डाटा लोड हुँदैछ...

पर्सामा कुष्ठ रोगका बिरामी सबै भन्दा बढि वीरगन्ज महानगरमा

मधेसखबर
वीरगन्ज,०६ माघ : पर्सामा कुष्ठ रोगका बिरामीको संख्या बढ्दै गएको छ । अन्र्तराष्ट्रय कुष्ठ रोग दिवसको सन्दर्भमा शुक्रबार वीरगन्जमा आयोजित एक कार्यक्रममा पर्सा जिल्लामा अहिले कुष्टरोगका ५४१ जना बिरामी रहेको जानकारी गराइएको हो ।

स्वास्थ्य कार्यालय पर्साको समन्वयमा द ल्याप्रोसी मिसन नेपालले आयोजना गरेको अभिमूमीखीकरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो । पर्सामा हाल कुष्ठ रोगका ५४१ बिरामी रहेकोमा ती मध्ये जटील अवस्थाका ४४१ जना र सामान्य अवस्थाका ९८ जना रहेको द ल्याप्रोसी मिसन नेपालकी पर्सा जिल्ला अनुगमन तथा मुल्यांकन अधिकृत रिजु तिवारीले जानकारी दिइन् ।

जिल्लामा सबै भन्दा बढि वीरगन्ज महानगरपालिकामा २०६ जना र ठोरी गाँउपालिकामा भने कुष्ठ रोगका बिरामीको संख्या शुन्य रहेको छ । यस्तै पटेर्वासुगौली गाँउपालिकामा ७० जना , पोखरिया नगरपालिकामा ५१ जना , कालिकामाई गाँउपालिकामा ४१ जना , विन्दवासीननी गाँउपालिकामा ४० जना , जीराभवानी गाँउपालिकामा २६ जना ,बहुदरमाइ नगरपालिकामा २६ जना ,जगरनाथपुर गाँउपालिकामा २३ जना , पकाहा मैनपुर गाँउपालिकामा १७ जना ,छिपहरमाई गाँउपालिकामा १४ जना , सखुवा प्रसौनी गाँउपालिकामा १३ जना ,धोबिनी गाँउपालिकामा ९ जना र पर्सागढी नगरपालिकामा ५ जना कुष्ठ रोगका बिरामी रहेको उनले बताइन् ।

जिल्लामा फेला परेका सबै बिरामी उपचाररत रहेको जानकारी पनि तिवारीले दिइन् । हरेक पालिकाको स्वास्थ्य संस्थाबाट ती बिरामीले स्वास्थ्य उपचार निशुल्क पाइरहेको पनि उनले बताइन् ।

तिवारीका अनुसार , देशभरका सातै प्रदेश मध्ये सबै भन्दा बढि मधेस प्रदेशममा ७४३ जना र सबै भन्दा कम कर्णली प्रदेशमा ६७ जना कुष्ठरोगका बिरामी रहेका छन्। यस्तै देशभरमा भने कुष्ठरोगका कुल बिरामीको संख्या २ हजार १७३ जना रहेको जानकारी पनि उनले दिइन् ।

 

The post पर्सामा कुष्ठ रोगका बिरामी सबै भन्दा बढि वीरगन्ज महानगरमा appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर