डाटा लोड हुँदैछ...

सखुवा प्रसाैनीका किसानलाई माछा पालन सम्बन्धि तालिम

मधेसखबर
वीरगन्ज ,११ माघ : पर्साकाे सखुवाप्रसौनी गाउँपालिकाले व्यवसायिक माछा पालन गर्ने किसानलाई एक दिने तालिम दिएकाे छ ।गाँउपालिकाका विभित्र वडाका १७ जना किसानलाई पालिकाले तालिम दिएकाे हाे ।

गाँउपालिकाकाे पशु सेवा शाखाले वडा नम्बर २ काे वडा कार्यालयकाे सभाहलमा आयोजना गरेकाे तालिममा सहभागी किसानहरुलाई त माछापालन सम्बन्धि तालिम दिइएकाे वडा अध्यक्ष चिरञ्जीवी महताे थारुले जानकारी दिए ।

तालिममा किसानहरुलाई व्यवसायिक रुपमा माछा पालन कसरी गर्ने , पाेखरीकाे व्यवस्थापन कसरअं गर्ने , प्रविधीकाे उपयाेग गर्ने तरिका बारे प्रशिक्षक रोशन कंडेलले सिकाएकाे थारुले बताए ।

The post सखुवा प्रसाैनीका किसानलाई माछा पालन सम्बन्धि तालिम appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर