डाटा लोड हुँदैछ...

उद्योग व्यपारका समस्या समाधान गरिदिन नयाँ सरकारसंग वीरगन्जका उद्योगीहरुको गुहार

मधेसखबर
वीरगन्ज,१६ माघ : वीरगन्जका उद्योगी व्यपारीले यस क्षेत्रका उद्योग व्यपारमा विद्यमान समस्या समाधानका लागि संघीय सरकारका मन्त्रीहरुलाइ गुहारेका छन् ।

खासगरि वीरगन्ज नाकामा डस्टी कार्गो (सिमेन्ट र फलाम उद्योगका कच्चा पदार्थ, स्ल्याग, आइरन ओर, कोइला, मलखाद , नुन इत्यादि) आयात र ढुवानीमा समस्या भएको भन्दै त्यसको सहज व्यवस्थापनका लागि यहा उद्योगी व्यवसायीले सरकारलाई गुहारेका हुन् ।सोमबार अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दामोदार भण्डारीलाई भेटेर वीरगन्ज उद्योग वाणिज्य संघको टोलीले निजी क्षेत्रका समस्या सामधानका लागि पहल गरिदिन आग्रह गरेको हो ।

भारत सरकारले यही जनवरी १ तारिख देखि नेपालको डस्टी कार्गो एकीकृत जाँच चौकी (आईसीपी) बाट मात्रै निर्यात गर्न दिने नियम लागु गरेको छ । भारतको रक्सौलबाट मितेरी पुल हुँदै मुख्य नाकाबाट आउने कार्गो आईसीपीतर्फ बाट मात्रै ल्याउन दिएपछि यसले ढुवानी लागत बढेको नेपाली आयातकर्ताको गुनासो छ ।

आईसीपीबाट कार्गो ल्याउदा ढुवानी लागत प्रति ¥याक ( एक रेल) २२ लाख ३१ हजार रुपैयाले बढेको संघका उपाध्यक्ष माधव राजपालको भनाई छ । उननले भने ,‘ ‘रक्सौलबाट आईसीपीसम्मको सम्पर्क सडक एक त निक्कै साँघुरो छ , अर्को कुरा आईसीपीमा पर्याप्त पूर्वाधार छैन , जसका कारण उताबाट डस्की कार्गो ल्याउदा पहिलेको भन्दा अहिले ढुवानी लागत निक्कै बढेको छ , त्यस कारण पूर्वाधार तयार नहुँदासम्म साविककै नाका ( मुख्य नाका) बाट ढुवानीको पहल गर्न सरकारलाई आग्रह गरेका छौं,’ ।

यसअघि मुख्य नाकाबाट ढुवानी हुदा एउटा गाडीले दैनिक ३÷४ पटक ढुवानी गर्ने गरेकोमा अहिले भने एकपटक पनि नसकेको र यसबाट झण्डै ४ सयको हाराहारीमा ट्रक व्यवसायीहरु पनि प्रभावित भएको संघका अध्यक्ष डाक्टर सुबोध गुप्तो बताए ।
यस्तै सरकारले तयारी वस्तु र औद्योगिक कच्चा पदार्थको आयातमा लाग्ने भन्सार महशुलमा कम्तीमा एक तहको अन्तर हुने बताए पनि त्यसको कार्यान्वयन ठीक उल्टो रहेको भन्दै यस बारेपनि अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराइएको गुप्ताले जानकारी दिए ।

गुप्ताले भने ,‘ दालको कच्चा पदार्थका रूपमा भित्रिने गेडागुडी र तयारी दालमा समान १० प्रतिशत भन्सार महशुल छ , सरकारले दाल निकासीमा प्रतिकिलो १ रुपैयाँ र सहउत्पादन (चुनी भुसी) मा किलोको ५० पैसा निकासी महशुल लिने गरेको छ , तर विगतमा दाल निर्यातमा ४ प्रतिशत नगद अनुदान दिने गरेकोमा अहिले उल्टै निकासी महशुल लिन थालेको छ , यसले उद्योगी व्यपारी सबै पिडित छन् ।

यसैगरि आयात रोकिँदा स्वदेशी बजारमा गहुँको उत्पादन मैदा र पिठोको मूल्य आकाशिएको विषयमा मन्त्रीद्वयको ध्यानाकर्षण गराइएको गुप्ताले बताए । भारतले नेपाललाई ५० हजार मेट्रिक.टन गहुँको कोटा प्रदान गरेकोमा हालसम्म ३० हजार मेटन मात्र आयात गर्न सकेको र कोटा मध्ये बाँकी रहेको २० मेटन गहुँ नेपाली आयातकर्ताहरुले आयात गर्ने वातावरण मिलाउन र अर्को आर्थिक वर्षका लागि २ लाख मेटन कोटाको लागि भारतीय निकाय समक्ष पहल गरिदन आग्रह गरिएको गुप्ताले जानकारी दिए ।

यसैगरि सरकारले आयातमा गरेको कडाइको नीति हटाएपछि पनि व्यापारमा सुधार नआएको संघका अध्यक्ष डा. गुप्ताले बताए ।गुप्ताले भने ,‘‘उद्यम र व्यापारको वातावरण छैन ,उद्यमीहरूले आत्महत्या गर्ने अवस्था आइरहेको छ ,यसमा सरकार गम्भीर हुनुपर्छ भनेका छौं,’ ।

बैंकको चर्को ब्याज दर, तरलता अभाव, बजारबाट उधारो नउठ्नेजस्ता कारणले उद्यमी व्यापारी हतोत्साहित भइरहेकाले तत्काल प्रभावकारी कदम चाल्न पनि सरकारलाई आग्रह गरेको उपाध्यक्ष राजपाले जानकारी दिए ।

वित केहि समयदेखि औद्योगिक कोरिडोरमा दैनिक ८÷९ घण्टा विद्युत् कटौती भएको भन्दै यसबाट उद्योगको उत्पादनमा प्रतिकूल असर परेको उद्योगीहरूको गुनासो छ । बिना सूचना विद्युत् काट्दा उत्पादन र श्रमिक व्यवस्थापनमा कठिनाइ भइरहेको भन्दै बरु घोषित रूपमै औद्योगिक कोरिडोरमा लोडसेडिङ गर्न मन्त्रीहरुलाई आग्रह गरिएको पनि उपाध्यक्ष राजपालले जानकारी दिए ।

उद्योगीका समस्या सुनेपछि मन्त्रीद्वय पौडेल र भण्डारीले उद्योगी व्यापारीका माग पूरा गर्ने आश्वासन दिएको राजपालले जानकारी दिए । उनले भने ,‘मन्त्रीज्यूहरू हाम्रा मागमा सकारात्मक देखिनुभएको छ, प्रक्रिया पु¥याएर माग सम्बोधन गर्ने आश्वासन पाएका छौं,’ ।
अध्यक्ष गुप्ताले भने ,‘ वीरगन्जका उद्योगीहरु समस्या लिएर मन्त्रालय पुगेको यो पहिलोपटक भने होइन , यसअघि पनि पटकपटक समस्या सुनाउन मन्त्रालय धाएपनि बारम्बार आश्वासन लिएर फर्किएका थिए , तर यसपटक भर्खरै नयाँ सरकार गठन भएकाले नयाँ मन्त्रीहरूबाट नयाँ तरीकाबाट समस्याको समाधान पाउने आशा लिएका छौं ।

 

The post उद्योग व्यपारका समस्या समाधान गरिदिन नयाँ सरकारसंग वीरगन्जका उद्योगीहरुको गुहार appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर