डाटा लोड हुँदैछ...

सशस्त्र प्रहरी दिवसमा बाराको पिलुवामा १०० जनाद्धारा रक्तदान

मधेसखबर
वीरगन्ज,०६माघ : २२ औं सशस्त्र प्रहरी दिवसको उपलक्ष्यमा बाराको पिलुवामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

पिलुवा स्थित सशस्त्र प्रहरी बल नम्बर ४० गण रिजर्भ हेड क्वार्टर गणको आयोजनामा भएको रक्तदान कार्यक्रममा ७ महिला सहित १ सय जनाले रगत दान गरेका छन् ।

रगत दान गर्नेहरुमा संगीता अधिकारी , सन्जय भट्टराइ , अमर बहादुर खत्री,हस्त बहादुर सापकोटा,सन्जय पटेल,राम कुमार अधिकारी ,लक्ष्मी थिङ परियार, उमेश राइ,प्रेम तिमिल्सिना,कर्ण तमांग,कुमार श्रेष्ठ लगायतका रहेको रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधीक प्रमुख शौरभराज पाण्डेले जानकारी दिए ।

सशस्त्र प्रहरी उपरिक्षक सन्जय भट्टराइको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीका अधिकारीहरुको पनि उपस्थिती रहेको थियो ।

The post सशस्त्र प्रहरी दिवसमा बाराको पिलुवामा १०० जनाद्धारा रक्तदान appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर