डाटा लोड हुँदैछ...

पर्साको प्रसौनीमा अहमदिया संघको आयोजनामा ईद मिलन समारोह सम्पन्न

मधेसखबर
वीरगन्ज,१४ बैशाख : पर्साको विन्दवासीनी गाँउपालिकाको प्रसौनीमा अहमदिया संघ नेपालको आयोजनामा ईद मिलन समारोह सम्पन्न भएको छ ।

बुधबार बेलुकी आयोजित समारोहलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य राज कुमार गुप्ताले नेपाल धर्म निरपेक्ष मुलक भएकाले यहाँ सबै धर्मको सम्मान एकअर्काले गर्नु पर्ने बताए । अहमदिया संघले हरेक धर्मको सम्मान गर्दै आएको बताउदै उनले भने,‘ यस्तै संस्कार अन्य धर्मले पनि कायम राख्नु पर्छ , अनिमात्र समाजमा धार्मिक सहिष्णुता सदैव कायम रहन्छ ।

अहमदिया संघ नेपालका अध्यक्ष कमरुल होदा अन्सारीले १३० वर्ष पहिले भारतको पञ्जाबबाट स्थापना भएको अहमदिया सघंको हाल सम्म विश्वका २२४ देशमा संगठन विस्तार भइसकेको जानकारी गराए ।

प्रतिनिधीसभा सदस्य गुप्ताको प्रमुख आतिथ्यता एंव संघका अध्यक्ष अन्सारीको अध्यक्षतामा भएको ईद मिलन समारोहमा पुर्व प्रदेशसभा सदस्य प्रहलाद गिरि, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, पर्साका प्रहरी उपरिक्षक कोमल शाह , विन्दवासीनी गाँउपालिकाका अध्यक्ष प्रमोद तिवारी , पूर्व उपाध्यक्ष किरण देवी गुप्ता, भारतीय महावाणिज्य दूवतावास वीरगन्जका वाणिज्यदूत शशी भुषण प्रसाद , अहमदिया संघका पर्सा जिल्ला इन्चार्ज हाशिम अमद , संघका युवा संघका राष्ट्रिय अध्यक्ष सलीम अहमद,हाफीज मोहम्मद अबुल कलाम, मौलबी सिराज अहमद लगायतको पनि सहभागीता थियो ।

The post पर्साको प्रसौनीमा अहमदिया संघको आयोजनामा ईद मिलन समारोह सम्पन्न appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर