Posts

Showing posts from April, 2023
डाटा लोड हुँदैछ...

४६ किलो गाँजासहित एकजना पक्राउ, दुईजना फरार

Image
वीरगंज, १९ वैशाख । ४६ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । इलाका प्रहरी कार्यालय ठोरीले गस्ती गर्ने क्रममा ठोरी गाउँँपालिका वडा नं.५ स्थित बास वन नजिक तीनजना व्यक्तिले प्रतिबन्धित गाँजा बोकी हिँडिरहेका थिए । गस्ती टोलीलाई देख्ना साथ दुर्ई जना व्यक्तिहरूले गाँजा छाडी भागी फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले मकवानपुर मनहरी गाउँँपालिका वडा नं.२ बस्ने वर्ष ५३ को वौद्ध सिंह घलानलाई गाँजा ४६ के.जी. सहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । घलानविरुद्ध लागु औषध सम्बन्धी कसुरमा आज जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   Virus-free. www.avast.com

प्रतिबन्धित भारु पौने ६ लाखसहित तीनजना पक्राउ

Image
वीरगंज, १९ वैशाख । प्रतिबन्धित भारु पौने ६ लाखसहित तीनजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वा पर्साले प्रतिबन्धित भारुसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । वीरगञ्ज–१६ रजतजयन्ती चोकमा खटिएको प्रहरी टोलीले भारतबाट वीरगंजतर्फ पैदल आउदै गरेका उत्तर प्रदेश, गोरखपुर ग्राम महूई सुघरपुर बस्ने वर्ष ४२ को बिनोद कुमार गुप्तालाई वैशाख १७ गते प्रतिबन्धित भारु दुई लाखसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । उनले भिरेको नीलो रंगको झोलामा प्रतिबन्धित भारतीय रू. ५०० को दरको नोट–३६३ थान, भारू.२०० को नोट–१३ थान, भारू.१०० दरको नोट–१४५ थान भारू.५० दरको नोट–२८ थान गरी जम्मा भारू दुर्ई लाख फेला परेको प्रहरीले जनाएको छ । यसैगरी वैशाख १८ गते राति ९ बजे वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकबाट वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले भारत विहार जिल्ला मोतीहारी ग्राम करमवा रघुनाथपुर बस्ने वर्ष ३९ को अमित कुमार सिंहलाई चेकजाँच गर्ने क्रममा निजले  बोकेको झोलाभित्र लुकाई छिपाई राखिएको ...

बढी सामान देखिएपछि ट्रक नियन्त्रण

Image
वीरगंज, १९ वैशाख । यसैगरी बिल बिजकभन्दा बढी खुद्रा तथा विभिन्न किसिमका सामानहरू लोड भएको एउटा ट्रक प्रहरीले नियन्त्रणमा लिई कारबाइको लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाएको जिप्रका, पर्साले जनाएको छ । वडा प्रहरी कार्यालय विर्ताले वैशाख १८ गते वीरगञ्ज महानगरपालिका वडा नं.१६ घण्टाघरबाट ना.३ ख ३९५० र ना.७ ख १६३१ नम्बरको ट्रकहरूलाई चेकजाँच गर्ने क्रममा विल बिजकभन्दा बढी मालबस्तुहरू देखिएपछि औषधी तथा खुद्रा सामानहरूलाई नियन्त्रणमा लिई थप कारबाईको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।   Virus-free. www.avast.com

बारामा उपेन्द्र यादवलाई चाँदीको मुकुट लगाएर सम्मान

Image
बारा,१७ बैशाख : उपनिर्वाचनबाट बारा २ को प्रतिनिधीसभा सदस्यमा निर्वाचित जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई चाँदीको मुकुट लगाएर सम्मान गरिएको छ । बाराको कलैया उपमहानगरपालिकामा निर्वाचित कार्यपालिका सदस्य र वडाध्यक्षहरुले यादवलाई चाँदीको मुकुट तथा दुइ सय किलोको मालाले सम्मानीत गरेका हुन् । सम्मान कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव, जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबु यादव, नेता रामकिशोर यादव सहितका नेता कार्यकर्ताहरू पनि सहभागी थिए। यस्तै समाजवादी युवा संघ बाराले पनि नवनिर्वाचित प्रतिनिधीसभा सदस्य यादवलाई सम्मान गरेको छ । आइतबार नै कलैयामा समाजवादी युवा संघ बाराका नेता कार्यकर्ताहरुले माला लगाएर मायाको चिन्हो प्रदान गर्दै सम्मानित गरेका हुन् । The post बारामा उपेन्द्र यादवलाई चाँदीको मुकुट लगाएर सम्मान appeared first on Madhes Khabar .

अलौं–सिर्सियाका पिडित जग्गाधनीहरुको चेतावनी : बैशाख २६ देखि ड्राइपोर्ट नै ठप्प पार्छौ

Image
वीरगन्ज,१७बैशाख : वीरगन्ज महानगरपालिकाको अलौं र सिर्सियामा सरकारले ६ वर्षपहिले अधिग्रहण गरेको जग्गाको मुअब्जा अहिलेसम्म पनि नपाएपछि पिडित जग्गाधनीहरुले अब निर्णायक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।उनिहरुले बैशाख २५ गतेभित्र मुआब्जा रकम नपाए , बैशाख २६ देखि सुख्खा बन्दरगाह (ड्राइपोर्ट ) सबै कारोबार ठप्प पार्ने चेतावनी पनि दिएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाउदै उनिहरुले बैशाख २५ गतेभित्र आफुहरुले मुआब्जा रकम नपाए बैशाख २६ गतेदेखि सुख्खा बन्दरगाह ठप्प पार्ने चेतावनी दिएका हुन् ।मुआब्जाका लागि ६ वर्षदेखि पटक पटक हारगुहार गर्दै आउदा समेत सुनुवाई नभएको भन्दै उनिहरुले अब सुख्खा बन्दरगाहको कारोबार नै ठप्प पारेर निर्णायक आन्दोलनमा उत्रिने बताएका छन् । मुआब्जा संघर्ष समितिको अगुवाइमा पिडित जग्गाधनीहरले आइतबार पर्साका सहायक प्रमुख जिल्ला अधिकारी मदन घिमिरे र सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख जयबहादुर भण्डारीलाई छुट्टा छुट्टै भेटेर ज्ञापनपत्र बुझाएका हुन् । यसअघि गत चैत २१ गतेपनि उनिहरुले जग्गाको मुअब्जाको माग गर्दै सुख्खा...

बिलबिजकभन्दा बढी सामान देखिएपछि ट्रक नियन्त्रण

Image
वीरगंज, १७ वैशाख । जिल्ला प्रहरी कार्यालय, पर्साले बिलबिजकभन्दा बढी औषधी तथा खुद्रा सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ ।   वीरगंजबाट रूपन्देहीतर्पm जाँदै गरेको ना.४ ख ८७४० नम्बरको मालवाहक ट्रकबाट शुक्रवार घण्टाघरमा रोकेर चेकजाँच गर्दा ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरू बिलबिजकभन्दा बढी देखिएपछि आज अनुसन्धान तथा आवश्यक कारबाईको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रका, पर्साले जनाएको छ ।  Virus-free. www.avast.com

जीतपुर गौशालाको जग्गामा बनेका संरचनामा उपमहानगरपालिकाले डोजर लगाउने

Image
सिमरा,१६बैशाख : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले जीतपुर गौशालाको सार्वजनिक जग्गामा बनेका संरचना आइतबारदेखि हटाउने भएको छ। उपमहानगरपालिकाको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै आइतबार बिहान १० बजेदेखि उक्त जग्गामा बनेका संरचनामा डोजर लगाउने जानकारी गराएको हो। मेयर राजन पौडेलद्वारा जारी विज्ञप्तिमा जीतपुर गौशालाको जग्गा अतिक्रमण गरेर बनाइएको घरटहरा हटाइने भएकाले तत्काल उक्त घरटहरा खाली गर्न अनुरोध गरिएको छ। पौडेलद्वारा विज्ञप्तिमा भनिएको छ ‘जीतपुर गौशालमा डोजर चलाइने र अतिक्रमित जग्गा र घर, टहरा भत्काइने भएको हुँदा सम्बन्धित व्यक्तिहरूले आफ्ना सामाग्रीहरू सुरक्षित रूपमा हटाउनुहुन हार्दिक आग्रह गर्दछु। कसैले अटेर गरी आफ्ना सामग्रीहरू सुरक्षित रूपमा नहटाई पर्न जाने क्षतिको असर प्रति उपमहानगरपालिका जिम्मेवार नहुने समेत जानकारी गराउँदछु।’ जीतपुरसिमरा उपमहानगरपालिका-७ मा रहेको उक्त जग्गामा बनेको घरटहरा खाली गर्न उपमहानगरपालिकाले वैशाख १४ गते पहिलो पटक सूचना जारी गरेको थियो। उक्त सूचनापछि शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै मेयर पौडेलले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ९७ बमोजिम...

बर्दिवास नगरपालिकाका मेयर कार्की कांग्रेसमा प्रवेश

Image
वीरगन्ज ,१६बैशाख : महाेत्तरीकाे बर्दिवास नगरपालिकाका मेयर प्रहलाद कार्की नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गत स्थानीय तहकाे निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका कार्की बर्दिवास नगरपालिकाकाे मेयरमा निर्वाचित भएका थिए । शनिबार काठमाडौंमा कांग्रेस सभापति शेरबहादुर देउवाकाे निवासमा कार्की देउवाकै हातबाट खादा र टीका लगाएर कांग्रेसमा प्रवेश गरेका हुन् । त्यसअवसरमा कांग्रेस केन्द्रीय सदस्य एंव उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल,कांग्रेस सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य आनन्द ढुंगाना, मधेस प्रदेश सभापति कृष्ण यादव, सांसद महेन्द्र राय यादव लगायतको पनि उपस्थिति थियाे । The post बर्दिवास नगरपालिकाका मेयर कार्की कांग्रेसमा प्रवेश appeared first on Madhes Khabar .

स्थानीयको विरोधका कारण भलुवाही खोलामा बाँध निर्माण कार्य अलपत्र

Image
मधेसखब वीरगन्ज,१६बैशाख : पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ मा पर्ने भलुवाही खोलामा १६ करोडभन्दा बढिको लागतमा निर्माणाधिन सिंचाइ बाँधको निर्माण कार्य दुई साता यता देखि रोकिएको छ ।आवश्यकता नै नभएको स्थानमा करोडौंको लागतमा सिंचाई बाँध निर्माण गर्न लागिएको भन्दै स्थानीयले विरोधसहितको अवरोध गरेपछि दुई साता यता देखि बाँधको निर्माण कार्य अलपत्र परेको हो । भलुवाही खोलामा मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले तीन वर्षअघि सर्वे गरि मुख्यमन्त्री कार्यालयबाट छनौट भएको ‘इरिगेसन सब प्रोजेक्ट’ अन्तर्गत सिंचाई बाँध निर्माण गर्न लागिएको हो ।तर स्थानीयले उक्त स्थानमा बाँधको आवश्यकता नै नभएको र आफुहरुलाई पत्तो नै नदिइ गुपचुप सर्वे गरि नम्बरी जग्गाको क्षतिपुर्ति र मुआब्जासमेत नदिइ बाँध निर्माण गर्न लागिएको भन्दै विरोध जनाएपछि निर्माण कार्य दुई साता देखि रोकिएको हो । निचुटाका स्थानीय मोहनलाल चौधरीले भन्छन् ,‘ पहिलो कुरो अहिले जहाँ बाँध बनाउन थालिएको छ त्यहाँ आवश्यक नै छैन , अर्को कुरा मेरोसमेत गरेर ५० बिघा नम्बरी जग्गामै हामीलाई कुनै खबरनै संग बाँध र त्यसका अन्य संरचना निर्म...

जिपि काेइराला फाउन्डेसन खाेलिएकाे कराेडाैंकाे जग्गा वीरगन्ज महानगरकाे स्वामित्वमा आयाे

Image
मधेसखबर वीरगन्ज,१५बैशाख : लामो समयदेखि निजी व्याक्तिले कब्जा गरेको वीरगन्ज १० आदर्शनगरस्थित एक कट्ठा जग्गा वीरगन्ज महानगरपालिकाको स्वामित्वमा आएको छ । पर्सा जिल्ला अदालतले १२ बैशाख २०७८ मा गरेको फैसलालाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले पनि सदर गरेसँगै आदर्शनगरस्थित एक कट्ठा जग्गा महानगरको स्वामित्वमा आएको हो । किर्ते कागजात खडा गरी मालपोत र महानगरपालिकाका यसअघिका जनप्रतिनिधिदेखि कर्मचारीसमेतको मिलोमतोमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैया निवासी नजमा बेगमले उक्त जग्गा आफ्नो नाममा पुर्‍याएकी थिइन् ।नजमाले १० चैत २०७४ मा माटो पुर्ने काम सुरु गर्दा जग्गा व्यक्तिको नाममा पुगेको खुलासा भएको थियो । जग्गा बिक्री वा हक–हस्तान्तरणबिना नै व्यक्तिको नाममा दर्ता भएको पाएपछि महानगरका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भूषालले ३ असार २०७५ मा पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । पशुपति आदर्शनगर निर्माण समितिबाट महानगरको स्वामित्वमा आएको साविक कित्ता नम्बर ८१७ को हाल नापीमा कायम भएको कित्ता नम्बर १८ र ५३ को एक कट्ठा जग्गा पूर्ववर्ती महानगरको नाममा दर्ता कायम गर...

वीउवासंघद्वारा चारजना उद्यमीहरू सम्मानित

Image
वीरगंज १५ बैशाख । वीरगंज उद्योग वाणिज्य संघले चारजना उद्यमीहरूलाई सम्मान गरेको छ । संघले आफ्नो सभाकक्षमा आयोजना गरेको सम्मान कार्यक्रममा उद्योगपति एवम् समाजसेवी मुरलीधर रूँगटा, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष एवम् वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोककुमार टेमानी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा वीरगंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष डा. सुबोधकुमार गुप्ता, वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा नेपाल भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष अशोककुमार वैधलाई सम्मान–पत्रद्वारा सम्मानित गरिएको हो । मुरलीधर रूँगटा, डा. सुबोधकुमार गुप्ता र अशोककुमार वैधलाई नेपाल सरकारले सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित गरेको र अशोककुमार टेमानी नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको अध्यक्ष पदमा निर्वाचित हुनु भएकोमा उहाँहरूलाई संघल सम्मान गरेको हो । स्वागत मन्तव्यका क्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले यस क्षेत्रका उद्योगी व्यवसायीहरूलाई नेपाल सरकारबाट सम्मान पाएकोमा वीरगंज उद्योग वाणिज्य संघ लगायत यस क्षेत्रका सम्पूर्ण ...

कोल्हबीबाट ३५ क्युफिट काठ बरामद

Image
बारा, १५ वैशाख । बारामा शुक्रवार बिहान ३५ क्युफिट काठ बरामद गरिएको छ ।  डिभिजन वन कार्यलय बारा अन्तरगर्त रहेको कोहल्वी नगरपालिका ५  ककडी  पोष्टबाट खटिएको वन रक्षक टोलीले  उक्त काठ बरामद गरेको हो । वन रक्षक टोलीले कोहल्वी नगरपालिका–५, खरियाटोलमा घर छेउमा लुकाएर राखेको अवस्थामा ७ थान सालको र २ थान टिकको गोलाई बरामद गरेको हो । बेवारिसे अवस्थामा लुकाइ छिपाई राखेको  काठ बरामद गरिएको सहायक डिभिजन वन अधिकृत ललन राउतले  बताए ।  Virus-free. www.avast.com

ठाकुरराममा ११ दिनपछि तालाबन्दी खोलियो, पठनपाठन शुरु

Image
वीरगंज, १५ वैशाख । ठाकुरराम बहुमुखी क्याम्पसमा लगाइएको तालाबन्दी ११ दिनपछि खोलिएको छ । बिहीवार भएको छलफलमा ताला खोल्ने र पठनपाठन सञ्चालन गर्ने सहमति भएको हो । आज बिहानदेखि  पठनपाठन थालिएको निमित्त क्याम्पस प्रमुख अनिलकुमार रमणले जानकारी दिनुभयो । क्याम्पस प्रमुख डा उमेशप्रसाद चौरसियाले दिनुभएको राजीनामा फिर्ता गर्नुपर्ने र परीक्षा केन्द्र वीरगंजमै कायम गर्नुपर्ने माग गर्दै विभिन्न विद्यार्थी सङ्गठनले यही वैशाख ४ गते क्याम्पसमा तालाबन्दी गरेका थिए भने त्रिवि कर्मचारी सङघले पठनपाठन सञ्चालन गर्नुपर्ने माग गर्दै क्याम्पसमा तालाबन्दी गरेका थिए । तालाबन्दीका कारण विगत दुर्ई सातादेखि क्याम्पसको पठनपाठन प्रभावित हुँदै आएको थियो । विद्यार्थी सङ्गठनले उठाएका माग सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयमा पत्र पठाएर पहल गर्ने सहमति भएसँगै ताला खोलिएको क्याम्पस प्रमुख रमणले बताउनुभयो ।  Virus-free. www.avast.com

छड बाेकेकाे ट्याक्टरमा माेटरसाइकल ठाेक्किदा बारामा एक जनाकाे मृत्यु

Image
सांकेतिक फोटो वीरगन्ज ,१५बैशाख : बारामा बिहीबार राति फलामकाे छड बोकेको ट्याक्टरमा पछाडिबाट मोटरसाइकल ठोक्किँदा माेटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ। कलैया-वीरगन्ज सडकखण्डअन्तर्गत कलैया उपमहानगरपालिका-२३ स्थित सडकमा छड बोकेको ना ५ त ८२५० नम्बरको ट्याक्टरमा पछाडिबाट बा ८० प ४०२१ नम्बरको माेटरसाइकल ठाेक्किएको थियोे। उक्त दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका-२१ बस्ने २४ वर्षका राजनकुमार रामको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी उपरीक्षक हाेविन्द्र बाेगटीले जानकारी दिए। टयाक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्टघटनाको बारेमा थप अनुसन्धान गरिरहेकाे उनले बताए । The post छड बाेकेकाे ट्याक्टरमा माेटरसाइकल ठाेक्किदा बारामा एक जनाकाे मृत्यु appeared first on Madhes Khabar .

छड बोकेको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

Image
बारा, १५ बैशाख । छड बोकेको ट्याक्टर पछाडि मोटरसाइकल ठोक्किँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । बिहीवार राति  कलैया–वीरगंज सडकखण्डअन्तर्गत कलैया उपमहानगरपालिका–२३ स्थित सडकमा छड बोकेको ना ५ त ८२५० नम्बरको ट्याक्टर पछाडि बा ८० प ४०२१ नम्बरको मोटरसाइकल ठोक्किंदा चालकको शरीर र टाउकोभरि छड रोपिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–२१ बस्ने २४ वर्षका राजनकुमार रामको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताएका छन् । टयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बारा प्रहरीले जनाएको छ ।  Virus-free. www.avast.com

अमलेखगंजबाट दुई सय ग्राम हेरोइनसहित भारतीय नागरिक पक्राउ

Image
वीरगंज, १४ वैशाख । लागू औषध खैरो हिरोइन सहित एकजना भारतीयलाई इलाका प्रहरी कार्यालय अमलेखगंजले पक्राउ गरेको जनाएको छ । बिहीवार बिहान १० बजेको समयमा बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजले वीरगंजबाट हेटौडातर्फ जादै गरेको ना.१.ज.२०८६ न.को टाटा सुमो रोकी चेकजाँच गर्ने क्रममा सुमोमा सवार भारत, गोरखपुर खजुरी ग्राम पंचायत बस्ने वर्ष ६० को संतोष कुमार त्रिपाठीलाईलाई लागूऔषध हिरोइनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनले आफ्नो दुबै खुट्टामा २–२ पोका गरी ४ पोका लागू औषध खैरो हिरोइन २०० (दुर्ई सय) ग्राम इलास्टिकले बाँधी लुकाएर लैजाने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  Virus-free. www.avast.com

पर्साको प्रसौनीमा अहमदिया संघको आयोजनामा ईद मिलन समारोह सम्पन्न

Image
मधेसखबर वीरगन्ज,१४ बैशाख : पर्साको विन्दवासीनी गाँउपालिकाको प्रसौनीमा अहमदिया संघ नेपालको आयोजनामा ईद मिलन समारोह सम्पन्न भएको छ । बुधबार बेलुकी आयोजित समारोहलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य राज कुमार गुप्ताले नेपाल धर्म निरपेक्ष मुलक भएकाले यहाँ सबै धर्मको सम्मान एकअर्काले गर्नु पर्ने बताए । अहमदिया संघले हरेक धर्मको सम्मान गर्दै आएको बताउदै उनले भने,‘ यस्तै संस्कार अन्य धर्मले पनि कायम राख्नु पर्छ , अनिमात्र समाजमा धार्मिक सहिष्णुता सदैव कायम रहन्छ । अहमदिया संघ नेपालका अध्यक्ष कमरुल होदा अन्सारीले १३० वर्ष पहिले भारतको पञ्जाबबाट स्थापना भएको अहमदिया सघंको हाल सम्म विश्वका २२४ देशमा संगठन विस्तार भइसकेको जानकारी गराए । प्रतिनिधीसभा सदस्य गुप्ताको प्रमुख आतिथ्यता एंव संघका अध्यक्ष अन्सारीको अध्यक्षतामा भएको ईद मिलन समारोहमा पुर्व प्रदेशसभा सदस्य प्रहलाद गिरि, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, पर्साका प्रहरी उपरिक्षक कोमल शाह , विन्दवासीनी गाँउपालिकाका अध्यक्ष प्रमोद तिवारी , पूर्व उपाध्यक्ष किरण देवी गुप्ता, भारतीय महावाणिज्य दूवतावास वी...

नेपालमा लगानी बढाउन काेरीयाका लगानीकर्तालाई उद्योगमन्त्री रिजालको आग्रह

Image
नवलपरासी, १३ बैशाख: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले कोरियाली लगानीकर्तालाई नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्। बुधबार नवलपरासीमा ल्याण्डमार्क टेलिभिजन कारखानाको उद्घाटन गर्दै मन्त्री रिजालले यस्तो आग्रह गरेका हुन्। नेपालमा नियम कानुननमा कुनै बाधा अड्चन भए समाधान गरेर सरकारले लगानीको सहज वातावरण तयार गर्ने पनि उनले स्पष्ट पारे । उद्घाटन कार्यक्रममा बोल्दै गोल्छा समुहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले विश्वकै सबैभन्दा बृहत् इलेक्ट्रोनिक्स कम्पनीले नेपालीबजार प्रति गहिरो अभिरुची देखाएको बताए। नेपाल र नेपालीको लागि यो महत्वपूर्ण संकेत रहेको बताउदै गोल्छाले अन्य इलेक्ट्रोनिक्स समानहरु उत्पादनका लागि समेत नेपालमा कारखाना स्थापन गर्न उपयुक्त रहेको बताए । उद्घाटन समारोहमा गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छा, नेपालकालागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुक, सामसङ इलेक्ट्रोनिक्सका नेपाल प्रमुख सुङ जुनपार्क लगायतकाे पनि उपस्थिति रहेको थियो । The post नेपालमा लगानी बढाउन काेरीयाका लगानीकर्तालाई उद्योगमन्त्री रिजालको आग्रह app...

गौर नगरपालिकाको वारूणयन्त्र दुर्घटना, चालकसहित ५ घाइते

Image
रौतहट, १३ वैशाख । गौर नगरपालिकाको वारूण यन्त्र दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएका छन् । गौर–४ गढवा स्थित कुखुरा फर्ममा भएको आगलागी नियन्त्रण गर्न गएको ना.१ ग. ७८८ नम्बरको वारूणयन्त्र गए राति साढे १२ बजे दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते रहेका चालक करिम अन्सारी तथा सुरक्षाकर्मीहरू प्रेम केसरी, किशुन्द्र साहको जिल्ला अस्पताल गौरमा सामान्य उपचार पछि थप उपचारको लागि वीरगंज पठाएको प्रहरीले जनाएको छ।  उनीहरूलाई ढाड, छाती, टाउको तथा हातखुट्टामा गम्भीर चोट लागेको जिल्ला अस्पताल गौरले जनाएको छ। सामान्य घाइते रहेका सुरक्षाकर्मी शिवशङ्करर पटेल, नथुनी पासवानको गौर अस्पतालमा उपचार भइरहेको  छ । अग्नि नियन्त्रक टोली घटनास्थलतर्पm जाने क्रममा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रौतहटको अनुमान छ । घटनावारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी उमाशङ्करर यादवले बताए । यसैबीच गौर नगरप्रमुख शम्भु साहले वारूणयन्त्र दुर्घटनामा परी घाइते भएका चालकसहित कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपच...

रमेश खरेलको जमानत जफत

Image
बारा, १३ वैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल जमानत जफत भएको छ। बुधवार बिहान आएको अन्तिम परिणाम अनुसार रास्वपाका उम्मेलवार खरेलले २ हजार ८ सय २९ मत मात्र पाए । बारा–२ का मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ।  रास्वपाका उम्मेदवार खरेलले जम्मा मतको ४.१४ प्रतिशत मात्र पाएपछि जमानत जफत भएको हो। तनहुँ १ मा रास्वपाका स्वर्णिम वाग्ले र चितवन २ मा रवि लामिछाने भारी मतान्तरले विजयी हुँदा बारा २ मा खरेलको जमानत समेत जोगिएन । निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। बारा–२ मा ३४ उम्मेदवारमध्ये तीन जनाले मात्र  जमानत जोगाएका छन् । सत्ता गठबन्धनको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव २८ हजार  ४१५ मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाए । यस्तै एमालेका पुरूषोत्तम पौडेलले  १० हजार  २१६ मत ल्याए।  बाँकी ३१ उम्मदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी...

कुशवाहालाई ५०८१ मतान्तरले पराजित गर्दै उपेन्द्र यादव निर्वाचित

Image
बारा, १३ वैशाख ।  बारा क्षेत्र नंबर २ को प्रतिनिधि सभा सदस्य जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । बुधवार बिहान १ बजे सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शीवचन्द्र प्रसाद कुशवाहालाई ५०८१ मतान्तरले पराजित गर्दै यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । पाच दलीय गठबन्धनका समेत साझा उम्मेदवार रहेका यादव २८ हजार ४१५ मतका समथ विजयी हुदाँ उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेद्वार कुशवाहाले २३ हजार ३३४ मत पाए। मंसिर४ मा भएको निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउतसंग पराजित भएका जसपा अध्यक्ष यादव उपनिर्वाचनमा भने बारा २ बाट जनमतकै उम्मेदवार कुशवाहालाई पराजित गर्दै विजयी भएका हुन् । यस निर्वाचन क्षेत्रबाट मंसिर ४ को निर्वाचनमा जसपाबाटै निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली भएको यस निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो । नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले १० हजार २१६ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ८२९ मत र आम जनता पार्...

बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी

Image
कलैया,१३बैशाख: बारा क्षेत्र नंबर २ काे प्रतिनिधि सभा सदस्यान जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । बुधबार बिहान १ बजे सम्पन्न मतगणनाकाे अन्तिम परिणाम अनुसार निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शीवचन्द्र प्रसाद कुशवाहालाई ५०८१ मतान्तरले पराजित गर्दै यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । पाच दलीय गठबन्धनका समेत साझा उम्मेदवार रहेका यादव २८ हजार ४१५ मतका समथ विजयी हुदाँ उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेद्वार कुशवाहाले २३ हजार ३३४ मत पाए। मंसिर४ मा भएकाे निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउतसंग पराजित भएका जसपा अध्यक्ष यादव उपनिर्वाचनमा भने बारा २ बाट जनमतकै उम्मेदवार कुशवाहालाई पराजित गर्दै विजयी भएका हुन् । यस निर्वाचन क्षेत्रबाट मंसिर ४ काे निर्वाचनमा जसपाबाटै निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली भएकाे यस निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएकाे हाे । नेकपा एमालेका उम्मेदवार पुरुषाेत्तम पाैडेलले १० हजार २१६ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ८२९ मत र आम ज...

नेपाल–भारत पेट्रोलिमय तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको बैठक सम्पन्न

Image
काठमाडौं ,१२बैशाख: नेपाल–भारत पेट्रोलिमय तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको चौथो बैठक सम्पन्न भएको छ । मंगलबार काठमाडौँमा भएको बैठकमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्याल तथा भारतका तर्फबाट पेट्रोलियम तथा ग्यास मन्त्रालयका सहसचिव इसा श्रीवास्तवले नेतृत्व गरेका थिए । बैठकमा पेट्रोलियम पदार्थको क्षेत्रमा पूर्वाधार विकास, प्राकृतिक ग्यासको क्षेत्रमा थप अध्ययन गर्नेलगायत विषयमा छलफल भएको मन्त्रालयका सहायक प्रवक्ता उर्मिला केसीले जानकारी दिए । यसैबीच, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका सहसचिव नेतृत्वको टोलीले भेटवार्ता गरेको छ । भेटवार्तामा संयुक्त कार्यसमूहको बैठकमा छलफल भएका विषयका सम्बन्धमा कुराकानी भएको थियो । The post नेपाल–भारत पेट्रोलिमय तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको बैठक सम्पन्न appeared first on Madhes Khabar .

बारा २ : उपेन्द्रले बनाए ५ हजार भन्दा बढिको अग्रता

Image
कलैया ,१२ बैशाख : बारा २ का उम्मेदवार एंव जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ५ हजार भन्दा बढीको अग्रता बनाएका छन् । जारी मतगणनाको पछिल्लो परिणाम अनुसार , यादवले निकटतम प्रतिस्पर्धि जनमत पार्टीका उम्मेदवार शीवचन्द्र प्रसाद कुशवाहाको भन्दा ५ हजार २०३ बढि मत पाएर फराकिलो अग्रतालाई कायमै राखेका छन् । यो समचार तयार पार्दासम्म मतगणनाको प्राप्त मतपरिणाम अनुसार ३९ हजार ५५६ मत गणना हुदाँ यादवले १७ हजार ३९३ मत प्राप्त गर्दा जनमत पार्टीका कुशवाहाले १२ हजार १९० मत पाएका छन् । यसैगरी तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५ हजार ३१५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार १४० मत पाएका छन् । प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले १ हजार ९ सय ७० मत पाएका छन् । अब करिब ३० हजार मत मात्रै गणना गर्न बाँकी छ । The post बारा २ : उपेन्द्रले बनाए ५ हजार भन्दा बढिको अग्रता appeared first on Madhes Khabar .

बारा २ : उपेन्द्र यादवकाे अग्रता निरन्तर बढ्दै

Image
बारा,१२बैशाख : बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता फराकिलाे बनाउदै लगेका छन् । मंगलबार बिहान ७.३० बजे सार्वजनिक पछिल्लो मत परिणाम अनुसार यादवले १०१९९ मत ल्याएका छन् । उनलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ६८०६ मतका साथ पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ४०११ मत पाएका छन् । यहाँ रास्वपा चौथो स्थानमा रहेको छ । रास्वपाका रमेशप्रसाद खरेलले १४५१ मत ल्याएका छन् भने पाँचौ स्थानमा रहेको आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले ५९२ मत ल्याएका छन् । यो क्षेत्रबाट निर्वाचित भएका रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि गत १० गते उपनिर्वाचन भएको हो । The post बारा २ : उपेन्द्र यादवकाे अग्रता निरन्तर बढ्दै appeared first on Madhes Khabar .

तनहुँ १ मा कांग्रेसको गढ ताेडेका स्वर्णिम वाग्लेको जित सुनिश्चित

Image
तनहुँ,११बैशाख :तनहुँकाे निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेको जित सुनिश्चित भएको छ । अब गणना गर्न बाँकी रहेकाे मत भन्दा मतान्तर धेरै भएपछि वाग्लेको जित सुनिश्चित भएको हो ।तनहुँ १मा कुल ६५ हजार ९९ मत खसेकाे थियाे । त्यसमध्ये अहिलेसम्म ४२ मध्ये ३६ वडाका ५३ हजार १२८ मत गणना हुदाँ वाग्ले कांग्रेस उम्मेदवार गाेविन्द भट्टराई भन्दा १२ हजार ९ मतले अगाडि छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसुार अब गन्न बाँकी मत ११ हजार ९७१ मात्रै रहेको छ । जारी मतगणनाकाे पछिल्लो विवरण अनुसार वाग्लेले २७ हजार ९८८ प्राप्त गरेका छन् । उनका निकटम प्रतिष्पर्धी काँँग्रेसका भट्टराईले भने १५ हजार ९७९ मत पाएका छन् । एमालेका उम्मेदवार सर्वेन्द्र खनाल भने ७ हजार ३७९ मतका साथ तेस्रो स्थानमा छन् । The post तनहुँ १ मा कांग्रेसको गढ ताेडेका स्वर्णिम वाग्लेको जित सुनिश्चित appeared first on Madhes Khabar .

बारा २ : मतान्तर बढाउँदै उपेन्द्र यादव

Image
बारा,११बैशाख : बारा क्षेत्र नंवर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन्। जारी मतगणनाकाे राति १० बजे प्राप्त पछिल्लो नतिजा अनुसार उनले ३ हजार ३ सय ४५ मतसहित अग्रता बढाएका हुन्। उनलाई जनमत पार्टीका शिवचन्द्र कुश्वाहा पछ्याइरहेका छन्। उनले २ हजार ८ सय ३६ मत ल्याएर दोस्रो स्थानमा छन्। त्यस्तै एमाले पुरुषोत्तम पौडेल १हजार ३ सय ५१ मतसहित तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल ६ सय ६१ मतसहित चौथौ र आम जनता पार्टीका अरुण ज्ञवाली २ सय ७८ मतसहित पाँचौं स्थानमा छन्। The post बारा २ : मतान्तर बढाउँदै उपेन्द्र यादव appeared first on Madhes Khabar .

वीरगन्जका ४ वटा सामूदायिक विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यम सुरु

Image
वीरगन्ज,११बैशाख:वीरगन्ज महानगरपालिकाले ४ वटा सामूदायिक विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यम लागू गरको छ । महानगरले नयाँ शैक्षिक सत्रबाट त्रिजुद्ध, नृसिंह, माइस्थान विद्यापिठ र सिदार्थ माविमा पूर्ण रुपमा अंग्रेजी माध्यममा पढाउन सुरु भएको हो । पूर्ण रुपमा अग्रेजी माध्यम पठनपाठन सुरु गर्न लागेको त्रिजुद्ध मा.वि.ले सोमबार कक्षा ५ देखि ९ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि प्रवेश परीक्षा लिएको छ । पूर्ण रुपमा अंग्रेजी माध्यममा पठनपाठन  सुरु हुन लागेको विद्यालयमा विद्यार्थीको चाप बढी हुँदा प्रवेश परीक्षा लिएको विद्यालयका प्रधानाध्यापक नवीन कुमार मिश्रले जानकारी दिए । कक्षा ५ दखि ९ सम्म अध्ययनका लागि करिब ३ हजार भन्दा बढी विद्यार्थीले प्रवेश परीक्षामा सहभागिता जनाएको पनि प्रअ मिश्रले बताए। सोमबार प्रवेश परीक्षा लिएका विद्यार्थीको नतिजा बिहीबार प्रकाशित गरिने महानगरको शिक्षा महाशाखा प्रमुख अरबिन्दलाल कर्णले बताए। पहिले अंग्रेजी माध्यममा शुल्क लिएर अध्यापन गराउँदै आएकोमा विद्यार्थी विद्यार्थी बिचमै विभेद भएपछि महानगरले विभेद हटाउन पूर्ण रुपमा निशुल्क अंग्रेजी माध्यममा मात्रै अध्यापन...

बारा २ उपनिर्वाचन ३:४५ अपडेट

Image

चितवन–२ को उपनिर्वाचन मतगणनाः दिउंसो ३ः२२ बजेको अपडेट

Image
Virus-free. www.avast.com

बारा क्षेत्र नं. २ को उपनिर्वाचनः दिउंसो ३ः०५ बजेको अपडेट

Image
Virus-free. www.avast.com

बारा क्षेत्र नं. २ को उपनिर्वाचनः दिउंसो २ः३० बजेको अपडेट

Image
Virus-free. www.avast.com

बारा २ काे मतगणना सुरु

Image
बारा,११बैशाख :बारा क्षेत्र नम्बर २ को मतगणना शुरु भएको छ । क्षेत्र नं. २ को करैया गाउँपालिका र सुवर्ण गाउँपालिकाको वडा नं. १ बाट मत गणना शुरु भएको हो । बिहान११ बजे देखि शुरु गर्ने भनिएतापनि दलले प्रतिनिधि पठाउन ढिला गरेका कारण करिब २ घण्टा ढिलो गरी दिउँसो १ बजेबाट मतगणना शुरु भएको हो । बारामा १०५२४८ जना मतदाता रहेता पनि आईतवार भएकाे निर्वाचनमा ६८८८७ मतदान भएको थियो । जुन ६५ प्रतिशत हुन आउछ । बारा क्षेत्र नं. २ मा यस अघि जनता समाजवादी पार्टीका तर्फबाट बिजयी भएका राम सहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्र खाली भएको थियो । यस क्षेत्रमा जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका तर्फबाट शिवचन्द्र कुश्वाहा, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पुर्व डिआईजी रमेश खरेल, आम जनता पार्टीका तर्फबाट अरुण ज्ञवाली लगायत १० दल र २४ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा रहेका छन् । The post बारा २ काे मतगणना सुरु appeared first on Madhes Khabar .