डाटा लोड हुँदैछ...

छड बाेकेकाे ट्याक्टरमा माेटरसाइकल ठाेक्किदा बारामा एक जनाकाे मृत्यु

सांकेतिक फोटो

वीरगन्ज ,१५बैशाख : बारामा बिहीबार राति फलामकाे छड बोकेको ट्याक्टरमा पछाडिबाट मोटरसाइकल ठोक्किँदा माेटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।

कलैया-वीरगन्ज सडकखण्डअन्तर्गत कलैया उपमहानगरपालिका-२३ स्थित सडकमा छड बोकेको ना ५ त ८२५० नम्बरको ट्याक्टरमा पछाडिबाट बा ८० प ४०२१ नम्बरको माेटरसाइकल ठाेक्किएको थियोे।

उक्त दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका-२१ बस्ने २४ वर्षका राजनकुमार रामको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी उपरीक्षक हाेविन्द्र बाेगटीले जानकारी दिए।

टयाक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्टघटनाको बारेमा थप अनुसन्धान गरिरहेकाे उनले बताए ।

The post छड बाेकेकाे ट्याक्टरमा माेटरसाइकल ठाेक्किदा बारामा एक जनाकाे मृत्यु appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर