डाटा लोड हुँदैछ...

बारा २ काे मतगणना सुरु

बारा,११बैशाख :बारा क्षेत्र नम्बर २ को मतगणना शुरु भएको छ । क्षेत्र नं. २ को करैया गाउँपालिका र सुवर्ण गाउँपालिकाको वडा नं. १ बाट मत गणना शुरु भएको हो ।

बिहान११ बजे देखि शुरु गर्ने भनिएतापनि दलले प्रतिनिधि पठाउन ढिला गरेका कारण करिब २ घण्टा ढिलो गरी दिउँसो १ बजेबाट मतगणना शुरु भएको हो ।

बारामा १०५२४८ जना मतदाता रहेता पनि आईतवार भएकाे निर्वाचनमा ६८८८७ मतदान भएको थियो । जुन ६५ प्रतिशत हुन आउछ ।

बारा क्षेत्र नं. २ मा यस अघि जनता समाजवादी पार्टीका तर्फबाट बिजयी भएका राम सहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्र खाली भएको थियो ।
यस क्षेत्रमा जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका तर्फबाट शिवचन्द्र कुश्वाहा, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पुर्व डिआईजी रमेश खरेल, आम जनता पार्टीका तर्फबाट अरुण ज्ञवाली लगायत १० दल र २४ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

The post बारा २ काे मतगणना सुरु appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर