डाटा लोड हुँदैछ...

वीरगन्जमा एकैदिन २ करोड भन्दा बढिको सामान सहित तीन वटा गाडी पक्राउ

मधेसखबर
वीरगन्ज,१० माघ :वीरगन्जमा प्रहरीले एकै दिन दुइ करोड भन्दा बढि मुल्यको तस्करीको सामान सहित तीन वटा मालवाहक सवारी साधन बरामद गरेको छ ।

भारतबाट राजश्व छलेर भित्रयाइएको आशंकामा सोमबार प्रहरीले वीरगन्जको ड्राइपोर्ट चोक र आदर्शनगरबाट ती मालसामान सहितको दुइ वटा ट्रक र एउटा पिकअप गाडी नियन्त्रणमा लिलएको हो ।

वीरगन्जको आइसिपी हुदै काठमाण्डौ जाँदै गरेको बीआर ०५ जी ९४९१ नम्बरको पिकअप गाडी वीरगन्ज २६ ड्राइपोर्ट चोकबाट , ना.५ ख ३८४७ नम्बरको ट्रक र बा.प्र.०३–००१ ख १२६४ नम्बरको ट्रक वीरगन्ज १० आदर्शनगरबाट प्रहरीले नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा ती ततीन वटै मालवाहक गाडीबाट बिलबिजक नभएका करिब २ करोड १२ लाख ९२ हजार ४५२ रुपैया मुल्यको लत्ताकपडा र खुद्रा सामानहरु बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरिले जानकारी दिए ।

बिलबिजक बेगरका सामान फेला परेपछि सामन सतिहको तीन वटै गाडी अनुसन्धान तथा आवश्यक कारबाहीको लागि मङगलबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको गिरिले बताए ।

 

The post वीरगन्जमा एकैदिन २ करोड भन्दा बढिको सामान सहित तीन वटा गाडी पक्राउ appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर