डाटा लोड हुँदैछ...

आत्मदाह गरेका प्रेमप्रसादलाई कृषि शहीद घोषणा गर्नु पर्ने परिवारको माग

काठमाडौं,१३ माघ : काठमाडौंमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारले उनलाई कृषि शहीद घोषणा गर्नु पर्नेसहितका माग गरेका छन् ।

उनीहरुले गृहमन्त्री रवि लामिछानेमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको १० बुँदे माग पत्रमा आचार्यलाई आर्थिक कृषि क्रान्तिको प्रथम शहीद घोषणा गर्नु पर्ने माग गरिएको छ ।

आफ्नो माग पूरा नभएसम्म आचार्यको शव नउठाउने र अन्त्येष्टि नगर्ने परिवारको अडान छ ।

माग पत्रमा आचार्यले आत्मदाह गर्नुअघि राखेका २५ बुँदे सझावहरु सम्बोधन हुनु पर्ने, आचार्यले लिएको कर्जा राज्यले स्वामित्व लिई चुक्ता गरिदिनु पर्ने माग गरिएको छ ।

परिवारले मन्त्रालयका बुझाएको पत्रमा आचार्यको आत्मदाहको घटनालाई ‘बानेश्वरस्थिति भएको कृषि युवा व्यवसायीको बिद्रो स्वरुप गरेको आत्मदाह’ भनिएको छ ।

आचार्यले गत मंगलबार नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो लगाएका थिए । उनको उपचारका क्रममा बुधबार बिहान निधन भएको थियो ।साभार:अनलाइनखबर

The post आत्मदाह गरेका प्रेमप्रसादलाई कृषि शहीद घोषणा गर्नु पर्ने परिवारको माग appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर