डाटा लोड हुँदैछ...

आगामी शैक्षिक सत्र १ वैशाखमै सुरु हुने

काठमाडौं,१५माघ : विद्यालय तहको आगामी शैक्षिक सत्र १ वैशाखमै सुरु हुने भएको छ ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले शिक्षा मन्त्रालयले १ वैशाखमै शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

यसअघि कोरोना महामारीका कारण पढाइ रोकिएका कारण गत वर्षको शैक्षिक सत्र १ जेठदेखि सुरु गरिएको थियो ।

केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गर्दै आगामी शैक्षिक सत्र १ वैशाखबाट सुरु हुने जनाएको छ ।साभारः अनलाइनखबर

The post आगामी शैक्षिक सत्र १ वैशाखमै सुरु हुने appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर