जनकपुर : लोसपा विद्यार्थी संघका पदाधिकारीलाई स्वागत तथा सम्मान
जनकपुरधाम, ३० पुस । लोकतान्त्रिक विद्यार्थी संघ नगर कार्यसमितिका पदाधिकारीलाई स्वागत तथा सम्मान गरिएको छ।
लोसपा विद्यार्थी संघको जनकपुरधाम नगर कार्य समितिका अध्यक्ष अमित ठाकुरको अध्यक्षतामा नवगठित नगर कार्यसमितिका पदाधिकारीहरुलाई शनिबार स्वागत तथा सम्मान गरिएको हो ।

लोकतान्त्रिक विद्यार्थी संघका पूर्व केन्द्रिय सह–सचिव रोशन मिश्रको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यार्थी नेता दिनेश यादव, धनुषा जिल्ला सचिव सिद्धार्थ चौधरी, महोत्तरी जिल्ला सचिव शिव साहलगायत सयौं विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
अमित ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक विद्यार्थी संघ जनकपुरधाम नगर समितिलाई पुस २६ गते विस्तार गरिएको थियो । विस्तारित समितिको उपाध्यक्षमा आदित्य पाण्डे र मो. जुवेर साफी रहेका छन् ।
त्यस्तै, सचिवमा अमन पाठक, सह–सचिवमा गौतम झा, कोषाध्यक्षमा दिपिका यादव रहेका छन् ।
नवगठित कार्य समितिको सदस्यहरुमा आयुष सिंह राजपुत, गोबिन्द झा, अंकित झा, श्रीराम शर्मा, रितिक झा, अंकित ठाकुर, राधा यादव, रक्की ठाकुर, दिपक साह, चन्दन शर्मा, निरज साह, सुरज गुप्ता, जय यादव, सत्यम ठाकुर, अनि चौधरी, शुभम ठाकुर र ऋषि पाण्डे रहेका छन् ।

The post जनकपुर : लोसपा विद्यार्थी संघका पदाधिकारीलाई स्वागत तथा सम्मान appeared first on Nepal Post Daily.
credit: Nepalpostdaily
Comments
Post a Comment