलामा फेला परेको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । The post बारामा मोटरसाइकल पुल मुनि खस्दा दुई जनाको मृत्युु appeared first on Madhes Khabar .

बारामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

Image
वीरगञ्ज  २ माघ । बारामा मोटरसाईकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सिम्रौनगढ नगरपालिका-१ बैरिया बस्ने २३ वर्षीय कासिम अन्सारी र २२ वर्षीय तहिद अन्सारीको मृत्यु भएको हो । उनीहरु दुवै जनाको शव खोजतलासको क्रममा थलही खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । दुर्घटनामा बैरियाकै २२ वर्षीय गुड्डु अंसारी सामान्य घाईते छन् । शरीरमा समान्य चोट मात्रै रहेकोले उनी घरमा नै आराम गरिरहेको प्रहरीले जनाएको छ । उनीहरु तीनै जना एउटै मोटरसाईकलमा सवार थिए । आइतबार राति ९ बजे महागढीमाई नगरपालिका–९ थलही पुलमा गढीमाईबाट श्रीनगरतर्फ जाँदै गरेको ना.२६ प.२२९५ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई पुल मुनी खसेको थियो । मोटरसाईकलमा तीन जना सवार थिए । दुर्घटनामा परी घाईते भएका गुड्डुले नै घरमा आफन्तलाई मोटरसाईकल दुर्घटना भएको जानकारी गराएका थिए । दुर्घटनाको बारेमा सोमबार बिहान २ बजे मात्रै खबर पाएको प्रहरीले जनाएको छ । प्रहरी टोली पुग्दा मोटरसाईकल थलही खोलामा नै भेटिएको थियो । कासिम र ताही भेटिएका थिएनन् । खोजतलासको क्रम...

बारामा तस्कर र प्रहरीबीच झडप, दुई प्रहरी घाइते, दुईजना तस्कर पक्राउ

श्रीगढीमाई संवाददाता कलैया, २ माघ । गृहमन्त्री रवि लामिछानेले तस्करी नियन्त्रण गर्न कडाइ गर्ने आदेश दिएपछि प्रहरी पनि तस्करी नियन्त्रणमा सक्रिय भएको छ । बाराको सीमावर्ती क्ष्Fेत्रमा व्यापक तस्करी हुने गरेको छ । प्रहरीले तस्करी कार्य रोक्न खोज्दा केही स्थानमा प्रहरी र तस्करबीच झडप भएको समाचार छ । बारा, विश्रामपुर गा.पा.–१ कल्याणपुर सीमामा खटिएका प्र.स.नि. बिकरू मण्डलले भन्सार छलि गरी भारतबाट नेपालतर्फ साइकलमा ल्याउँदै गरेको सामान चेकजाँच गर्दा विवाद भएको छ । कल्याणपुर बस्ने मनोहर पटेल, धर्मेन्द्र पटेललगायत ९०–१०० जना स्थानीय व्यक्तिले प्र.स.नि.बिकरू मण्डल, प्र.ह. उमेश पण्डितलाई कुटपिट गरी घाइते भएका छन् । घाइते दुवै प्रहरीको कलैया अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले कुटपिटमा संलग्न मनोहर पटेल र धर्मेन्द्र पटेललाई पक्राउ गरी कारबाइ गरिरहेको  जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो। यसैगरी बारा सिम्रौनगढ न.पा ११ पिठुवा सीमा नजीकैबाट डिउटीमा खटिएको प्रहरी टोलीसँग भारतीय तस्करले विवाद गरी हातपात गरेको समाचा...

‘३ घन्टा भइसक्यो, हाम्रो आफन्तको स्थिति के छ त्यो त भनिदिनुहोस् : विमानस्थलमा पुगेका आफन्तहरु

काठमाडौं । विमान दुर्घटना भएको खबर थाहा पाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका आफन्तहरु आक्रोशित भएका छन् । आफन्तकोस्थिति बुझ्न पोखरा जान चाहे पनि पोखरा जाने व्यवस्था नभएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका छन् । उनीहरु यति एयर र विमानस्थल कार्यालयप्रति आक्रोशित भएका छन् । पोखरामा यति एयरको विमान दुर्घटनामा परेपछि पोखराको उडान रोकिएको छ । अर्का यात्रीका आफन्तले यति एयरका कर्मचारीसँग प्रश्न गरे, ‘३ घन्टा भइसक्यो, हाम्रो आफन्तको स्थिति के छ त्यो त भनिदिनुहोस् ।’ The post ‘३ घन्टा भइसक्यो, हाम्रो आफन्तको स्थिति के छ त्यो त भनिदिनुहोस् : विमानस्थलमा पुगेका आफन्तहरु appeared first on Nepal Post Daily . credit: Nepalpostdaily

जनकपुर : लोसपा विद्यार्थी संघका पदाधिकारीलाई स्वागत तथा सम्मान

Image
जनकपुरधाम, ३० पुस ।  लोकतान्त्रिक विद्यार्थी संघ नगर कार्यसमितिका पदाधिकारीलाई स्वागत तथा सम्मान गरिएको छ। लोसपा विद्यार्थी संघको जनकपुरधाम नगर कार्य समितिका अध्यक्ष अमित ठाकुरको अध्यक्षतामा नवगठित नगर कार्यसमितिका पदाधिकारीहरुलाई शनिबार स्वागत तथा सम्मान गरिएको हो । लोकतान्त्रिक विद्यार्थी संघका पूर्व केन्द्रिय सह–सचिव रोशन मिश्रको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यार्थी नेता दिनेश यादव, धनुषा जिल्ला सचिव सिद्धार्थ चौधरी, महोत्तरी जिल्ला सचिव शिव साहलगायत सयौं विद्यार्थीहरुको उपस्थिति रहेको थियो । अमित ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक विद्यार्थी संघ जनकपुरधाम नगर समितिलाई पुस २६ गते विस्तार गरिएको थियो । विस्तारित समितिको उपाध्यक्षमा आदित्य पाण्डे र मो. जुवेर साफी रहेका छन् । त्यस्तै, सचिवमा अमन पाठक, सह–सचिवमा गौतम झा, कोषाध्यक्षमा दिपिका यादव रहेका छन् । नवगठित कार्य समितिको सदस्यहरुमा आयुष सिंह राजपुत, गोबिन्द झा, अंकित झा, श्रीराम शर्मा, रितिक झा, अंकित ठाकुर, राधा यादव, रक्की ठाकुर, दिपक साह, चन्दन शर्मा, निरज साह, सुरज गुप्ता, जय यादव, सत्यम ठाकुर, अनि चौधरी, शुभ...

मधेस : सभामुखका लागि एमालेका मण्डल र काँग्रेसका यादवको उम्मेदवारी

Image
मधेसखबर वीरगन्ज,३०पुसः मधेस प्रदेशसभाको सभामुखका लागि दुइ जनाले उम्मेदवारी दिएका छन् । सभामुख पदका लागि आइतबार सत्ता गठबन्धनबाट नेकपा एमालेका सांसद रामचन्द्र मण्डल र नेपाली काँग्रेसका तर्फबाट सांसद जंगिलाल यादवले उम्मेदवारी दिएका हुन् । मण्डल सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । सत्ता गठबन्धनका उम्मेदवार मण्डलले ७२ जना प्रदेश सांसदको समर्थन रहेको दाबी गर्दै सभामुखमा उम्मेदवारी दिएका हुन् । यादवलाई कांग्रेस सांसदहरुको मात्रै समर्थन छ । १ सय ७ सदस्यीय मधेसको प्रदेशसभामा कांग्रेस दोस्रो ठूलो दल हो । कांग्रेससँग २२ सांसद मात्र छन् । सभामुखको निर्वाचन माघ २ गते सोमबारका लागि तोकिएको छ । The post मधेस : सभामुखका लागि एमालेका मण्डल र काँग्रेसका यादवको उम्मेदवारी appeared first on Madhes Khabar .